एउटा किसानको आत्मालोचना

- हरिगोविन्द लुइँटेल

बरू,
जर्सी गाई पालेको भए जाती हुने रहेछ
एक पाथी दूध दिने

बरू
लाहुरी भैसी पालेको भए जाती हुने रहेछ
डेढ पाथी दूध दिने

बरू,
बाख्रा पालेको भए पनि जाती हुने नै रहेछ
कुखुरा पालेको भए पनि जाति
नै हुने रहेछ
सुँगुर पालेको भए पनि जाती नै हुने रहेछ

तर
पालिएछ बेकारको सेतो हात्ती
एक्लैले वर्षको पैँसठ्ठी टन
हसुर्ने
बडेमानको सेतो हात्ती

वास्तवमा सेतो हात्ती पालेर बेरै गरिएछ
वास्तवमा सेतो हात्ती पालेर झुरै
गरिएछ

अनिकालका बाबजूद जुटाइएको
यत्रो ठूलो चारोले पनि चित्त नबुझेर
बेलाबेलामा
टाट्नु छोडेर बौलाउने
गोठको सीमा नेँघेर बगैँचामा पस्ने
रुखविरुवा
नास्ने
लहरापात मास्ने
कहिले दाह्रा धसेर भित्ता प्वाल पार्ने
कहिले
सुँडले च्यापेर पाली/छानु भत्काइदिने
कहिले यामानको खुट्टा बजारेर
भुइँ
धस्याइदिने
यसले जति उपध्रो र फोहोर गरे पनि
यसको टाँगमुनि छिरेर बेरै
गरिएछ
महादेवपुत्रको नाममा
यसका खुट्टामा पसारो परेर झेरै गरिएछ

वास्तवमा सेतो हात्ती पालेर बोरै गरिएछ
वास्तवमा सेतो हात्ती पालेर झुरै
गरिएछ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु