मोहभङ्

- राजुराम मुनंकर्मी

नेता श्यामल प्रसादलाई अचेल आप्mनो विगतका क्रियाकलाप प्रति पछुतो लाग्न थालेको छ । देशमा नयाँ मन्त्रिमण्डल गठन हुँदा नयाँ संविधानसभा जारी गर्ने देखि लिएर सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुड्डयाउने सम्मका सपना सजाएको थियो उनले । तर उनको सपना साकार हुनु त कता हो कता,सयौं रिवन काटी उद्घाटन गर्दैमा आप्mनो कार्यकाल वितेको पत्तै भएन । यसैक्रममा कतिपय गन्हाउने,सडेगलेका संस्थाहरु पनि त्यसैभित्र परेको रहेछ । अचेल रिवनको महत्व झन् झन् बढ्दै गएको समयमा पनि उनलाई रिवनदेखि नै साह्रै वाक्क दिक्क लाग्न थालेको छ । विभिन्न रिवन मध्ये पनि विशेष गरी रातो रिवनको नामै सुन्न चाहँदैन नेताजी श्यामल प्रसाद । त्यसैले त अचेल उनलाई रातो रिवन प्रति नै मोहभङ् भएको रहेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 भाद्र, 2067

लेखकका अन्य रचनाहरु