खरानी

- नवराज रिजाल

घरमा पाँच कोठाहरू थिए । बूढाले जीवनकालको अन्त्यतिर चार छोरालाई एकएक र बूढाबूढीलाई एक गरी दामासाहीले भाग लगाए । यो छोराहरूको धेरै अघिदेखिको माग थियो । पहिला बूढा मानिरहेका थिएनन् । केटाकेटी नै छन् उनी सोच्थे । अन्त्यमा बडो मुस्किलले सहमतिमा आए । बूढाको मृत्युपछि पनि बूढी एक्लै बसिन् । छोराहरूको सोचको उल्टो भयो । आफ्नो पक्षमा ल्याउन सबैले निक्कै प्रयत्न गरे । "तपाईं एक्लै बस्न पाउनुहुन्न" जेठोले भन्यो । "हो त चार-चार भाइ छोराहरू छन्, तपाईं चाहिँ..." माइलोको राय रहृयो । "ठीकै त हो यो कुरा आफूलाई मन लागेकोतिर बस्नोस्" साइँला-कान्छाले थपे । बूढी अडानबाट एक इन्च पनि तल झरिनन् । छोराहरूलाई एक-एक कोठामा जीवन धान्न अप्ठेरो भइरहेको थियो । एक दिन यसै विषयमा दाइभाइको बीचमा मुक्कामुक्की चल्यो । कान्छो सबैभन्दा बलियो थियो । चारै दाजुहरूलाई मज्जाले मुक्कायो । "आमा जताबसे पनि कोठामा मेरो अधिकार हुनर्ुपर्छ" जेठोले भन्यो । "अहँ, हुँदैन मेरो हुनर्ुपर्छ । आमाले मसँग बस्ने इच्छा राख्नुभएको छ" माइलाले भन्यो । "हो हो, पाउलाउ हाम्रो त नामै लिन जान्दैनौ हैन -" साइँलो र कान्छो जङ्गएि । "तर कसैको कुरा कसैलाई चित्त बुझिरहेको थिएन ।

चारै भाइमा चढेको क्रोधको बिन्दु उच्च थियो । "आगो लगाइदिन्छु" माइलो गर्जियो । "अँ मचाहिँ चुपो लागेर बस्छु होला नै" साइँलोले थप्यो । "म पनि छाड्दिन" कान्छो एक पाइलो अझ अगाडि देखियो । "यी हेर त मेरो हातमा के छ" जेठो भाइहरूतिर फर्कियो । सबैका हातमा मट्टतिेल र सलाई थिए । घर दन्किन थाल्यो । "भित्र कोही छ क्यारे" जेठाले भन्यो । "हैन जम्मै बाहिर छन्" कान्छोले सुनायो । "एइ ! पख, पख माइलो चिच्यायो ।" सबैका आँखा ऊतिर आकषिर्त भए । "आमा रोएजस्तो छ क्यार !" उसले आतङ्कित मुद्रामा बतायो । जेठा र कान्छाले मुखामुख गरे । आमाभित्रै हुरहर्ुर्ती बलिरहेकी रहिछिन् । "थुक्क कस्तो गल्ती भएछ" जेठाले भन्यो । "हो त च्व च्व" कान्छाको प्रतिक्रिया थियो । "बिना कामको विवादले आमाले ज्यान गुमाउनु पर्‍यो ।" खुइय गर्दै बोले माइला र साइला । घरको आधा जति भाग जलेको थियो । आमा छोराहरूलाई सम्बोधन गर्दै सके चिच्याइरहेकी थिइन् तर छोराहरू सुनेको नसुन्यै गरिरहेका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु