पल्लाघरकी ऊ

- डा. खलु

सहर— सहयोग, सद्भाव र संवेदनाशून्य अनि मानवता लिलाम भइसकेको ठाउँ । ओल्लोघर पल्लोघरका बीच चिनजान हुँदैन । सबै आआफ्नै सुरमा व्यस्त, मस्त ! यसमा पनि नवसहर त टुप्पाबाट पलाएको नवधनाढ्यभैmँ । अनेकतिरका अनेकथरी । सब एकसेएक चुपिचन्डाल... !

यस्तै खाले सहरको एउटा टोलमा एकजना डाक्टरको घर छ । उनको परिवार सानो छ । डाक्टर त्यस क्षेत्रमै निकै प्रतिष्ठित छन् । उनी निकै भद्रभलाद्मी र सहयोगी पनि छन् । छरछिमेकीहरू केही गारोसारो पर्दा उनैकहा“ आउ“छन् । उनी पनि सबैलाई दिल खोलेर सहयोग गर्छन् । उनी मरौपरौमा सबकहा“ पुग्छन् । उनलाई सानादेखि ठूलासम्म सबैले अत्यन्तै आदर गर्छन् । उनकहा“ मानिसहरूको आवतजावत बाक्लै हुन्छ । राष्ट्रकै ठूलाठूला मान्छेहरू पनि त्यहा“ आइरहन्छन् । उनकहा“ भेटघाटको निश्चित समय हुन्छ । समय नलिई आउनेले उनलाई भेट्न मुस्किलै पर्छ ।

डाक्टरको घर छेउकै अर्काे घरमा कन्डक्टरकी स्वास्नी बस्छे । उसको परिवार सङ्ख्या यकिन छैन । ऊ तराईतिरको आफ्नो घरपरिवार छोडेर छोराछोरी पाउन त्यहा“ एक्लै बसेकी रे ! टोलछिमेकमा यस्तै हल्ला छ । त्यस आइमाईको लोग्ने लामै रुटको कन्डक्टर छ । उसको आउनेजाने कुनै टुङ्गो छैन । ऊ कहिलेकाही“ अचानक झुल्किन्छ र तुरुन्तै अस्ताइहाल्छ! उसकहा“ देखिने गरी कोही आउ“दैनन् । वर्षको एकदुईपटक कन्डक्टरकी स्वास्नीका बाबुआमा आउ“छन् । बुढा पनि ड्राइभर भएकाले यसो बाटो पारेर एकछिन पस्छन् । धेरै समय बस्दैनन्, हि“डिहाल्छन् । कन्डक्टर उति घर नआए पनि उसकी स्वास्नी वर्ष नबिराई ब्याउन छोडेकी छैन । आधा दर्जन नघाइसकी, बिहे ग¥या साढे तीन वर्ष भा’छैन ।

त्यस घरको मूल ढोका कहिल्यै खुल्दैन । डाक्टरका घरतिरको सानो ढोकालाई नै मूल ढोका बनाइएको छ । डाक्टरलाई नदेखेका बेला ऊ हातमा काइयो लिएर कपाल कोर्दै वरपर गरिरहन्छे । डाक्टरलाई देखेपछि त्यही ढोकाको सङ्घारमा डेन्टिङ्पेन्टिङ्का साथ बस्छे । रूपरङ्ग विनापत्ताको भएरै होला ऊ निकै नक्कलझक्कल पार्छे । दिनमा अठारपल्ट लुगा फेर्छे । कतिखेर म्याक्सी, कतिखेर मिडी त कतिखेर सर्टी अनि कतिखेर हिपप त कतिखेर निपप... ! दिदीभिनाजुका जडौरी भिरेर यो फलानो देशबाट ल्याएको विदेशी लुगा भन्दै वरपरका सबलाई सुनाउ“छे । उसको लवाइ पनि पूरै पारदर्शी हुन्छ । झन् छड्के हेराइको त कुरै नगरौं !

ऊ जतिखेर पनि निहुरीनिहुरी डाक्टरको चियोचर्चो गरिरहन्छे । डाक्टर कहिलेकाही“ बाहिरै घाममा बसेर नुहाउ“छन् । त्यतिखेर त ऊ पूरै टोलाएर एकोहोरो हेरिरहन्छे ।

डाक्टरका घरमा आगन्तुक कक्ष बाहिरै छ । उनी धेरजसो आगन्तुकहरूस“ग बाहिरै भेटघाट गर्छन् । उनकहा“ कोही आएको देख्नेबित्तिकै साइडको ढोकामा आएर बस्छे कन्डक्टरकी स्वास्नी । त्यहा“ कोही महिला आए भने ऊ सानो छोरालाई नाङ्गै लिएर ढोकामा बस्छे, निचोरेर दुध चुसाउ“छे र तिनीहरूलाई हेर्दै बच्चाको छुचुन्द्रो खेलाउने र चुस्ने गर्छे । अनि त्यहा“ पुरुषहरू आए भने सानी छोरीलाई उही रूपमा लिएर बस्छे र तिनीहरूलाई देखाउ“दै बच्चीलाई रुवाउ“दै सर्वाङ्ग चुम्बन गर्छे । तिनीहरू त्यहा“बाट हि“डेपछि ऊ बच्चालाई पर हुत्याइदिएर बुरुकबुरुक उफ्रि“दै घरभित्र पस्छे... ।

त्यस घरको बाथरुम पनि डाक्टरकै घरको साइडतिरै छ । त्यहा“को झ्याल विना कसरतै भित्रबाहिर सब देखिने पूरै पारदर्शी छ । डाक्टर बाहिर चौरमा बसेको देख्नेबित्तिकै ऊ हुर्रिंदै बाथरुमभित्र पस्छे । ऊ सर्वाङ्ग नाङ्गै हुन्छे अनि एक हातले डेढ बित्ते झाडी र अर्काे हातले तीन पाथे टाकुरा समातेर खेलाउ“दै रु“दै बुरुकबुरुक उफ्रिन्छे । यो क्रम निकै बेर चलिरहन्छ । यो दृश्य हेरिसक्नु नभएकाले डाक्टर यताउति लाग्छन् । त्यसपछि ऊ त्यहाँबाट निस्कन्छे र नोकर्नीलाई कुट्न थाल्छे । उसलाई जगल्ट्याउ“दै बाथरुमभित्र लिएर जान्छे । सर्बाङ्ग नाङ्गै बनाउ“छे र अलिअलि झारपात उम्रिन थालेको बा“झो धर्ती कोपरेर रक्ताम्यै बनाउ“छे । नोकर्नी जोडस“ग चिच्याउ“छे, तर त्यसले उसलाई छु“दैन । ऊ अझ जोडतोडले सर्वाङ्ग कोपर्न थाल्छे... ।

डाक्टर र उनको परिवारलाई मात्र होइन, उनकहा“ नियमित रूपमा आउने आगन्तुकलाई समेत उसका यी सब चर्तिकला थाहा भैसक्या छ । उनीहरूलाई उसका ती क्रियाकलाप सामान्य लाग्न थालिसकेका छन् । वरपरका छिमेकीको त के कुरा उडुवा बुढो काग र डुलुवा लुते कुकुरसमेत उसका चर्तिकला मुख मिठ्याउ“दै हेरिरहन्छन् । उसको यस्तो दैनिकी देख्न पाएको भए फ्रायड पनि झस्किएर नया“ मनोविज्ञान पत्ता लगाउनतिर लाग्थे होला !

कोही नभएको मौका छोपी फोन गर्ने निहु“ पारेर ऊ बेलाबेला डाक्टरकहा“ आउ“थी र अनेक नखरा पार्थी । डाक्टर वास्ता गर्दैनथे । ऊ फनफनि“दै हि“ड्थी । केही दिन यतादेखि ऊ बाथरुमभित्र पस्नासाथ डाक्टरका घरतिरको झ्यालै खोलेर चलाइखेलाइ गर्न थालेकी छ । त्यो दृश्य झनै हेरिसक्नु छैन । अति भएपछि एक दिन उसलाई सम्झाइबुझाइ गर्न डाक्टर्नी गइन् । “मेरा घरमा म जेसुकै गरौं त, तिमीहरूलाई के चासो... के त“लाई मात्र पोइ चाहिन्छ मलाई चाहि“दैन”... आदि तथानाम गाली खाएर डाक्टर्नी फर्किन् ।

खासमा त्यो घर उसको नभएर एकजना इन्जिनियरको हो । साली पर्नेलाई घरमा राखेर इन्जिनियरको परिवार विदेश भासिएको छ । ऊ त खाली घर रुङ्न राखिएकी मात्र हो । त्यसभन्दा अगि ऊ अर्कै टोलमा डेरा गरेर बस्थी । अहिले ऊ त्यस घरलाई आफ्नै पोइको घरभन्दा पनि बढ्ता ठान्छे ।

अचेल उसको चर्तिकला अझ बढ्दोछ । हु“दाहु“दा यतिखेर ऊ ढोकामा उभिएर फेसनसो नै गर्न थालेकी छ । हेरेर हेरिसक्नु छैन, भनेर भनिसक्नु छैन । एकदिन ऊ डाक्टरकहा“ आएर बिरामी भए“ भन्दै सबका अगाडि उनलाई अ“गालो हालेर मुसार्न थाली । त्यहा“ भएका सब तीन छक्क परे । डाक्टर केही नभनी जुरुक्क उठेर घरभित्र पसे ।

एकदिनको कुरा हो, ऊ बिरामी भई भनेर नोकर्नी डाक्टरलाई बोलाउन आई । छिमेकीका नाताले डाक्टर पनि उसलाई हेर्न गए । ऊ फेरि पुन्टुस्स परिसकेकी रहिछ ।

“लोग्ने नभएका बेला यो कसरी भयो” भनी डाक्टरले सोधे ।

ऊ जङ्गि“दै बर्बराउन थाली— “यहा“ जन्माउन लोग्ने नै चाहिन्छ भन्ने के छ र ? लोग्नेमान्छे भए पुगिहाल्छ नि ¤ यस टोलमा त्यस्ता मुला लोग्नेमान्छे कति छन् कति ? अरू कोही नभए साइकलमा तरकारी ल्याउने कल्लु त छ“दैछ नि । ऊ दिनदिनै आउ“छ, भनेको पनि मान्छ । तपाईंको आस गरेर अनेक थोक गरें, इसारा गरें, नाङ्गै देखाइदिए“, गर्नुनगर्नु सबथोक गरें, गर्न केही बा“की राखिन, तर तपाईंले वास्तै गर्नु भएन । आफ्नो लोग्ने सधैं बाहिरको बाहिरै । खै के गर्नु यस उमेरमा भन्टाले मात्र काम चल्दो रहेनछ । शेरुलाई सु“घाएर पनि पुग्दो रहेनछ, कतिपटक अड्किएर जात्रा...सिनालाई तान्दैको हैरानी... । हैन, जतिखेर नि लोग्नेमान्छेकै चाहिने मलाई मात्र हुन्छ कि अरूलाई पनि... ? खपिनसक्नु भएर लोग्नेमान्छे नै खोजेपछि यस्तो त भकोभयै । के गर्नु यस्तो बेला पनि त्यो नभई हु“दैहु“दैन । तपाईंस“ग सारै रहर छ । लौ न डाक्टरसाब एकपटक मात्र प्लिज... ।”

“मबाट यस्तो गलत काम हु“दैन” भन्दै डाक्टर त्यहा“बाट हतारहतार बाहिरिए । ऊ त लौ न नि डाक्टरले मलाई... भन्दै झारपात र फलपूmलसहितै बाहिर निस्केर चिच्याउन पो थाली ! वरपरका टोलछिमेकीहरू लाज मानीमानी त्यो दृश्य हेरिरहेका थिए... । उसको चर्तिकला तिनीहरूलाई राम्रै थाहा भएकाले कसैले पनि कुनै प्रतिक्रिया व्यक्त गरेनन् ।

कन्डक्टरलाई आफ्नी स्वास्नीको यतिबिघ्न चर्तिकला थाहा छ छैन उही जानोस् । कसैले बताउने अवस्थै छैन । बताइसक्नु भए पो बताउनु ! ऊ कहिलेकाही“ आएका बेला टोलछिमेकमा झन् बसिसक्नु हु“दैन । लुछालुछ... मारामार... । भा“डाचिन्डाको नास... ¤ ...लाईभन्दा देख्नेलाई लाज, टोलछिमेक सब मौन । हेरेर हेरिसक्नु वा सुनेर सुनिसक्नु भए पो कुरा गर्नु ! सब तै“ चुप मै“ चुप... ।

कन्डक्टर नआएको पनि धेरै भइसकेको थियो । यसपटक चिन्डाचिन्डीसहित गोठै लिएर भित्रियो । उसले पनि लामो दुरीको बस चलाउने बाटामा अनेकबाट अनेक जन्माइसकेछ । यता स्वास्नी जन्माउने उता लोग्ने जन्माउने ¤ दुवैतिरका मिलाउ“दा एक बटालियन नै पुग्लाजस्तो ¤ स्वास्नी र लोग्ने दुवैतिरका हुर्किएपछि एउटा छुट्टै लिग नै बनाएर सबलाई कुदाउने हुन् कि भन्ने पिरले छिमेकीहरू त्रस्त ... !

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 27 श्रावण, 2067

लेखकका अन्य रचनाहरु