टकबहादुर घाउ

- प्रवीण राई जुमेली

टकबहादुर राई गाउँको स्कूलमा पदाउँदा-पदाउँदै बुडो भइसकेको छ। अर्को साल निवृत्त हुनेछ उ सरकारी नोकरीबाट पनि।

उसले कहिले-काहीं आफ्नो छाती चिरेर घाममा सुकाउँथ्यो। त्यहाँ गाउँका सम्झनाहरु घाउका दागहरु झैं बसेका थिए। त्यसबेला गाउँलेहरु ती दागहरु हेर्न भेला हुन्थे।

ती दागहरु यस्ता थिएः
१.कमिटी स्कूल बनाउँदा उठेका ठेलाहरु झैं।
२.तिहारमा मारुनी नाच लगाउँदाका अनिद्राहरु झैं।
३.नाटक लेख्नु र खेल्नुका अविश्रान्त साँझहरु झैं।

ती गाँउका दुख:हरु यसकारण थिए – हिजका ती स्कूल कमिटीहरु पर्सन्टेजका दावेदारहरुबाट हारिसकेका थिए; मारूनी नाचहरु डिस्को र ऱ्यापहरुको स्वरमुनि दबिएका थिए; नाटकहरु पनि टेलिभिजन र सिनेमाहरुबाट लखेटिएका थिए।
यसैले टकबहादुर राई समयले कथेको ठूलो एउटा घाउ : र उसको छाती चाहिँ अनेकौं मसिना घाउहरु बोक्ने ढाकर॥

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 11 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु