जिन्दगी ... ?

- डा. खगेन्द्रप्रसाद लुइटेल

जिन्दगी एउटा अपरिभाषेय वस्तु ... । संसारका ठूलाठूला दार्शनिकहरूले पनि उहिलेदेखि अहिलेसम्म अनेक तरिकाले अथ्र्याउन प्रयत्न गर्दा पनि राम्ररी नअर्थिएको वस्तु । जिन्दगीलाई कसैले धर्मसँग त कसैले कर्मसँग जोडेर अथ्र्याए, कसैले राजनीतिसँग त कसैले अर्थनीतिसँग अनि कसैले भोकसँग त कसैले भोगसँग जोडेर अथ्र्याए पनि पूर्ण अर्थ दिन नसकिएको वस्तु । अनेकले अनेक ढङ्गले अथ्र्याउन खोजेको तैपनि राम्ररी नअर्थिएको अनि जति अथ्र्याउन खोजे पनि चुरो भेट्टाउन नसकी टुप्पो समाउँदा फेद फुत्किने र फेद समाउँदा टुप्पो फुत्किने अद्भुत वस्तु । जिन्दगीको न सुरु थाहा हुन्छ, न त अन्त्य नै । बीचका यसो झल्याकझुलुक मात्र हुन् थाहा हुने भनेका । त्यही झल्याकझुलुकका बीचबाट अर्थ खोज्न प्रयत्न गरिएको तर खास अर्थ फेला नपारिएको रहस्यमय वस्तु ... ।

जिन्दगी कहिले उकालिन्छ त कहिले ओरालिन्छ, स्थिर हुन नसक्नु यसको नियति । जिन्दगी स्थिर हुुनु भनेको यसको समाप्ति हो तैपनि त्यो भएरै छोड्छ । अनेक प्रकारका मायामोहमा फस्दाफस्दै अनि लोभलालचमा जकडिएर मेरोमेरो भन्दाभन्दै पत्तै नपाई सुइँकिन्छ जिन्दगी । कहिले, कहाँ र कसरी भन्ने जानकारीविनै टक्क रोकिन्छ जिन्दगी । बस् ... टक्क

‘केलाई टाउको दुखाउनु हो दुई दिने जिन्दगीमा भन्दै यसलाई मोजमस्तीको पर्याय मान्ने एकथरी भोगवादी छन् भने छोटो जिन्दगीलाई चिन्तनशील र कर्मशील बनाउनु पर्छ भन्ने अर्काथरी कर्मवादी छन् । भोगवाद र कर्मवादका बीचबाट गति प्रदान गर्नु नै सार्थक जिन्दगी हो भन्नेहरू पनि छन् । जिन्दगीमा बाँच्नका लागि अनेक सङ्घर्ष गर्नुपर्ने भएकाले कसैले भन्छन् सङ्घर्ष हो जिन्दगी । यी सबै थरीका आआफ्नै खाले तर्क भए पनि तिनको तार्किक निष्कर्ष भने अभैm फेला नसकिएको वस्तु हो जिन्दगी ।

असीमित इच्छाआकङ्क्षाको भण्डार हो जिन्दगी । जिन्दगीका इच्छाआकाङ्क्षा पूरा गर्न एक जुनी त चौरासी लाखै जुनीमा पनि असम्भव । त्यसमा पनि कतिपयचाहिा सपनामा मात्र पूरा हुने विपनामा त ज्यादै कम । कम पनि यति कम कि ती पूरा हुनेको प्रतिशत कुनै पनि गणितबाट निस्कँदैन किनभने गणितमा पनि अहिलेसम्म त्यति सानो सङ्ख्याको प्रतिशत निकाल्ने सूत्र बनेकै छैन । हो, यस्तै नबनेका सूत्रबाट अर्थ खोजिने वस्तु हो जिन्दगी ... ।

जिन्दगीको यात्रा कहिले र कहाँबाट थालियो भन्ने कुरा पनि राम्ररी ज्ञात छैन । सबै अन्दाजैअन्दाजमा दौडिँदा छन् । कोही भन्छन् ब्रह्माजीले बनाए जिन्दगी । यसैलाई ठीक मान्ने हो भने पनि ती ब्रह्माजीलाई चाहिँ कसले बनायो भन्ने प्रश्न तेर्सिन्छ । कोही भन्छन् विकासवादको परिणाम हो जिन्दगी । तिनका मतमा केहीबाट केही विकास हुँदै अर्थात् पुच्छर छोड्दै र पुच्छर जोड्दै अगि बढेको वस्तु हो जिन्दगी । ल भैगो जतासुकैबाट जसरीसुकै आओस् सत्य के हो भने अनेक रूपरङ्गमा जिन्दगी आयो बस् आइरहेछ ... आइरहेछ निरन्तर । जिन्दगीलाई आध्यात्मिक चिन्तनसँग वा भौतिक चिन्तनसँग जतातिर जोडे पनि अभैmसम्म चुरो फेला पार्न नसकिएको वस्तु हो जिन्दगी । जिन्दगी छउन्जेल यस्तै अवस्था रहलाजस्तो छ ... ।

मुख र पेटको सङ्गम हो जिन्दगी । यी दुईविनाको जिन्दगी हुँदैहुँदैन । जिन्दगी नै पिच्छे फरकफरक खालका मुख र पेट हुन्छन् । यी दुईको घनिष्ठ सम्बन्ध छ । अनेक मुखैमुख भएको जिन्दगीका मुखभन्दा ठूला पेट हुन्छन् । कसैका पेट दाम्रा छन् । तिनमा एक मुठी पर्न पनि कठिन छ । कसैका पेट चाम्रा छन् र ती यति ठूला छन् कि मुठी, माना, पाथी, मुरीको के कुरा टनटनले पनि टनाटन हुँदैनन् । सिङ्गो राष्ट्र नै निल्दा पनि त्यस्ता जिन्दगीका पेट भरिँदैनन् । यसैले तिनका दृष्टिमा दुनियाँलाई ठगेर भेटेजति हसुर्नु मात्रै हो त जिन्दगी ... ? जिन्दगीमा मुख र पेटपछि मात्र आउँछ मन र मष्तिष्क

रोजगारीको खोजीमा भौँतारिने बेरोजगारको ताँती हो जिन्दगी । बिचरा जिन्दगीलाई चलाउन जिन्दगीभर भौँतारिइरहन्छ जिन्दगी अनवरत रूपमा पत्रिकाका पानामा जागिरका विज्ञापन खोज्दै । त्यो पनि पहिले नै भागबन्डीय सम्झौता, सहमति र सहकार्य गरिसकेपछि औपचारिकताका लागि गरिने जागिरको विज्ञापनजस्तो बनेको छ जिन्दगी । त्यसखाले विज्ञापनमा पनि सीमित पदमा असीमित आवेदन गर्ने जिन्दगीहरूको ताँती नै लाग्छ । के थाहा बिचरा ती जिन्दगीलाई पहिले नै पदपजनी गरिसकेको कुरा ... ।

जागिर प्रवेशमा पनि यति वर्षको अनुभवी भन्ने विज्ञापनले झन् धुरुक्क पारिरहेछ जिन्दगीलाई । बिचरा विना सोर्सफोर्स कतै प्रवेशै नपाएकाले केको अनुभव बटुल्नु नि ... उसलाई जिन्दगीमा केवल भोकको अनुभव छ मात्र भोकको । उसले भोगको अनुभव गर्नै पाएको छैन । भोगको अनुभवै नभएकालाई भोग गर्ने ठाउँ पनि कतै छैन । कतिपय जिन्दगी यस्तैयस्तैमा भौँतारिएर भोगको अनुभव गर्नै नपाई खत्तम बिहावारीतिरका विज्ञापनमा भने अनुभवको कुरा गर्न नथालिएकाले धन्न अहिलेसम्म कसैको भेद खुलेको छैन । यस्ता विज्ञापनमा पनि अनुभवका कुरा आउन थालेपछि सबका जिन्दगीको भेद खुल्दै जानेछ । यस्तैयस्ता विज्ञापनैविज्ञापनको सँगालो हो जिन्दगी । बस् विज्ञापनको सँगालो ... ।

एकप्रकारले अहिलेको फेसन सोजस्तै हो जिन्दगी । त्यो पनि लाएर देखाउने हैन नलाएरै देखाउने फेसन सोजस्तै । एकथरी लाउने नभएर नलाई देखाउँछन् भने अर्काथरी लाउने धेर भएर नलाई देखाउँछन् । अझ भनौँ एकथरी विवश भएर देखाउँछन् अर्काथरी बश भर देखाउँछन् । आएको पनि नाङ्गै र जाने पनि नाङ्गै भन्ने अर्काथरी धसिङ्गरे पनि छन् । देखाउन मिल्ने र नमिल्नेको भेद नगरी देखाउनु पनि एकप्रकारको जिन्दगी नै बनेको छ यतिखेर ... ।

जिन्दगी अनेक थोक प्रदर्शन गर्ने विज्ञापन पनि हो । पत्रिकाको एउटै पानामा छापिएका श्रद्धाञ्जलि र बधाइ दुवैका विज्ञापनजस्तै । झट्ट हेर्दा कुन के हो भन्ने थाहा नहुने, गहिरिएरै हेर्नुपर्ने विज्ञापनजस्तो । तिनमा पनि कहिलेकाहीँ यताको फोटो उता प¥यो भने बित्याँस । कतिपटक चिनेका अनुहार देख्दा म पनि विस्मित र हर्षित दुवै भएको छु तर वास्तविकता ठीक उल्टो भएको छ श्रद्धाञ्जलि भनेको बधाइ र बधाइ भनेको श्रद्धाञ्जलि हुने गरेको छ । यसरी यताको उता र उताको यता हुनु पनि जिन्दगी । यी दुवै जिन्दगीकै विज्ञापन हुन् । एउटा भएका जिन्दगीको अनि अर्काे गएका जिन्दगीको विज्ञापन भनेर चित्त बुझाउनुको विकल्प छैन । कतै उत्तर पाउने ठाउँ भए पो प्रश्न गर्नु । हो, यस्तै यथार्थ बुझ्न नपाउने र बुझ्ने ठाउँ कतै नहुने वस्तुको नाम हो जिन्दगी ... ।

जिन्दगी चोरी पनि हो अनि जिन्दगी फोरी पनि हो । यसले अवसरअनुसार अनेकथोक चोरीफोरी गर्छ । यसमा धन चोरीको मात्र कुरा होइन तन र मन चोरीको समेत कुरा आउँछ । धन चोरीदेखि मन चोरीसम्म अनि निँद चोरीदेखि पिँध चोरीसम्म जिन्दगीमा भइरहन्छ । चोर्नु अपराध भने पनि चोर्ने क्रम जिन्दगीमा कहिल्यै रोकिँदैन । गुलाफी गाला, चाउरिएको छाला, धारिलो भाला अनि काउछाको माला पनि जिन्दगी । यस्तैयस्ता विपर्यासको सँगालो हो जिन्दगी ।

गान्धी हो जिन्दगी, माक्र्स पनि जिन्दगी । बुद्ध हो जिन्दगी, कृष्ण पनि जिन्दगी । हिटलर हो जिन्दगी, गोर्भाचोभ पनि जिन्दगी, सद्दाम पनि जिन्दगी, लादेन पनि जिन्दगी । रामदेव पनि जिन्दगी, कामदेव पनि जिन्दगी । ओसो पनि जिन्दगी, चोसो पनि जिन्दगी । छेपारो हो जिन्दगी अनि सर्प, छुचुन्द्रो र ब्वाँसो पनि जिन्दगी । मानव हो जिन्दगी, दानव पनि जिन्दगी । नर पनि जिन्दगी, नारी पनि जिन्दगी । अपहरण र फिरौती पनि जिन्दगी, अपहरित र तिरौती पनि जिन्दगी । निर्माण पनि जिन्दगी, विनिर्माण पनि जिन्दगी । गाड्नु पनि जिन्दगी, उखेल्नु पनि जिन्दगी । भूकम्प हो जिन्दगी, ज्वालामुखी पनि जिन्दगी । नदी हो जिन्दगी, मरुभूमि पनि जिन्दगी । हिमाल हो जिन्दगी अनि समुद्र पनि जिन्दगी । सालाखालामा दुष्ट र इष्ट दुवैको सङ्गम हो जिन्दगी ।

आस्तिक पनि जिन्दगी, नास्तिक पनि जिन्दगी । देखावटी नास्तिक र लुकावटी आस्तिक पनि जिन्दगी । सदाचारी हो जिन्दगी अनि भ्रष्टाचारी पनि हो जिन्दगी । दरबार र महल पनि जिन्दगी, सडक र पेटी पनि जिन्दगी ... । मालिक पनि जिन्दगी, हलिगोठालो पनि जिन्दगी । कारिन्दा हो जिन्दगी, हाकिम, नेता र मन्त्री पनि जिन्दगी । कसैका लागि घुस हो जिन्दगी कसैका लागि भुस हो जिन्दगी । नहुनेका लागि निसार हो जिन्दगी, हुनेका लागि अपार हो जिन्दगी । रोगी नै रोगीले भरिएको अस्पताल हो जिन्दगी अनि रोगभित्र जताततै पैसैपैसा देख्ने डाक्टर हो जिन्दगी । जनता हो जिन्दगी अनि तिनलाई चुस्ने जुको हो जिन्दगी । यसैले एकजना कविले लेखेजस्तै ‘यो जिन्दगी खै के जिन्दगी । वास्तवमा ती कवि त के तिनलाई जन्माउनेले पनि नबुझेरै जिन्दगी जिए । केहीलाई धरतीमा ल्याए । आपूm गए । यसैले जिन्दगी एउटा यात्रा हो, यो आउने–जाने क्रम निरन्तर रहन्छ । यात्री फेरिने मात्र हो न यात्रा फेरिन्छ न त रोकिन्छ नै ।

जिन्दगीका प्रकार पनि अनेक छन् । प्राथमिक जिन्दगी — वस्त्रहीन जिन्दगी । माध्यमिक जिन्दगी — पातपतिङ्गरधारक जिन्दगी । आधुनिक जिन्दगी — वस्त्रधारक जिन्दगी । अनि उत्तरआधुनिक जिन्दगी — छोपछापे जिन्दगी । सुरुमा वस्त्रै नभएर वस्त्रहीन हुनपुगको जिन्दगी समूह बढ्दै जाँदा अलिअलि लाजसरम बढ्दै गई खासखास संवेदनशील अङ्ग छोप्न प्रकृतिकै वस्तु उपयोग गरियो । अलिक पछि वस्त्र निर्माण गरी पूरै ढाकियो तर अहिले लाजसरम हटिसकेकाले सबथोक देखाउन थालिएको छ । यी सब युगअनुसार बााचेका जिन्दगीकै अनेक प्रकार हुन् ।

कोही भन्छन् जिन्दगी आफ्नो लागि मात्र होइन अर्काका लागि पनि हो जिन्दगी । त्यो पनि उमेरअनुसार फरक पर्दै जाने । बाल्यकालमा बाबुआमाका लागि, युवाकालमा प्रेमीप्रेमिका हु“दै श्रीमान्श्रीमतीका लागि अनि वृद्धकालमा आÇनै लागि ... । ढाट्ने भए बेग्लै कुरा । यथार्थवादी भएर नढाँटी भन्ने हो भने जिन्दगी अरू कसैका लागि होइन आÇनै लागि हो फगत् आफ्नै लागि मात्र तर आदर्श मिसाएर भन्ने हो भने जिन्दगी आफ्ना लागि मात्र होइन अरूका लागि पनि हो ।

सपनामा लड्डु खानु पनि जिन्दगी, बिपनामा भड्डु निल्नु पनि जिन्दगी । एकछाके हुनु पनि जिन्दगी । दिनले नपुगेर रातभर हसुर्नु पनि जिन्दगी । एक कौडी नहुनु पनि जिन्दगी । अगणित डलरमाथि सुत्नु पनि जिन्दगी । सम्पत्तिको तराजुमा जोखिने पनि जिन्दगी अनि बालुवाका कणमा पोखिने पनि जिन्दगी । थोरै मुस्कान अनि धेरै छुस्कान पनि जिन्दगी । हाँसो हो जिन्दगी, रोदन हो जिन्दगी । यसरी जसलाई जे मन लाग्यो त्यही भन्ने हो भने आखिर के हो त जिन्दगी ? यी सबथोक हो जिन्दगी अन्ततः कुनै पनि होइन जिन्दगी । यही हो र होइन बीचको अल्झो हो जिन्दगी । अन्ततः जिन्दगी भनेको जिन्दगी नै हो ।

जजसले जेसुकै भनून् म त भन्छु— गाँस, बास, कपास हो जिन्दगी अनि शिक्षा र स्वास्थ्य पनि हो जिन्दगी । मानवअधिकार हो जिन्दगी अनि स्वतन्त्रता हो जिन्दगी तर अर्काको अधिकार र स्वतन्त्रताको सम्मान गर्दै आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग गर्नु मात्र हो जिन्दगी । जिन्दगीभर जिउनु नै जिन्दगी हो भनेर चित्त बुझाउनु पर्ने अनेक विकल्पका बीचमा विकल्परहित वस्तु हो जिन्दगी । सानो गोरेटोमा ठेलमठेल गर्दागर्दै पत्तै नपाई बिसाउनु पर्ने वस्तु हो जिन्दगी । सदैव राजमार्ग बनाउन तम्सिँदातम्सिँदै गोरेटोसम्म खन्न नपाई समाप्त हुने जिन्दगी । ईष्र्या हो जिन्दगी, तृष्णा हो जिन्दगी । अर्काको दुखमा खुसी हुने र सुखमा दुखी हुने प्रवृत्ति हो जिन्दगी । आशा हो जिन्दगी अनि निराशा हो जिन्दगी । जीजिविषा र निजीभिसाको द्वन्द्व हो जिन्दगी । जन्मसँगै मृत्युको घन्ट बजाइएको मृत्यु अवश्यम्भावी हो जिन्दगी । बेलाबेला मुड बिग्रिएका बेला निरर्थक ठानिए पनि खासमा सार्थक हो जिन्दगी । अझ भनौँ निरर्थकताका बीचमा सार्थक बनाउनु पर्ने वस्तु हो जिन्दगी । निस्सार र विसङ्गतिपूर्ण भने पनि सारपूर्ण र सङ्गत तुल्याएर जिउनै पर्ने वस्तु हो जिन्दगी । केही होइन भने पनि अन्ततः परिवेशअनुरूप युगसापेक्ष ढङ्गले अथ्र्याइने धेरै थोक हो जिन्दगी । काम, माम, दाम र नाम हो जिन्दगी । यी सबै जुटाउन अत्यन्त कठिन भएकाले कठिनैकठिनको चौघेरामा उभिएको वस्तु हो जिन्दगी । अझ छोटोमा भनौँ भने सोचेजस्तो नहुने र भोगेजस्तो मात्र हुने वस्तुको नाम हो जिन्दगी ...

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 श्रावण, 2067

लेखकका अन्य रचनाहरु