गुवाहाटी यात्रामा पुत्नेछोराको करामत

- डा. खगेन्द्रप्रसाद लुइटेल

गौहाटी विश्वविद्यालयले नेपाली स्नातकोत्तर कार्यक्रमको विशेष गोष्ठीमा विशेषज्ञका रूपमा आमन्त्रण गरेकाले गुवाहाटी जानुपर्ने भयो । उताबाट व्यक्ति नै तोकेर निम्ता आएको हुँदा त्यहाँ कोको जाने भन्ने विवादको कुरै भएन । रासुले आपूmलाई फोनबाट निम्ता आएको कुरा बताए । मलाई त्यसपूर्व नै कार्यक्रम विवरणसहितको जानकारी आइसकेको थियो । हाम्रो उता जाने पक्का भएपछि रासुको प्रस्तावअनुसार सपत्निक जाने भइयो । भद्रपुरसम्मको टिकटको जिम्मा रासुले र उताको टिकटको जिम्मा मैले लिएँ । बोन ट्राभल्सका विनोद पौडेललाई फोन गर्नेबित्तिकै उनले न्यु जलपाइगुडीबाट चढ्ने गरी ‘गुवाहाटी एक्सप्रेसको टिकट घरमै ल्याइदिए । रासुले पनि यती एयरबाट आतेजाते टिकट लिइसकेको बताए । उताको मौसमी जानकारी मलाई फोनबाटै प्राप्त भइसकेको हुँदा त्यसैअनुसारका लुगा हाल्ने टुङ्गो गरियो ।

हामीले माघ ३ गते बिहान ९.५५ को प्लेनबाट भद्रपुर र सोही दिन बेलुका ९.५५ कै ट्रेनबाट गुवाहाटी जानु थियो । एयरपोर्ट पु¥याउन समयमै मकहाँ गाडी आइपुग्यो । धेरै पटकको फोनपश्चात् केसुहरू पनि झोला भिरेर आइपुगे । उनको र मेरो सहमतिबमोजिम मैले सुटकेस बोकेँ तर उनले चाहिँ सहमति तोडेर झोला भिरेछन् । यो भनाइ र गराइको भिन्नता तथा सहमति तोडाइ अहिलेको राष्ट्रिय रोग नै भएकाले केसु त्यसबाट अछुतो के हुन्थे भन्ठानेर विवाद गरिएन । रासुसँग एयरपोर्ट गेटमा भेट भयो । हामी निर्धारित समयमा एयरपोर्ट भित्रियौँ । प्लेनचाहि“ दुई घन्टा ढिलिएछ । यो हाम्रा लागि कुनै नौलो कुरा नभई बानी परिसकेकै कुरा थियो । बल्ल ११.५५ मा प्लेन उड्यो । १२.५५ मा भद्रपुर पुगियो । त्यहा“ हामीलाई लिन सिलिगुडीबाट एकताको गाडी आइपुगेको रहेछ । यो एकतामा केसुको शुद्धीकरणको प्रतिफल भएको सहजै ज्ञात भयो । एन्ड्य्रु नाम गरेको ड्राइभरले गाडी का“कडभित्तातर्पm हुइ“क्यायो । उतैको नम्बर प्लेट भएकाले कतै रोकछेक भएन । मेची पुलका बीचमा पुग्दा हाम्रा उत्तरआधुनिक चकचके बच्चा पनि निदाए । एक प्रकारले ढुक्कै भयो ।

बाटामा पर्ने विभिन्न ठाउ“ देखाउ“दै ड्राइभरले गाडी एकोहोरो हुइ“क्याइर≈यो । सिलिगुडीका थुप्रै ठाउ“ डुलायो पनि । त्यहा“को कोलनीमा घरजग्गा निकै सस्तो पाइने कुरा पनि बतायो । केसुले त्यही“ घर किनेर बस्ने कुरा गरे । हामीले त्यहा“ बस्न नसकिने कुरा बतायौ“ । हुन त केसुको यो कुरा ... नै भएको हामीलाई राम्रै थाहा थियो तैपनि उनको कुराका लागि कुरा गर्ने कुरालाई हामीले सामान्य कुरा ठान्यौ“ । सिलिगुडीको एउटा पर्यटकीय क्षेत्रमा रहेको अर्किड नामक होटेलमा खाना खुवाउने बन्दोबस्त मिलाइएको रहेछ । रासुले त्यस होटेलको नाम अर्किड नभई अर्बिट बुझेछन् । पछि फोटो देखाएपछि मात्र चुप लागे । भोकका झा“ेकमा बडो आनन्दस“ग खाना खाइयो । भोजनपश्चात् एक फिटको गिलासमा डेढ फिटको चम्चाले मिक्स फ्रुट खा“दा निकै हा“सो भयो । त्यो हामी सबैका लागि नौलो अनुभव थियो ।

खानपिन सकिएपछि हामीलाई सिलिगुडी सुपर मार्केट घुमाउन लगियो । त्यहा“ किन्नु त केही थिएन मात्र घुम्नु थियो, घुमियो । सुपर मार्केट घुमिसकेपछि ड्राइभरले हामीलाई एकता बुक हाउसमा लग्यो । ऊ पनि त्यही“ बस्तोरहेछ । एकताले त्यस क्षेत्रमा निकै चकचकी नै गरेको बुझियो । त्यही“काले त्यही“ त्यत्तिको चकचकी गर्नुलाई अन्यथा ठानिएन । त्यस ड्राइभरकी भोटेनी श्रीमती र एउटा सानो निकै सुन्दर छोरो रहेछन् । त्यहा“ केही क्षण बसाएपछि ऊ हामीलाई लिएर न्यु जलपाइगुडीतिर हुइ“कियो । रात परिसकेको भए पनि बाटो उज्यालो थियो, त्यहा“ यहा“जस्तो लोडसेडिङ थिएन... ।

संयोग नै भनौ“ हाम्रो ट्रेन पनि ढिलिएछ, १२.५५ मा मात्र चल्यो । अर्काे दिन बिहान ११.५५ बजे गुवाहाटी स्टेसनमा पुगियो । ४०९ किलोमिटर पार गर्न ट्रेनले निकै बढी समय लगायो । ट्रेनमा रातभर केही खान पाइएन, लामो गिलास र चम्चा सम्झ“दै सुतियो । हामीलाई स्टेसनमा लिन आउनेहरू दुई सय किलोमिटर टाढै भएको कुरा फोनबाट थाहा भयो । त्यहा“बाट युनिभर्सिटी २५ किलोमिटर भएको बताए । ट्याम्पोस“ग बार्गेनिङ गरेर युनिभर्सिटी गेस्ट हाउस पुगियो । खासमा त्यो बाटो ८–९ किलोमिटर मात्र रहेछ । गुहाटी उत्रनेबित्तिकै पत्तै नपाई ठगान सुरु भइहालेछ ।

युनिभर्सिटी गेस्ट हाउसको कुनामा पोकापुन्तुरा थन्क्याएर खाना खोज्नतिर लागियो । सोधपुछ गर्दै जा“दा जालुकबारी ढावामा राम्रो खान पाइन्छ भन्ने थाहा भयो । त्यो नजिकै छ भन्थे, केको नजिक हुनु नि, त्यसमा पनि मध्यान्हको टन्टलापुर घाम, अगिल्लो दिनदेखिको भोको पेट... । महिलावृन्द झन् थकित र निन्याउरा देखिन्थे । बल्ल ढावा फेला प¥यो । राम्रो भनिएको ढावामा पुगेपछि नराम्रोचाहि“ कस्तो होला भन्ने उत्सुकता पैदा भयो । भोक र थकानले लखतरान परेकाले धेरै सोचविचार नगरी भु“डी भरेर गेस्ट हाउस फर्किइयो र कोठा फिक्स गरी केही क्षण आराम गरियो । बेलुका त्यहा“का डाइरेक्टर कन्दर्प दास, खिमानन्द मिश्र, घनश्याम, दैवकी आदि आए र तिनीहरूस“ग गफगाफ भयो । सिक्किमबाट राजेन्द्र भण्डारी अनि नर्थ बङ्गालबाट घतानी र खाती पनि आइपुगेका रहेछन् । ती सबैस“ग परिचय आदानप्रदान गरियो ।

त्यहा“ बटुकामा भरेको भात थालमा घोप्ट्याएर दिने अनौठो चलन रहेछ । केसुले पछिसम्मै बटुकाले घोप्ट्याएको भात खाने भन्दै त्यसलाई ठट्टाको विषय बनाए । खानपिनपश्चात् अर्काे दिनको कार्ययोजना तय गरी सुतियो ।

बिहान सबेरै उठेर त्यहा“को प्रसिद्ध मन्दिर कामाख्याको दर्शन गर्न गइयो । कामाक्षा अपभ्रंश भई कामाख्या भएकी रहिछन् । त्यस मन्दिरमा सारै भिडभाड हु“दोरहेछ । नेपाली पण्डालाई खरिद गरी ऊमार्पmत हामी दर्शन गर्न आएको खबर कामाख्या माईलाई पठाइयो । पण्डा हामी सबैको नाम सोध्दै पूजासामग्री बोकेर भित्र पस्यो । उसले कतिका नाम सम्झियो थाहा भएन, सायद आÇनोचाहि“ बिर्सिएन होला । ऊ निकै बेरपछि मात्र भित्रबाट फर्किएकाले उसले देवीलाई खबर पु¥याएकै ठानियो । हामीले चाहि“ बाहिरैबाट नमस्कार गर्दै मन्दिर परिक्रमा ग¥यौ“ । रासु पुजारीदेखि धुजारीसम्म क्यासेट भर्नमा अनि केसु बड्बडाउनमै व्यस्त रहे भने हामीचाहि“ फोटो खिच्नमै मस्त । जेहोस् आआÇना रुचिअनुसारका कार्य गरी बाहिरैबाट देवीको दर्शन गरेर हामी फर्कियौ“ ।

मन्दिरबाट फर्की ब्रेकफास्ट गरेर युनिभर्सिटी गइयो र कार्यक्रममा सरिक भइयो । दिउ“सो ब्र≈मपुत्र फर्काएको कुखुरा र आलुस“ग भात खाइयो । दिनभर कार्यक्रममा पूरै व्यस्त भइयो । विभिन्न समूहमा विभाजन गरी कामको बा“डफा“ड गरियो । त्यहा“ डाइरेक्टर डा. कन्दर्प दास, गोपीनारायण प्रधान, लीलबहादुर छेत्री, राजेन्द्र भण्डारी, कृष्णराज घतानी, नरेश खाती, डा. शान्ति थापा, डा. लक्ष्मी पराजुली, डा. खगेन शर्मा, तारा छेत्री, घनश्याम तिम्सिना, दैवकी, अरूण उपाध्याय, तिलक शर्मा, हेम गौतम, आदिको सहभागिता थियो ।

डाइरेक्टर डा. दास कम बोल्ने निकै भद्र र गम्भीर स्वभावका व्यक्ति रहेछन् । गोपीनारायण प्रधान भने निकै गफी । मलाई ‘भेरि योङ एन्ड हेन्डसम प्रोफेसर’ भन्दै उनी निकै बेर गफिए । लीलबहादुर छेत्रीलाई त्यहा“ त्यति गन्दा रहेनछन् । अरू सबै आआÇनै समूहकार्यमा व्यस्त । कार्यक्रम सकिनेबित्तिकै खिमानन्द हि“डिहालेछन् । न्वारान गर्न निकै सिपालु केसुले उनको नाम क्षेत्रपाल राखिदिए । बेलुका डा. हेमचन्द्र गौतम, नव सापकोटा, जयन्तकृष्ण शर्मा र उनकी बहिनी आदि भेट्न आए । केही बेर कवितावाचन, क्यासेट भरान र फोटो खिचानको कार्यक्रम भयो । जयन्तकी निकै ज्यानदार बहिनी भरखरै डि.एस्.पी. भएकी रहिछन् । तिनले पनि कविता सुनाइन् ।

त्यहा“बाट तेजपुरतिर जाने कुरा पनि गरिटोपलेका थिए तर हामी तुरुन्तै फर्कने मनस्थितिमा थियौ“... । नव सापकोटा, घनश्याम र म टिकट खोज्न हि“ड्यौ“ । सबैजसो टिकट काउन्टर बन्द भइसकेका रहेछन् । हामी टिकट खोज्दै श्री श्री गुरुजी कम्युनिकेसनमा पस्यौ“ । त्यहा“ एकजना सुन्दर युवक र अधबै“से मान्छे थिए । ती बाबुछोरा रहेछन् । छोरोचाहि“ दिल्लीमा पढ्दो रहेछ । मैले ढाकाटोपी र टाइ लगाएको देखेर हो वा किन हो उसले मेरो परिचय माग्यो । मैले आÇनो परिचय दिएपछि उसले निकै आदरका साथ कुर्सीमा बसायो र नेटबाट टिकट खोजिदिन थाल्यो । म एसीको टिकट काट्ने विचारमा थिए“ तर दिउ“सो एसीको काम छैन भनेर उसले मानेन र ‘सराइघाट एक्सप्रेस’ मा जानु उपयुक्त हुन्छ भन्दै अर्काे दिन १२.५५ को टिकट बुक गरिदियो । थप कमिसन पनि लिएन । फर्कने बेला पनि नमस्कार गर्दै गाडीसम्म पु¥याउन आयो । गुवाहाटीमा सा“च्चिकै सम्मान त त्यस फुच्चेले पो ग¥यो त, कहिल्यै नबिर्सिने गरी ¤ हामीलाई टिकट लिएर फर्कन निकै बेर लाग्यो । म टिकट पाएकोमा प्रसन्न थिए“ भने अरू केही खिन्न थिए... ।

अर्काे दिन बिहान फेरीबाट ब्र≈मपुत्र तरेर उमानन्दको दर्शन गर्न गइयो । ब्र≈मपुत्रका बीचमा टापुभै“m रहेको त्यो ठाउ“ निकै सुन्दर रहेछ । खिन्न भएका मन पनि त्यहा“को सुन्दरताले प्रफुल्लित भए । त्यहा“ निकै बेर घुमघाम गरी गेस्ट हाउस आएर झोलीतुम्बा बोकी रेल्वे स्टेसनतिर लागियो । हाम्रो रेल आइपुगेको थिएन । रासु र म फलपूmल किन्न प्लेटफर्मबाहिर गयौ“ । त्यसै बेला रेल आइपुगेछ, हामी छुट्छौ“ भनेर चिन्तित भई खोज्न जाने कुरा गरेछन् तर को जाने र कहा“ जाने ? हामी समयमै आइपुग्यौ“ । केसु झो“क्किए र हामी हा“स्यौ“ । हामी दुवै त्यति सजिलै छुटिहाल्ने खालका कहा“ थियौ“ र ? निर्धारित समयमै रेल चढियो । रेलभित्र भेट्टाएजति कुनै चिज खान बा“की राखिएन । रेलमा हात ठटाउ“दै आउने मोराका सन्तानले रासुलाई आशीर्वाद दिन थाल्दा केसु अर्कातिर फर्कन्थे । दृश्य रमाइलै हुन्थ्यो । रासुचाहि“ तिनलाई केही दिएर बिदा गर्नु नै उपयुक्त ठानी हत्तपत्त बिदा गरिहाल्थे । त्यहा“ मोराका सन्तानकै प्रसङ्गमा पुत्नेछोराको प्रसङ्ग आयो । त्यो शब्द सुन्नेबित्तिकै केसुको ब्र≈माण्ड खलबलिइहाल्यो । उनी निकै जङ्गिए, यो शब्दै हु“दैन भनेर । रासु र म त पुत्नेछोरालाई पैतृक रूपमै प्रयोग गर्ने मान्छे । हामी उनलाई जिस्क्याउनकै लागि पनि बेलाबेला पुत्नेछोराको प्रसङ्ग निकाल्थ्यौ“ । केसु त्यो सुन्नै मान्दैनथे, झ्वा“किएर बुरुक्क उफ्रिहाल्थे । हामी खित्का छोडेर हा“स्थ्यौ“, उनको रिसको पारो झन् चढ्थ्यो ।

रेल सा“च्चिकै एक्सप्रेस नै रहेछ । त्यत्रो लामो बाटो तीनपटकजति एकछिन रोक्दै ७.५५ मा न्यु जलपाइगुडी उतारिदियो । रेलभर ठट्टा गर्दै रमाइलोस“ग आइयो । केसुको कालिएको अनुहार पनि रेलको यात्रा अवधिभर गोरियो । राम्रो रेलको टिकट काटिदिने असमेली भाइको जय होस्... ।

न्यु जलपाइगुडीबाट एउटा जिप रिजर्भ गरी ८.५५ मा सिलिगुडी आएर त्यहा“को राम्रै मानिने मयुर होटेलमा बास बसियो र खाना पनि राम्रै रेस्टुरेन्टमा खाइयो । त्यसपछि बल्ल आनन्दको सास फेरियो र रातभर मस्तस“ग सुतियो ।

योजनामुताबिक अर्काे दिन बिहान एउटा गाडी लिएर दार्जिलिङतिर उकालो लागियो । त्यस दिन १०–१२ बजेसम्म दुई घन्टा गोर्खाल्यान्डको बन्द रहेछ । फुच्चे गुरुङ ड्राइभरले खरसाङमा दुई मिनेटबाहेक अन्त कतै नरोकी वायुवेगमा ९.५५ मा दार्जिलिङ पु¥यायो । मैले बाटामा उसलाई ‘भाइ तिमीहरू घरमा गुरुङ भाषा बौल्छौ कि अर्कै भाषा’ भनी सोध्दा उसले झा“ेक्कि“दै भन्यो— ‘हामी सधै“ हाम्रो आÇनै नेपाली भाषा बोल्छौ“’ त्यस ड्राइभरको भाषाप्रेम देख्दा अनि हामीकहा“ भएको भाषाविग्रह सम्झ“दा विरक्त लाग्यो ।

कतिखेर कहा“ बन्द हुने भन्ने टुङ्गै नभएका र त्यसैमा अभ्यस्त भइसकेका हामीलाई उताको एकदुई घन्टे बन्दले केही असर गरेन । निश्चित अवधि मात्र नभई अनिश्चित कालीनसमेत बन्द गर्ने हामी बन्दवादी मान्छे । अर्काे दिनदेखि हाम्रातिर हुने भनिएको अनिश्चित कालीन बन्दको हल्लाले हामीलाई दार्जिलिङदेखि नै सताइरहेको थियो ।

दार्जिलिङ उत्रनेबित्तिकै रासु र म होटेल खोज्न हि“ड्यौ“ । यात्रा गर्दा खवाइ र बसाइमा सम्झौता गर्नु हुन्न भन्ने मेरो र रासुको सोचाइमा समता देखियो । दार्जिलिङ हाइटको चौरस्तामा फायर प्लेससहितको एउटा भव्य होटल बन्दोबस्त गरेर आइयो । केसुले तलै अरनिको नाम गरेको सामान्य होटेल खोजिसकेछन्, माथि जान मानेनन् । अरनिको होटेलमा सामान थन्क्याएर बाहिर निस्कन लाग्दा हाम्रा ज्ञानुकी बिजिनेस पार्टनर एउटी बुढी भोटिनीले नेपालबारे विभिन्न कुरा सोधी । हामी त्यसको कुरा सुन्नुभन्दा घुम्नु नै उत्तम ठानी उकालियौ“ ।
दार्जिलिङको चौरस्ता निकै रमणीय ठाउ“ रहेछ । त्यहा“ भानुभक्तको पूर्णकदको भव्य सालिक बनाइएको रहेछ । त्यस सालिकमा फोटो खिच्दा एउटा घोडावाल भाइले ‘कति भाने बुढास“ग मात्र फोटो खिच्छौ हाउ मेरो घोडास“ग पनि खिचन’ भन्दा निकै हा“सो गुन्जियो । कल्पनाले घोडा चढ्ने रहन गरिन् । मैले निकैवटा फोटो खिचिदिए“ ।

दार्जिलिङमा महाङ्काल मन्दिरको उकालो चढ्दा त्यहा“का ठूलाठूला रुखमा लटरम्मै चुत्रो फलेको देखियो । केसुले यी केका रुख हुन् भनेर सोधे । मैले ‘यी सब अङ्गुरका पुत्नेछोरा हुन्’ भनेर जबाफ दिए“ । त्यतिखेर रासुतिर हा“सोको फोहरा छुट्यो भने केसुतिर आगोको ज्वाला दन्कियो । मैले त्यही“ भेटिएका दार्जिलिङ र सिक्किमतिरका मान्छेलाई केसुले समेत सुन्नेगरी पुत्नेछोराबारे सोधे“ । उनीहरूले सहजै भने— ‘यो शब्द यतातिर राम्ररी चल्छ’ । नेपालको सुदूर पश्चिमतिर समेत यो शब्द प्रचलित छ । आÇनातिर नबोलि“दैमा वा आपूmले नजान्दैमा त्यो शब्दै हु“दैन भन्ने केसुको लि“डे तर्कले अरूलाई त के कल्पनालाई समेत चित्त बुझाउन सकेन । ल भैगो एकछिनका लागि मानौ“ यो शब्द हाम्रातिर मात्र चल्छ रे वा कतै पनि चल्दैन रे, त्यसबाट केसु जङ्गिनै पर्ने कारण त केही पनि छैन । यस्ता आपूmले नसुनेका नजानेका शब्द कति छन् कति छन् नि ¤ जे भए पनि त्यहा“ केसुका पुत्नेछोराले करामतै देखायो भने त्यही उकालामा बा“दरले धाराबाट पानी खाएको दृश्यले चाहि“ सबैलाई आकर्षित तुल्यायो ।

बेलुकातिर धीरधाम हु“दै ‘ट्वाइ ट्रेन’ हेर्न गइयो । मौसम चिसो भए पनि सफा भएकाले सबैतिर राम्ररी देखिन्थ्यो त्यसैले दिनभर निकै रमाइलोस“ग दार्जिलिङ बजार घुमियो । कतै पनि फोटा खिच्न बा“की राखिएन । रासु त्यस ठाउ“बारे परिचित रहेछन् । उनले धेरैतिर धेरै थोक देखाए । टाढैबाट इन्द्रबहादुर राईको घर देखाउन पनि बा“की राखेनन् ।

दिनभर घुमघाम गरी बेलुका होटेलमा आइयो । त्यहा“ दुईटा मात्र कोठा लिइएको थियो । एउटामा महिलावृन्द र अर्काेमा पुरुषगण । आङबाट ज्याकेटसमेत नखोली सुत्दा पनि रातभर जिउ नतातेर हैरान । जिउ तताउने कुनै उपाय पनि भएन । रुइले काम गरेन, दुई अलग थिए, फुइ छ“दै थिएन । जिउ तताउने रसादि त्यहा“ प्रतिबन्धित रहेछ भनेपछि कुरै खत्तम । रातभर निदाउने कुरै भएन । केसुको करामतले कमालै ग¥यो... ।

अर्काे दिन बिहान फजिरै एउटा गाडी रिजर्भ गरी हामी यतातिर लाग्यौ“ । टाढाबाट हेर्दा दार्जिलिङदेखि यताका डा“डापाखा सबै हामै्रजस्तै लाग्ने, नजिक आएपछि मात्र छुट्टिने । के गर्नु ती अर्काकै भइगए... । कतैकतै त उताको कि यताको भनी सिमाना छुट्याउन पनि मुस्किल । जङ्गलमा कतै त अन्धकारैजस्तो हुन्थ्यो, सूर्यको किरणसमेत नछिर्ने घना जङ्गल । मैले धेरैपटक बुढो ड्राइभरस“ग नेपाल–भारत सिमानाबारे सोधे“ । सुरुमा त राम्ररी नै बताउ“दै थियो अलि पछिचाहि“ झर्किएरै भन्यो— ‘यहा“ सोध्नै पर्दैन, जङ्गल भएजति भारत नभएजति नेपाल, हामीकहा“ रुख काट्न पाइ“दैन, काटे जेल जानुपर्छ, तिमेर्का“ जसले जति काटे पनि हुन्छ र रुख काट्ने नै ठूलो ठानिन्छ’ । उसको कुरा बेठीक नभएकाले केही बोल्ने कुरै भएन तर उसको यस भनाइले मेरो स्वाभिमानी हृदयमा भने सारै चोट पु¥यायो तर के गर्नु मलाई चोट पुगेर ? रुख काटेर उतै पठाउनेलाई आनन्द आएपछि । वास्तवमा उताको दार्जिलिङभन्दा यताको पशुपतिनगर र इलाम क्षेत्र भौगोलिक दृष्टिले धेरै राम्रो तर के गर्नु हामीलाई वृक्षरोपण गर्ने फुर्सदै छैन, वृक्ष फडानमै व्यस्त अनि अरूलाई आक्षेप लगाउ“दै मस्त... ।

हामी ८.५५ मा पशुपतिनगर आइपुग्यौ“ र सिमानामा नाम दर्ता गरी नेपाल प्रवेश ग¥यौ“ । हाम्रा झोलामै लुकाइएका उत्तरआधुनिक चकचके बच्चाहरू चाइ“चुइ“ गर्न थाले । काठमाडौ“ कुरा गरेपछि ढुक्क भइयो । रासु जोडी त्यही“बाट पा“चथरतिर लागे, हामीचाहि“ झापातिर । हामीले त्यसै दिन भद्रपुरको प्लेन भेट्नु थियो । पशुपतिनगरबाट ओरालो लागेपछि ‘यस पटकको यात्रा रमाइलै भयो हगि’ भन्दा ‘अभैm यसो भन्ने बेला भएको छैन’ भन्ने केसुको भनाइ सुन्दा यात्राबारे टिप्पणी गर्ने बेला कहिले हुने हो पत्तै भएन । मैलेचाहि“ गरिदिए“ टिप्पणी... ।

यात्रामा इन्दिरा सुवेदी निकै रौसे र रमाइली रहिछन् । ‘हामी त बुढो हनिमुन मनाउन आएका’ भन्दै सबलाई ह“साउ“थिन् । उनी नबोली नसक्ने, कल्पना बोल्दा पैसा लाग्छ कि जस्तो गर्ने अनि लीला बीचकी... । यता रासु अनौपचारिक बनी ख्यालठट्टा गरेर रमाइलो गर्दै वातावरणलाई सहज बनाउन खोज्दा रहेछन् भने केसुचाहि“ अरूलाई उडाउन बा“की नराख्ने अनि ठट्टामै पनि कसैले केही भन्यो भने कि त ठुस्स पर्ने कि त बुरुक्क उफ्रिने गर्दारहेछन् । केसु खरिददारीमा भने खग्गु अनि दलालीमा दक्ष रहेछन् । हामीचाहि“ यस मामलामा अलि कमजोरै देखियौ“ । बयर नभएका ठाउ“मा बयर बयर भन्ने र भेटिएका ठाउ“मा वास्तै नगर्ने कारण यस पटक कल्पनाको बयर किन्ने धोको अधुरै र≈यो भने रासुको केसुलाई नरिवलको पानी खुवाउने इच्छा पनि मौसमी कारणबाट पूरा हुन पाएन ।

चारआली हु“दै भद्रपुर आई प्लेनको टिकट कन्फर्म गरियो । पहिले काठमाडौंबाटै काटेको टिकट निकै भलाकुसारी गरेपछि बल्लतल्ल मिलाइदिएकोमा हामी प्रसन्न भयौ“... ¤ हामी भद्रपुरबाट १२.५५ बजेतिर उड्यौ“ र ३.५५ बजेतिर कीर्तिपुर आइपुग्यौ“ । कीर्तिपुरमा घाम लागेकै थियो, हावा चल्न पनि छोडेको थिएन । यस पटकको यात्रामा आतेजाते सबतिरको समय .५५ पर्नु पनि अनौठै संयोग र≈यो । अरू जेजसो भए पनि यस पटक केसुको पुत्नेछोराले भने गर्नुग¥यो, ठूलै करामत देखायो... ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु