नडामेका मनहरु

- नम्रता गुरागाई

बिभाजनले नडामेका मनहरु
आउ हामी देशको कुरा गरौं
आउ हामी विकासको कुरा गरौं
बिभाजनमा
कुटिएर छुटिएर लुटिएर
थिलथिलो भएरपनि केही चाहनाहरु
अझै कामको न्यानो घाम नै खोजिरहेछन
संसारले धुरी चडन खोज्दा हामी
घोडापनि अर्कैले चढाइदिए हुन्थ्यो भन्न थाल्यौ ।
किन श्रम गर्ने हातहरु
अर्कैको निगाहमा आश्रित भए 
 
बाद र विवादमा नमुछिएका मनहरु
आउ हामी िसंगो राष्ट्र्रको कुरा गरौं
आउ हामी राष्ट्रि्रयताको कुरा गरौं
कसैले घर कहां हो भने
गर्वसाथ नेपाल भन्ने हामीलाई
घरको पिडा भन्नुपर्दा
सगरमाथा नै झुके जस्तो लाग्छ ।
कानूनले बाधेका मान्छेलाई
कसरी सुनाउ कानून नभएको कथा
कसैले फालेको फोहोर उठाएर
सफा राखेकोमा गौरव गर्छन उनिहरु
हामी किन 
आफनो मनमात्र पनि सफा राख्न सक्दैनौ
अरुले घर घर जोडने राजमार्ग बनाउदा
किन हाम्रो
सोचाइको सागुरो राजमार्गमा
सधै खाल्डो परिरहन्छ  सधै पहिरो गैरहन्छ
हामी किन 
भान्से भएर पनि समान विचार पस्कन सक्दैनौ 
हामी किन 
दुखाइ एउटै भएर पनि
अरुको दुखमा रुन सक्दैनौ 
के अब हामी हृदयविहिन भैसक्यौ त 
के अब हामी श्रीजनाविहिन  भैसक्यौ त 
के अब हामी उपायविहिन भैसक्यौ त 
खै कहा गयो हाम्रा वीरहरुको गाथा
खै कहा गयो विकासको नारा  
डढेलो सल्किनसकेका मनहरु
जातपातलाइ एउटै मानेर
मधेस पहाडलाइ िसंगो देश ठानेर
आउ हामी अलिकति योजनाको कुरा गरौ
आउ हामी अलिकति इमान्दारीताको कुरा गरौ
आफनै घरको चुलोमा पराइले आगो बालेको
साच्चै पिडादाइ हुनसक्छ
आउ हामी अब
खिया पर्न लागेका विकासका नारामा धार लगाएर हेरौं ।

हाल: अमेरिका 

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु