आफ्नै समुद्रको गहिराइतर्फ अनुभूतिका छालहरू

- राम्जी तिमल्सिना

इन्द्रियचेतको सहायताले बटुलिएका जानकारीहरूले मन र मस्तिष्कका भित्री तहहरू छ“ुदा त्यहा“ उत्पन्न भएका अनुभूतिहरूको प्रभावले व्यक्तित्वको परिस्कार गरेर असल मानवको सिर्जना र विकासमा सहायक हुनसक्ने यात्रा वर्णन हो नियात्रा । प्रत्येक लेखन इन्द्रियहरूको आफ्नो पह“ुचभरिको संसारको जानकारी बटुलेर मन वा मस्तिष्कतिर सम्प्रेषण गरेपछि सुरू हुन्छ । उक्त जानकारीहरूलाई दिमागले प्रशोधन गरेर ज्ञानको तहमा र मनले प्रशोधन गरेर भावनाको तहमा पुर्याउ“छन् । ती तहमा पुगेका प्रशोधित जानकारीहरूले व्यक्तिको तात्कालिक स्थितिमा प्रभाव पार्दा अनुभूतिहरूको सिर्जना हुन्छ । ती अनुभूतिहरूले व्यक्तिको चेतनालाई सक्रिय पार्दछन् र नया“ सिर्जनाका लागि उक्साउ“छन् । त्यस्तो प्रभाव भावनाको तहमा पर्यो भने साहित्यक वा कलात्मक सिर्जना हुन्छ, ज्ञानको तहमा पर्यो भने बौद्धिक लेखनको जन्म । बाटो, प्रभाव, अनुभूति र उत्पतिको स्थान फरक भए पनि सबै सिर्जनाहरूको विकासका चरण र प्रक्रिया एउटै हुन् । सिर्जनामार्फत सर्जकभित्र जे कुरा जस्तो अवस्थामा छ त्यो त्यस्तै बाहिर निस्कने हो । यस अर्थमा प्रत्येक सिर्जना सर्जकको व्यक्तित्वको प्रकाशन हो । व्यक्ति जस्तो भयो सिर्जना त्यस्तै हुन्छ । यस अर्थमा प्रत्येक सिर्जना प्रारम्भिक चरणमा व्यक्तिको अन्तर्यात्रा र पछिल्लो चरणमा उक्त अन्तर्यात्राको चेतनामा परेको प्रभावको प्रस्तुति हो, विधा जुन भए पनि ।

साहित्यसिर्जनले सर्जकको आन्तरिक चेतनाको प्रवृत्ति र प्रकृतिलाई स्पष्ट्याउ“दा ऊ आपूmले आफै“लाई चिन्ने मौका प्रदान गर्दछ । संसारले उसलाई चिन्ने कुरा त छ“दैछ । त्यसैले विश्वसाहित्यको इतिहासमा मानवीय मूल्य सहितका असल भावनाले भरिपूर्ण सर्जकहरूका त्यस्तै भावनायुक्त सिर्जनाहरू नै कालजयी देखिएका छन् । होमर, सेक्सपियर, मिल्टन, ह्वीटमन, चेकोभ, टि. यस. इलियट, देवकोटा, सम र रिमालदेखि आजसम्मका सयौ“ भाषामा रचित हजारौ“ सफल, प्रख्यात र सम्मानित सिर्जनाहरू यसका जीवन्त प्रमाणहरू हुन् ।

नियात्रा संसारबाट व्यक्तिले लिने जानकारीले उसको मन र मस्तिष्क दुवैमा पारेका प्रभावले उत्पन्न हुने बौद्धिक र भावनात्मक दुबै अनुभूतिहरूको सङ्गमको प्रस्तुति भएकाले यसमा जीवनको समग्रता (एकैसाथ) भेटिन्छ । त्यसैले आजभोलि यसको प्रभाव बढ्दो छ । तथापि प्रायः नियात्राकारहरू जानकारीहरूको प्रस्तुतिभन्दा पर पुग्न सक्नुभएका देखिदैन । फलस्वरूप त्यस्ता प्रस्तुतिहरू नियात्रा बन्न नसकेर यात्राविवरण मात्र हुन पुग्दछन् र कहिल्यै साहित्य बन्दैनन् । नियात्रा भनिएका यात्राविवरणहरूको वर्तमान बाढीमा सा“च्चै साहित्यिक गुणहरूले भरिपूर्ण नियात्रा नै भन्न सुहाउने नेपाली साहित्यको पछिल्लो कृति हो कृष्ण प्रसाई“को ‘अनुभूतिका छालहरू२०६५’।

विशाल विश्व भित्रको नेपाल नेपाली साहित्यकारहरूका लागि संसारको मुटु हो । अनि पूर्वी एसिया मुटुको सेरोफेरो । कृष्णको नियात्राको भूमि त्यही हो । त्यसैले यो कृति घुमेको छ आफ्नैे मुटु र मस्तिष्कको वरिपरि नेपाल र यहा“को मानवीय, सामाजिक र सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर । प्रत्येक ठाउ“ र वस्तुको कुनै पनि पक्षको वर्णनलाई कुनै न कुनै रूपमा नेपाल र यहा“को परिवेशस“ग ल्याएर जोडिएको छ । केन्द्रमा छ यी सबै जानकारीहरूको सहायताले नेपालको राष्ट्रिय परिचय (देशको व्यक्तित्व)मा ल्याउनुपर्ने अपरिहार्य संरक्षण, सुधार र पविर्तनको आवश्यकता बोध । त्यहा“ पनि नेपालीहरुको विचार र प्रवृत्तिलाई फेरि केन्द्रमा राखेर । बा“की संसारको जानकारीलाई पृष्टभूमिमा राखेर आफ्नो (देशको) परिचयको खारिएको र चमकदार भविष्यका लागि वर्तमानमा सुधारको वकालत यो नियात्रा सङ्ग्रहको शक्ति हो । बौद्धिक र भावनात्मक दुबै अनुभूति र तिनीहरूको अत्यावश्यकीय सङ्गमको तहमा ।

जीवनको प्रत्येक यात्रा द्विविधापूर्ण हुन्छ, अनि हुन्छ अनिश्चितिले भरिपूर्ण पनि । झन् अन्तर्मनको बौद्धिक र भावनात्मक अनुभूतिहरूको यात्रा त त्यस्तो हुने नै भयो । मलेसियाको क्वालालम्पुर सहरको टावरलाई भेट्न हिड्नुभएका लेखक भन्नुहुन्छः “निक्कैबेर हिडिसकेपछि चौबाटो आयो । उस्तैउस्तै लाग्ने बाटाहरू भएकाले कुन बाटो रोज्दा चाहि“ टावरमा पुगिन्थ्यो मलाई ठम्याउन अलि मुस्किल भयो (१२)” । लेखकको यो भनाइले त यात्राको प्रकृति अनि नियात्राको टुङ्ग्याउनीलाई समेत साङ्केतिक रूपमा प्रस्ट्याउ“छ ।

यात्रामा सबै मान्छे समान हुन्छन् । प्रकृति र अन्तर्मनको अवलोकनमा जात, धर्म, देश, वर्ण, पद वा प्रतिष्ठा केहीले पनि फरक पार्दैन । पूर्व पाकिस्तानी राष्ट्रपति परभेज मुसर्रफ सत्तामा नै रहेका बेला उनीस“गै क्वलालम्पुरको टावर चढ्दा “त्यत्रो मुलुकको त्यति शक्तिशाली राष्टपति भए पनि आखिर हामी त्यहा“ सबै समान थियौ“, र एउटै प्रयोजनका लागि गएका थियौ (१३)’’ भनेर लेखकले भन्नुभएको कुरामा प्रत्येक मानवको समानताको यही दार्शनिक विचार झल्किन्छ । अझ “आपूmभन्दा माथि उक्लिएर आपूmलाई हेर्दा मात्र आफ्नो उचाइ थाहा पाइने रहेछ ”(१४) भनेर लेखकले भनिरहनुह“ुदा सामान्य सांसारिक जीवनभन्दा माथि उठेर चिन्तक र सर्जकहरूले गर्ने मानसिक र भावनात्मक यात्राको महत्व स्वतः स्पष्ट हुन्छ । दैनन्दिन जीवनका यथार्थहरूबाट माथि उठेर गरिएका अनुभूतिहरूको प्रभावले सिर्जित कला मात्र साहित्य हुने भएको हु“दा आफूलाई त्यसै तहमा पुर्याएर यो कृति सफल साहित्य भएको छ । अनि छ नियात्राकारको पनि त्यही स्थिति ।

आफू भित्र संरक्षित क्षमताको बोधका लागि पनि बाहिरी संसारस“गको सम्पर्क आवश्यक छ । संसारले अति मानेको वा पत्याएको भएर प्रसिद्ध भएको कुनै विषय, स्थान वा व्यक्तिको आफूले प्रत्यक्ष सङ्गत वा अनुभव गरेर त्यसस“ग आफू र आफ्नो क्षमतालाई तलना गरेपछि मात्र व्यक्तिले आफूलाई चिन्ने हो र थाल्ने हो आफू र आफ्नोपनलाई प्रेम र श्रद्धा गर्न पनि । यसरी बाहिरी ठक्करबाट अन्तर्यात्रा सुरूगरिएपछि प्राप्त ज्ञान नै असली ज्ञान हो । नेपालमा केही पनि छैन भनेर युटोपिएन जीवनको कल्पनामा विदेशिएकाहरूले विदेशमा बसेर नेपालकै जस्तो जीवनको कामना गर्दै लेखेका डायस्फोरिक साहित्यदेखि लिएर प्रशस्त विदेश भ्रमण गरेपछि मात्र नेपालको सम्पन्नता, यहा“को जीवनको सुन्दरता र नेपालीपनको गौरवलाई महसुस गर्ने धेरैको अनुभवजन्य प्रस्तुतिले यस्तै स्थितिलाई स्पष्ट पार्दछ । यसरी नै पलाएको छ राष्ट्रप्रेम नियात्राकार कृष्ण प्रसाई“मा पनि । त्यसैले त वहा“ लेख्नहुन्छः “संसारभरकै हरितन्नम देशको नागरिक ठान्थे“ म आपूmलाई, तर म धन्य रहे“छु यात्रापछि आफूलाई सम्पन्न ठाने“”(आफ्ना कुरा) । यसरी देखिन्छ यो कृति नियात्राकारको आफ्नो सोचको समुद्र भित्रको गहिराइतर्फ उनका अनुभूतिका छालहरू संगालिएर अगाडि बढ्दा उनमा आएको आत्मप्रकाशनको प्रस्तुति भएको । त्यस्तै जापानका बहुप्रचारित गुफा र झरनाको भ्रमण गरेपछि तिनीहरूको कृत्रिमतादेखि वाक्क हुनुभएका लेखक आफ्नै देशका प्राकृतिक सौन्दर्यले नै भरिपूर्ण गुफा र झरनाहरूको मनैदेखि प्रशंसा गर्दै लेख्नुहुन्छः “मेरो देशले सम्पदैसम्पदाको इतिहास बोकेर दुनिया“सामु प्राचीनतम सङ्ग्रहालय आफै“मा उभ्याएको रहेछ(१२)” ।

नितान्त फरक संस्कृतिमा आपूmलाई एकाकार गर्न नसकेपछि आफै“तिर फर्केर आफ्नोपनलाई प्रेम गर्छ मान्छे । जापानमा निवस्त्र भएर सामुहिक स्नान गर्नुपरेको पीडा र मानसिक तनावको बेला लेखकमा नेपाली वा अझ पूर्वीय सभ्यताप्रति मौलाएको सम्मान यसैको उदाहरण हो ।

प्रत्येक घटना र प्रसङ्गमा बारम्बार देश सम्झेर त्यहा“को वर्तमानको पीडा र भविष्यको आवश्यक सपनाको सम्भावना खोजेर लेखकले आफ्नो जीवन नै देशप्रेममा उत्सर्ग गरेजस्तो देखाउन खोज्नुभएको छ । वास्तविक जीवनको कुरा त के हो तर यो कृति पढ्ने प्रत्येकलाई त्यस्तै लागिरहन्छ सुरूदेखि अन्त्यसम्म । जापानको टोकियो टावरमनि भेटिएको नृत्यमा व्यावसायिक बा“दरलाई देख्दा प्रसिद्धि कमाएर वितिसकेको जनकपुरको बौवा हनुमान सम्झदै“ आफ्नो देशको अनुपम प्राणीको दर्शन गर्न चुकेकाले भारीमन भएको प्रसङ्गदेखि नै देशप्रेमले उचाइ लिन्छ कृतिमा । जापानका वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई नेपाली टोपी लगाइदि“दा, असीम कठिनाइकासाथ सिन्धुपाल्चोकको मानेश्वर—३का गरीब विद्यार्थीहरूलाई कोरियाबाट आफ्नै कमाइले किनेर ल्याएका लुगा हस्तान्तरणगर्दा, जापानी वैवाहिक सम्वन्धको नेपाली वैवाहिक सम्वन्धको नेपाली वैवाहिक र पारिवारिक सम्बन्धस“ग तुलना गर्दै “माया र प्रेमको आन्तरिक दाम्पत्य सञ्जालमा नेपाल जापानभन्दा धेरै धनी छ”(८६) भन्दै “मायाको आत्मिक उत्कर्षले हामी धनी मात्र छैनौ“ सुखी पनि छौ“”(८६) भन्दा देखि लिएर “जहिले पनि मै“ले मेरै देशको सपना देख्ने गरेको छु । मेरो सपनामा आउने देश मेरा समस्त पूूर्खास“ग, हिमालस“ग, मैले पुज्ने गरेका देवीदेवतास“ग आउने गरेकाछन्”(११३) भन्दै राष्ट्रनिर्माणमा प्रत्येक नागरिकको सहभागिताको महत्वलाई प्रस्ट्याउ“दै निम्न विचार राखिरह“दा नियात्राकारको देशप्रेमको तह छर्लङ्गिन्छ ।

देश उजिल्याउन सकिन्छ र सक्नुपर्छ । प्रकृतिले दिएका अनन्त उपहारहरूबाट औषधि उमार्न सकिन्छ र सक्नुपर्छ । .....मेरो देशमा उदाउने सुर्यभन्दा प्यारो मलाई अरू कुनै देशबाट उदाउने सुर्य हुनसक्दैन.... यो देशको सुगन्धपूर्ण माटो, चोखो पानी र सुमधुर हावा मेरा हुन्, यिनीस“ग अन्यत्रको तुलना हुनैसक्दैन । (११४)

त्यसैले त लेखक गर्व गर्नुहुन्छ जापानको फुजीसान पर्वतमा कुहिरो लागेर हिउ“ देख्न नपाई फर्कन बाध्य पर्यटकहरूको माझमा रहनुभएका लेखकलाई पथप्रदर्शकले “उहा“ले आफ्नो सगरमाथा साथमै बोकेर ल्याउनुभएको छ । आफूभन्दा अत्यधिक उचाइ भएको सगरमाथा देखेर फुजीसानलाई आफ्नो उचाइ देखाउन सङ्कोच लाग्यो रे’ (पहाड लजाउ“दाको यात्रा) भन्दा । गर्वले फलेल भएर उहा“ लेख्नहन्छः

म सगरमाथाको पर्याय भएर मेरो देशको राष्टियतामा उचालिएको थिए“, अग्लिएको थिए“ र अन्मिएको थिए“ । सगरमाथा हुनुको गर्वमा ब“ाच्नु जस्तो क्षण मभन्दा अरू कसैस“ग थिएन । पहाड हुनु त सगरमाथा जस्तो । उचाइ हुनु त सगरमाथाको जस्तो। म पनि सगरमाथा भैरहेको थिए“ ।(११३)

त्यतिले मात्र नभएर सम्पूर्ण पश्चिमी सभ्यताका अनुयायीहरू भौतिकवादी जीवनबाट सन्तुष्टि प्राप्त गर्न नसक्ने ठहरकासाथ “हाम्रो संस्कृति र परम्परामा झ्यामिन’(१२९) खाजिरहेका छन् किनकि “पाश्चात्य दर्शनमा तन नाच्दछ, तर पूर्वीय दर्शनमा मन नाच्दछ’ (१२९) भनेर लेखकले सभ्यताको समुद्रमा समेत पौडेर आफ्नोपनकोे अस्तित्वपूर्ण मणि पत्तालगाउनु भएको छ । अनुभूतिका प्रत्येक छालमार्फत् आफै“भित्रको समुुद्रको सूक्ष्मता चियाउनुभएको छ ।

आन्तरिक विचरणमा सकारात्मक पक्ष मात्र भेटि“दैनन् । कैयौ“ नकारात्मक यथार्थहरू पनि छन् नेपाली समाज, संस्कृति, सोच र व्यावाहारमा । तिनै खराब तत्वहरूका कारणले यतिबिघ्न प्रेम गरेको देश बद्नाम भएको अवस्था देखेर मुर्मरिएर उठ्नुभएको छ लेखक कैयौ“ पटकका अनुभूतिहरूमा । गलत प्रवृत्ति, गलत संस्कार र गलत व्यावाहारलाई प्रहार गर्न व्यङ्ग्यको सहारा लिइएको छ कृतिभरि नै । कतै पशपतिका भोका बा“दरहरूको हालतस“ग एकघन्टामा एकलाख कमाएर मदारी र आपूmलाई आरामदायी जीवन जिउनसक्ने आम्दानी गर्ने टाकियोको नर्तकी ब“ादरस“ग तुलना गरेर नेपालका ब“ादरहरूको अल्छे, मगन्ते र छुल्याहा संस्कार यह“ाका मानिरहरूको सिको गरेरै विकास भएको हो भनेर त कतै जापानका मानिसहरूको मानवता, लगन, अनुशासन, इमान्दारिता, नियमप्रियता र कामको स्तुतिस“ग प्रायः नेपालीहरूमा यिनै कुराहरूको अभावले शैतानी प्रवृत्तिको विकास भएको तर्क गर्दा पनि लेखकभित्रको देशप्रेम झल्झली देखिन्छ । यसरी समग्र कृति आफै“ भित्रको साहसिक यात्रामा परिणत भएको छ । गलत प्रवृत्तिका पर्याय राजनेता, कर्मचारी, व्यापारीदेखि वुद्धिको खडेरी परेका वुद्धिजीवि भनाउ“दाहरूमाथिको लेखकको प्रहार यसैको निरन्तरता हो । प्रत्येक ठाउ“मा लेखक पुग्दा त्यह“ाका नेपालीहरूको अवस्थाको चित्र(प्रायः दारुण) प्रस्तुत गर्नभएको छ कृतिभरि नै ।यो पनि आफू र आफ्नाहरू प्रतिको समर्पणभाव नै हो । तथापि लेखक आफै“ले विदेशमा कुनै नेपालीलाई उल्लेख्य सहयोग पुर्एका प्रसङ्ग नभेटि“दा लेखकको विचारको व्यावाहारमा प्रयोग भएको चाहि“ पुष्टि हु“दैन । त्यसो भएको भए कृतिले बढी विश्वास जित्नसक्थ्यो पाठकहरूबीच ।

चीनको “विरूवा होइन रूख नै रोपिने र रूख नै उमारिने’(९२) तीव्रनिर्माणको उच्चतम् नमूना प्रस्तुत गरेर वर्षौ“ लगाएर रूख रोप्दा पनि रोपिएका रूखको संरक्षण समेत नगर्ने नेपाली प्रवृत्तिमाथि गरिएको प्रहार पनि रोचक छ । सेन्जेन जस्तो पिछडिएको सुदुर गाउ“लाई आर्थिक क्रान्तिको मद्दतले बीस बर्षभित्र हङ्कङ् जस्तो अमेरिका पछिको संसारकै सबभन्दा बढी अमेरिकी डलरको कारोबार हुने सहरको हाराहारीको आर्थिक विकास गरेको उदाहरणले “एउटा असल नेताको दृढ विश्वास साकार ह“दा लाखौलाख जनताले सुख पाउने” सम्भावना रहन्छ भन्ने पुष्टि भएको छ । तर नेपालमा त्यसैको अभावले प्राकृतिक सम्पदाको खानीबीच गरिबी र भोकमरीको दारुण चित्र देखाइएको छ नियात्रामा । जहा“बाट पनि नेपाललाई नै चियाएर हेर्ने नियात्राकारको यो दृष्टि प्रत्येक नेपालीले सिक्नैपर्ने बानी हो । तर लेखक जहा“ पुग्नुहुन्छ त्यहा“को सुधारकालागि सुझाव दिन पनि पछि पर्नुहुन्न । यो विश्व मानवसमुदायको समग्र समुन्नतिको लागि निश्चित घेराभन्दा पर पुगेर माथि उठ्नै पर्ने लेखकीय दायित्वको नमुना पनि हो । तथापि देशको अपरिचयको पीडाले आफ्नो अस्तित्वको महत्व खोज्न सिकाउने उदाहरण पनि भेटिन्छ नियात्रामा । चिनिया“ अध्यागमन विभागका कर्मचारीको “नेपाल कह“ा छ ?”(९९) भन्ने प्रश्नमा “छेउकै छिमेकीले आपूmलाई चिन्नमा अस्वीकार गर्नुको पीडा कम विस्मयकारी थिएन”(१००) । यसले लेखकलाई स्वपरिचय खोज्दै जहा“ पुगेपनि आफै“ भित्र पसेर स्वमूल्याङ्कनको प्रेरणा प्रदान गरेको छ शायद ।

कृतिका अठार मध्ये सोर अध्यायमा लेखकको विदेशयात्राको वर्णन गरिए पनि समग्रकृतिको आधा भन्दा बढी हिस्सा लेखकको देशप्रतिको प्रेम र यसको वर्तमान र भविष्यप्रतिको चिन्ताले लिएबाट पनि यो कृतिमा गरिएको विदेशी भुुमिको वर्णन केबल एउटा प्रङ्ग मात्र हो । वास्तवमा यो त नेपालबाटै सुरू हुन्छ र यही“ सकिन्छ यसकै आन्तरिक अवस्थाको विचारको तहमा मूल्याङ्कन र भावनाको तहमा यसलाई प्रेम गरेर । यो अन्तर्यात्रामा लेखकले आफूलाई निकै राम्ररी चिन्ने मौका पाउनुभएको देखिन्छ । अनि उहा“का पाठकहरूले पनि आफूभित्रकै यात्राको रूपमा यो कृति पढिसक्नु हुनेछ भन्ने देख्न सकिन्छ ।

कति ठाउ“मा असामान्य भावुकताको सिर्जना गरिएको देखिए पनि आत्मपरक शैलीमा लेखिने भएकाले नियात्रामा भावनाको प्रशस्त उपस्थिति त रहन्छ नै । सरल, सरस र सलल बग्ने भाषाको प्रयोगमा खप्पिस देखिनुभएका लेखक कति ठाउ“मा त कविको कल्पनामय भावुकताको तहमा उक्लेर समेत भाषाको प्रयोग गर्नुहुन्छ । ‘पहाडलजाउ“दाको यात्रा’ जस्ता वाक्यांश र भावोत्तेजक राष्टप्रेमका कैयौ“ हरफहरू भाषाको कवितामय प्रयोगका प्रमाणका रूपमा उभिएका छन् । आफू पुगेका ठाउ“का प्रसिद्ध कविहरूको सङ्गतमा पुग्नुभएको प्रसङ्गले पनि लेखकको कवितात्मक सिर्जनातिरको झुकावलाई उचालिदिएका छन् ।

नया“ र निर्जन ठाउ“को कठिन खोजमूलक यात्रा भन्दा कुनै अर्थमा कम साहसिक हु“दैन आफै“भित्रको आत्मपरिचयको यात्रा । कला, संस्कृति, प्रकृति, पर्यायवरण र सामाजिक व्यवस्था लगायत संसारको भ्रमण गर्दा देखिने सम्पूर्ण खालका जानकारीमुलक प्रसङ्गहरू त कृतिभरि पर्याप्त छन् नै । आफ्ना सबलताहरूलाई जोगाउ“दै नकारात्मक पक्षहरूको मात्रा घटाएर सभ्य, सफल र परिस्कृत समाजको निर्माणका लागि संसारको कुनै समाज, सम्प्रदाय वा सभ्यताको सिको गर्न समेत पछि पर्न नहुने सन्देशले भरिपूर्ण छ यो नियात्रा सङ्ग्रह । बाहिरी संसारको भ्रमणको अनुभवको प्रभावस्वरूप आउने आन्तरिक अनुभूति र आत्मपरिस्कारका लागि नियात्राले खेल्नुपर्ने भूमिका यसले पनि खेलेको छ भन्नेमा खासै शङ्का गर्नुपर्ने देखि“दैन । यो प्रत्येक सभ्यता र देशको लेखनको आवश्यकता पनि हो । नेपालको त झनै हो । मलेसियाको प्रसङ्गमा आएको लेखकको निम्न भनाइ सम्पूर्ण कृतिको सार अनुभूत हुन्छ —

भौतिक पूर्वाधार, आर्थिक प्रगति वा आलिसान महलहरूस“गै संसारको सर्वोच्च टावर उभ्याएर मात्र कुनै देश विकसित र सम्पन्न हु“दैन । सम्पन्न हुन भौतिक विकास नै नगरे पनि मानसिक, हार्दिक र नैतिक सम्पन्नता देशको पूर्वाधार नापिने कसी हो ।(१२१)

अबको मानव यात्रा यतै मोडिने हो भने मानव जगत् वास्तवमै सुखी, सम्पन्न र सन्तुष्ट हुन सक्दछ । साहित्यिक रूपमै भए पनि यस यात्राका लागि कृष्ण प्रसाई“को यो सकारात्मक प्रयासलाई साधुवाद ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 13 आसाढ, 2067

लेखकका अन्य रचनाहरु