अहम्

- कृष्ण बजगाईं

अचानक एकदिन नाकले आँखासँग निहु खोज्यो । “बर्षौंदेखि तिम्रोलागि मैले चस्माको भारी बोकिदिनु पर्ने ?”

उसले यति के भन्न भ्याएको थियो । कानले जस लिँदै भन्यो – “हेर आँखा र तिमी त साह्रै नजिक छौ । तिमीलाई त्यो भारी बोक्न कर लाग्छ । तर म कति टाढा छु । बर्षौंदेखि त्यो चस्माको भारी अड्काएर के को सास्ती दिन खोज्या हो ?”

उसको कुरा टुंगीन नपाउँदै हातले भन्यो– “टाढा भएर पनि अनावश्यक दुःख त मैले पाएको छु । हरेक पटक उठाएर मैले नै लगाईदिनु पर्छ । समय–समयमा मैले सम्हाली दिनुपर्दछ । म त सक्दिन यस्तो सास्ती सहन ।”

नाक, कान र हातको यस्ता झगडा देखेर दिमागले शान्त भएर भन्यो–“हेर आँखाले देख्न सक्छ र त त्यसले सबैको विचार पुर्याउन सकेको छ । आँखाले हेर्न सकेन भने तिमीहरुको अवस्था के हुनसक्छ भन्न सकिन्न ।”

दिमागको यस्तो बुद्धिमानी कुरा सुनेर सबै शान्त भए ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 7 मङ्गसीर, 2067

लेखकका अन्य रचनाहरु