पहाड काम, वीर काम

- इन्द्रबहादुर राई

मलाई हाम्रो प्रतिष्ठानले दार्जिलिङबाट डाकिएकोमा मेरो मनमा संशय प¥यो । मलाई किन उहाँहरूले डाक्नुभयो मनमनै विचार आइहाल्यो । मभन्दा धेरै अधिकार पाउने धेरै अरू लेखकहरू छन्, नेपाली साहित्यको निम्ति मैले भन्दा धेरै बढ्ता योगदान दिनु भएका साहित्यिकहरू यहाँ छन् । १०–१५ मिनेट यसो गम्दा पनि ३० भन्दा बढी स्रष्टाहरू गन्ती गर्न सकेँ । पहिले उहाँहरूलाई बोलाइएपछि कुनै समयमा मलाई पनि बोलाइँदा उचित लाग्यो । मनमा यो संशयले गर्दा कुरी कुरी भयो मलाई । अनि सम्भेmँ यहाँ आयोजक वर्गले प्रतिष्ठान वर्गले कुनै आधार देख्नु भएको होला के ? आखिरमा एउटै आधार समात्न पुगेँ म । म नेपाल बाहिर रहेर पनि नेपाली साहित्यको यथासक्य सहयोगमा लागेको । यस्ता धेरै जना छन् उहाँ धेरै योग्यताका, धेरै सामथ्र्यका । उनीहरू सबैको पनि सम्मान होस् भन्ने विचार राखेर, बृहत् लक्ष्य राखेर यस प्रतिष्ठानले मलाई डाकेको हो भन्ने जुन आधार मैले समात्न पाएँ त्यसले केही मात्रामा आश्वस्त बनेँ । नत्र भने मेरो पहिलो प्रतिक्रिया बढो संशयपूर्ण, बढो प्रश्नपूर्ण बढो एउटा अलिकति मलाई धुकचुकीको अवस्था थियो ।

यहाँ आउनको निम्ति त्यसै त धेरै आकर्षणहरू छन् । साहित्यिकहरूलाई भेट्न पाउँछु, केही कुरा गर्न पाउँछु, उनीहरूबाट केही सिक्न पाउँछु, साहित्य कता बढिराखेको छ भनेर । तर यसपल्ट भने घिमिरेज्यूलाई भेट्न पाउँछु भन्ने पनि आकर्षण थियो । उहाँसँगको पुरानो साइनो छ । १९७१–७२ मा उहाँ दार्जिलिङमा हुनुहुन्थ्यो । हामी निकै लामो समयसम्म सँगसँगै हिँड्यौँ खायौँ, सँगसँगै हुक्र्यौं बस्यौँ र मलाई त, मलाई मात्र होइन धेरै हाम्रा दार्जिलिङका साहित्यिकहरूलाई भित्रबाट एउटा लोभ लागेको थियो । जसरी त्यस समय ईश्वरवल्लभ दार्जिलिङकै भएर रहनु भएको थियो । त्यसरी नै उहाँ पनि दार्जिलिङकै भएर रहिदिए कति हाम्रो भाग्य हुन्थ्यो भन्ने लोभ मनमा आएको थियो ।

तर त्यो लोभ हाम्रो थियो, उहाँको कर्तव्यबोध अर्कै थियो । अनि केही दिनपछि सुन्यौँ उहाँ फर्किनु भयो भनेर । ३७–३८ वर्षपछि पोहोर मात्र यहाँको बसुन्धारा मान प्रज्ञा प्रतिष्ठानको यस्तै कार्यक्रममा अकस्मात् उहाँसँग भेट भयो । त्यसैबेला उहाँको पुस्तक अन्तर्मनको यात्रा एक प्रति मैले पाएँ । लगेर दार्जिलिङमा पढेँ । मैले उहाँलाई भेट्दा पहिलो पटकमै कराएको थिएँ “भाइ यतिका वर्ष तपाईं कहाँ हराउनु भयो ।” हामीले केही खबर पाएनौँ । सबै त्यस्ता प्रश्नहरूको उत्तर त्यस पुस्तकमा रहेछ । उहाँले त पहाड काम गर्नु भएको रहेछ, वीर काम गर्नु भएको रहेछ । समाजको निम्ति, देशको निम्ति र हामीलाई छोडेर आएको ठिक काम भएछ लाग्यो हामीलाई ।

उहाँले कहिले कहिले त्यस पुस्तकमा पनि कति ठाउँमा लेख्नु भएको छ — मेरो भित्री मनले त, सधैँ साहित्यमा लागूँ, पुरै साहित्यमा लागूँ भन्ने थियो, तर मैले आफ्नो धेरै समय, मेरो धेरै सामथ्र्य, मेरो धेरै ऊर्जा समाजको काम लाउनु प¥यो भन्नुभएको छ । हामी उहाँलाई भन्छौँ, यहाँले केही पनि भुल गर्नुभएको छैन । हामी उहाँलाई भन्छौँ — समाज र साहित्यमा सबैले कुन चाहिँलाई प्राथमिकता दिनुपर्ने हो भन्ने प्रश्नमा जहिले पनि समाजलाई नैँ प्राथमिकता दिनुपर्छ, प्रथम स्थान दिनुपर्छ । समाज रहे नै त साहित्य रहन्छ । समाज नै नबाँचे कसले पढ्ने । समाजलाई बचाउनु, समाजको संरक्षण गर्नु पहिलो कर्तव्य हुन्छ । त्यो काममा उहाँ लाग्नु भयो । ठुलो काम उहाँबाट भयो भन्छु । ठुला फ्रान्सेली साहित्यकार ज्याँ पल सात्र्रले एउटा अन्तर्वार्तामा भनेका रहेछन् — ‘यदि म अफ्रिकाको जङ्गलभित्र आदिम जातिहरूको माझमा जन्मेको भए त्यस ठाउँमा मैले साहित्यिक हुन खोज्नु, लेखक हुन खोज्नु त महाअपराध हुन्थ्यो, ठुलो व्रmाइम हुन्थ्यो । त्यहाँ त मैले एउटा मन्त्र टुना गर्ने ‘विच डक्टर’, झाँव्रmी जस्तो भएर समाजको सेवा गर्नुपर्ने हुन्थ्यो, त्यो मेरो कर्तव्य हुन्थ्यो ।’

यसरी नै ठुला साहित्यकारहरूको पनि मनमा भित्र लागेको हुने रहेछ । समाजकै सेवा पहिला गरौँ भनेर उहाँले त्यो काममा लाग्नु भयो, ठुलो काम गर्नु भयो । हामी यस्तो निम्ति अनुगृहीत छौँ उहाँप्रति ।

अब साहित्य लेख्दै जाँदा कस्तो साहित्य लेखौँ भन्ने प्रश्न सबै साहित्यिकहरूको मनमा उठ्दछ । देश अनुसारको, समाज अनुसारको साहित्य हामीले लेख्नुपर्दछ । आवश्यकता हेरेर त्यसै अनुसारको साहित्य हामीले लेख्नुपर्ने हाम्रो कर्तव्य हो । अहिले हाम्रो समयमा एउटा आवश्यकता मैले देखेँ — सबैमा मेल भावना ल्याउनु । यसभित्र पनि मेल भावको सहनशीलता एक अर्कालाई बुझ्ने, सहन गर्ने एकअर्काको कुरा सुन्ने, मान्ने, आदान प्रदान सद्भावनाको यस्तो एउटा समाज ल्याउनुपर्ने यो समयको एउटा माग हो । अहिले हामीले यही सन्देश, यही लक्ष्य राखेर साहित्य लेख्नुपर्ने कर्तव्य हुन्छ भन्ने लाग्यो र साँच्चै नै हामी एउटा यस्तो साहित्य लेखौँ भनेर मनमा विचार छ जसले सबैका सामुमा एउटा सद्भावना ल्याओस्, सहनशीलता ल्याओस् । आज हामीलाई चाहिएको छ सहनशीलता, जसले एकअर्कामा सद्भावको वातावरण पनि ल्याउँछ । समाजमा जहिले पनि एक समानले विकास भएको हुँदैन, ग्लभखभल म्भखभयिऊभलत भन्छन् अङ्ग्रेजी समाजमा धेरै प्रकारका धेरै समुदायका, धेरै तहका मानिसहरू हुन्छन् । उनीहरूको आकाङ्क्षा भिन्दै भिन्दै हुन्छ । त्यो सबैलाई हामीले बुझेर धेरै किसिमको साहित्य समाजलाई चाहिएको हुन्छ । सबै किसिमका मानिसले एकै किसिमका साहित्य रुचाउँदैनन् । जस्तो साहित्य लेख्दा पनि समाजको कुनै न कुनै वर्गलाई, कुनै न कुनै किसिमका मानिसलाई उपयोगी नै हुन्छ र यसरी हामीले विभिन्न प्रकारका साहित्य लेख्नेपट्टि लागौँ । अनि ती विभिन्न प्रकारका साहित्यमा हामीले, यो साहित्य मात्रै राम्रो त्यो साहित्य नहुनुपर्ने हो, यो पुरानो ढङ्गको हो, त्यो नचाहिने ढङ्गको हो भन्ने नराखेर एउटा उदारताको भाव राखेर साहित्यमा पनि उदारता ल्याउने कोसिस गरौँ र समाजलाई अहिले यस घडीमा यस बेलामा चाहिएको कुरा हामीले साहित्यबाट पनि योगदान दिने बल गरौँ । यही नै लक्ष्य राखेर अघिदेखि यही कोसिस गर्दै छौँ । हामी यसमा लागेका छौँ र कतिसम्म हुनसक्छ यसैमा लागिरहने एउटा वचन यहाँहरूलाई दिएको छु । अन्त्यमा सम्माननीय राष्ट्रपतिज्यूको गरिमामय उपस्थिति आज हामीले पायौँ । उहाँको गरिमामय उपस्थितिले हामी सबै साहित्यिकहरू संरक्षित भएका अनुभव गर्दछौँ, साहित्य नै संरक्षति अनुभव गर्दछौँ र राष्ट्रपतिज्यूमा आफ्नो कृतज्ञता व्यक्त गरेर म बिदा माग्दछु ।
१४ फाल्गुन २०६५

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु