भुइँफुट्टा

- वासुदेव गुरागाईं

मान्छेको उपस्थितिले कुनै बखत जङ्गल भरिभराउ थियो । कुनाकप्चा, ढाँड, ओडार, घारी कतै खाली थिएन । कतै मान्छे दौडादौड गरेको र कतै हान्, मार्, काट्, उठा, लैजा जस्ता होहल्ला र आवाज बराबर सुनिन्थ्यो । मान्छेको यस्तो गतिविधि र क्रियाकलापले जङ्गल आपैmँ त्रसित बन्यो । आफ्नो अस्तित्व समेत जोगाउन नसकेर तिनै मान्छेका हातबाट जङ्गल आपैmँ मासिन थाल्यो । जङ्गलमा नाच्ने बस्ने कतिपय पशुपन्छी आ–आफ्ना ठाउँ छाडेर अन्यत्र विस्थापित हुन थाले । बाँकी रहेका पशुपन्छी तिनैका आहार बने । पूरा जङ्गलका जङ्गल आतङ्कित बने । यसले मानव समाजमा पनि ठूलो खैलाबैला मच्चियो ।
केही समयपछि जङ्गल रित्तिएर गाउँ भरिन थाल्यो । जङ्गल नपस्नेहरु गाउँबाट विस्थापित भए । पहिला जङ्गलमा सुनिए जस्तै हल्ला गाउँमा सुनिन थाल्यो । कसैको भात भान्सा र ओढ्ने ओछ्याउने आफ्नो मात्र सम्पत्ति रहेन । पूरा गाउँका गाउँ आतङ्कित बन्यो । कसैले कसैलाई विश्वास गरेन । ठूला माछाहरु गाउँका न्यायाधीश बने । गाउँ मानवबस्ती भत्र पनि लायक रहेन ।

समयान्तरमा सहरको पालो आयो । जङ्गल र गाउँको प्रभाव सहरमा पर्न थाल्यो । पहिल्यैदेखि लुच्चा र छुच्चाको उपस्थिति रहेको सहरमा गाउँ र जङ्गलको विकृति समेत थपिएपछि यो झन् सम्हालीनसक्नु बत्र पुग्यो । जङ्गल र गाउँमा गरेका क्रियाकलापलाई तिनले सहरमा पनि निरन्तरता दिँदै गए । लुकिछिपि हुने चोरी, डकैती र गुण्डागर्दी मात्र होइन असामान्य धम्की, अपहरण र हत्या जस्ता घटना कसैको संरक्षण वा ढाडसका कारण पारदर्शी रुपमा सजिलै हुन थाले । चिसो भुइँमा परालका गुन्द्री ओढेर रात बिताउनेहरु पाँचतारे होटलका ग्राहक बत्र थाले । गोडाले काम गर्न छाडेर महङ्गा विदेशी गाडीको शरण पर्न थाले । मातृभूमिको माटो कस्तो र कति अमूल्य हुन्छ भत्रे पनि तिनले बिर्से । माटोसँगको नाता क्रमशः टाढिँदै गयो । आपूm जन्मेको माटो नै बिर्सनेले अरु कुरा सम्झने कुरै थिएन । यति हुँदा पनि बस्तीभित्रका मान्छेले तिनलाई केही भत्र सकेका थिएनन् । तर वरिपरिका अरु मान्छेले भने तिनलाई हाकाहाकी भुइँफुट्टा भन्थे ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 31 आसाढ, 2067

लेखकका अन्य रचनाहरु