बिमार

- कृष्ण बजगाईं

बिस्तारै आँखा धमिलो देख्न थाल्यो । उसले भन्यो “सबै बिमार होस् तर आँखाको बिमार कसैलाई कहिल्यै नहोस् ।”

त्यसको केही समयपछि झरेर बाँकी रहेका केही दाँत दुखेर भुतुक्क भयो । अनि भन्यो “सबै बिमार होस् तर दाँतको बिमार नहोस् ।” दाँत दुखेको राम्ररी बिसेक भैसकको थिएन फेरी छाती दुख्न थाल्यो ।

त्यो बिमारको बारेमा बताउन नपाउँदै मुटु दुख्ने बिमारले च्यापेर फत्रक् फत्रक् भयो । अनि भन्यो “सबै बिमार होस् तर मुटुको बिमार कहिल्यै नहोस् ।” त्यसको औषधी खाएर तंग्रीएर हिँड्दै थियो । खुट्टा कमजोर भएर सहारा चाहिने भयो । फेरी भन्यो “सबै थोक होस् तर यस्तो कमजोरी हुने बिमार कहिल्यै नहोस् ।”

त्यसको केही दिनमै सदाको लागि यस संसारबाट बिदा भयो । बाँकी अंग र रोगको बारेमा केही भन्नै पाएन ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 28 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु