प्रत्यारोपण

- विमल भौकाजी

ऊ आपूmलाई सबैभन्दा ‘ठूलो मान्छे हुँ’ भन्थ्यो, अरु मान्छेलाई आपूmजत्तिकै मान्छे मान्दैनथ्यो, सबैलाई ‘सानो’ मान्थ्यो ।

.......उसको त्यो भ्रम त्यसबेला तोडियो, जब एउटा ठूलो दुर्घटनामा उसले आफ्ना दुवै आँखाका रोशनी गुमायो ।

उसको अगाडि अब केवल अन्धकार बाहेक केही थिएन ।

एकथरि मान्छेहरुले भने, –’बल्ल स्वाद पायो यसले, कसैलाई आपूmजस्तो मान्छे नै ठान्दैनथ्यो ।’......र उनीहरुले खुम्चिङ बजाए ।

–अर्काथरि मान्छेहरुले भने, –‘बिचरा, आपूm कसैका अगाडि नझुकिकनै बाँच्न चाहन्थ्यो, अब त्यो स्वाभिमान.......।’ उनीहरु चुकचुकाए ।

.........र अर्का भिन्नै खालका मान्छेहरुले भने–‘जे भयो भई नै सक्यो, अब उसलाई सरापेर वा उप्रति सहानुभूति दर्शाएर के फाइदा छ र ?’ त्यसैले उनीहरुले भिन्नै सोचाइ राखे, –‘यो अन्धो भएको मान्छेमा फेरि देख्ने सम्भावना छ कि ?’

अनि यही सम्भावनालाई हृदयमा राखेर राखेर ती मान्छेहरुले फेरी उसको उज्यालोको खोजी गर्न लागे ।

तिनै मान्छेहरुमध्ये कोही एकजना व्यक्तिले आफ्नै सजीव आँखाका नानी त्यो अन्धो मान्छेमा प्रत्यारोपण गर्ने निर्णय ग¥यो ।

......अन्धो मान्छेको निर्जीव आँखामा नौलो आँखाको नानी पत्यारोपण गरियो । र, सबैभन्दा पहिले ऊ सामु उसलाई आँखा दान गर्ने व्यक्ति गएर उभियो । आँखा दान गर्ने व्यक्तिले उसलाई भन्यो, ‘बधाई छ तिमीलाई, तिमी फेरी देख्दैछौ ।.........भन, कस्तो देख्दैछौ ?’

उसले भन्यो, –‘म एउटा मान्छे हुँ –यही देख्दैछु........।’

‘अनि अरु.....?’ दानी मान्छेले सोध्यो ।

उसले जवाफ फर्कायो, –‘केही पनि देखिन ।’

चिन्तित हुँदै दानी मान्छेले फेरि सोध्यो । –‘मलाई पनि देख्दैनौ ?’

‘अहँ, आपूmबाहेक म अरु कसैलाई देख्दिन ।’ गर्वसाथ त्यो ‘मान्छे’ ले भन्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 26 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु