निरन्तरताको क्रमभङ्ग

- पिँडालु पण्डित

उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा खौरिएर आधा भाग मात्र बाँकी राखेको देख्ता म जस्तो काँतर मान्छे नझस्किने कुरै भएन । अझ त्यति मात्र कहाँ हो र ! दुवै आँखामा चश्मा लगाउने गरेको ऊ यतिखेर एउटा आँखामा मात्र चस्मा लगाएर एउटा आँखा उघारै राखेर मेरो सामु देखा परेको छ । यस्तो अद्भूत दृश्य देख्ता जो कोही पनि नझस्किने कुरै भएन । तैपनि आफ्नो पुरानो मित्रै हो भनेर मन सम्हालेर नआत्तिईकन सोधेँ । होइन ए मित्र ! तिम्रो यो के चाला हो ? जुँगा काटेर दा¥ही पाल्ने, दा¥ही काटेर जुँगा पाल्ने मान्छे त यसअघि पनि जताततै देखेको हुँ । तर तिम्रो जस्तो रुप त मैले आज मात्र देखेँ । ओठमा एकातिर जुँगा अर्कोतिर खाली । आँखामा पनि त्यस्तै एकातिर चस्मा अर्कोतिर खाली । होइन ! गाईजात्रा त उहिल्यै गइसके जस्तो लाग्छ । कि, आज पनि कतै गाईजात्रा नै हो ? एउटै वर्षमा दुइवटा दशैँ परे जस्तो गाईजात्रा पनि वर्षको दुईपल्ट नै प¥यो कि क्या हो ?

मेरो प्रश्न सुत्रेबित्तिकै पाकेका धानमा असिना वर्षेभैmँ ऊ ममाथि वर्षिन थाल्यो,—“तपाईं सामन्ती संस्कार र परम्परित सोचमा हुर्केको मान्छे । नयाँ कुरालाई तपाईं आत्मसात् गर्न सक्नु हुत्र । पारम्परिक कुरा तपाईंलाई रमाइलो लाग्छ । नयाँ कुरा तपाईं पचाउन सक्नु हुत्र । त्यसका लागि समय लाग्छ । तपाईं एक र एक दुई हुन्छ भत्रे मान्छे । म एक र एक एघार हुन्छ भत्रे मान्छे । तपाईं र मेरो सोचमा यही भित्रता छ । तपाईं र मेरो मान्यतामा यहीँनिर राय मिल्दैन । तपाईं गतिशीलतामा विश्वास गर्नु हुन्छ म प्रगतिशीलतामा विश्वास गर्छु । तपाईं ट्राफिक पुलिसको नारा जस्तो बिस्तारो हिँडाइमा विश्वास गर्नु हुन्छ म हवाईजहाज उडाइ जस्तो दौडाइमा विश्वास गर्छु । तपाईं सर्पको हिँडाइ जस्तो घिसे्र गति चाहनु हुन्छ म कङ्गारु जस्तो उफ्रन चाहन्छु । त्यतिविधि सकिन भने पनि भ्यागुतो भन्दा तल कुनै हालतमा झर्दै झर्दिन । बुझ्नु भो त मित्र ।” उसले एकै सासमा मलाई थला पा¥यो । म पनि ओठे जवाफतिर लागेर ‘भ्यागुता जतिसुकै उपे्रm पनि सर्पकै मुखमा पर्ने त हो नि मित्र’ भनिदिऊँ कि जस्तो लागेको थियो । तर भनिन । फेरि यो निरन्तरताको क्रमभङ्ग हुन थालेको जमानामा कतै भ्यागुताले पनि सर्प खान थाल्छ कि भनेर मुखमा बुजो लगाएर कुरो अर्कैतिर मोडेँ ।

तपाईंको आशय मैले बुझिनँ । जतिसुकै थल्याए पनि नबुझेको कुरा त सोध्नै प¥यो नि हैन र मित्र ? मैले विनम्र भएर ऊसँग जिज्ञासा राखेँ । ऊ अगाडि बढेर मलाई अथ्र्याउन थाल्यो । “ओठका दुवै भागमा जुँगा पाल्ने, दुवै आँखामा चस्मा लगाउने जस्ता काम त पुरानो नेपालमा पनि हुन्थ्यो नि ! नयाँ नेपालमा अब त्यो सुहाउँदैन । पुरानो निरन्तरताको क्रम अब भङ्ग गर्नुपर्छ । छलाङ मारेर अगाडि बढ्नु पर्छ । घिस्रने गति त्यागेर दौडने नीति लिनु पर्छ । देखिने किसिमको परिवर्तन हुनुपर्छ । नत्र कसले थाहा पाउँछ परिवर्तनको नौलो रुप । नदेखिने परिवर्तनको के अर्थ ! म त अझ घाम पनि सधैँ पूर्वबाट मात्रै उदाउन हुँदैन भत्रे सोचको क्रान्तिकारी मान्छे पो हुँ त । सधैँ एउटै किसिमको व्यवस्था किन ? प्रकृतिले पनि अब बदलिनु पर्छ । एउटै ढर्रामा सधैँ चल्नु हुत्र । बुझ्नु भो त !” उसले पहिलाभन्दा अलिक नम्र भएर कुरो बिसायो ।

बल्ल यतिखेर पो मैले उसका कुरामा विशेष ध्यान पु¥याएछु । ऊ त राजनीतिक वृत्तमा हटकेक बनिरहेको नयाँ नेपालको कुरा पो गरिराखेको रहेछ । निरन्तरताको क्रमभङ्गको कुरा पो गरिराखेको रहेछ । छलाङ मार्ने कुरा पो गरिराखेको रहेछ । त्यसैले, अब म उसलाई बढी बर्बराउन नदिनेतिर आफ्ना कुरा केन्द्रित गर्ने सुरमा पुगेँ । किनकि, म राजनीतिक चेतना भएको मान्छे परिन । राजनीतिको भाषा मैले बुझ्ने कुरो भएन । नबुझेको कुरामा चासो दिएर किन टाउको दुखाउने । म सोझो मनले एकथोक प्वाक्क भनुँला बुझ्नेले बाङ्गो मनले ट्वाक्क अर्कै बुझिदेला । म जनताको भाषा भनेर खुसुक्क एकथोक भनुँला बुझ्नेले त्यसैलाई लुसुक्क एउटा न एउटा राजनीतिक रङ देला र सामन्ती भनाइ बनाइदेला । पुरानो निरन्तरतामा लगेर झुण्ड्याइदेला । अनि परेन फसाद । म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भनेभैmँ हुन के बेर । फेरि राजनीतिक कुरा गर्ने र बुझ्ने अहिलेका मान्छे आँ गर्दा अलङ्कार मात्र होइन बिम्ब, प्रतिबिम्ब, छन्द, गद्य, पद्य, अभिधा, व्यञ्जना, लक्षणा भएजति सबै बुझ्छन् । उनले नबुझ्ने केही छँदैछैन । बुझ्नेले बुझेको सबै सत्य हुन्छ, होइन भत्रै मिल्दैन । त्यसैले तोलाको जिभ्रो फट्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस भत्रे फेरि उही परम्परित उखानतिर म ढल्कन पुग्छु । बरु, चित्त नबुझेका कुरा मनमनै गुनगुनाउँछु ।

एक आँखामा चस्मा लाउने र एक पाखामा जुँगा पाल्ने मित्रसँगको यो भेटपछि वास्तवमा म निरन्तरतामा विश्वास गर्ने पुरानो नेपाल र निरन्तरताको क्रमभङ्गतामा विश्वास गर्ने नयाँ नेपालको गतिविधिप्रति बेलाबेलामा सचेत भएर सोच्न थालेको छु । अनि सोच्छु, निर्वाचनको बेलामा बढी मत ल्याउनेले जित्ने पुरानो पद्धतिलाई क्रमभङ्ग गरेर दोस्रो हुनेले जित्ने पद्धति अँगाल्न पाएको भए हाम्रो संसद्को स्वरुप कस्तो हुन्थ्यो होला । फेरि अर्को मन भन्छ राजा हटेपछि नारायणहिटी राजदरबारको नाम परिवर्तन गरेर नारायणहिटी सङ्ग्रहालय बनाए जस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बस्ने भइसकेपछि पुरानो सिंहदरबारको नाममा पुनर्विचार किन नगर्ने ? सिंह पनि जङ्गलको राजा नै हो । राजाको प्रतीक सिंहको नाम जोडिराख्ने काम अब किन गर्ने ? यस्तो अवस्थामा सिंहदरबारको नाम परिवर्तन गरेर स्याल प्रदेश बनाउन किन हिच्किचाउने ? यति गर्न सके यहाँ थरिथरिका स्याल अवलोकन गर्न र यिनका विषयमा अनुसन्धान गर्न पनि सजिलो पथ्र्यो । क्रमभङ्गको ठाउँमा क्रमभङ्ग हुने र परिवर्तनको ठाउँमा परिवर्तन पनि हुने । सिंहसँग जस्तो स्यालसँग हम्मेसी जनता पनि त्यति नडराउने । त्यसैले कसैले यस विषयमा मसँग सल्लाह माग्छ भने कहिले घरचरुवा त कहिले वनचरुवा स्यालहरुले रजाइँ गर्ने यो थलोलाई स्याल प्रदेश बनाउनमै जोड दिन्थेँ । यति भनेर फेरि म कसैमाथि निरङ्कुशता लाद्न भने चाहत्र । यदि तपाईँसँग योभन्दा उपयुक्त अर्को नाम छ भने त्यसमाथि खुला दिलले छलफल गर्न पक्कै सकिन्छ ।

मलाई अलमल परेका विषय अरु पनि थिए । ती अद्भूत मित्रसँगको त्यो अविस्मरणीय वार्तापछि मलाई अलमल परेका अरु विषयमा पनि शङ्का निवारण भएको छ । नेपाल टेलिकमले छिटो र जहीँतहीँ सञ्चार सुविधा दिन केही वर्षअघिदेखि मोबाइल फोन प्रयोगमा ल्याएको थियो । ग्राहकहरुले त्यसबाट ठूलो सुविधा पनि प्राप्त गरेका थिए । ग्राहकहरुको माग बढेका कारण टेलिकमले यो सेवा यति बिस्तार गरिसकेको छ कि प्रायः सबैको हातहातमा मोबाइल पुगेको छ । तर टेलिकमको यो सेवाले पनि पछिल्ला दिनमा आएर निरन्तरताको क्रमभङ्ग गरी ग्राहकले कुरा गर्न नपर्ने बनाइदिएको छ । सम्पर्क गर्न खोजिएको व्यक्तिसँग घण्टौँसम्म सम्पर्क गर्न सकिँदैन । टेलिफोन डायल गर्ने बित्तिकै झर्को नमानी ‘माफ गर्नु होला, तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन, केही बेरपछि पुनः प्रयास गर्नुहोला ।’ भत्रे सन्देश तपाईं समक्ष घण्टौँसम्म आइरहन्छ । टेलिफोनमा सम्पर्क गरेर अरुसँग कुरा गर्नुपर्ने अवस्थामा निरन्तर टेलिकमकै सन्देश घण्टौँसम्म सुनिरहन पाउनु निरन्तरताको क्रमभङ्ग नभएर अरु के हुन सक्ला ! यस्तो क्रमभङ्गता तपाईं धाराको पानीमा पनि पाउन सक्नु हुन्छ । विजुलीको लाइनमा पनि पाउन सक्नु हुन्छ । अझ तीन घण्टाको लोडसेडिङ छ घण्टासम्म लगातार व्यहोर्नु पर्दा तपाईं क्रमभङ्गताको चरम अनुभूतिमा रम्न सक्नुहुन्छ ।

यति मात्र कहाँ हो र ! तपाईं सरकार, सार्वजनिक संस्थान र उद्योग व्यापारीले दिने सेवा सुविधामा पनि त्यत्तिकै क्रमभङ्गता पाउनु हुन्छ । शान्तिसुरक्षाको प्रत्याभूतिमा पनि क्रमभङ्गता पाउनु हुन्छ । विगतको निरन्तरताको क्रमभङ्गता दिन प्रतिदिन क्षण–क्षणमा हुँदै गइरहेका छन् । स्वेच्छाले दिने चन्दा अब करकाप र डरत्रासमा परेर दिन परिरहेको छ । सरकारको बजेट भाषणमै सम्पूर्ण कर्मचारीबाट एक दिनको तलब बराबरको रकम असुल्ने घोषणा भइसकेको छ । यो भन्दा बढी क्रमभङ्गता अरु के होला ? सायद, मलाई अलमल र द्विविधा परेका विषयमा तपाईं पनि अलमल र द्विविधामा हुनुहुन्छ भने त्यो अलमल र द्विविधा अब त्यागिदिनुस् । यदि यसमा सहमत हुन सक्नु हुत्र भने अरु के के कुरामा त्यस्तो क्रमभङ्गता तपाईं महसुस गर्दै हुनुहुन्छ त्यो सबैलाई बताइदिए नबुझ्नेका लागि कल्याणै हुने थियो ।

निरन्तरताको क्रमभङ्गता तपाईं जागिरका क्षेत्रमा पनि पाउनु हुन्छ । उहिले उहिले तपाईं सेवा आयोग, लोक सेवा आयोग वा यस्तै औपचारिक संस्थाले लिने औपचारिक परीक्षा उतीर्ण नगरी जागिरमा स्थायित्व पाउनु हुत्रथ्यो । अबका दिनमा लालटिन स्थायी, बाल्टिन स्थायी, गोल्टिन स्थायीको सङ्ख्या बढ्दै गइरहेको छ । अब यो ...टिन स्थायीको निरन्तरतामा पनि क्रमभङ्ग हुँदै गएर अनसन स्थायीको परम्परा सुरु हुन थालिरहेको छ । विद्यार्थीहरु पढेर बढी नम्बर ल्याउने निरन्तरतामा क्रमभङ्ग गरेर आगजनीद्वारा बढी नम्बर ल्याउने दिशामा उद्यत देखिन थालेका छन् । गुरुहरु परीक्षा र प्रतिस्पर्धादेखि डराउन र आमरण अनसनमा विश्वास गर्न थालेका छन् । यो भन्दा बढी क्रमभङ्गता अरु के हुन्छ ? विद्यार्थीले पढाउने र गुरुहरु पढ्ने भए मात्र हुन्छ नत्र हुँदैन ।

वास्तवमा निरन्तरताको क्रमभङ्ग एक्काइसौँ शताब्दीको महत्वपूर्ण आविष्कार र अति नवीनतम सूत्र हो । तपाईं जहाँ हेर्नुस्, जति हेर्नुस् पुरानो निरन्तरताको क्रमभङ्गता देख्नुहुन्छ । अबका दिनमा निर्वाचित जनप्रतिनिधिका नामबाट अप्रत्यक्ष रुपमा होइन प्रत्यक्ष रुपमा नै काला बजारियाहरु आपैmँले सरकार चलाए पनि तपाईं हामीले कुनै अनौठो मात्रु पर्दैन । मदिराजन्य रेष्टुरेन्ट र यौनजन्य नाचहरु गोप्य भवनबाट सडक–सडकमा ओर्लिए पनि अब अनौठो मात्रु पर्दैन । सरकार कसरी चलाउनु पर्छ भत्रेसम्म पनि तिनलाई थाहा छ । पाँच सय मूल्यमा पाइने वस्तुलाई तपाईंले पन्ध्रसय तिर्नु भयो भने त्यो त झन् अनौठो हुँदै हुँदैन । हरेक क्षेत्रमा निरन्तरताको क्रमभङ्ग हुँदैछ । क्रमभङ्गताको यो महत्वपूर्ण युगमा बाँच्न पाउने हामी सबैलाई आ–आफ्नै बधाई छ । हामीलाई यो महत्वपूर्ण अवसर प्रदान गर्न जसले यो सूत्रको सूत्रपात ग¥यो, ती महान् दार्शनिकलाई म पनि निरन्तरताको क्रमभङ्ग गर्दै दुई पाउ जोडी नमस्कार टक््रयाउँछु र बेलैमा मेरा आँखा उघारिदिने ती अद्भूत मित्रलाई घुँडैदेखि मुरी मुरी धन्यवाद दिन्छु ।
अस्तु ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 श्रावण, 2067

लेखकका अन्य रचनाहरु