यात्रा

- सरुभक्त

‘कुनै बेला, जब समय थिएन, ब्रह्माण्डको जन्म भयो’ –‘र त्यही प्रक्रियाअन्तर्गत निहारिकाहरू जन्मे, आकाशगङ्गा जन्म्यो, सौर्य परिवार जन्म्यो, पृथ्वी जन्मी । पृथ्वीमा जीवनहरुको जन्म भयो । मान्छे प्रजातिहरुको जन्म भयो । म जन्में । यदि म सय वर्ष बाँचे भनें, जुन मान्छेको पूर्ण आयु मानिन्छ...’

‘सूर्यलाई पृथ्वीले १०० पल्ट परिक्रमा गर्ने अवधि ।’ मान्छे निर्मित मान्छे मानिमाले टिप्पणी ग¥यो । गिगो विहीन ।

‘ठीक । सूर्यलाई पूथ्वीले परिक्रमा गर्दागर्दै कुनै समय म मर्नेछु । कुनै समय पृथ्वी, सूर्य, निहारिकाहरु र सम्पूर्ण ब्रह्माण्डको मृत्यु हुनेछ ...’

‘हो त नि । कहिले जीवन कहिले मृत्यु– किन हुनु आवश्यक होला ।’

मानिमाले फेरि टिप्पणी ग¥यो । पक्का अयान्त्रिक ।

‘तर मानिमा, मान्छे मरे पनि मान्छेको अहंकार मर्दैन । म बह्माण्डको मृत्युमा शोक मनाउन बाँचिरहनेछु । म अमृत्युको खोज गर्न ब्रह्माण्डबाहिरको यात्रा गर्दैछु ।’

‘यो कसरी सम्भव छ ? मान्छे, जो ब्रह्माण्डको एक प्रक्रिया हो, कसरी ब्रह्माण्डबाट बाहिरिन सक्छ ? के यो विद्रोहमा मूर्खता छैन ?’ मानिमाले विस्मयबोधी प्रश्नहरु ग¥यो । उसको लागियम अर्सेनाइड स्मृतिचिप्सहरुमा अतिक्रमित यान्त्रिकताको चट्याङहरु परे । तर मान्छे आफ्नै धूनमा थियो ।

‘कुनै कुनै महानताका कूरा मूर्खतापूर्ण देखिन्छन् । म मूर्खतावरण गर्छु, तिमी दासतावरण गरिरहनु ।’

मान्छेले भन्यो र रहस्यमय पाराले मुस्कुरायो ।

अद्यावधि ब्रह्माण्ड मरिहालेको छैन । ब्रह्माण्ड समयहरुमा मान्छेको अदम्य यात्रा जारी छ ।..

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 29 भाद्र, 2067

लेखकका अन्य रचनाहरु