अन्तरिम नोस्ताजिया

- मोमिला

हरेक बिहान म
अकारण
आफ्नै सपनाहरूको कैदी बन्छु
तर नजरमा
मलाई
अपराधी चिनिन मञ्जुर छैन ।

अहिले म
निगरानी आँखा छलेर
बेतोड भगिरहेछु
मेरै मनको सुदुर
प्रदेशतिर
जहाँ यादहरूको चिहानघारी चिनिने छैन ।

लाग्दै छ -
यतिखेर गुलाफका नजरबन्द ओठहरूबाट
पीडाको बहुरीपी गन्ध
फैलिरहेछ
हुन सक्छ -
यसरी नै मान्छेको चेतना
आफ्नै मनको
ब्ल्याकहोलमा
विरुपाक्षझैँ
आधा फसिरहेको छ ।

अन्तरिम नोस्तालजिया !
जीवन साँच्चै नै
साह्रै भिग्नलायक छ !

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु