यथार्थ

- बेजोड गौतम

सत्यराज गाउँमा नाम कहलिएका व्यक्ति थिए । धन–दौलतमा मात्र होइन मानसम्मानमा पनि उनलाई कसैले भेट्न सक्दैनथ्यो । उनको त्यो वैभव देखेर सबैजना लोभिन्थे ।

यस जुनीमा दान–धमर्, भजनकीर्तन नगरे अर्को जुनीमा दुःख पाइएला वा स्वर्ग जान नपाइएला भन्ने पीर उनलाई थियो । स्वर्ग जान पाए उनी जे गर्न पनि तयार थिए ।

उनको पुण्यले स्वर्गका राजा इन्द्र खुसी भए । सत्यराजको इच्छा पूरा गर्न उनी आफ्नो विमान लिई सत्यराजका अगाडि पुगे र भने– “ल, तपाईँको पुण्यले गर्दा म लिन आएँ, विमानमा चढ्नुहोस् ।”

पारिवारिक माया, ममता अनि यत्रो सुख छोडेर यति छिटै स्वर्ग जानुपर्ला भन्ने उनले सोचेकै रहेनछन् क्यार, उनी त इन्द्रका अगाडि ट्वाँ परेर उभिएकोउभियै भए ।

“जिउँदै स्वर्ग जानुभन्दा मरेपछि नर्क जान बरु सजिलो रहेछ” बूढा एक्लै फतफताएको सबैले देखे तर उनीभित्रको छटपटी कसैले देखेनन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 आसाढ, 2067

लेखकका अन्य रचनाहरु