दागवत्ति

- राजुराम मुनंकर्मी

“ मित्र,तिमीले थाहा पायौ ? सुनयना त यो संसारवाट विदा भएर गइन् नि १ हेर्न जाने भए पशुपति आर्यघाट जाउँ । ” मित्र रविको कुरा सुनेर म झसंग भएं । अकस्मात् के कुरा सुन्नु प¥यो यस्तो ? सुनयना लामो समय देखि ओछयान परेको कुरा त सुनेको थिएँ । तर अकस्मात् वितेको कुरा सुनेर म अवाक भएँ । एकछिन सुनयनाको विगतलाई कोट्याउने प्रयास गरें । उनी एक अति नै सक्रिय अनि मिलनसार साथी । हामीहरु उनको चरित्र वारे अनभिज्ञ थियौं । उनी हामीसंगको छलफलको क्रममा चरित्र सफा नभएको र नैतिकता नभएको मान्छेलाई मानिसको दर्जा दिन हिच्किचाउँथिन् । त्यसैले उनको चरित्रबारे कोट्याउने प्रयास हामीमध्ये कसैवाट पनि भएन ।

एकछिन पनि विस्तार नगरी रवि संगै म पनि पशुपति आर्यघाटमा दिवंगत मित्र प्रति श्रद्धान्जली चढाउन पुगें । त्यहाँको वातावरण देखेर हामी चकित भयाेंैं । सुनयनाको पार्थिव शरीरमा दागवत्ति कसले दिने भन्ने कुरामा बहस चल्दै गरेको रहेछ । घण्टौंसम्म पनि त्यहाँको वास्तविकता बुझ्न हामीलाई हम्मे हम्मे परेको थियो । लामो समय पश्चात् मात्रै बहसको वास्तविकता बुझयौं । बास्तवमा दिवंगत सुनयनाको अफिसवाट आउने आर्थिक सुविधाको असली हकदार दागवत्ति दिने व्यक्ति नै हुँदो रहेछ । त्यहाँ दागवत्ति दिन पाउनुपर्ने हकदावी गर्ने व्यक्ति ३ जना देखा परे ।

पहिलो – सुनयनाको पहिलो श्रीमान्तर्फ विहे भैसकेकि उनकी छोरी , दोश्रो व्यक्ति सुनयनाका दोश्रो पति र तेश्रो व्यक्ति सुनयना लामो समयसम्म ओछयान पर्दा स्याहार सुसार गरिरहेको अन्तिम लोग्ने ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 श्रावण, 2067

लेखकका अन्य रचनाहरु