बुवा ! मलाई पनि कविता चाहियो

- पद्मप्रसाद देवकोटा

महाकविको जीवनकालमा आफू आठ वर्ष जतिको मात्र हुनाले कवि भन्या के हो बुझ्ने उमेर भएको थिएन । दिनहुँ पद्मोदय स्कुलको सरस्वती प्रार्थनामा उहाँले रचेको "सरस्वतीका कुमार हामी सरस्वतीको पुकार गर्छौं" भन्ने रचना भट्याउँथे । तर त्यसका रचनाकार उहाँ नै हो भन्ने हेक्का त्यति बेला रहेन, गर्व महसुस हुने कुरै भएन ।

२०११ सालमा कोपिला नामक बालपत्रिकामा फूल भन्ने कविता मेरो नाममा छापिएको छ । माथिल्लो तलामा बुवा घोप्टो परेर केही लेखिरहनुभाथ्यो । तलको बगैंचा हेर्दै झ्यालको डन्डी समाएर म आफ्नै सुरमा केही गुगुनाउँदैरहेछु । बुवाले त्यही टिपेर कविता बनाइदिनुभएछ ।

एकदिन दिदी अम्बिकाले "हाम्रो बुवा त ठूलो कवि हो, सबैले उहाँसँग कविता माग्छन्, तँ पनि माग न Û" भनेर उचाल्नुभयो । म भरे बुवा आउनुहुन्छ, अनि कविता माग्छु, यो चकलेटजस्तै मीठो खानेकुरा होला भनेर पर्खिबसेँ । साँझ बुवा आएपछि हात थापेर "बुवा Û मलाई पनि कविता चाहियो" भनेर मागेँ । चकलेटझैं बगलीबाट थपक्क झिकेर दिनुहोला भनेको त बुवाले "ए Û तँलाई पनि कविता चाहियो, ल एकछिन पख Û" भन्दै हाँसेर कवि शिरोमणि लेखनाथ पौडेलको जय जगदीश्वर जय अविनाशी कविताको दुई श्लोक लेखेर दिनुभयो । दुई लाइन पढ्न सिकाउनुभयो । त्यसपछि कण्ठ पार्न लगाउनुभयो । तर मैले

सकिन । पछि त्यो पाना कता राखेछु कता ? हराएँ भन्न्ो डर लागिरहन्थ्यो । धेरै पछि स्कुल पढ्दा पाएँ, दिमागले त्यो कुराको झल्को देखायो । कण्ठ पार्ने बेलामा उहाँ बितिसक्नुभएको थियो ।

बुवाको केटाकेटीलाई पिट्ने चलन थिएन । चकचक गरेबापत एक चड्कन खाएको

सम्झन्छु । जुद्ध बारूणयन्त्रभन्दा अलि पर भारतीय राजदूतावास थियो । त्यहाँ मुन्तिर पुस्तकालय र माथिल्लो तलाको भित्री कोठामा साहित्यकारहरू जम्म्ाा भई विचार-विमर्श गर्थे । बुवाले घुमाउरो भर्‍याङ हुँदै मलाई माथि तलामा लिएर जानुभएको थियो । कोठामा कोही नआइसकेको हुनाले बुवा कुनामा बसेर किताब पढ्न थाल्नुभयो । तल बार लगाएर पुस्तकालयमा किताब राखिएको थियो । माने घुमाएझैं सबै किताब हातले छुँदै यता र उता गर्नथालेँ । किताबहरू ख्ास्नथाले । लाइबे्ररियन रिसायो । माथि बोलाएर बुवाले त्यसो गर्नु हुँदैन्ा भन्दै आफूसँगै राख्नुभयो । एकछिन बसेँ, बुवा किताबमा घोत्लिएपछि फेरि चकचक गर्न मन लाग्यो । फेरि किताब खस्यो । बुवाले एक चड्कन दिनुभयो ।

बुवालाई राज्यले महाकवि भनेको होइन । म गलत हुनसक्छु । तर मेरो सम्झनामा ईश्वर बरालले प्रथमपटक महाकवि भनेर लेखेको भन्ने छ । यो अनुसन्धानको कुरा हो । साहित्यिक पत्रिका प्रगतिमा ००२ सालतिर नारायण बास्कोटाले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेर पहिलोपटक लेखेका छन् । बुवाले शाकुन्तल महाकाव्य तीन महिनामा लेखिसकेको कुरा बालकृष्ण सम र पुष्कर शमशेरहरूले पत्याउनुभएन । कार्यालय समयमै उहाँले सुलोचना महाकाव्य दसै दिनमा लेख्नुभयो । त्यतिबेला उहाँ सरस्व्ाती सदनमै अनुवादकको काम गर्नुहुन्थ्यो । लगातार महाकाव्य लेखेपछि उहाँलाई महाकवि भन्न्ा थालियो ।

उहाँलाई जसले प्रचार गर्छु भनेको छ, उसैले बढी शोषण गरेको छ । कुनै व्यक्तिको रचना बिनाकुनै अनुमति प्रयोग गरेर रोयल्टी नदिनु शोषण हो । सबैले देवकोटा राष्ट्रको हो भनेर फाइदा उठाए । देवकोटा राष्ट्रको हुनासाथ परिवारको भएनन् । अझै पनि उहाँका रचना विभिन्न व्यक्तिले अनुमतिबिनै छापिरहेछन् । तिनैले मैले सहयोग गरिन भन्ने हल्ला फैलाइरहेछन् । परी कविता शतवाषिर्की समितिमार्फत नई प्रकाशनले छाप्यो । उनीहरूको अनुमति अभिलेखालयसँग छ । त्यो कविता संग्रह राष्ट्रिय अभिलेखालयले कसरी छाप्यो, अनुमति भए उसले देखाओस् ।

साझा प्रकाशनले जति मागे पनि प्रकाशनको हिसाब दिँदैन । मुवा हुन्जेल मैले रोयल्टी ल्याइदिने काम गरेँ । अहिले त्यो खायो भनेर डाहा गर्ने पनि धेरै छन् । पैतृक सम्पत्ति त सन्तानले नै खाने हो नि ? महाकविको घर अर्थात् कविकुञ्जले चर्चेको १३ आना जग्गा अविवाहित साइँली छोरी मिरा देवकोटाको सम्पत्ति हो । गत असारदेखि ओछ्यानमा परेकी उनको औषधी-उपचार र जीविका खर्च त्यही घरको भाडामात्र हो । त्यहीं एउटा कोठामा देवकोटा अध्ययन केन्द्रको कार्यालय छ । त्यो घर भत्काए जनता उठेर खबरदारी गर्छन्, गर्ने नै भए । तर संरक्षण गरिदिने कोही भएन । हामी कत्रा करोडपति हौं र ? त्यो हेरेर राखौं । भन्नेहरूले घरपरिवारले केही गरेन भन्छन् । व्यक्तिले गरेरमात्र के हुन्छ र यहाँ ? मैले सक्दो प्रयास गरेकैछु । देवकोटा केन्द्रले पागल तथा अन्य कविता अंगे्रजी, नेपाली दुवै गरी छापेको छ । चाँडै नै महाकविका नौवटा खण्डकाव्य प्रकाशित भएर आउँदैछ । अन्य कृतिहरू पनि केन्द्रबाटै छाप्ने सुरमा छौं । देवकोटाका कृति र उनका बारेमा लेखिएका पुस्तकहरूको पुस्तकालय बनाउँदैछौं । यो त परिवारको भन्दा बढी सरकारको जिम्मेवारी हो । एक करोडको अक्षय कोषमात्रै भइदिए पनि त्यसको ब्याजैले पनि कति कार्यक्रम गर्न सकिन्थ्यो । पुस्तकालय स्थापना, सोधखोज, अनुसन्धान, अप्रकाशित कृति प्रकाशन लगायत दर्जनौं काम गर्न बाँकी छ । वर्षको एकपटक यही बेलामा सबैले महाकविलाई बढी सम्झन्छन्, त्यसपछि कोही बोल्दैनन् ।

महाकविका गरिबी र अभावका कुराहरू बढी चर्चामा आउँछन् । तत्कालीन समाजमा गरिबीको रेखा छुट्याउने कसरी ? महाकवि गरिब थिए भन्नुको अर्थ उनी राणाहरूज्ास्ता शोषक-सामन्त थिएनन् भन्न्ाखोजेको हो कि ? काठमाडौंमा घर भएको रैथाने र ऊबेला पनि पढेलेखेको त्यत्रो प्रतिभाशाली मान्छे कसरी गरिब हुन्छ ? अंगे्रजी भाषाका विद्वान ट्युस्ानमात्र पढाएर पनि उहाँको परिवार मजाले पालिन्थ्यो । तर उहाँसँग पढ्नेजति सबैले शुल्क दिँदैनथे । नदिए पनि उहाँले एक घन्टा भनेको ठाउँमा चार घन्टा पढाइदिनुहुन्थ्यो रे । उहाँ मनकारी भएर नै परिवारले बेथितिको सामना गर्नुपरेको हो । महाकवि दरिद्र हुनुमा उहाँको दानी स्वभाव नै कारक हो । महाकविले बनारसमा हुँदा कृति बेचेर बाँचेको कुरा पनि सत्य हो । मलेरिया भई असाध्यै आर्थिक समस्या परेकाले रचनाहरू बेेच्नुपर्‍यो । त्यो धेरै चलेको होइन, दस-बाह्र दिनमात्रै हो । दस-बाह्र दिनमा उहाँलाई नौवटा पुस्तक बेचेको आरोप छ ।

उसो त बुवाले मुनामदन नेपाल भाषा प्रकाशिनी समितिलाई बेचेको नै हो । पछि राजा महेन्द्रको आदेशानुसार आर्थिक अधिकार फिर्ता भएपछि रोयल्टी दिने भयो । बुवाका २३ वटा कृति साझाबाट प्रकाशित छन् । एकेडेमीले बुवाका कति कृति त दोहोर्‍याएर छापेको नै छैन । मैनाजस्तो खण्डकाव्य एकेडेमीले दोहोर्‍याएर छाप्दैन । महाकविको नाममा अध्ययन-अनुसन्धान होस्, विश्वविद्यालय खोलियोस् ।
(तृष्णा कुँवरसँगको कुराकानीमा आधारित)
कान्तिपुरबाट

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 23 कार्तिक, 2067

लेखकका अन्य रचनाहरु