जिउदै जीवाश्म भइरहेजस्तो !

- प्रा.डा. माधवप्रसाद पोखरेल

कुनै प्रागितिहासिक जीव पृथ्वीभित्रको हलचलले गर्दा चट्टानभित्र च्याप्पियो भने, अथवा ओरिपरिको ताप र चापले शिला भयो भने, त्यसलाई जीवविज्ञानमा जीवाश्म अथवा जीवावशेष भन्दछन् । अङ्ग्रेजीमा त्यसैलाई फसिल पनि भन्दछन् । समुद्रमुनि भुइँमा थुप्रिएका जीवहरू पनि समुद्रको करोडौँ टन गरुङ्गो पानीले थिचिएर शिला बन्छन् । हाम्रो कालीगण्डकीका बगरमा पाइने साक्षात् विष्णुभगवान्को रूप शाल्रि्राम पनि प्रागितिहासिक शङ्खेकिराकै जीवाश्म हो भन्ने भर्ूगर्भविद्हरूको भनाइ छ । जुन प्र्रक्रियाबाट कुनै जीव जीवाश्म बन्छ, म पनि त्यही प्रक्रियाबाट विस्तारै जीवाश्म भइरहेजस्तो मलाई लागिरहेको छ । म दिनहुँ आफ्ना अङ्गप्रत्यङ्गहरू शिथिल भएर निकम्मा भइरहेको छु; हरदम आफ्ना कोशहरू बेकामे भएर मरिरहेको छु अनि अलिअलि गरेर आफ्ना कोशगुच्छ -टिस्यु) हरू नष्ट भएर सिद्धिइरहेको छु । 'नेस्नल ज्योग्राफिक', 'एनिमल किङ्डम' र 'वाइल्ड अमेरिका' मा उप|mँदा उप|mँदैको मृगलाई सिंह, बाघ, चितुवा, ब्वाँसा र हुँडारहरूले जबर्जस्ती लास बनाएभैFm समयका अड्का र छेकाहरूले जेलेर मलाई नै जिउँदै जीवावशेष बनाइरहेजस्तो मलाई लागिरहेको छ । आफ्नो क्षमतालाई पर्ूण्ातया उत्पादनमा अनुवाद गर्नै नपाई म क्रमशः जीवाश्म भइरहेको छु । मेरो समाजको उत्थान र उन्नतिका लागि मैले गरिरहेको प्रयास पनि, खालि आपैFm रमाउनलाई मात्र रहेछ, अरूले त्यसको कदर गर्ने चलन मुलुकमै नभएकाले मेरो मेहनत बालुवामा पानी खन्याएजस्तो मात्र भइरहेको भान भइरहेको छ । मेरो जन्म धरानको विजयपुर भन्ने गाउँमा भएको हो भन्ने कुरो मेरा पाठकहरू धेरैलाई थाहा छ । म केटाकेटी हुँदा धरान आजको जस्तो बहुजातीय थिएन । विजयपुर डाँडागाउँ मूलतः बाहुनहरूको बस्ती थियो; विजयपुर बजारमा चाहिँ नेवारहरू बस्तथे । धरान बजारमा नेवार र मारवाडीहरू धेरै देखिन्थे; छेत्रीबाहुनका बस्तीहरू पनि छुट्टै र छयासमिस दुवै किसिमका थिए । स्थायी बसोवास गर्ने अलिअलि मगरहरू र तामाङहरू थिए । दर्ुइचार घर र्राईलिम्बु पनि थिए होलान् । कामी, दमाईँ र सार्कीहरू त जहाँ पनि भइहाल्नुपर्ने हो जस्तो लाग्छ । तिनीहरू पनि थिए । त्यस वेला मैले चाल पाएका धरानमा स्थायी बसोवास गर्ने जाति र जनजाति त्यति नै थिए । त्यस बेला धरान पर्ूवाञ्चलको ठूलो हाट थियो । हरेक सुकबार र शनिबार पुरानो बजार र नयाँ बजारमा पालैपालो हाट लाग्थ्यो । हाट के भन्नु - त्यहाँ एक किसिमले पर्ूवाञ्चलको मेलै लाग्थ्यो । अहिलेका पहाडी र हिमाली जिल्ला धन्कुटा, तेरथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुदेखि अनि तर्राईका जिल्ला मोरङ र सुन्सरीका हटुवारेहरू त्यति बेलाको धरानमा हाट गर्न आउँथे । मैले आज नाम लिएका यी जिल्लाहरू मध्ये कति जिल्लाको त त्यति बेला नामै थिएन । त्यति बेला पचहत्तर ओटा जिल्लै थिएनन् । मैले माथि उल्लेख गरेका जिल्लाहरूमा हिमाली प्रदेशका शर्ेपा, पहाडी प्रदेशका र्राई, लिम्बु र याक्खा, तर्राई प्रदेशका थारु र अरू छयासमिस गरी बाहुन, छेत्री, तामाङ, गुरुङ, मगर, र्घर्ती, कामी, दमाईँ र सार्की जस्ता अनेक जाति र जनजातिहरू धरानमा हाट गर्न भनूँ कि मेला भर्न भेला हुन्थे । पर्ूवाञ्चलका ती हटुवारेहरूले आफूसित ल्याएका बेग्लाबेग्लै पोसाक, पहिरन, गरगहना, अनुहारको बान्की र ढब, उनीहरूले बेच्न ल्याएका जातजातका सांस्कृतिक वस्तु, सीप, भाषा, मिजास, लोकगीत, लोकनृत्य र पारस्परिक मायाप्रर्ीर्ति र झैझगडाको अन्तरक्रियाबाट धरानको वर्तमान सामाजिक र सांस्कृतिक डाँफेचरी जस्तो बहुरङ्गी संस्कृतिका पत्रैपत्र अनेक जलप लाग्दै गएछन् । हटुवारेहरूले हप्तैपिच्छे छोडेका तिनै पत्रे जलपहरूले वर्तमान धरानको सांस्कृतिक जग बनेजस्तो मलाई लाग्छ । अचेल त मूलबाटाहरू धेरै बनेकाले र यातायातको सुविधाले गर्दा धरानको त्यो समन्वयात्मक हटुवारे संस्कृति नै इतिहास भइसक्यो । यति बेला मलाई सम्पर्ूण्ा नेपाल नै धराने हाट जस्तो लाग्छ । नेपालका बेलाइती सैनिकहरूलाई 'पिल्सिङ' -पेन्सन) थाप्न सरक परोस् भनेर धरानको भोटेचौरी र फुस्रेमा 'मलाया क्याम्प' -ब्रिटिस क्याम्प) बस्ता म पाँच वर्षो थिएँ हुँला । त्यसपछि 'पिल्सिङ थाप्ने' गोर्खा सिपाहीहरू र तिनीहरूका आफन्तहरूले विस्तारै ढाकेर धरानको जनघनत्व आजको अवस्थामा आइपुग्यो, तर धरानको पुरानो हटुवारे संस्कृतिको फूलबुट्टे बान्की त स्थायी रूपमा धरान बस्नेहरूले दिन सक्ता रहेनछन् । धरान पर्ूवाञ्चलका झन्डै झन्डै सबैजसो जनजाति पाइने रङ्गीबिरङ्गी संस्कृतिको केन्द्र भएकै छ । म त्यसै बगैँचामा हर्ुर्केको बोट हुँ । मार्क्सवादको सामान्य ज्ञान पाएपछि अनेक नेपाली जात र जनजातिलाई चिन्ने मेरो दृष्टिकोणमा आमूल परिवर्तन भयो । पारिवारिक संस्कारले गर्दा, त्यसभन्दा अगाडि मैले आफू बाहुन भएर उनीहरूलाई आफूभन्दा बेग्लै खालका मान्छेका रूपमा चिनेको थिएँ भने, त्यसपछि उनीहरूलाई आफू जस्तै मान्छेका रूपमा चिन्न थालेँ । विश्वको सामान्य ज्ञान बढाउने दिशामा म जति गहिरिँदै गएँ, उति मलाई संसारभरका हेपिने मान्छेहरू एकनासका लाग्न थालेका छन् । अन्यायमा परेका संसारभरका मान्छेहरूको कन्तबिजोक टिभीमा देख्ता अनि कथा र उपन्यासमा पढ्दा समेत मेरा आँखा नरर्साई छोड्दैनन् । डेक्कन कलेजमा पिएचडी गर्न पुगेपछि मैले नेपालका सबै मातृभाषाहरूको भाषिक विश्लेषण गर्न सक्ने हुन्, र ती सबै भाषाहरूको व्याकरण र शब्दकोश बनाउन सक्ने हुन् र ती अनेक भाषाहरूको पारस्परिक ऐतिहासिक साइनो केलाउन सक्ने हुन् जति कुरा सिक्नु अनिवार्य थियो, ती कुरा सिकेँ । नेपाली भाषामा आफूले पढेका ती सिद्धान्तहरूको प्रयोग त मैले पुनामै हुँदा गर्न थालेँ, तर नेपालका अरू भाषाहरूको अध्ययन गर्न चाहिँ मैले नेपाल आएपछि मात्र थालेँ । नेपाल आएपछि मैले अध्ययन गर्न थालेको पहिलो जनजातिको भाषा लिम्बु थियो ।

जनआन्दोलनपछि कवि वैरागी काइँला सदस्य भएपछि, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले इमानसिंह चेम्जोङले बनाएको 'लिम्बु-नेपाली-अङ्ग्रेजी शब्दकोश' लाई संशोधन, सर्ंवर्धन र परिमार्जन गरेर प्रकाशित गर्ने योजना बनाएछ । त्यसमा डा.सुभद्रा सुब्बा र डा.बल्लभमणि दाहाल सल्लाहकार हुनुहुँदो रहेछ । उहाँहरूकै सल्लाह अनुसार लिम्बु गाउँगाउँमा शब्द बटुल्न जानेहरूलाई तालिम दिने कार्यशालाहरू चलाइएका रहेछन् । त्यसैबीच कुनै दिन सम्भवतः ध्वनिविज्ञान वा वर्ण्र्ााज्ञानको तालिम दिन डा.दाहालले मलाई बोलाउनुभएको थियो । मैले एउटा क्लास लिएपछि वैरागी काइँलालाई कस्तो प्रभाव परेछ कोनि, त्यसपछिका धेरैजसो क्लास लिन उहाँले मलाई बोलाउनुभयो । त्यो कार्यशालापछि शब्दकोश प्रकाशित नहोउञ्जेल लिम्बु भाषाको वर्ण्र्ाायाकरण, शब्द-व्याकरण, वाक्य-व्याकरण, केही अर्थ-व्याकरण अनि लिम्बु भाषाका भाषिकाहरूको पारस्परिक सम्बन्ध केलाउन पनि उहाँले मुख्य रूपमा मलाई नै सामेल गराउनुभयो । लिम्बु भाषाको गोलित आकार प्रस्ट रूपमा ताप्लेजुङका लिम्बुहरूले मात्र उच्चारण गर्न सक्ने मैले पाएँ । अरूतिरका लिम्बुहरू चाहिँ नेपाली भाषा बोल्नेहरूसितको छयासमिस सर्म्पर्कले गर्दा अकारको उच्चारण गर्दा ओठ गोलो पार्दा रहेनछन्; नेपाली भाषाकै जस्तो अकार उच्चारण गर्दा रहेछन् । लिम्बु भाषाको त्यो गोलित अकारको खोजी गर्न मलाई कवि काइँलाले ताप्लेजुङसम्म पनि पुर्याउनुभयो । मैले लिम्बु वर्ण्र्ााको र शब्द-व्याकरणको विश्लेषण गर्ने कार्यशालाहरू एकेडेमीमा पनि सञ्चालन गरेँ । पन्ध्रदिनसम्म धुलाबारीमा कवि काइँलाका घरमा बसेर पनि मैले लिम्बु वर्ण्र्ाायाकरण र शब्द-व्याकरणका कार्यशालाहरू तालिम दिएँ । मैले पुनामा पढेको कोशविज्ञानको प्रयोग मैले लिम्बु भाषाकै शब्दकोशमा सबभन्दा पहिले गर्न पाएँ । यसरी उहाँको र मेरो पारस्परिक सङ्गतले गर्दा नेपालका राष्ट्रिय भाषाहरू मध्ये कुसुन्डा बाहेक लिम्बु भाषाकै विषयमा सबभन्दा बढ्ता ज्ञान मैले बढाउन पाएँ र वैरागी काइँला चाहिँ आफ्नो भाषाका विषयमा झनझन गहिरिएर जान्न खोज्ने उत्सुकताले गर्दा आज लिम्बु भाषाका विषयमा सबभन्दा बढ्ता जानकारी राख्ने अद्वितीय विद्वान्का रूपमा स्थापित हुनुभयो । यस्तै कार्यशालाको परिणामस्वरूप दिलेन्द्र सुब्बाले भाषाविज्ञानमा एमए पढेर पार लगाए । गोविन्द सुब्बाको संयोजकत्वमा 'नेपाली राष्ट्रिय भाषा संरक्षण संस्था' ले आयोजना गरेको लिम्बु भाषाका भाषिकाहरूको र्सर्वेक्षण गर्ने एउटा कार्यशाला पनि मैले सञ्चालन गरेँ । लिम्बुहरूको सिको नेपालका अरू कुनै पनि जनजातिले गर्न सकेको मैले चाल पाइँन । लिम्बु भाषाकै कार्यशालामा तालिम लिने एउटा व्यक्ति थिए अमृत योञ्जन । ती कार्यशालाहरूमा लिम्बु भाषाको विश्लेषण गरेको देखेर उनले पनि मलाई तामाङ भाषामा कार्यशाला सञ्चालन गरिमागे । वैरागी काइँलाले सुरुसुरुमा एकेडेमीबाटै त्यस्ता कार्यशालाको आयोजना गरिदिनुभयो । पछि अमृतले याक्सन एइड वा अरू संस्थाहरूसित आर्थिक बल मागेछन् । अमृत योञ्जन र उनका साथीहरूलाई यसरी पन्ध्र-बीस पल्ट मैले तामाङ भाषाको विश्लेषण गर्न सिकाइदिएँ । वैरागी काइँलाकै माध्यमबाट त्यसपछि मैले मगर भाषाको कार्यशाला सुरुमा एकेडेमीमै सञ्चालन गरँे । हर्षहादुर बुडा मगरले निकालेको 'मगर व्याकरणको प्रारूप' भन्ने किताब त्यसै कार्यशालाको परिणाम हो । पछि लोकबहादुर थापा समेत सामेल भएको कार्यशालामा देवनागरी लिपिमा मगर भाषा कसरी लेख्ने भन्ने तालिम मैले दिएँ । मगर भाषाको शब्दकोशमा पनि धेरै पल्ट सामेल भएँ । वैरागी काइँलाले त्यसपछि सुनुवार भाषाको कार्यशालाको आयोजना गरिदिनुभयो । मैले सुनुवार भाषाको पनि कार्यशाला एकेडेमीमै सञ्चालन गरेर सुनुवार भाषाको प्रारम्भिक विश्लेषण गरिदिएँ । लाल रापचा त्यसै कार्यशालाको परिणामस्वरूप भाषाविज्ञानमा अघि बढे । पछि मैले काठमाडौँ र पोखरामा 'तमु छोँज धी' भन्ने संस्थाले आयोजना गरेको कार्यशालामा गुरुङ भाषामा विश्लेषण गर्ने कार्यशाला सञ्चालन गरेँ । 'तमु बौद्ध समाज' ले आयोजना गरेको कार्यशालामा पनि ग्लोभर भन्ने अस्ट्रेलियाली भाषावैज्ञानिकसित मैले विशेषज्ञ भएर काम गरेँ । डा.रेमबहादुर गुरुङलाई गुरुङ भाषाको शब्दकोश बनाउन पनि मैले सहयोग गरेँ । त्यस्तै लालबहादुर गुरुङलाई गुरुङ भाषाका भाषिकाहरूको र्सर्वेक्षण गर्न सघाएँ । त्यसपछि मैले साम्पाङ र्राई, खालिङ र्राई, दुमी र्राई, चाम्लिङ र्राई र राजवंशी भाषाको विश्लेषण गर्ने कार्यशालाहरूको नेतृत्व गरँे । बाहिङ र्राई, मेवाहाङ र्राई, बान्तवा र्राई, शर्ेपा र व्यासी भाषाको वर्ण्र्ाार्धारण गर्ने काममा मैले सघाइदिएको छु । मैले पहरी भाषाको वर्ण्र्ाार्धारण र आलेखन गर्न बडिखेलका पहरीहरूलाई सघाएँ । थकाली र खाम भाषाको शब्दकोश र उच्चारणमा मैले विशेषज्ञ भएर काम गरेको छु । विसं २०५४ मा मैले खोटाङ जिल्लाको निगालवास भन्ने ठाउँमा रकोङ र लुलाम भन्ने दर्ुइओटा र्राईभाषा फेला पारेँ । त्यसको एक वर्षछि झापा जिल्लामा खडिया भन्ने आग्नेय परिवारको नयाँ भाषा फेला पारेँ अनि त्यसै अध्ययनमा झाँगड -कुडुँख), मेचे -बोडो), धिमाल, सतार -सन्ताल) र राजवंशी -ताजपुरिया) भाषाको पनि स्थलगत अध्ययन गरेँ । विसं २०५६ मा रामेछाप जिल्लामा हायु, माझी र सुनुवार अनि दोलखा जिल्लामा थामी, दोलखा नेवारी, शर्ेपा, जिरेल, र तामाङ भाषाको स्थलगत अध्ययन गरेर र्फकने क्रममा सङ्खुवासभा जिल्लाको तोम्याङ -अथवा चाङ्खा) र्राई भाषा फेला पारेँ । दर्ुइतीन वर्षअगाडि चितवन र तनहुँ -दमौली र पीपलटार) का दर्राई भाषाका भाषिकाहरूको स्थलगत अध्ययन गरेँ अनि एकडेढ वर्षअगाडि लोप हुनै लागेको कुसुन्डा भाषा जोगाउन जनजाति प्रतिष्ठान र भाषाविज्ञान विभागले संयुक्त रूपमा सञ्चालन गरेको तीन-महिने भाषिक अभिलेखीकरणमा सहकार्य गरेँ । मैले याक्खा भाषाको वर्ण्र्ाााकरण र शब्दव्याकरणको अध्ययन गरेको छु ।

स्थलगत र्सर्वेक्षण गरेर मैले झन्डै पैँतालीस-छयालीसओटा भाषाका तथ्याङ्कहरू बटुलेको छु । म बाहेक अर्को कुनै पनि स्वदेशी अथवा विदेशी भाषावैज्ञानिकलाई नेपालका यति धेरै भाषाहरूका विषयमा सामान्य ज्ञान छैन होला । मैले चाहिँ अर्को मान्छे भेटेको छैन । आफूले सिकेर आएको भाषाविज्ञानको सिद्धान्तको नेपालका भाषाहरू केलाउन प्रयोग गरिहर्ेदा मलाई बीजगणित, त्रिकोणमिति र क्याल्कुलसका समस्या समाधान गरेजस्तो अत्यन्त आनन्द र सन्तुष्टि मिल्छ । नेपालका कतिपय भाषाहरू केलाउँदा के पनि भेटिन्छ भने, कुसुन्डा र किराँती भाषामा जस्तै भाषाविज्ञानमै कतै पनि उल्लेख नभएका व्याकरणका नौला विशेषताहरू फेला पर्छन् । भाषाविज्ञानकै सिद्धान्तमा एउटार् इंट थप्न सक्ने यस्ता तथ्य फेला पारेपछि एउटा वैज्ञानिकलाई नयाँ तथ्यको आविष्कार हुँदा आनन्द भएभैFm अत्यन्त आनन्द र सन्तुष्टि मिल्छ । कुनै भाषाको वैज्ञानिक खोजी गर्दागर्दै त्यो भाषा बोल्ने जातिको सांस्कृतिक, भौगोलिक र मानवशास्त्रीय जानकारी पनि बढ्ने हुनाले भाषाविज्ञानका सुरबाट मलाई रङ्गीबिरङ्गी डाँफे जस्तो नेपाली संस्कृतिको ज्ञान पनि भइरहेकाले आफू एउटा सांस्कृतिक विविधताले अलबल्ले धनी मुलुकको नागरिक भएको बोध हुन्छ । जनजातिका भाषामा यति धेरै जानकारी बढाएकाले म गुरुऋणबाट त आंशिक रूपमा मुक्त भइरहेकै छु, तर मुलुक चलाउने मिसिन, विश्वविद्यालय चलाउने मिसिन र जनजातिहरूलाई चलाउने मिसिन तीनओटैेले मेरो क्षमता अनुसार मेरो पर्ूण्ा दोहन गर्न सकिरहेको मलाई अनुभव भइरहेको छैन । लिम्बुहरूले जस्तो अरू जनजातì

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु