आलु पार्टी, २०६६

- पिँडालु पण्डित

कागभन्दा बाठा हास्य–व्यङ्ग्यकार । हास्य–व्यङ्ग्यकारमध्येका पनि बडाबाठा रामकुमार पाँडे । वर्षको एकचोटि मात्र भए पनि काजी खान्दान देखाएर पाजी पामरहरुको पेट भराइदिने महान् उद्देश्यले बजार पसे । पैसामा सस्तो खानमा मीठो के होला ? खल्ती छाम्दै दिमाग दौडाए । खुवाएर मात्र भएन, खाएको सम्झिने खानेकुरा पनि हुनु प¥यो । एकचोटि मात्र खुवाएर कसले सम्झन्छ र ? त्यसैले पटकपटक खुवाउनु प¥यो । के खुवाउने होला ? दिमाग तिर्मिरायो । तैतै झट्ट दिमागमा चढ्यो,—‘आलु’ ।

‘आलु खुवाउने !’ अचम्म लाग्यो । ‘होइन ठिकै हो, खुवाउनु पर्छ ।’ अर्कालाई आलु नखुवाई आपूm कसरी उँभो लागिन्छ र ? दिमागी करामत उचित लाग्यो ।

तैपनि एकचोटि मनमनै आपैmँलाई प्रश्न गरे,— ‘खुवाउन त खुवाउने, तर आलु खान आऊ भनेर कसैलाई निम्ता ग¥यो भने आउँछन् कि आउँदैनन् होला ?’

फेरि अर्को मनले आपैmँलाई उत्तर दिए,— ‘आए आउँछन् नआए आपैmँ खाइदिन्छु । त्यति मीठो आलु खान आऊ भन्दा पनि आउँदैनन् भने मैले के गर्नु त ?’ अर्को मनले आपैmँ चित्त बुझाए ।

उनको यो सवालजवाफ पनि एकहिसाबले सामयिक नै थियो । मान्छेलाई झ्वाट्ट आलु खान आऊ भन्दा के पो भत्रे हुन् ? उस्तै रिसाहाकहाँ निम्ता पुग्यो भने ‘पाजी पाँडे पेडा जति आपूm खान्छ, अर्कालाई आलु खान बोलाउँछ’ भनेर भन्दिन बेर छैन । भत्रेको मुख कसले छेक्न सक्छ र ? भनेर मात्र त केही थिएन, एक कानले सुन्यो अर्को कानले उडाइदियो, एउटा मजाक न हो । तर साँच्चै नै बोलाएर पनि खान आइदिएन भने के गर्ने ? एकातिर पैसाको नास, अर्कातिर निम्तो अस्वीकार । आलु खुवाउने योजना चौपट । अनि, परेन फसाद !

हुन पनि हो नि, मान्छेलाई आलु खान जति मीठो लाग्छ आलु खाइयो भत्र त्यत्तिकै नमीठो
लाग्छ । मान्छे सितिमिति आलु खान मन पराउँदैनन्, तर सधैँ आलु खाइरहन्छन् । आलु नखाने हो भने मान्छेले कति प्रगति गथ्र्यो कति । यसको बकम्फुसे गफ कसले पत्याओस् भनेर मौका परे मलाई हकार्नु होला । तर त्यसो नगर्नुस् । बरु म तपाईंलाई यो कुराको पुष्टिका लागि अर्को एउटा थप प्रमाण पनि दिन्छु ।

नेपाल मण्डलका हास्य–व्यङ्ग्य नायक भैरव अर्यालले आफ्नो प्रसिद्ध हास्य–व्यङ्ग्य निबन्ध ‘आलु’ मा आलुका विषयमा ठूलो बहस गर्दै भनेका छन्,—“जिभ्रो मिठ्याउन होस् वा भुँडी उक्स्याउन, आलु सबै खान्छन् । तर कसैलाई आलु खान लागेकै बखत “तपाईंले आलु खानुभो कि क्या हो ?” भनेर मुस्कुराई सोध्नोस्, त्यही आलुको चौटोले तपाईंको तालु ताक्छ । कस्तो विचित्रता, आलु खाए पनि मान्छे आलु खाएको कुरा सकार्न सत्तैmन ।”

ल अब हेर्नुस् त, यस्तो संस्कारमा हुर्केका मान्छेलाई आलु खान आऊ भनेर निम्त्यायो भने निम्त्यारुको हबिगत के होला ? टेलिफोनबाट निम्त्यायो भने त बरु गालीले टर्ला, तर अगाडि नै परेर मौखिक निम्ता दिने हो भने त हेलमेटको जोहो पहिल्यै गर्नु पर्ने अवस्था आउन पनि के बेर ?

तर मलाई सोध्नु हुन्छ भने मुखले जेजे भने पनि मान्छेको आत्माले सधैँ आलु पुकारिरहेको हुन्छ । साँच्चै नढाँटी भत्रे हो भने गोरुलाई चैतको हरियो घाँसभन्दा मान्छेलाई आलु बढी मन पर्छ । सवालजवाफ गर्न मिल्ने र सम्भव हुने भए आदरणीय पितृहरुले पनि आलुकै पिण्ड पठाइदिन आफ्ना सन्ततिलाई आग्रह गर्थे ।

उनै हास्य–व्यङ्ग्यकार अर्याल उल्लिखित हास्य–व्यङ्ग्य निबन्ध ‘आलु’ को बहस सकिएपछि निचोडमा भन्छन्,—“तर जेसुकै होस्, म सधैँ आलु खान्छु, तर मलाई सधैँ आलु खान डर लाग्छ ।”

भैरव अर्यालयीय यस निचोडको विरोध अहिलेसम्म कहीँ कतै कसैले गरेको सुनिएको छैन । यो शाश्वत सत्य हो । विमति जनाउनु पर्ने कुरो छैन । यसले समस्त मान्छेको आलुप्रतिको मोह र वितृष्णा दुवै एकसाथ पुष्टि गरेको छ । यसमा न लिङ्गीय भेदभाव छ, न जातीय । न धार्मिक, न सामाजिक । न बाल, न बृद्धा । सबैको एक मत छ । आलु खान मन पराउने, तर सकार गर्न डराउने ।

आलुको विश्लेषण कति गर्नू ? झन् आलु खानेको विश्लेषण गरेर बेकारमा समय किन खेर फाल्नू ? जे निर्णय भयो–भयो । खुवाउने भनेपछि खुवाउने–खुवाउने । अर्काको पाए छ माना चूक खाने मान्छेको जात । हास्य–व्यङ्ग्यकार मात्र अर्को भूगोलका होइनन् क्यार ? अझ यिनले त पाए बाह्रमाना चूक खान बेर लाउँदैनन् । मौका यही हो । लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ भने जस्तो यिनलाई आलु खुवाउन झन् सजिलो हुन्छ । खुवाउनै पर्छ । सर्वसम्मत एक्लो निर्णय गरे उनै हास्य–व्यङ्ग्यकार रामकुमार पाँडेले ।

कुरो २०३४ सालको हो । नुनभन्दा सुन सस्तो भने जस्तो डेढ रुपैँया धार्नी आलु पाइने जमाना । अझ त्यसमाथि दुइचार मुठा धनियाँ फोस्सा पाइन्थ्यो । त्यो पनि अहिलेको जस्तो नक्कली हो र ! सक्कली सामान पाइने बेला । न त मान्छे नै त्यतिबिधि नक्कली भेटिन्थे । ऊ बेलाको कुरै अर्को ।

आलु खुवाउने कुरो त जु¥यो । तर कहिले खुवाउने ? फुर्सतको कुनै रमाइलो दिन समात्न पाए एकातिर गफगाफ हुन्थ्यो, अर्कातिर हँस्सीमज्जा । खानेको आन्द्रा र खुवाउनेको इज्जत एकैचोटि फुक्ने ।

जहाँ इच्छा त्यहाँ उपाय । आलु खुवाउने दिन जु¥यो,— काग तिहार । वर्षको एकचोटि । अघिपछि बाठो भएर कुत्रि के के खाने कागले पनि इज्जतका साथ अर्काको कमाइमा ढुक्कसँग दूध र भात खान पाउने धार्मिक दिन । हास्य–व्यङ्ग्यकारलाई ‘आलु’ खुवाउन योभन्दा उत्तम दिन अर्को कुनै जुराइरहनु पर्ला र ? यही दिन ठीक छ । मनमनै कुरो टुङ्गियो ।

अरु हास्य–व्यङ्ग्यकारलाई २०३४ सालदेखि यसैगरी आलु खुवाइरहेका छन्,— हास्य–व्यङ्ग्यकार रामकुमार पाँडेले । आलु खुवाउने जमघटको नाम पनि गजबको जुराएका छन्,— ‘आलु पार्टी ।’ सामूहिक रुपमा आलु खुवाउने कार्यक्रम । मौका पाएसम्म अरुलाई राम्र्रैसँग थला पार्ने हास्य–व्यङ्ग्यकारलाई आपैmँ थला परेको होस नहुने गरी हँसाइहँसाइ राजीखुशीले यसरी आलु खुवाउन सक्ने तपाईं कलियुगी रामलाई कोटिकोटि नमस्कार छ ।

यो लेखनी आलुको कुनै करामत होइन । न त आलु पार्टीको विज्ञापन नै हो । त्यसो भए के त ? तपाईं बम्किनु होला । बम्किनु पर्दैन । यो केही होइन, हो भने आलु नै हो । तर सामान्य आलु होइन । आलुको हैसियत राख्ने हास्य—व्यङ्ग्यकारलाई २०३४ सालदेखि पालैपालो निम्त्याउँदै खुवाउन थालिएको पाँडे परिकार ‘आलु’ ।
——००—— ——००——
वर्षैपिच्छेको यो क्रमले निरन्तरता पायो, २०६६ मा पनि । निम्तालु कति थिए सोधखोज गरिएन । सोधखोज गर्ने कुरो पनि भएन । आपूmलाई बढीमा एक पेट, घटीमा एक प्लेट आलु आए पुगि त हाल्यो । तर जो जति उपस्थित भए ती सबै बिहेको लगन छुट्न लागे जस्तो गरी हुर्हुराउँदै आइपुगे । कोही थचक्क भुइँमा बसे, कोही लचक्क कार्पेटमा । कोही टाक्राकटुक्रुक ढुङ्गामा बसे, कोही हावामा ठाडै ठडिए । कसैले रुखको छहारी समाए त कोही सूर्यतापमा रमाए ।

भत्र त नहुने हो तर भत्रै पर्ने कुरो । मनमा लागेको कुरा यस्तो शृङ्खलामा नभने कहाँ भत्रे ? त्यो के भने हास्यव्यङ्ग्यकारहरु यसरी प्राकृतिक वातावरणमा भुइँमा छरिएर टाक्राकटुक्रुक बसेको दृश्यले बदाम बारीमा बाँदर बसेको दृश्यको पुरानो झझल्को मानसपटलमा झुल्कियो । यो टाक्राकटुक्रुक बसाइभित्र म पनि थिएँ । यो दृश्य देखेपछि मलाई यतिखेरै बदाम बारी र यी हास्यव्यङ्ग्यकारबीचको मूलभूत भित्रता केलाउन मन लाग्यो । अनि, मुसुमुसु हाँस्तै मनमनै सोचेँ —
बाँदरहरु अर्काको पौरख भए पनि आपैmँ खोसे्रर आफ्नै पौरख जस्तो गरी खान्छन् तर यी
हास्य–व्यङ्ग्यकारहरु यतिखेर अर्काको आलुको पर्खाइमा छन् ।

बाँदरहरु भौतिक रुपमा भताभुङ्ग पारेर हुँदो न खाँदो अर्कालाई दुःख दिने चौपाया हुन् भने यी हास्यव्यङ्ग्यकार लिखित रुपमा लाप्पलिप्प पारेर अर्कालाई खेदो खत्रे दोपाया हुन् ।

बाँदरको रात बिताउने ठाउँको टुङ्गो हुँदैन भने हास्यव्यङ्ग्यकारको रात बिताउने ठाउँको जोहो यी आपैmँले कहीँ न कहीँ पक्कै गरेका छन् ।

बाँदरहरु पाकेको धान खान्छन् भने यी हास्यव्यङ्ग्यकार पाकेको चामल खान्छन् ।

बाँदरका सबै ठाउँमा भुत्ला हुन्छन् भने हास्यव्यङ्ग्यकार पनि भुत्लारहित पक्कै छैनन् ।

यी दुईमा यस्ता समानता र भित्रता धेरै छन् । सबै नभनूँ । आपूm छुच्चो बनेर हुँदो न खाँदो अरुलाई लुच्चो बनाउने काम म मात्र किन गरूँ ? यति सूत्र दिएपछि जोसुकैले पनि खाली ठाउँ भर्न सक्छन् । मैले यति मात्र सोचेँ, अरुले जेसुकै सोचून् ।

पाँडेप्यालेसको एउटै फोनमा आलु खान आउनेको यो हुर्दुराहट देख्दा मलाई त्यतिखेरै अर्को एउटा विश्लेषण पनि गर्न मन लाग्यो । अनि आपैmँलाई प्रश्न गरेँ । यी हास्यव्यङ्ग्यकार किन यसरी हुर्दुराउँदै र दमको विरामीजस्तो स्याँस्याँ र सुँसुँ गर्दै आलुका लागि हाजिर बजाउन आइपुगे ?

मनमनै यो प्रश्न दिमागमा खेलाएको मात्र के थिएँ बिहान मात्र आदरणीय श्रीमतीजीले भान्सामा झम्टिँदै झपारेको सम्झिन पुगेँ । श्रीमतीजी भन्दै थिइन्,— ‘लुटेर ल्याएको सम्पत्ति छ ? सधैँ आलु खानलाई । बजारभाउ सुन्दा (यी पङ्क्ति लेखिरहँदा आलुको बजार मूल्य धार्नीको एकसय साठी रुपैँया पुगेको छ) सुन जति मिल्काएर आलुकै सिक्री, आलुकै औँठी लगाऊँ जस्तो भइसक्यो आपूmलाई । तिमी भने जाबो तरकारी खानका लागि पनि यस्तो बहुमूल्य आलु किनेर ल्याउँछौ । त्यस्तो नखाइ सत्तैmनौ भने उहिलेउहिले हाम्रा बाउबाजेले सुवर्णभस्म खाएजस्तो आलुभस्म खाने गर । होइन भने सधैँ आलु खुवाएर म तिम्रो घर परिवारको खर्च चलाउन सक्तिन, जो जानेको आपैmँ गर ।

अनि पो म झल्याँस्स भएँ । उपस्थित यी हास्यव्यङ्ग्यकार पनि आ–आफ्नै घरपरिवारको यस्तै झम्टाइमा परेर मुख मिठ्याउँदै यहाँ आइपुगेका होलान्, मनमनै अनुमान लगाएँ । अनि, यसो केही कुरो खुस्किन्छ कि भनेर नजिकै टाँसिएका एकजना मित्रलाई सोधेँ,— तपाईंलाई आलु कत्तिको मिठो लाग्छ ? प्रश्न खुस्कन नपाउँदै उनले जवाफ तेस्र्याइहाले,— ‘पाएदेखि खान त मिठो लाग्छ नि, तर खाइसक्नु भए पो ! ठ्याक्कै दुई हप्ता भो आलु नखाको, तपाईंलाई के ढाँट्नु ।’

यही प्रश्न फेरि अरुलाई सोध्ने आवश्यकता मैले देखिन । बरु, मनमा भने एउटा कुरो झ्वाट्ट चढ्यो,— आपैmँ संस्थापक अध्यक्ष बनेर आलुपीडित संघ खोल्न पाए कस्तो हुन्थ्यो होला ? फेरि अर्को मनले भन्यो,— ‘श्रीमतीजी घरमा हुँदाहुँदै होलास् तँ आलुपीडित संघको अध्यक्ष ! मुख मिठ्याएर बस् ।’

कुरो यो पनि ठिकै लाग्यो । आपैmँले गठन गर्ने संघको अध्यक्षमा आपैmँ निर्विरोध नहुने छाँट देखेपछि यो लन्ठातिर पनि म लागिन ।

कहाँ २०३४ सालको डेढ रुपैँयाँ धार्नी पञ्चायती आलु, कहाँ २०६६ सालको एकसय साठी रुपैँयाँ धार्नी गणतान्त्रिक आलु ? तुलना हुन सक्ने कुरै भएन । यही ताल हो भने पहिलापहिला एकसय साठी रुपैँया धार्नीमा आलु खान पाइन्थ्यो भनेर अर्को कथा हाल्ने सुअवसर पनि हामी चाँडै पाउने छौँ । शङ्का पटक्कै नमाने हुन्छ । तपाईंलाई शङ्का लाग्छ भने आलु सस्तो पारेर हेर्नुस्, अनि पत्याउँला । फेरि झुक्क्याएर सुनका डल्ला ल्याउनु होला नि । त्यस्तो धृष्टताचाहिँ कहिल्यै नगर्नुस् ।

कहाँ आलु पार्टीको कुरा गरिराखेको, कहाँ बजारभाउतिर पो लागिएछ । अब कुरो फेरि उही आलु पार्टीतिरै लैजाऊँ । मलाई यतिखेर बुद्धि नभएका पाँडेप्रति दया जागेर आयो । ‘सस्तो खा पेट लागी मर्’ भने जस्तो सबभन्दा सस्तो आलु खुवाएर अरुलाई हँसाउन र फसाउन खोजेका थियौ, अब हाँस्ने र फस्ने पालो स्वयं आयोजकमै आइपुग्यो । ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ’ भनेको यही हो । बिनाअनुमति दिनदिनै सगरमाथा चढ्ने यस्तो बजारभाउको आलु वर्षैपिच्छे खुवाउँदै जाने हो भने एउटा भरपर्दो दलाल खोजेर अहिल्यै घरजग्गा बैना गरे हुन्छ । नत्र आलु खान नपाएको झोँक तालुमा पोख्लान् आफ्नै निम्तालुले । बानी बिगारेपछि कसको के लाग्छ ?

तपाईंका नजिकको शुभेच्छुकको नाताले यो सुझाउ दिँदैछु । यस्तो अमूल्य सुझाउलाई पनि तिरस्कार गरेर,— ‘होइन जसरी पनि खुवाउँछु’ भत्रे हठ अभैm गर्नु हुन्छ भने तपाईंका छोरा नातिले भविष्यमा अरुलाई यस्तो भत्रेछन्,— बुझ्नु भो ? हाम्रा बाउ÷बाजेले अरुलाई आलुको पार्टी दिन्थे रे ! कस्तो खान्दान थियो हाम्रा पुर्खाको ! अहिले आपूmलाई चाहिँ समाजका अगाडि पेडा खाएर आलुको धाक लगाउन परिराख्या छ । हुन पनि हो नि,— जतिसुकै चलाख भए पनि बेलामा बुद्धि नसुझेपछि कसको के लाग्छ र ! होइन त ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 32 आसाढ, 2067

लेखकका अन्य रचनाहरु