तिमी, म र निर्बस्त्र मान्छेहरू

- लक्ष्मण देबकोटा

मैले आफूलाई
मृत घोषित गरे
मैले तिमीलाई
अजम्बरी घोषित गरे
तर तिमीले भूल्यौ साथी
जुनकिरीहरू राको बन्न सक्तैनन्
केबल रात चिर्ने निशानीहरू हुन् उनीहरू
म जस्तै
रित्तो म जस्तै
तिमीले मेरो बदनाम गर्यौ
नाम हुनेको त बदनाम हुन्छ
तिमीले मेरो अपमान गर्यौ
मान हुनेको त अपमान हुन्छ

म सोध्न चाहान्छु
के तिम्रो कहिल्यै अपमान भएको छ
के तिम्रो कहिल्यै बदनाम भएको छ।
तर म चुपचाप सुनिरहे
समयको चक्र हो
हिजोम बदनाम भएथे
आज तिमी बदनाम भएछौ
तैपनि म बल्न छाडेको छैन
तर तिमी त झ्याप्पै निभेछौ।
मैले आफूलाई एक्लो घोषित गरे
मैले आफूलाई
निसास्सिएको अनुभूत गरे
तर मै हू भन्नेहरू
सडकमा निर्लज्ज घुमेको देख्दा
म अचम्भित भएको छु।

२७ नोभेम्बर २००६,पोर्तो पोर्चुगल।           

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु