गीत

- विद्याप्रसाद घिमिरे

घातहरु छातीभरि कैदगरी हाँसेको छु
चिरिएको आधीमुटु निचोरेर बाँचेको छु ।

बिधुवाको स्यूँदो जस्तो शून्यशून्य भाग्य मेरो
यिनै जोडी आँखाभित्र झरी बनी रोइरह्यो ।

कहीँ कतै नभेटिने सिक्काका दुईपाटा अनि
विधाताको भाग्य कोर्ने मसी हेर्दै रोइरह्यो ।।

दियालोको साथबाट थोरै ज्योति पैंचो मागी
धिपधिपे उजेलोमा अस्तित्व यो साँचेको छु ।

के नै अर्थ रह्यो र खै नाता हुनु नहुनुको
हाम्रो साइनो पानीमाथि कोरिएको हस्ताक्षर भो ।

सधैँसधैँ बन्द हुने पुस्तकका पानाभरि
बान्कीपरी सजिएका मूल्यहीन अक्षर भो ।।

सुदूरको अँध्यारोमा हराएको तारासँग
निसासिँदो आफ्नो भाग्य आपसमा साटेको छु ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 5 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु