दशैंमा छुट्टी

- राकेश कार्की

दशैंमा छुट्टी पाए पक्कै जान्थंे होला
सवभन्दा सस्तो टिकट छान्थें होला।
  
 
घरां एक्लै बा आमा बाटो हेर्दा हुन्
एकचोटी भेट्न पाए धन्य ठान्थंे होला।
 
 
भाइ अरव बैनी दिल्ली अक्षता बटुल्न
शान्ति छाए गाउंमै परीवार धान्थंे होला।

चौतारीमा बर छैन हुर्केको घर छैन
जोगाको अलिकति कोसेली लान्थें होला।
 

दशैं न हो मेलमिलाप नेपाली चाड
गुन्दु्रकको सितनसंग िढंडो खान्थे होला ।
 


मारीएका धेरै विजोगी कथा सुन्दै
छेकीएको दशैं हरे दिक्क मान्थंे होला ।

दशैंको मेलमिलाप फुटाउने बैरीलाइ
आफ्नो भन्ने सम्झाइ घरमै तान्थें होला।
 
 
दशैंमा छुट्टी पाए दुःख सुख बांडदै
दीर्घायु सुस्वास्थको गुच्छा हान्थें होला ।

 लस एन्जेलस

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु