सम्बन्ध विच्छेद

- डा. गार्गी शर्मा

म आफ्ना छात्रछात्रा निकै नजिकिएकी हुन्छु । यिनैमध्ये एक दिन दुईजना छात्रहरु आएर एउटा कार्ड दिदै भने, ‘मिस भोलि एकदिनलाई बिदा दिनोस् र तपाई पनि हामीकहाँ भोलि पक्का आउनोस्, ममीको हेप्पी वेडिङ छ ।’ मैले संझे नेपालीहरुमा विदेशी संस्कृति भित्रिदैछ, वैवाहिक वर्ष मनाउने होला । अनि सोधें, ममी पापा के गर्नु हुन्छ ?

‘बाबा प्रोजेक्टमा काम गर्नु हुन्छ , ममी बैंकमा अधिकृत हुनुहुन्थ्यो तर आजदेखि छोड्नु भयो ।’ मैले सोधेें त्यति राम्रो जागिर किन छोड्नु भएको ?
बाबा ममीको कुरै मिलेन, धेरै वर्षदेखि खटपट थियो । हामी ममीसँगै थियौं । तर केही दिन अगाडि ममीले हामीसँग नयाँ जीवन शुरु गर्न सल्लाह माग्नुभयो । एउटा धनी विधुर डाक्टर अङ्कलसँग उहाँको कुरा मिलेछ ।

म सोच्छु –यति ठूला केटाकेटी छोडेर नव विवाह ? तिमीहरुले मञ्जुर ग¥यौं ? किन नगर्नु मिस ? हाम्रो लागि उहाँलाई सधैं दुःखी गराउने ? हामी बाबाले पठाए सँगै जान्छौं नत्र बाबासँग बस्छौं ।

अफिसमा बसेर सोच्न लागें, के यो नवजीवन सुखमय होला ? केटाकेटी सुखी होलान् ? सुनिन्छ, एक्लो पुरुष, रुखो र असामाजिक हुन्छ । मातृ अस्मिताको यो कटु क्षणले म झस्किएँ ।

केही दिनपछि मैले उनीहरुलाई सोधें, सबै ठीक छ ? बिचराहरुले निन्याउँरिदै भने, ‘ममीसँग कहिले भेट हुन्छ थाहा छैन । पाकिस्तानमा हुनुहुन्छ, फोन गर्न पनि दिनुहुन्न बाबाले । बाबा साह्रै चिट्चिट हुनुहुन्छ । घरमा काम गर्ने मान्छे पनि हुँदैन । बाबाका साथीहरु आइरहन्छन् । चिया पानि गर्नैपर्छ । हैरान छौं ममीसँग हुँदा एक कप चिया पनि पकाएर खादैनथियौं । तर अब त...............घर खर्च, स्कूल फी आदिको लागि पनि कचकचाउनु हुन्छ । हामीले के गर्ने ? बरु कहिलेकाहीं भन्नु हुन्छ, ‘साने दोष देखेर शङ्का गरी सम्बन्ध विच्छेद गरी तर्साएको फल खूब भोग्छु, खूब भोग्छु, ऊ त उम्की, म पो जालमा फसें ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 29 भाद्र, 2067

लेखकका अन्य रचनाहरु