जुँगा निर्मूल अभियान

- पिँडालु पण्डित

‘जुँगा’ को विषयमा नसुत्रे र लुगाको विषयमा नजात्रे मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाउँ लेखाइदिए हुन्छ । तपाईं भत्रुहोला,— ‘जुँगा’ नेपालीभाषी शब्द भएकाले जुँगाका विषयमा नेपालीले मात्र जान्दछन् । तर त्यसो होइन । अङ्गे्रजीमा ‘मुस्टास्’ (mयगकतबअजभ), हिन्दीमा ‘मुछ्’ भने जस्तै अरु आदिइत्यादि भाषामा यसलाई जे जे भने पनि त्यो सुनेपछि बत्रे बिम्ब र बुझिने वस्तु ‘जुँगा’ नै हो, अन्यथा होइन । जहाँ जुन भाषीले जुन शब्द र उच्चारणले पुकारे पनि यो ‘जुँगा’ नामक वस्तु पुरुषमान्छे उमेरदार भएपछि उसको माथिल्लो ओठ र नाकको बीच भागको भिरालो मैदानमा लहरै उम्रने रौँ हो । यो पुरुषमान्छेको असली पहिचान हो । महिलामान्छेले जतिसुकै रहर गरे पनि आजका मितिसम्म यो उनीहरुको पहिचानको विषय बत्र सकेको छैन । वर्षौँभरि सडकजाम, उद्योग बन्द, यातायात ठप्प, मन्त्रालय÷आयोग घेराउ, संसद् अबरुद्ध, उद्योग बन्द, निरन्तर नाराबाजी जे जे गरे पनि यसले पुरुषमान्छेको साथ छाड्दैन । न त टायरदहन, अनसन र टेनसनले नै यो सम्भव छ । पुरुषमान्छेलाई महिलामान्छे र महिलामान्छेलाई पुरुषमान्छे भनेर नामकरण गरियो भने यो सम्भव होला, अन्यथा सम्भव छैन । त्यसैले ‘जुँगा’ महिलामान्छेको जन्मजात शत्रु हो । अहोरात्र ईष्र्याको विषय हो । नहुनु पनि किन ! जुँगाकै थिचोमिचोका कारण नेपालका मात्र होइन, विश्वकै कतिपय महिला अभैm आफ्नो लक्ष्य प्राप्तिका लागि उठ्न सकेका छैनन् । जुट्न सकेका छैनन् । जुँगाकै लुटाइ र भुटाइमा उनीहरु तड्पिरहेका छन् । थिचिइरहेका छन् । मिचिइरहेका छन् । एक्काइसौँ शताब्दीमा आइपुग्दासम्म पनि जुँगासहित र जुँगारहित मान्छेमा यतिविघ्न फरक छ भने भूतपूर्व र भूतपूर्वका पनि भूतपूर्व शताब्दीहरुमा यसको हबिगत कस्तो थियो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले आजको ‘जुँगा’ लाई ‘जुँगा’ भएर बाँच्ने र गर्व गर्ने जुन निर्विघ्न सुअवसर प्राप्त छ, त्यसमा विगतको योगदान निकै महत्वपूर्ण छ ।

मान्छेका शरीरमा उम्रने कपाल, दारी, जुँगा आदिको जातिगत साझा नाउँ रौँ हो । यो उम्राइका हिसाबले शरीरका जुन भागमा उम्रन्छ त्यसैअनुसार यसको नामकरण हुन्छ र त्यसै नाउँले यसलाई सम्बोधन गरिन्छ । तपाईं हामीले जानेकै कुरा गर्दा पनि हामी टाउकामा उम्रने रौँलाई कपाल, आँखामाथिको डिलमा उम्रने रौँलाई आँखीभौँ, आँखाको ढकनीका डिलमा उम्रने रौँलाई परेला, पुरुषमान्छेको चिउँडोको आसपास र गालामा उम्रने रौँलाई दारी, औँलामा उम्रने रौँलाई छुसी, काखीमा उम्रने रौँलाई जाबो वा जैरे भनेर पुकाछौँ । यस्तै माथिल्लो ओठभन्दा माथि र नाकभन्दा तल उम्रने रौँलाई जुँगा, कपाल खौरँदा टाउकाको सबैभन्दा माथिको बीच भागमा नकाटी बाँकी राखिएको रौँको झुप्पोलाई टुपी भनेर नाउँ दिएका छौँ । सामान्य अवस्थामा मान्छेको जीउजस्तो यी रौँ तात्दैनन् । तर रिसको पारो चढेको बेलामा मान्छेका कनसिरीका रौँ तात्छन् र ऊ बर्बराउन थाल्छ । तातो वा चिसो जे भए पनि ठाउँ अनुसार यी रौँको पनि आ–आफ्नो मानमर्यादा हुन्छ । त्यसैले रिसको आवेगमा कसैलाई तुच्छ र अश्लील शब्द प्रयोग गरेर गाली गर्न प¥यो भने हामी पुरुष वा महिला जननेन्द्रियको आसपासमा उम्रने रौँको नाउँ लिएर गाली गर्छौँ र केही हदसम्म भए पनि रिसको पारो ओराल्छौँ ।

मान्छेका ‘जुँगा’ पनि थरिथरिका हुन्छन् । कोही घोप्टे जुँगा, कोही ठाडे जुँगा । कोही छ्वाली जुँगा, कोही मिहिन जुँगा । कोही आँटी जुँगा, कोही लाछी जुँगा । कोही रिसाहा जुँगा, कोही शालीन जुँगा । कोही अरिमठ्ठे जुँगा, कोही सादा जुँगा । कोही सक्कली जुँगा, कोही नक्कली जुँगा । कोही कपटी जुँगा, कोही पारदर्शी जुँगा । जे भए पनि ‘जुँगा’ पुरुषमान्छेको इज्जत र प्रतिष्ठाको विषय हो । यस विषयमा जो कोहीले शङ्का गरेर समय खर्च नगर्दा राम्रो हुन्छ ।

‘जुँगा’ कहाँ कसरी उम्रनु पर्ने हो ? ठीक ठाउँमा उमे्रको छ छैन ? त्यो चाहिँ आ–आफ्नै विश्लेषणको विषय हो । आ–आफ्नै रोजाइको विषय हो । मलाई सोध्नुहुन्छ भने यतिखेरको विश्व वातावरणलाई हेर्दा यो नाकको बाहिरी भागमा उमे्रर तलतिर बढ्नु राम्रो हुन्छ । ‘जुँगा’ यसरी उम्रँदा र बढ्दा मान्छेको नाकको टनेल र मुख राम्रोसँग छोपिन्छ । यसरी छोपिँदा नाकको दुवै टनेल र पवित्र मुखारबिन्दबाट एकआपसमा सर्न सक्ने सम्भावना भएका रोग सर्नबाट बचाउ हुन्छ । मकुन्डो,— जसलाई हामी आजभोलिको चलनचल्तीका भाषामा मास्क भन्छौँ, ले जस्तो हावामा भएका प्रदूषणबाट मानिसलाई बचाउने काम पनि गर्छ । यसो हुँदा विश्वको आधा आकाश ढाकेका पुरुषमान्छेका लागि उत्पादन हुने मास्क उत्पादनमा कटौती गर्दा हुन्छ । जुँगाधारी व्यक्ति स्वयंलाई पनि आर्थिक हिसाबले यो फाइदाजनक हुन्छ । यदाकदा नकाबको काम पनि यसले गर्ने हुँदा नकाबधारीहरुलाई पनि सहयोग पुग्न सक्छ । मास्कजस्तो निरन्तर किनिरहनु पर्ने झन्झट र खस्ने हराउने डर पनि यसमा रहत्र । तर यस्तो सुझाउ दिइरहँदा मास्क उद्योगले आफ्नो आधा उत्पादन घटाउनै पर्नेे हुँदा उसको विरोधको सामना भने कडा रुपमा गर्नुपर्ने हुन्छ । जे भए पनि ठाउँठाउँमा थरिथरिका रौँ उमारेर मजाक गर्ने हाम्रा पिता पुर्खा श्रद्धेय श्री बह्माजीलाई कतै भेट्न पाए जुँगाका पक्षमा उभिउन्जेल म यही सुझाउ दिन्थेँ । मात्रु नमात्रु उनको मर्जी ।

‘जुँगा’ का विषयमा यतिविघ्न चर्चा परिचर्चा गरेर पनि आजभोलि म ‘जुँगा’ को विपक्षमा उभिन थालेको छु । मुलुकले शान्ति र समुत्रति खोजिरहेको वर्तमान समयमा म ‘जुँगा’ को लडाइँका विषयमा निरन्तर सुन्दै आइरहेछु । जुन कुरा म सुनिरहेछु, ती कुरा अरुले पनि सुनेको हुनुपर्छ । व्यक्तिव्यक्तिबीच ‘जुँगा’ को लडाइँ । छिमेकीछिमेकीबीच ‘जुँगा’ को लडाइँ । गाउँगाउँबीच ‘जुँगा’ को लडाइँ । नेतानेतीबीच ‘जुँगा’ को लडाइँ । कार्यकर्ताकार्यकर्ताबीच ‘जुँगा’ को लडाइँ । राजनीतिक दलहरुबीच ‘जुँगा’ को लडाइँ । विद्यार्थीविद्यार्थीबीच ‘जुँगा’ को लडाइँ । शिक्षकशिक्षक, कर्मचारीकर्मचारीबीच ‘जुँगा’ को लडाइँ । हुँदाहुँदा राष्ट्रराष्ट्रबीच ‘जुँगा’ को लडाइँ । यसरी हेर्दा विभित्र वर्ग, लिङ्ग, क्षेत्र, जातजाति, भाषाभाषी, पेशा, व्यवसायी, राष्ट्र, परराष्ट्र, देश, महादेश सबैबीच सर्वत्र ‘जुँगा’ को लडाइँ नै लडाइँ ।

सामान्य रुपमा हेर्दा हातहतियार, गोलीगठ्ठा, बमबारुदको लडाइँभन्दा ‘जुँगा’ को लडाइँ शान्तिकर हुन्छ भत्रे पनि नभेटिएलान् भत्रे छैन । तर कुरो त्यसो होइन । ‘जुँगा’ को लडाइँ क्यान्सर हो । जसरी क्यान्सरबाट मुक्ति पाउन त्यति सजिलो छैन, त्यसैगरी ‘जुँगा’ को लडाइँबाट विश्रान्ति पाउन पनि त्यत्ति सजिलो छैन । एकलाखको सम्पत्ति प्राप्तिका लागि दसौँलाख सम्पत्ति सखाप पार्न तम्सने झगडियाजस्ता ‘जुँगा’ को लडाइँमा लाग्नेहरु निरन्तर अग्रगमनतिर बढिरहन्छन् । पश्चगमन यिनीहरु कदापि सोच्तैनन् । जतिसुकै नोक्सानी भए पनि त्यसको परवाह यिनलाई हुँदैन । चाहे व्यक्तिगत सम्पत्ति होस्, चाहे संस्थागत । ‘जुँगा’ कै लडाइँका कारण हातहतियार उठाइन्छ । गोलीगठ्ठा जुराइन्छ । बमबारुद पड्काइन्छ । घरबास उठाइन्छ । बसाइसराइ गराइन्छ । जुँगाकै लडाइँका कारण लोग्नेस्वास्नीबीच पारपाचुके, बाबुछोराबीच अंशबन्डा, सासूबुहारीबीच बोलचाल बन्द । छरछिमेकीबीच पानी बाराबार । जुँगाकै लडाइँका कारण जीउँदोमा सलामी खाएका महानुभावहरु मर्दा मलामीसम्म पाउँदैनन् । अनि भत्रुस् त, ‘जुँगा’ को लडाइँ कति खतरनाक हुन्छ ! कति असरदार हुन्छ ! यस्तो अवस्थामा म कसरी जुँगाको पक्षमा बोलूँ ? कसरी जुँगाको वकालत गरूँ ? मनले आदेश नदिएको कुरो तनले म कसरी तामेल गरूँ ? तपाईं आपैmँ भत्रुस् न,— एउटा सामान्य रौँको यत्रो पूmर्तीफार्ती कोही सहन सक्छ ? तपाईं सहनु हुन्छ भने सहनुस्, म त सक्तिन । पुरानो भए पनि म त नयाँ नेपालको ढर्रादार मान्छे पो हूँ त । कोहीभन्दा किन कम ?

कुरो बुझ्नु भो त ? यसै भएर आजभोलि म निर्धक्कसाथ ‘जुँगा’ को विपक्षमा उभिन थालेको छु । ‘जुँगा’ को विपक्षमा बोल्न थालेको छु । यसलाई समाज र धरतीबाटै निर्मूल पार्ने अभियानमा जुट्न थालेको छु । एकआपसमा पूmट र लडाइँ चर्काउने यी जुँगा अब हामीलाई चाहिँदैनन् । जुँगारहित भएर महिलामान्छे बाँच्न सक्छन् भने पुरुषमान्छे किन सत्तैmनन् ?

विरोध ‘जुँगा’ को होइन । ‘जुँगा’ का कारण उत्पत्र लडाइँको हो । शान्तिपूर्वक बसिआएका जुँगाप्रति हाम्रो दुस्मनी छैन । दुस्मनी लड्ने जुँगाहरुप्रति हो । मौका पर्दा जुनसुकै जुँगा पनि एकआपसमा लड्न तम्सने अनुभूति सबैले गर्दै आएका छन् । त्यसैले यिनको समूल नष्ट आजको आवश्यकता हो । ‘जुँगा’ ले न खान दिएको छ, न लाउन । न बास दिएको छ, न सास । यस्तो अवस्थामा यसको उपस्थिति हाम्रा लागि आवश्यक छैन ।

यो निष्कर्षमा पुगिसकेपछि मेरो के आग्रह छ भने,— आउनुस् महिला तथा सज्जनवृन्द, विश्वसमाजमा लडाइँको कारक बन्दै आएको ‘जुँगा’ समूल नष्ट गर्ने अभियानमा लागौँ । जुँगारहित समाजको निर्माणमा लागौँ । अप्ठ्यारो कदापि नमात्रुहोस् । तपाईंलाई यो अभियानमा लाग्न घरभित्रको जुँगासँग डर होला । टोलछिमेकका जुँगासँग डर होला । सदियौँदेखि डरको प्रतीक बनेर बसिरहेका थरिथरिका अन्य जुँगाहरुसँग पनि डर होला । नडराउनुहोस् । तपाईं हामी एक भयौँ भने यी जुँगाले केही गर्न सत्तैmनन् । आजभन्दा भोलि, भोलिभन्दा पर्सि यी आपैmँ अल्पमतमा पर्दै जान्छन् र अन्ततोगत्वा समूल नष्ट हुनेछन् ।

हाम्रो अभियानमा आधा आकाश ढाकेका सम्पूर्ण महिलावर्गको निशर्त समर्थन रहनेछ । दैनिक जुँगा काट्ने वर्गको समर्थन रहनेछ । अनि, यो अभियानमा जिन्दगीभर मुस्किलले दुईचार जुँगा पलाउने वर्गको पनि समर्थन रहनेछ । वास्तवमै लडाइँ चाहने जुँगाहरु कम छन् । जुँगा निर्मूल अभियान थाल्नेबित्तिकै घटीमा तीन चौथाई समर्थन हामीलाई तत्काल जुट्नेछ र यो क्रम निरन्तर बढ्दै जानेछ ।

जुँगा समूल नष्ट गर्ने अभियानका लागि कडा कानुनको दरकार पर्नेछ । हामी त्यो बनाउनेछौँ । कानून निर्माणपछि कसैले सार्वजनिक रुपमा जुँगापालन र त्यसको प्रदर्शन गर्न पाउने छैन । यस्तो उद्योग गरे गराएमा जसको जति जुँगा छ त्यो गन्ती गरी त्यति नै वर्ष उसलाई कैद गरिनेछ । ‘जुँगा’ को लडाइँलाई प्रोत्साहन गर्न यसअघि कसैलाई ‘जुँगा’ वापत कुनै विशेष भत्ता उपलब्ध गराइएको रहेछ भने त्यस्तो सुविधा यसअघि नै कटौती भइसक्नेछन् । यस व्यवस्थाले राज्यलाई एकातिर आर्थिक रुपले फाइदा पुग्छ भने अर्कातिर जुँगाको लडाइँको अन्त्यले सुशान्ति कायम हुनेछ । जुँगारहित आदर्श शान्त समाजको निर्माण हुनेछ । त्यसैले आउनुहोस्,— महिला तथा सज्जनवृन्द, ‘जुँगा निर्मूल अभियान’ मा आजैदेखि लागौँ । जुँगारहित समाजको निर्माणमा जुटौँ । जुँगै नासिएपछि न लडाइँ, न थिचोमिचो । न रहे बाँस, न बजे बाँसुरी । यस्तो पवित्र अभियानमा पनि कि ! तपाईंको विमति छ ?

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 आसाढ, 2067

लेखकका अन्य रचनाहरु