संझनाभित्र रहेको सिडनी

- नम्रता गुरागाईं

कहिले पारिवारिक बन्दी कहिले आर्थिक मन्दीले न मनको रहरलाइ मार्न सक्यौ न जागीरलाइ अन्यत्र सार्नै सक्यौ । भाबनामा बहकिदै जांदा रहरहरु धेरै मिठापनि भए, यथार्थमा उभिएर सोच्दा रहरहरु धेरै तितापनि भए। आखिर जिन्दगीको गाडी त गुडाउनै पर्यौ बाटो जतिसुकै अप्ठयारो भएपनि।

एकैठाउंमा बसेर वितेका पांच वर्षमा आफनो कसैलाइ देखाउने सम्पत्ति भनेको आफनै नानीहरु भएछन । उनिहरु बढदा आफुपनि जिम्मेबारीका सिढीहरु खुरुखुरु उक्लिरहेकी छु की जस्तो लाग्दोरहेछ । आफैभित्र नभेटेका खुशीहरु पनि कहिलेकाहि उनिहरुमा भेटदा साच्चै सुन्दर संसार त आफनै अगाडी रहेछनी जस्तो लाग्दोरहेछ । जिम्मेबारी थपिएपछि म के हु, के थिएं भन्नु भन्दापनि पहिला अब मैले के गर्नु पर्छ भन्ने कुराले नै मानिसलाइ डोरयाउदोरहेछ । आखिर मन खिन्न बनाएर मैले आफुमा भएको आफनै उत्साहलाइ नस्ट गर्नुबाहेक कुन संसार जित्छु होला र न आशु खसाएर कसैको मनको ताल नै भरुला।

एउटी टुकुटुकु हिडन थालेकी छोरी र अर्को भित्रै भित्ता हान्दै बसेको छोरो बोकेर सिडनी नेब्रास्कामा आएको करिब करिब पांच वर्षपछि मात्र त्यो ठाउबाट सर्ने मौका मिल्यो हामीलाइ । विदेशमा आएपिछ आफनो रोजाइभन्दा जागीरको खोजाइ र बल्ल बल्ल हात पारेका काम नै ठुलो हुदोरहेछ, ठाउं जहांसुकै भएपनि, गाउं जस्तोसुकै भएपिन । जागीरकै सिलसिलाले लाखबाट करोड र करोडबाट जम्माजम्मी ८००० हजार मात्र जनसंख्या भएको ठाउमा पुरयायो हामीलाइ पनि जहां आफनो भन्ने त के भयो र साथीसम्मपनि हिडिसकेपछि हामी झन्डै दुइ वर्ष नेपालीको बिउ भनेको हामी दुइ र हाम्रा दुइ मात्र भयौं। तर जहा गएपनि उस्तै बाटो, उस्तै नियम कानुन, उस्तै सुचना सामाग्री, उस्तै सरसफाइ देख्दा चाहि अचम्मै लागेर आयो ।

कहिलेकाहि पर पर सुनेका दुर्घटनाहरुले मनमा हलचल नै ल्याउने गथ्र्यो मानौं आफुलाइ नै त्यो घटना परेको छ कि जस्तै गरेर । आफनो भाषा मिल्ने नरोबंजरो केही पनि नभएको ठाउमा कहिलेसम्म बस्ने होला भनेर मन साह्रै वेचैन पनि हुन्थ्यो तर मन कमजोर पारेर पनि सधै नहुने । आशा र मेहनत दुइटा कुराले मात्र मान्छेलाइ उत्साही बनाइराख्दोरहेछ । तिनै दूइ कुरा मनमा राखेर हिडने दिन कुरेर बसिरहयौ, नभन्दै हाम्रो पनि सर्ने दिन आयो।

कुम्ला कुटुरा कस्ने दिन आउन त लाग्यो तर चलाएका सामानहरु के गर्ने भनेर कुरा खेल्न थाले मनमा, न त्यतिकै छोडन मिल्ने न त सस्तोमा लान सकिने । एकदिन मलाइ पढाइरहेकी शिक्ष्ीकालाइ सोधे मेरा सामान चािहं के गर्नु भनेर । उनले मुभिङ्ग सेल राख्न भैहाल्छ नि भनिन तर आफुलाइ मुभिङ्ग सेल कसरी राख्ने थाहा थिएन । मान्छेहरु बसिराखेको ठाउंबाट अर्को ठाउंमा सर्न पर्यो भने जाने ठाउंको दुरी एकदमै टाडा टाडा हुने भएकोले आफना भएका सामानहरु सस्तोमा बेच्ने चलनलाइ मुभिङ्ग सेल भन्दारहेछन । मैले मुभिङ्ग सेलमा किनेको चािहं थिए बेचेको थिइन, शिक्ष्ीकाबाट तरिकापनि सिकें । बुढाले आफिसबाट राजिनामा दिएपछि चािहं हिडने कुराले निकै गम्भीर नै बनायो हामीलाइ।

सर्ने सुचना गर्नुपर्ने ठाउंहरु धेरै थिए । छोरी अर्को स्कूलमा सर्न मानीराखेकी थिइन । सम्झाउदै जादा हुन्छ भन्थी फेरी एकछिनमा मेरा साथी चािहं के गर्नुनी भन्थी, उ आफना सबै साथी आफुसंगै लान खोज्थी । छोरीले नमानेपनि स्कूलमा त खबर गर्नुपर्छ भनेर म उसको स्कुल गए । दुबै शिक्षिीकालाइ भेटें । दुबैले उसको खातिर गर्दा त उल्टै उसले उनिहरुलाइ सम्झाइ पो म तपाइहरुलाइ कहिले पनि विसर्िन्नी भनेर, म छक्क परें अघिसम्म नमानेकी छोरीले भनेको कुरा सुनेर ।

फर्केर आएपछि दिउसोतिर छोराको प्री स्कूलमा गए, उसकी शिक्षिका क्याथी कबेलालाइ भेटन । साह्रै दुख मानिन, म पनि कता कत भाबुक भएछु, मन त रहेछनी जहा भएपनि । हाम्रा कलिला नानीहरुलाइ असल बानी ब्यबहार सिकाउने उनी त्यसैपिन हाम्रो आदरणीय थिइन त्यसमाथि हामी बसेको घरै पछाडी उनको स्कुल भएकोले सधैजस्तो हाम्रो भेट हुन्थ्यो । उनी र म भेटने वित्तिकै दु:ख सुख साटथ्यौं एक अर्कामा । मैले आफन्त संझेर थुनथान गरेर राखेको मनको बाध फुटाए भने उनि टालटुल गर्थीन । उनी आफनी टाढा भएकी छोरी र नाती नातीना संझेर भक्कानिदा म सम्झउन कोशिस गर्थे । मात्र यति फरक, खोलानालामा बनाएका बांध र पुल चािहं हाम्रो देशमाजस्तो बनाएको तीन महिनामा खाल्डा पर्दारहेनछन यहा, वारेन्टी दिएको समयसम्मै टिकीरहदारहेछन, मनका बांध भने फुटिरहदारहेछन, मान्छे जहाको भएपनि आफन्तको माया सबैलाइ उस्तै हुदोरहेछ ।

मार्च २०, २०१० सनिबारको दिन हामीले पनि मुभिङ्ग सेल राख्यो बसिरहेको घरबाहिर। सोचेभन्दा धेरै मान्छे आए सामान किन्नलाइ । नयां अनुभबहरुले नयां कुरा सिकाउदारहेछन । महंगा गाडीहरुमा चढने मान्छेहरु पनि हामीले बेच्न राखेको सामान किन्न आएको देख्दा पैसा हुदैमा पुराना र काम चल्ने सामान सस्तोमा पाइन्छन भने किन नयांलाइ बढि पैसा तिर्ने भन्ने उनिहरुको सोचाइले हाम्रो पुगेपनि नपुगेपनि अरुको देखासेखी गरेर आफु ठुलो हुनुपर्ने त्यो पनि आजको भोली नै भन्ने मानसिकतालाइ राम्ररी नै संझाएको हो कि जस्तोपनि लाग्यो । महंगो गाडी देख्दा चाहि यी मान्छे धनी नै होलान भन्ने लख काटे मैले । हुनपनि मान्छे अनुहारले यो गरिब, यो धनी होला भनेर छुटयाउन सकिदैनरहेछ सबै रातापिरा नै देखिन्छन । यसको अर्थ गरिब नभएका त होइनन तरपनि बजार भाउ सबैले किन्न सक्ने नै खालको रहेछ, महंगो पसलमा जाने कि सस्तोमा जाने भन्ने मात्र फरक रहेछ ।

बसुन्जेलसम्म वास्ता नभएका कुरामाथि पनि गहिरिन पुग्ने यो मान्छेको मन पनि कस्तो होला । हिडिरहेको बाटो, ओझेल परेको पाटो, बोटविरुवा नभएका सुख्खा डांडा, अघिसम्म घोच्लानकि भनेर छेउ लागेका तिखा कांडा, केटाकेटी खेलिरहेको पार्क सबै सबै आंखा अगाडी आएर ए तिमीहरु हामीलाइ छोडन लागेका ? गएपनि मायां नमार है भनुलाझै गर्छन । हुनपनि त्यहा मेरा नानीहरुले पाइला टेकेका थिए, लडिबडी गरेर खेलेका थिए, हिडन नजानेर लडदा तिनै बाटालाइ सरापेर लात्तले भकुरेका पनि थिए बेलाबेला ।

भोली बिहानैको बसको टिकट छ एयरपोर्टसम्मलाइ । कोलोराडो राज्यके डेनभर भन्ने शहरको एयरपोर्ट पुग्नलाइ तिन घण्टा लाग्ने हुनाले बेलामा नपुगिने हो कि भन्ने अलि अलि चिन्ता भइरहयो तरपनि घर अझै सफा गर्नु पर्ने भएकोले विहानै उठेर बुडाबुडी भिडेका भिडयै भयौं काममा। एकैछिन कामलाइ थाती राखेर छोराको स्कुलमा गएर संझनाको लागि उसका साथी र शिक्षिकाहरुको फोटाहरु खिच्न पनि भुलेनौं । हाम्रा छोराछोरीकॊ पहिलो स्कुल थियो त्यो । यसैपनि आत्मियता बढेको तीमाथि छोडनु पर्ने बेला भएकोले मन अलि खिन्न भइराखेको थियो । सबैसंग विदा मागेर क्याथी कबेलासंग बिदा माग्न पुलुक्क के हेरेकी मात्रै थिएं उनि त रोइन पो अंगालो मारेर हामीलाइ छोडेर जाने भयौ भन्दै । म झन के कम र घरबाट स्कुलतिर हिडदै के भन्ने होला भन्दै थिए उनैलाइ सघाउन पुगें । छुटिने बेलाका आफन्त जस्तो खै कस्तो कस्तो भयो केहीबेरसम्म। मेरोभन्दापनि कमलो मन भएकी तिनीलाइ भेटन आउने बाचामा हामी विदा भयौ नरमाइलो हुदै । फर्केर आएपछि हामी फेरी काममा भिडयौं । भोली बिहान सबेरै सिडनी छोडनुपर्ने भएकोले काम गर्दा गर्दा भुतुक्कै भइसकेका हामी अलि छिटो नै ओछयानतिर लाग्यौं ।

भोलीपल्ट विहान अर्थात मार्च २६, २०१० सनिबारको दिन उठेर हिडन तरखर गर्दै थियौ, फेरी अलिकति फाल्ने सामान निस्किए । त्यो फालेर आएपछि हिडन पर्ला भनेर गाडी स्टार्ट गर्न खोजेको गाडी त स्टार्ट नै हुदैन । नाकै बटार्ने गन्ध आउछ के के न कुहेको हो कि जस्तै गरेर तर स्टार्ट हुदैन । हे फसाद… अब के गर्ने् , समस्या पनि के के आइलाग्छ, पुग्नु छ डेनभर ३ घण्टा गाडीमा बसेर, छोडनु पर्ने आफनो गाडी जति गरे पनि स्टार्ट हुदैन त । यसैपनि मुभरलाइ नर्थ क्यरोलाइना लैजानलाइ पहिला नै दिइसकेको गाडी लिन अहिलेसम्मपनि नअएकोले एउटा चिन्ता भैरखकेको थियो त्यसमाथि अर्को ।

गाडी कति निमोठदा पनि स्र्टाट नभएकोले अब मुभरले पनि लादैन होला भन्ने अर्को चिन्ताले सतायो हामीलाइ । वहांले अफिसको साथीलाइ फोन गर्नु भयो । नभन्दै साथी पनि आइदिए । उनले गर्नुपर्ने सहयोग सबै गरिदिएर हामी सबैलाइ बस पार्कसम्म पनि लगिदिए । सुतिरहेका नानीहरु घरमा छोडेर सहयोग गरिदिन आएका साथिलाइ हृदयदेखि नै धन्यबाद दिएर हामी विदा भयौं ।

बिहान आकाशमा पनि बादल लागिरहेको थियो। मार्च सकिन लाग्दापनि जाडो भने सकिएको थिएन। हल्का ज्याकेट नै लाउने पर्ने र बाहिर धेरै बेर बस्नपनि नसकिने, त्यसमािथ अलिअलि पानी पनि छिटयाउदै थियो । निकै चिसो भएकोले म नानीहरुलाइ लिएर भित्र म्याकडनलको पसलतिर छिरे । गाडीले पनि त्यस्तो ढिलो गरेन टाइममै आइपुग्यो । बस भनेको त मिनिभ्यान पो रहेछ । छोराछोरीलाइ बसमा जाने हो नी हामी भनेको थियो भ्यान आएकोले नाक खुम्च्याएर उनिहरु खै त बस भनिराखेका थिए । हेर्दा बुढि नै देखिने ड्राइभर गुड मर्डिगं भन्दै आइन । उनले "सरी.... आज मान्छे धेरै नभएकाले बस आएन" भनिन । हाम्रो देशमा हो भने काम गर्न त्यति सक्ने अबस्था होइन तर यहा अरुमा आश्रित हुने चलन नभएकोले होला बुढी भएपनि जोस भने कडै देखिन्थ्यो । उनिसंग अर्की एउटी पेसिन्जर पनि रहिछन । हामी सबैलाइ गाडीमा राखीसकेपछि ११ बजे डेनभर एयरपोर्ट पुरयाउने बाचामा गाडी स्र्टाट गरिन ।

बाटाभरी सिडनीका सम्झनाहरुले पछयाइ रहे । त्यहि बसेर वितेका पांच वर्षको जोड घटाउ गर्न थालें म । अरुभन्दा पनि आफनै गाडीको चिन्ता भयो धेरै । बनाएर छोडन पनि आफुसंग समय थिएन । गाडी बनाउन वर्कसपतिर लागे प्लेन छुटने । त्यो फलाइट छुटयो भने फेरी कति बेला कहिलेलाइ पाइन्छ ठेगान नहुने । आफनु त घरैको डाडु पुन्युको काम हो जहाबाट पनि गर्न सकिने तर दुइदिनपछिबाट नया अफिसमा काम शुरुपनि गर्नुछ बुढाले, बिग्रेको गाडीको लागि बस्ने कुरापनि भएन । त्यो दुख दिन बानी परिसकेकोले वर्कसपलाइ नै फोन गर्न पर्ला बनाउनका लागि भनेर मनलाइ अलि हलुका बनाउन खोज्यौ हामीले । चिन्ता मात्र गरेर पनि केही हुनेवाला थिएन । बरु मनलाइ अलिकति भए पनि रमाइलो बनाउ भनेर म के के सोच्न थालें । धेरै पहिला सुनेको गीत याद आयो, "ड्राइभर दाइ खलासी भाइ, हाम्रो धेरै माया तिमीलाइ, हाम्रो धेरै आदर तिमीलाइ, कहिले लान्छौ उकालीमा कहिले ओरालीमा, कहिले लान्छौ घुम्ती घुम्ती कहिले द्यौराल्ीमा....." गुनगुनाउन थाले गाडी ड्राइभरनी दिदीले चलाएपनि ।

नर्थ क्यरोलाइना, युस

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 1 भाद्र, 2067

लेखकका अन्य रचनाहरु