शब्दहरू

- शिखर आरोहण

शब्द–बिम्वहरूले अनेकपटक मलाई झस्क्याउने गर्छन् । शब्दहरूसँग मेरो समिप्यता धेरै थोरै छ, शब्दहरूलाई म चित्र सक्दिन कि जस्तो लागेर बेलावखत म झस्किने गर्दछु । शब्दहरू बाराम्बार आएर मलाई तर्साउने गर्छन् । शब्दहरु हरेक रात आउन थाले.का छन् । मेरा हरेक सपनामा आएर मलाई शब्दहरूले खेलाउछन् । शब्दहरूसँग म कुनै हिचकिचाहट नग्न बनिदिन सक्छु जो आजसम्म म अरू कसैसँग बन्न सकेको छैन । शब्दहरूले मलाई हरेक रात नङ्ग्याएर जान्छन्, मानौं म एक निर्जीव हुँ र शब्दहरू मलाई खेलौना सम्झिरहेछन् । जब म उठ्छु, मलाई आत्मग्लानी हुन्छ । अत्मग्लानीलाई भित्र–भित्र पु¥याउन खोज्छु, सायद आत्मग्लानी तरल वस्तु होला मेरो लागि त्यो क्षण, त्यो समय । म नग्न अवस्था सम्झेर आफैलाई धिकार्नु पर्ने हो तर लाग्छ म कुनै खेलौना होइन ।

एक रात सपनामा मार्खेज ब्राण्डको शब्द हुँ भनेर एक शब्दले मलाई लुछ्यो, म मख्ख परेँ, शब्दसँंग नजिकिएँ, शब्दसँग एकोहोरो भएर शब्दलाई आफ्नो ज्यान सुम्पिएँ । शब्द मार्खेज ब्राण्डको सम्झेर भावुक भएँ, खुसी पनि भावुकता साथसाथै थियो । मैले सोचें अब यो शब्दसँग मिल्दा पक्कै पनि म अर्को मार्खेज बन्छु । एउटा मीठो सपना भएर शब्दले मलाई लुट्यो त्यस दिन, शब्दले मलाई जानेबेलामा भन्यो म फेरि भोलि तिमीलाइृ सहयोग गर्न आउनेछु, तिमीलाई भोलि पक्कै पनि साथसाथै लिएर जानेछु । मैले बिहान सोचेँ, यसरी झुक्याउनेहरू थुप्रै हुन्छन्, सायद यो शब्दले पनि मलाई झुक्याएको होला । रातभर शब्दसँगको बसाईमा थिलोथिलो भएको मेरो शरिरले दिनभर आराम पायो, म अलिक फरक मान्छे होला जो रातभर व्यस्त रहन्छ र दिनभर मीठो सपनामा समाहित हुन्छ । दिन ढल्दै गयो, रात बढ्दै गयो, फेरि एकपटक सपनाले म माथि आफ्नो आधिपत्य जमायो । सपनामा पुनः उही मर्खेज ब्राण्डको शब्दले हिजोको जस्तै गरी मलाई लोभ्यायो । मन कमलो थियो, मानिदिएँ । मैंले सोचेँ यो शब्द वास्तवमै मलाई मनपराइरहेछ, मलाई यसले पक्कै पनि आफूसाथ लैजाने छ, अवश्य नै यो शब्दले मलाई चिनाउने छ, दरिद्रताको, गरिबीको यो अवस्थाबाट माथि पु¥याउने छ र नजिकिएँ शब्दसँग । शब्दले मलाई पुनः उही अवस्थामा फर्कायो, मलाई सहयोग ग¥यो शब्दले, मलाई मीठो अनुभूति दिलायो शब्दले । सायद शब्द सन्तुष्ट भएछ क्यारे, सन्तुष्टिको मीठो आवाज प्रकट गर्दै, भोलि आउने वाचा गरेर शब्द गयो । म मीठो निद्रामा परेँ, मीठो सपनाले मलाई आनन्दीत तुल्यायो । त्यसपछिका धेरै रातहरू म सपना विहिन भएँ । रातको मेरो व्यस्तता नै सपनाहरूलाइृ अगाल्नु हो र ममा कुनै सपनाले ठाउँ लिन सकेन, मानौं कुनै पनि सपनाले मलाई पत्याएन । मेरो वरिपरि आन्दोलनहरू भइरहेका थिए । लोकतन्त्रका लागि आन्दोलन, जातियता विरूद्ध आन्दोलन, अप्रिल क्रान्ति, स्वायत्तराज्य घोषणाका लागि आन्दोलन, ऋण लिएर नतिर्ने आन्दोलन तर कहिल्यै शब्द विरोधी आन्दोलनहरू भएनन् । यदि शब्दको बिरूद्धमा आन्दोलन भइदिएको भए, म निस्कन्थें जुलुसमा, म नेतृत्व गर्थे शब्दहरूको विरूद्धमा, मलाई त्यस्तै त्यस्तै लाग्छ जब शब्दहरूको कुरूप रूप म सम्झन्छु, शब्दहरू राम्रा छन् भन्ने हाम्रो सोचाइ गलत छ । मलाई त शब्दहरू जस्तो कुरूप अरू केही पनि लाग्दैन ।

लामो समय पछि म जीवनका विभिन्न पाटाहरूलाई छिचोल्दै अगाडि बढिरहँदा फेरि सपनामा शब्दहरू आउन थाले । यसपालीको शब्द भने हार्डी कम्पनीको रहेछ, शब्दले मलाई भन्यो ‘मलाई थाहा छ तिमीलाई धेरै पहिले मार्खेज ब्राण्डको शब्दले छोडेको हो ।’ म निशब्द बसिरहेँ । ‘शब्द अगाडि बढ्यो । त्यो शब्द त्यस्तै हो, त्यसले धेरैलाई झुक्याएको छ, धेरैलाई गम्भिर बनाएको छ, धेरैको मन जित्न सफल भएको छ ।’ ममा कुनै प्रतिक्रिया दिने साहस थिएन । शब्द अगाडि बढ्यो ‘तिमीलाई त्यसले छोडेको होइन, तिमीले आफूमा उसको अनुसार परिवर्तन नआएकोले, उसलाई तिमीले बुझ्न नसकेकोले, उसलाई तिमीले छोडेका हौ, तिमीलाई उसले छोडेको होइन ।’ म सुनिरहें, आवाज आएन, भित्र–भित्रै सन्नाटाहरूले शब्दसँगको सामिप्यताको कारण मलाई रूआईरहेको थियो । आखिर सपना, सपनामानै छोड्न चाहें । यसपाली शब्द मसँग थोरै स्पर्शीत भइरह्यो या मैलें शब्दसँग सन्तुष्टी लिइरहें, म आफैलाई थाहा छैन । शब्दले गर्नुसम्म गरेछ– आफूलाई चाहेर हो वा नचाहदा–नचाहदैं म नग्न अवस्थामा थिएँ । उही ओच्छ्यान आखिर प्रेम निर्लज्ज अवस्थामा चियाइरहेको थियो । मलाई थाहा छैन त्यती बेला म किन शब्दहरूलाई नजिक्याउदै छु, शब्दहरूसँग किन खेलवाड गरिरहेछु अर्थात शब्दहरू मसँग किन खेलवाड गरिरहेछन् ?? हार्डी कम्पनीको शब्द त्यसपछी निरन्तर मलाई झस्क्याउने गथ्र्यो, झस्क्याईरहेको थियो । अचानक एक रात एक सन्नाटामा शुष्क अँध्यारो भित्र सपनाभित्र शब्द आइदियो, म हेरिरहेँ । मेरो वक्षस्थल वरीपरी उ कर्के आखाँ लगाइरहेको थियो, म आतुर थिएँ, उसलाई पिउन, सायद ऊ अतुर थियो होला मलाई पिउन । त्यस रात के भयो के भएन ? मीठो सुस्केरा संगै एक झोक्का हावाले मलाई ख्वार्लप्पै निलिदियो, शब्द जादुको चमत्कारी जस्तै विलिन भएर गयो । म प्रतिक्षामा कयौं रातहरू काटिरहेँ प्रतिक्षामा सपनाहरू विहिन अनिद्रामा बसिरहें । मलाई लाग्छ यदी कसैले सपना देख्दैन भने ऊ निदाएको हुँदैन, निदाउनको लागि त सपना देख्नुपर्छ सपनालाइृ आत्मसाथ गर्न सक्नुपर्छ । मलाई र मेरा चेतहरूलाई थाहा छैन एक साँझ सल्काइएको चुरोट सँगै म निद्रामा मस्त भएछु । बेबिलोनका झुलन बगैंचाहरू सपनामा देखीरहेको थिएँ । जीवन अस्थिर थियो, अस्थिरता तर्फ लम्कदै थियो । जीन्दगीका आयामहरू क्रमशः भत्कदैं थिएँ, क्रमशः पर हट्दै थिए । मलाई शब्दहरू बाराम्बार गिज्याउँछन्, म शब्दहरूलाई स्वागत गरिदिन्छु । त्यस रात पुनः शब्दले मलाई हेर्यो अनि म सन्तुष्टीका शब्दहरूलाई नियालीरहेँ ।

आजकल मलाई शब्दले पुग्दैन, शब्दसंगैका रसेलका पिपिङ टमहरूको आवश्यकता पर्दछ । पिपिङ टम लाई पर हेर्दै शब्दहरूलाई गिजोल्नु, शब्दहरूलाई उछिल्याउनु एक आवश्यकता र मेरो चाहनाको पर्याय बनेको छ, एक चाहानाको स्विकारोक्ति भन्न पनि सकिन्छ यसलाई । जताततै शब्दहरू आन्दोलित भईरहेका रहेछन् । म शब्दपिडित, शब्द बलात्कृत एक दिन खुसुक्क शब्दहरूले थाहा नपाउने गरी उनीहरूकै आन्दोलनमा पसेँ । उनीहरूका कुरा सुनें, अचम्मीत भएँ । अचम्ममा पर्ने कारणहरू छन्– शब्दहरूका मागहरू । शब्दका मागहरूमा घुम्दै जाँँदा आफैलाई पछाडि पाएँ । उनीहरू अचम्मका रहेछन्, मागहरू अचम्मका रहेछन् । उनीहरूका अनुसार उनीहरुले गिजोल्न पाउनु पर्छ अरे, बलात्कार गर्न पाउनुपर्छ नमुनाहरू पेश गर्दै थिएँ, हामीले देवकोटालाई गिजोलेका थियौं, आनन्दीत भयौं, समलाई भित्रदेखि चाहेका रे, सन्तुष्ट भए अरे । अरू थुप्रै थुप्रै नामहरू थिए । शब्दहरूले शङ्करलाई कहिल्यै बिर्सन सक्दैनन् अरे, शङ्कर लामीछानेले उनीहरूलाई धेरै सन्तुष्टी दिएका रे । मैलें आफैलाई राख्न सकिन, अड्याउन सकिन त्यस ठाउँमा जहाँ शब्दहरूको नामको होली खेलिरहेका थिए, मस्त थिए । त्यसैले शब्दहरूसँग टाढिए । त्यस रात कताबाट सुइको हो वा सुराकी पाएर पिपिङ टमसँगै थुप्रै शब्दहरू मलाई नै भेट्न मेरो विस्तारामा नै आइपुगे, मानौं मानौं त्यो उनीहरूको आफ्नै स्थान हो, आफ्नै मातृभूमिमा रमाइरहेछन् उनीहरू । म विस्तारामा, आनन्दित, भयरहित भएँ, किनकि मलाई शब्दहरूले बसाइरहेका थिए, शब्दहरूले तन्काइरहेका थिए । शब्दहरू त एकआपसमा पनि झगडा गर्ने रहेछन् त्यस रात थाहा पाएँ जहाँ उनीहरू आफूलाई तानिरहेका थिए, मलाई सुम्सुमाईरहेका थिए र मलाइृ लागिरहेको थियो यो नै उत्कृष्ट नमूना हो– शब्द प्रेमको । केही समयको अन्तरालमा नै एउटा शब्दलस्कर नजिकैबाट तन्किदै गयो, मलाई पनि मन लाग्यो पसिदिएँ । समयसँगसँगै बगिरहेको थियो, गइरहेको थियो, शब्दहरूलाई अगाडि बढाइरहेको थियो । म पसेको चालपाएछन् शब्दहरूले उनीहरूको लस्करमा । म पिटिएँ, माया गर्ने शब्दहरूबाट नै कारण म अब वेश्या बनिसकेको थिएँ, पुरानो भइसकेको थिएँ । उनीहरू नयाँ खोज्दै रहेछन्, मलाई छोडिदिए । मलाई मन लाग्यो र लेखिदिएँ – शब्द घात ।

विभिन्न प्रस्तुतीहरूमा मैंले कोरेका शब्दहरू शब्दहरूबाट नै धेरै टाढा प्रस्तुत भएर आवाजहरूमा प्रस्फुटन हुन थाले । शब्दहरू केहि होइनन्, धेरैले भन्छन् तर मलाई शब्दहरू प्राय प्यारा लाग्छन्, मनका टुक्राहरू लाग्छन् । मेरो आत्मानुभूति भित्र शब्दहरूलाई न्यानो ठाउँ दिन सक्दिन तर कतै शब्दहरूभित्र आवाजका लवजहरूमा म आफैलाई हराउँछु । सोच्छु, ‘शब्द’ बिनाकारण नजिक भइरहेछ । शब्दहरूका बिभित्र ब्राण्डहरू हुन्छन् मार्खेज ब्राण्ड, शेक्सपियर ब्राण्ड, हार्डी ब्राण्ड, देवकोटा ब्राण्ड र अन्तिम निष्कर्षमा लाग्छ ब्राण्ड ठूलो होइन, मनका अभिव्यक्तिहरू ठूला हुन् । किन शब्दमा यती माया भएको छ मलाई थाहा छैन, तर शब्द शब्द पक्कै हो । मलाई लाग्छ शब्दहरू खेलाउनेमा म पनि एक हुँ । शब्दहरू खेलाउने गुणहरू ममा छन् । कसैले छैन भनोस् त, म उसलाई रणभूमिमा पछारिदिन सक्छु किनकी मसँगका उदाहरणहरू चुरोट खानु, रक्सी खानु र चुरोटका धुवामा म आफैंलाई राम्रो ठान्नु, रक्सीको मातमा म आफैंलाई अगाडि बढाउनु पर्दछ । मेरो जीवनमा ‘वेश्या’ ‘सटिफिकेट’ शब्दहरू नजिक छन् र मयी शब्दहरूलाइृ कहिल्यै पनि छोड्न सक्दिन । झनै ‘चुरोट’ ‘रक्सी’ र ‘प्रेम’ अगाडि आउन सक्छन् । यी कुुराहरू सामन्य हुन्, जीवनलाई आत्मसाथ गर्न नसक्नु, सदा स्वाभिमान भएर बस्न खोज्नु मेरा शब्दहरूमाथिका न्याय हुदैंहोइनन् । म ‘तपाईं’ ‘हजुर’ शब्दहरूलाई आफैंमा राख्न नसक्नुको कारण खोज्दै छु । शब्दहरूलाई पर पन्छ्याएर बस्न खोज्दा जीवनका उकाली ओरालीहरूमा म आफैलाई पछाडि पाइरहेछु । कोही ‘सम’ सम्झिरहेका होलान, कोही देवकोटा सम्झिरहेछन्, कोही फिलिफ रोथका कामुक दृश्यहरूसँग भलाकुसारी गर्न तत्परता देखाइरहेका छन् तर म बौलाहा भएको छु, पागल भएको छु, देवकोटा झैं वाग्नर, टल्सटाय र शेक्सपियरहरूलाई आफ्नै खेतका डिलहरूमा तमाखु भरेर गोरूहरूलाई पछ्याउँदै हिलोमा कोदाली बजाइरहेको पाउछुँ, यी शब्दहरूलाई नै म मेरो आगनका डिलहरूमा खोक्दै गरेको भेट्छु ।

‘वेश्या’ शब्द सुन्दा जोकोहि पर पुग्न चाहन्छ, मलाई थाहा छ, वेश्यागमनमा नै भर परेको व्यक्ति होस् या वेश्यावृत्ति गर्ने नै व्यक्ति किन नहोस् भाग्न चाहन्छ शब्दलाई सुन्ने विक्तिकै र भाग्छ तर म नजिकिन चाहन्छु । ‘वेश्या’ घृणा गर्छन् मानिसहरू तर मलाई लाग्छ प्रत्येक श्रीमती वेश्या हो, संस्कारीत वेश्या, सामाजिक वेश्या । म आफैलाई कल्पना गर्छु र पर लाग्छु श्रीमती समक्ष, मेरी श्रीमती, समाजले उसलाई चिन्छ, सोचेको पनि छ एउटा परिवार तर मलाई त त्यस्तो लाग्दैन । उसलाई त समाजले नै एउटा सर्टिफिकेट दिएको छ वेश्याको र उ वेश्या भइरहिछे । उ प्रत्येकपल्ट आफ्ना जीजीबिषाहरूलाई पर कतै फ्याँकेर समाजलाई अन्धो बनाउदै म प्रति समर्पित हुन सक्छे, त्यतिबेला उसलाई म नै संसार लाग्छ, म नै समाज लाग्छ । कसैले पनि उसलाई औंला ठड्याउने छैन, किन र कसरी ? ऊ प्रत्यक दिन बिहान मेरा इस्टकोटका खल्तिहरूमा औंला चलाउछे र दिनभरीका सपनाहरूलाई एकाकार गर्दै आफ्नो जीवन चलाउन खोज्छे । उसलाई त पसिनाका थोपाहरूमा संकलित सम्पूर्ण आनन्दहरू प्रत्येक रात ममा समाहित गर्दै हृदयस्पर्शिताको आभास दिलाउदैं आनन्दित भएर आफूलाई नै समाजबाट र मबाट प्राप्त एउटा ज्ञानको टुक्रा भन्न सकिने अवस्थामा छे । उ एक लवज हो जसले थोरै सानो संसार म र म जस्ताहरूलाई झल्काइ दिन्छे, उ सानो लवज हो जसले म र म जस्तालाई लवजबाट कही श्रेणी उचालेर सम्बन्धात्मक जादु गर्दै आत्मीयताको मिलनमा सहयोग गर्दछे । थाहा छैन सत्य कुन कुराबाट तल ओर्लिन्छ र मलाई चट्ट छुन्छ, म सक्दिन शब्दलाई पर हटाउन मानौं कुनै वास्तविक समय यसरी चलिरहेछ, यसरी नै अगाडि बढिरहेछ ।

शब्दहरूकै क्रमका दार्शनिकहरू देखेर मलाई त रमाइलो लाग्छ, दार्शनिकहरू जसलाई अहिले कुनै विश्वविद्यालयका कोर्षहरूमा पढाइन्छ, विचाराहरूले आफूलाई पढाइन्छ भन्ने थाहा नै पाएनन्, आफू दार्शनिक हुँ भन्ने एक रत्ति पनि पत्यानन् । ‘सर्टिफिकेट’ उनीहरूले सायदै सुनेका होलान । भल्टेयर वेदब्यासहरू, स्पिनोजा (१७००), नित्से स्पेन्सर (१८५०)हरू बौलाहाहरू हुन्, पागलहरू हुन् आजको समाजको लागि जसले नाम सुनेको छैन, जसले सुन्न चाहन्न, किनकी उनीहरू सटिफिकेट पछाडि दौडिरहेका छन्, जसका पछाडि उनीहरूका बौलाहहरू पागलहरूले कहिल्यै सोचेनन् । ‘सटिफिकेट’ शब्द मसँग प्यारो हुनुको कारण छ, विशेष कारण, एकजना धेरै सटिफिकेट भएका व्यक्ति आएर मलाई भने– ‘हेर सम, हृदयचन्द्र सिंह प्रधान आदि सबै सटिफिकेटको कारणले गर्दा हामीले पढिरहेका हौं, हामीले देखिरहेका हौं, बुझ्न नसकेका हौं ।’ हे सटिफिकेटधारी व्यक्तित्वहरू मलाई लाग्छ, प्रधानहरू, समहरू, कटुवालहरू तिम्रो सटिफिकेटलाई चुनौती दिइरहेका छन् । तिमी ह्रस्व, दीर्घ, बढी जान्दछौं म ह्रस्वका स्वरहरू, आवाजहरू, र दीर्घका उतार चढावहरूमा जीवन हेर्न चाहन्छु । तिमी सटिफिकेट, आन्द्रा र भोकहरूलाई जाच्दछौं, म भोकहरूका उचाइमा पुगेको सटिफिकेटलाई दाँज्न खाज्दैछु, शब्द–शब्द भित्रबाट एउटा शब्द निस्किएको छ, ‘शब्द’, त्यो शब्द जालमा म पागल छु, म पागल बौलाएको छु, भित्र कतै हुण्डरमा खसिरहेको छु । शब्दहरू... शब्दहरूँंग मितेरी लगाउनको लागि शब्दकोशहरू पल्टाउदैं लेख्न खोज्नेहरूको संसार आज बढ्दैछ र उही समय म शब्दहरूबाट पर–पर भागिरहेछु । कोही लेख्छन्, लेख्नका लागि कोही लेख्छन्, नाम भित्रको खोक्रो आडम्बर र रवाफका लागि । यहाँ साँच्चिकै लेख्नेहरूको जमात कति छ त ? शब्दहरूलाई बारम्बार म सोध्ने गर्छु । बास्तविक धरातलमा उभिएर लेख्नेहरू कति छन् । लेख्नेको संसार कहाँ र कति सम्म अगाडि आएको छ । लेख्नेहरू केका लागि लेख्छन् ? यी प्रश्नहरू आज सम्पूर्ण शब्दहरूँंग गरिएका मेरो मनमा शब्दले नै जन्माइदिएका हुन् । शब्दहरूको श्रृङ्खलामा बाँधिएर कसले कति जनालाई सन्तुष्टी प्रदान गर्न सक्यो र कति के कामका लागि अगाडि आइरहेका छन् ? आजको यो समाजमा लेखेर कति प्रभाव पार्न सकिन्छ । शब्दरूपी श्रृङ्खलाहरू मेरो मनमा तवमात्र बिस्फोटक रूप लिएर अगाडि आएका हुन् जब शब्दहरूले एक दिन मलाई शब्दहरूका खेलौटेहरूसँग भेट गराइदिए । म अचम्ममा परें जब शब्दहरूले गरिबी प्रस्तुत गर्दै थिए तर लेखौटेहरू मस्तसँग रमाइरहेका थिए । यदि, अझै पनि राम्रोसँग मेरा शब्दहरूको सम्पादन नहुने हो र लेखकहरूमा चेतनाको ठाउँ नपाइने हो भने बुद्धको ठाउँमा ब्रुस्ली, माक्र्सको ठाउँमा म्याडोनालाइृ ल्याएर उभ्याइदिने छन् मेरा शब्दहरूले र त्यसबेला संसार टुलुटुलु हेरेर बसिरहनेछ । एकरात शम्दहरूले मलाई सिकाएका थिए शब्द चाहनेले त नाम र दामको अगाडि नलागि प्रेमका खल्तीहरूबाट राष्ट्रियता, इमानदारीतालाई अगाडि ल्याउन सक्नु पर्छ । अब कलम चलाउनेहरूले सोर्सफोर्सको खोक्रो आडम्बरबाट रवाफ नदेखाएपनि हुन्छ । मलाइृ बिच्छ्योनामा फुलाउन शब्दहरूले नै भनेका थिए– अझै यो समाजमा थुप्रै बुद्धिजीवीहरूको जन्म हुने छ । राम्रो लेखेर अगाडि आउनुलाई कुनै कठिनाइ छैन, कसैसँग दुइहातको प्राथना गर्नुपर्ने छैन् । शिल्प राम्रो भयो भने अक्षरहरू आफै बोल्न थाल्छन्, भावनाहरू संगीतका सुरतालसंग आफै नाच्न थाल्छन् र विम्ब र प्रतिकहरू शक्तिशाली भएर आफै देखा पर्छन अब सच्चा लेखकलाई कृष्णभीरका ढुङ्गाहरूसंग, हिरोसिमामा खसालीएका बमहरूसंग कुनै डर हुने छैन, लेखकहरू स्वतन्त्र छन्, कसले भन्छ स्वतन्त्र छैनन् । यस्ता–यस्ता कुरा गर्छन् शब्दहरू । बहुतै बाठा छन् फकाउन । शब्दहरूलाई कसले नै पो जित्न सकेको छ र ?

लमजुङ्, हालः काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 भाद्र, 2067

लेखकका अन्य रचनाहरु