बर्दी

- जगदीश घिमिरे

बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन प¥यो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ दूध दिने गाईको लात सहन राजी थियो ।) उसले पहिलेपहिलेका बलात्कारीहरूले जस्तो बलात्कृतका खाँबामा बाँधेका हात–खुट्टा थिच्न, चुल्ठो समाउन, मुखमा उसकै सारी कोच्न अन्य बलात्कारी साथीहरूको सहयोग–सहभागिता लिनु पर्ने भएन ।

उसँग गरिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट थियो । उसले त्यो बालेर हे¥यो – बलात्कृत नेपालको हिमाल, लेक, बेंसी र हरिया फाँट जस्तो छ । अनुहारमा अनन्त शान्ति छ ।

त्यो देखेर बलात्कारी मुग्ध भयो ।

उ आफ्नो कर्तव्यबोधले झन्–झन् प्रेरित हुन लाग्यो । आलिङ्गन, चुम्बनका लागि अग्रसर भयो । उसले एघारौं बलात्कारीको विसर्जन वक्तव्य सम्झ्यो – “ठाउँमा आइसकी । बदमासी गर्न छाडिसकी । निर्धक्क भै गए हुन्छ । ..... गजबकी छ ।” अतएव ऊ निर्धक्क भएर पसेको थियो । अतएव ऊ निर्धक्क भएर पूर्वव्रिmयामा संलग्न भयो ।

उसले बर्दी लगाएको थियो । यस अघि उसले बर्दी लगाएर बलात्कार गरेको थिएन । अतः हिचकिचायो । उसले आफैसँग सोध्यो – “बर्दी लगाएर बलात्कार गर्नु हुन्छ कि हुन्न ?” उसलाई थाहा छैन ! तालिममा कसैले बताएको होइन ! काममा कसैले सिकाएको होइन ! कसरी जान्ने ! उसले सम्झने प्रयत्न ग¥यो । बर्दी लगाएर सबै थोक गरेको सम्झ्यो – सबै कुकर्म गरेको सम्झ्यो । उसले आफैँलाई जवाफ दियो – “बर्दी लगाएपछि जे गरे पनि हुन्छ, सब फिरी !”

एक झम्टामा उसले काम सिद्धायो । मुर्दा–शान्त नदीमा पौडेर पारी पुग्यो । बाहिर निस्केर घोषणा ग¥यो – “हलचल गर्दिन ।”

प्रतीक्षारत बलात्कारीले व्रmुद्ध भएर सोध्यो – “मन तातो छ कि छैन तेरी आमाको”

“मन त तातै छ” – उसले जवाफ दियो – “तेरी आमाको ।”

“धुक–धुकी बाँकी छ कि छैन ?” अर्को प्रतीक्षारतले सोध्यो ।

“धुक–धुकी...बाँकी नै होला ।”

प्रतीक्षारत बलात्कारीहरू अधीर भैसकेका थिए । अतः पहिले–पहिले जस्तो एक्ला–एक्लै नगएर तँछाड मछाड गर्दै एक बथान भित्र पसे । भन्दै थिए – “मन तातो भए भै हाल्छ नि.....”

लाग्थ्यो – ऊ विषम परिस्थितिमा जन्मेकी थिई । विषमतर परिस्थितिमा हुर्किएकी थिई । विषमतम परिस्थितिबाट गुज्रदैँ थिई । उसबारे कसैलाई केही थाहा थिएन । उसले एकपटक आफ्नो नाउ–थरसम्म बताएको हो – कुन्नि के अरे । देब्रे पाखुरामा पनि आफ्नो नाउँथर खोपाएकी रहिछ । नाऊँचाँही बुझिँदैन तर थर प्रस्ट छ – नेपाल ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 5 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु