ब्रिफकेश

- विनय राजोपाध्याय

ब्रिफकेश लुछियो । च्यातियो । ब्रिफकेश हैन इज्जतै लुछिएको महशुस भो । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा देशकै बदनाम भो । जसरी द्रोपदीलाइ राज्य सभामा आफ्नो वस्त्र लुछिंदा शर्मले मुख लुकाउनै ठाउँ नपाएको थियो त्यस्तै भएको थ्यो त्यो दिन त्यो दृष्य हेर्न बसेका आम नेपालीहरुलाइ । सरकारलाइ पनि शर्म भो र त्यसैले लाज देखाउन सबैलाई बदनामी पार्ने त्यो ब्रिफकेशलाइ सरकारले संग्राहलयमा नै राख्ने निर्णय गरीयो । सबैतिरवाट कारवाहिको माग भो । जोडदार जुलुश, आन्दोलन चर्कियो । अन्ततः उच्चस्तरीय छानविन आयोग बन्यो । छानबिन सुरु भो । महीनौ महीनौ बित्यो । छानबिन आयोगको तलब भत्तामा राज्य कोषवाट लाखौं खर्च भो । अन्ततः कारवाहीको प्रकीया अगाडी वध्यो ।

"गुणस्तरहिन ब्रिफकेश बनाएर सामान्य झडपमै विना औजार च्यातिने ब्रिफकेश उत्पादन गर्ने विदेशी उद्योग, त्यस्तो ब्रिफकेश बेच्ने काजि खिचापोखरीका ब्यापारी श्री रामकृष्ण अनि किन्ने अर्थ मन्त्रालयको पिउन श्री कृष्णराम र यो पसलमा किन्न सल्लाह दिने धार्दिङ्गका कृष्ण सुन्दरलाइ विगो वमोजिम हदै सम्म कारवाहि गर्नु पर्ने ठहर गर्दै यो आयोग नेपाल सरकारलाइ यथासिघ्र कारवाहीको प्रकिया अघि वढाउन सिफारिस गर्दछ ।"

कुलेश्वर आवास क्षेत्र
[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु