मातृवात्सल्य

- वासुदेव गुरागाईं

भगवानको घरका कौसीमा प्लास्टिकका थुपै्र खाली बट्टा थुपारिएका थिए । ती बट्टा व्यापारिक प्रयोजनका लागि जुटाइएका भए पनि उपयोग हुन बाँकी थियो । बट्टाहरु प्रयोगको पर्खाइमा थिए । समय जुरेको थिएन । बिनाकाम यसरी बस्नु परिरहेकोमा तिनीहरु खित्र देखिन्थे ।

प्लास्टिकका बट्टा थुपारिएका ठाउँमा कतैकतै चराहरु छिर्न सक्ने टाँड थिए । सधैँ अर्काका घरमा बास खोजीखोजी बस्न बाध्य परेवापरेवीका एक जोडी घुम्दैघुम्दै एकदिन त्यहाँ आइपुगे । केही दिनदेखि तिनीहरु खुला आकासमुनि असुरक्षित तरिकाले रात बिताइरहेका थिए । सुकुम्बासी भइरहेका थिए । यस्तो अवस्थामा पनि परेवी ऋतुदानका लागि बेलाबखत परेवासँग याचना गरिरहन्थी ।

परेवालाई एकातिर सुकुम्बासी हुन परिरहेको पीडा थियो भने अर्कातिर परेवीले ऋतुदानका लागि गरेको आग्रह पूरा गर्नु पर्ने बाध्यता थियो । हुन त परेवा आपैmँ पनि कम रसिक थिएन । बेलाबेलामा अरुका आँखा छलेर आफ्नी प्यारी परेवीलाई गर्धन फुलाएर फन्का मारीमारी जिस्क्याइरहन्थ्यो । यस्तो अवस्थामा पनि परेवाको भित्री मनमा भने छुट्टै किसिमको एउटा पीडा निरन्तर घनीभूत भइरहन्थ्यो । अनि मनमनै सम्झन्थ्यो,— ‘ऋतुदानका लागि परेवीले गरेको आग्रह पूरा गरेर आफ्नू धर्म त निर्वाह गरुँला, तर भोलिका दिनमा परेवीले पार्ने अन्डा कहाँ राख्ने ? कसरी कोरल्ने ? बच्चाको सुरक्षा र हेरचाह कसरी गर्ने ? आदिआदि ।’

परेवापरेवी तिनै प्लास्टिकका बट्टा थुपारिएका ठाउँको टाँडभित्र पसे । खाली ठाउँको अवलोकन गरे । परेवाले परेवीको मन चोर्न ऊसँग आँखा जुधायो । परेवीलाई आफ्नो प्यारो परेवाले ‘के छ त तिम्रो विचार ?’ भनेर सोधेजस्तो लाग्यो । परेवी मुसुक्क हाँसी मात्र । लाजले केही बोल्न सकिन । परेवाले कुरो बुझ्यो । हाँसोको जवाफ हाँसेरै दियो । उत्निखेरै उनीहरु टाँडबाट बाहिर निस्किए । भुर्र उडेर वरिपरिको बस्ती चाहारे । सुकेका झारपात र काठका मसिना टुक्राटाक्री त्यही टाँडभित्र थुपारी बसोबासको अस्थायी व्यवस्था मिलाए ।

शिशिर ऋतुको समय । माघको चिसो ठण्डी । परेवी गर्भिणी भइछ । उसले अन्डा पारी । बच्चा कोरली । दुवै परेवापरेवी आलोपालो एकछिन नछाडी बच्चाको रेखदेख गर्न थाले । संयोगवस एकदिन सृष्टिकर्ता ब्रह्माजी घुम्दैघुम्दै त्यहीँ आइपुगे । तिनको लीला उनलाई पनि अनौठो लाग्यो । एकछिन त्यहीँ उभिएर हेर्न थाले ।

यत्तिकैमा परेवीले चुच्चोमा चारो च्यापेर ल्याई । बच्चा झुम्मिए । आपूmले च्यापेर ल्याएको चारो तिनलाई खुवाउन थाली । बिचरी ! उसै त सुत्केरी !! त्यसमाथि आपूm कति भोकी थिई होला, तर त्यसको परवाह नगरी बच्चाहरुको पेट भराई । सन्तोष मानी ।

कति चोखो थियो त्यो मातृवात्सल्य । परेवीलाई न ठूलो भएपछि तिनले पाल्लान् भत्रे लोभ थियो, न त घरबास नै जुटाइदेलान् भत्रे आस । तैपनि स्वार्थरहित भएर ऊ आफ्ना बच्चालाई एकनासले स्याहारिरहेकी थिई । ब्रह्माजी परेवीको मातृवात्सल्य देखेर मुग्ध भए । आफ्नै सृष्टिभित्रको यो अनुपम नमुना ! उनलाई अनौठो लाग्यो । खुशीले गद्गद् भए । धेरैबेर बसिरहने फुर्सत थिएन । मनमा अनेकन् खुल्दुली पाल्दै उनी आफ्नै लोकतिर लागे । परेवी अभैm आफ्ना बच्चा स्याहारिरहेकी थिई । त्यसैमा ऊ व्यस्त थिई । दायाँबायाँ नियाल्ने फुर्सत उसलाई पटक्कै थिएन ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 26 जेठ, 2067

लेखकका अन्य रचनाहरु