डायस्पोरिक साहित्यको राम्रो बान्की: चिरिएको मुटु

- डा. खगेन्द्रप्रसाद लुइटेल

१. परिचय
पश्चिम नेपालको धवलागिरि अञ्चलमा पर्ने म्याग्दी जिल्लाको ताकम गाउँमा हरिलाल सुवेदी र तुलसीदेवी सुवेदीका जेठा सन्तानका रूपमा २००४ साल असोज २७ गते तदनुसार सन् १९४७ अक्टोबर ५ मा जन्मिएका होमनाथ सुवेदीले गाउँमै प्राथमिक शिक्षा हासिल गरी त्रिभुवन विश्वविद्यालयबाट एम्.ए.(नेपाली), बी.एड्. उत्तीर्ण तथा एम्.एड्. सम्मको अध्ययन गरेका छन् । नेपालमा निकै लामो समय सरकारी जागिरेका रूपमा काम गरी २०३८ सालतिर स्क्रिप्ट लेखन तालिमका सिलसिलामा अमेरिका गएका सुवेदी हाल उतैको मेडिकल कम्पनीमा कार्यरत छन् र आफ्ना शाखासन्तानसहित उडब्रिज, भर्जिनियामा स्थायी रूपले बसोबास गर्छन् ।
नेपाली छात्र सङ्घ दिल्लीबाट निकालिएको हिमाल (२०२५ १÷१) पत्रिकामा प्रकाशित अविवेक शीर्षक कथाबाट आफ्नो लेखनयात्रा प्रारम्भ गरेका सुवेदीले उपन्यास, कविता, कथा आदि विविध विधामा कलम चलाएर थुप्रै कृतिहरू प्रकाशित गरिसकेका छन् । यिनका हालसम्म प्रकाशित कृतिहरू यसप्रकार छन् :-

उपन्यास:
न्याउली (२०४३),
रत्ना (२०४३),
नजर (२०४४),
त्रिमूर्ति (२०४४),
वीणा (२०४५),
देउराली (२०५१),
अङ्कुर (२०५३),
यमपुरीको महल (२०६४) ।

कथा:
नेपाली लोककथा (छन्त्यालको छेउछाउबाट, २०५२),
चिरिएको मुटु (२०६४) ।

कविता:
प्रवासी स्वर (२०५४),
आप्रवासका सुसेली (२०६३),
सेतो गाजल (२०६४) ।
काव्य:
छयासीको छवि (२०६४),
ग्रहग्रस्त दिवाकर (२०६५),
डायस्पोराको पेन (२०६६) ।

समालोचना: नवछायावादको छवि (२०६४),
समुद्रपारका समालोचना (२०६५) ।

विभिन्न विधाका उपर्युक्त कृतिहरूका माध्यमबाट आपूmलाई उपन्यासकार, कवि र कथाकारका रूपमा परिचित तुल्याएका होमनाथ सुवेदीले जन्मभूमिको इतिहास, संस्कृति आदि विविध पक्षलाई समेटी तयार पारेको ताकम दर्पण (२०५५, सह) शीर्षक कृति पनि प्रकाशित छ । उपर्युक्त पुस्तकाकार कृतिबाहेक यिनका नेपाल तथा अमेरिकाका विभिन्न स्थानबाट निस्कने अनेकौं पत्रपत्रिकाहरूमा विविध विधाका लेखरचनाहरू प्रकाशित भएका छन् । यिनले थुपै्र लेखकका विभिन्न विधाका कृतिहरूमा भूमिका पनि लेखेका छन् ।
होमनाथ सुवेदीको कार्यक्षेत्र नेपाल र अमेरिका दुवैतिर रहेको छ । नेपालमा रह“दा लोकसाहित्य सहायक, नेपाली भाषा लेखक, नेपाली पाठ्यक्रम विशेषज्ञ, रेडियो शिक्षामा नेपाली शिक्षा शिक्षण प्रशिक्षक आदि विभिन्न पदमा रही काम गरेका सुवेदीले अन्नपूर्ण पुस्तकालय म्याग्दी तथा धवलागिरि जन क्लब काठमाडौंको संस्थापक अध्यक्ष र धवलागिरि साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादक भएर पनि काम गरेको देखिन्छ । लामो समयसम्म सरकारी सेवामा काम गरी प्रशस्त अनुभव स“गालेर अमेरिका प्रवासिएका सुवेदीले यहा“ आर्जित अनुभवलाई त्यहा“ पनि राम्ररी उपयोग गरिरहेका छन् । हाल अमेरिकामा बेस्ट मेडिकल इन्टर्नेसनलमा कार्यरत सुवेदी त्यहा“का विभिन्न साहित्यिक सङ्घसंस्थाहरूमा पनि संलग्न रही नेपाली भाषासाहित्यलाई विदेशी भूमिमा प्रचारप्रसार गर्न क्रियाशील रहेका छन् । ए.एन्.एस्. (America Nepal Society)वासिङ्टन डि.सी. को उपाध्यक्ष, नेपाली भाषा समितिको अध्यक्ष, ए.एन्.ए.(Association of Nepalese in the Americas) को उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (International Nepali Literary Society)को संस्थापक अध्यक्षसमेत भई काम गरिसकेका सुवेदी हाल अनेसासको (Board of Trustee) को अध्यक्षका रूपमा कार्यरत छन् । अन्तर्दृष्टि साहित्यिक त्रैमासिक पत्रिकाको प्रधान सम्पादक–संरक्षक रहेका सुवेदीले अखिल नेपाली अमेरिकी सङ्गठन युएस्एको मुखपत्र तथा नेपाली भाषामा शिक्षा मुखपत्रको समेत सम्पादन गरेका छन् । अनेसासबाट विश्व नेटवर्कमा विभिन्न केन्द्रहरू खुलाएर त्यसमार्पmत नेपाली शिक्षा कार्यक्रमलाई विश्वव्यापी रूपमा अगाडि बढाउने तथा नेपाली भाषासाहित्यको उन्नयन गर्ने काममा समेत यिनको नेतृत्वदायी भूमिका रहेको देखिन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाहरूमार्पmत अनेक साहित्यिक गतिविधिहरू सञ्चालन गरिरहेका सुवेदीको विद्युतीय न्युजलेटर इन्साइटको सम्पादनमा समेत संलग्नता रहेको देखिन्छ ।

विभिन्न पुरस्कारहरूको स्थापना गरी त्यसका माध्यमबाट समेत नेपाली भाषासाहित्यको श्रीवृद्धिमा निरन्तर लागिपरेका सुवेदीको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथै अन्य राष्ट्रिय एवं क्षेत्रीय पुरस्कारहरूको स्थापनामा समेत महत्वपूर्ण योगदान रहेको छ । नेपाली साहित्यसम्बन्धी विभिन्न संस्थाहरूको स्थापनामा विशिष्ट योगदान पु¥याएका सुवेदी व्यक्तिगत एवं संस्थागत रूपमा नेपाली साहित्यको विकासतर्पm अरूलाई समेत प्रोत्साहित गर्न क्रियाशील रहेका छन् । नेपाली कला र संस्कृतिका विविध पक्षको शोधखोजमा सक्रिय रहनाका साथै विभिन्न सामाजिक गतिविधिमा समेत संलग्न रहेका सुवेदीको नेपाली साहित्यलाई विदेशी भूमिमा परिचित गराउन महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

निकै टाढाको विदेशी भूमिमा बसेर पनि लगभग दुई दशकदेखि निरन्तर रूपमा नेपाली साहित्यको श्रीवृद्धिमा सव्रिmय रहेका होमनाथ सुवेदी हालसम्म विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत–सम्मानित भएका छन् । रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार (२०५४) र सूर्यनारायण साहित्य पुरस्कार (२०६२), अनेसास रोहिणी शर्मा धौलागिरी उत्कृष्ट पुरस्कार (सन् २००७), डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार (सन् २००७), महाकवि देवकोटा शताब्दी सम्मान (२०६६) जस्ता विभिन्न पुरस्कारबाट पुरस्कृत भएका सुवेदीलाई Poet of the Merit Award Medal (2003), Outstanding Achievement in Poetry Silver Award Cup (2003) जस्ता सम्मानबाट सम्मानित गरिएको छ । यसका साथै यिनी एएनएबाट कदरपत्र (१९९७) प्राप्त गर्नाका अतिरिक्त जन्मभूमिलगायत अन्य विभिन्न ठाउ“का सङ्घसंस्थाहरूबाट सम्मानित–अभिनन्दितसमेत भएका छन् । सुवेदीलाई विदेशमा बसी नेपाली भाषासाहित्यको सेवामा अग्रणी भूमिका खेलेबापत Pioneer of Nepali Literature in the Nepali Diaspora (2004) को उपाधि पनि प्रदान गरिएको छ ।

२. चिरिएको मुटुको विश्लेषण
होमनाथ सुवेदीलाई डायस्पोरिक कथाकारका रुपमा चिनाउने उल्लेख्य कृति चिरिएको मुटु हो । यिनको यसभन्दा अगि २०५२ सालमा नेपाली लोककथा शीर्षक लोककथाहरूको सङ्कलन प्रकाशित भएको पाइए पनि आधुनिक कथाका क्षेत्रमा यसको खासै महत्व छैन । अट्ठाईसवटा कथाहरूको स“गालोका रूपमा रहेको चिरिएको मुटु यिनको पहिलो कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा सङ्कलित अधिकांश कथाहरू यसपूर्व नै विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका देखिन्छन् । प्रकाशन स्रोतसम्बन्धी जानकारी सम्बद्ध कथाकै अन्त्यमा पादटिप्पणीका रूपमा दिइएको छ । होमनाथ सुवेदीको यस सङ्ग्रहमा सङ्कलित कथाहरूलाई आयाम, विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास आदि विभिन्न कोणबाट संरचनात्मक विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
· · ·
सर्वप्रथम कृतिको बाल्य कलेवरसँग सम्बद्ध आयामका दृष्टिबाट रचनालाई हेरिन्छ । आयामले रचनाको पैmलावट, विस्तार, आकार वा लम्बाइलाई बुझाउँछ । लामाछोटा प्रत्येक रचनाको आआफ्नै प्रकारको स्पष्ट आयाम हुन्छ । विविध विषयवस्तुलाई टिपेर कथात्मक स्वरूपमा आबद्ध गरिएका होमनाथ सुवेदीको यस पुस्तकमा सङ्कलित सबै कथाहरू उत्तिकै समान आयामका छैनन् । आयामका दृष्टिले यसमा सङ्कलित रचनाहरूलाई कथा र लघुकथा गरी दुई वर्गमा विभाजन गर्नसकिने स्थिति छ । यिनमा गम्की , अगति, तवायफ, अनौठो राक्षस, अवसाद, सिर्जना र किन हराएकोलाई लघुकथाका कोटीमा राख्न सकिन्छ भने शेषलाई कथाका कोटीमा राख्न सकिन्छ । यसमा सङ्कलित कथाहरूमध्ये सबभन्दा लामो आयाममा विस्तारित कथा विधवा हो भने सबभन्दा छोटो कथाचाहिँ चार पङ्क्तिका एक अनुच्छेदमा संरचित अनौठो राक्षस हो । बाँकी रचनाहरूचाहि“ सरदरमा प्रचलित लघुकथा र कथाका आयामभित्रै संरचित छन् । यसरी विविध खाले सूक्ष्म कथ्यलाई लामा–छोटा आयाममा विस्तार गरी कथात्मक ढा“चा प्रदान गरिएका÷आबद्ध गरिएका यस सङ्ग्रहमा सङ्गृहीत होमनाथ सुवेदीका रचनाहरूले परम्परित कथा ढा“चाभन्दा केही भिन्न र नवीन बान्की प्राप्त गरेका छन् ।
· · ·
विभाजनका कोणबाट पनि कथालाई हेर्न सकिन्छ । विभाजनले कृतिका बृहत् एकाइको लघु एकाइहरूमा गरिने वितरणलाई बुझाउ“छ । सिङ्गो कृतिलाई विभिन्न एकाइहरूमा बा“डफा“ड गरी त्यसका बाहृय पक्षहरू केलाउने काम विभाजनअन्तर्गत गरिन्छ । विभाजनका दृष्टिबाट हेर्दा होमनाथ सुवेदीको प्रस्तुत कथा सङ्ग्रहमा सङ्कलित कथाहरूमध्ये छोटा आयाममा विस्तारित कथाहरू अविभाजित छन् भने लामो आयाममध्येका को अस्वीकृत ?, गुरुज्यू र म, प्रियंवदा, कर्णबहादुर र सपना शीर्षक कथाहरू स्पष्टतः चिहृनाङ्कित रूपमा विभाजित छन् । यिनमा पनि गुरुज्यू र म शीर्षक कथाचाहि“ चारवटा भिन्न उपशीर्षकमा समेत विभाजन गरिएको छ । स्पष्टतः विभाजितबाहेक अन्य छोटा आयामका कथाहरूमा सहज ढङ्गले विभाजनको रेखा कोर्न नसकिने स्थिति छ भने लामो आयामका कथाहरू अनुच्छेद, सन्दर्भ र प्रस· परिवर्तन, भाग आदिका आधारमा विभाजन गर्न सकिने स्थिति रहेको छ ।
· · ·
सङ्गठन कृति विश्लेषणको अर्काे महत्वपूर्ण आधार हो । सङ्गठनले कृतिलाई पूर्णता प्रदान गर्ने दृष्टिबाट परस्पर सम्बद्ध तथा स्वतन्त्र प्रकार्य हुने अवयवहरूको व्यवस्थापनलाई बुझाउ“छ । कृतिको अवयव–अवयवी सम्बन्धलाई आदि, मध्य र अन्त्यका निश्चित क्रममा व्रmमिक वा व्यतिव्रmमिक ढङ्गले व्यवस्थापन गरिएको हुन्छ ।

सङ्गठन व्यवस्थाका दृष्टिले हेर्दा होमनाथ सुवेदीका कथा निकै सूक्ष्म ढङ्गले मात्र आदि, मध्य र अन्त्यका व्रmममा व्रmमिक वा व्यतिव्रmमिक रूपमा विन्यस्त छन् भने सहज रूपमा तिनको आदि, मध्य र अन्त्यको व्रmम छुट्याउन कठिन छ । यसर्थ यसमा सङ्कलित सुवेदीका कथाहरू परम्परित कथानक ढा“चाभन्दा अलिक पृथक् ढङ्गमा संरचित छन् । को अस्वीकृत ? जस्ता कतिपय कथाको प्रारम्भ र अन्त्य तुकबन्दीयुक्त कवितात्मक ढा“चाका उही पङ्क्तिविन्यासबाट गरिएको छ । सुवेदीका कथामा परम्परागत कथानक विन्यास नपाइने हु“दा यस दृष्टिबाट यिनका कथा ऋणात्मक छन् भने नवीन ढा“चाका कथा निर्माणका दृष्टिबाट धनात्मक छन् ।
· · ·
वस्तु वा कथानक कथाको ज्यादै महत्वपूर्ण अवयव हो । वस्तुले कृतिको सारभूत अंश वा सारतत्व वा आन्तरिक सत्व वा गुदीलाई जनाउ“छ । यो कृतिलाई अस्तित्व प्रदान गर्ने सर्वप्रमुख घटक हो । वस्तुविना कुनै पनि कृतिको संरचना निर्माण हुनसक्दैन । कृतिको अत्यावश्यक संरचक घटकका रूपमा रहेको वस्तु कृतिको प्रकृतिअनुरूप भाव, विचार, कथानक वा घटना प्रसङ्ग, कार्यव्यापार वा द्वन्द्वका रूपमा फरकफरक ढङ्गले उपस्थित रहन्छ ।
होमनाथ सुवेदीका कथामा विषयवस्तुगत विविधता पाइन्छ । यिनले आफ्ना कथामा जीवनका विविध अ“ध्यारा पाटाहरूको अत्यधिक वर्णन गरेको पाइए पनि ती पाटाहरू पनि अनेक विषय, प्रस· र सन्दर्भसँग गाँसिएर आएका छन् । यिनका रचनामा आधारभूत आवश्यकता, विभिन्न इच्छाआकाङ्क्षा, चाहना, सपना, आशा, निराशा, भावुकता, विश्वप्रेम, मानवप्रेम र भाइचाराका स्वरहरू मुखरित भएका छन् । धेरैजसो कथामा सपनाका माध्यमबाट संस्मरणात्मक एवं वर्णनात्मक ढङ्गले कथ्यलाई अगि बढाइएको छ । यिनका कथामा वर्तमान युगीन विश्व जनजीवनमा व्याप्त भयावह, विसङ्गत र विकृत पक्षको मार्मिक चित्रण पाइन्छ । यससम्बन्धी उदाहरणका रूपमा ‘म’ को व्यथा शीर्षक कथालाई लिन सकिन्छ । यसमा फाटेको सुकुलमा सुत्ने व्यक्तिहरूले पनि ठूलाठूला विश्वव्यापी सपनाहरू देख्ने गर्छन् र ब्यँुझिँदा जहाँ कोतही“ भए पनि त्यसै सपनाका माध्यमबाट सुखदुखको अनुभूति गर्छन् भन्ने कुरालाई स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ । वर्तमान युगको मानव भौतिक दृष्टिले सुविधा सम्पन्न भए पनि आत्मिक दृष्टिले विपन्न बन्न पुगी व्यापक भिडमा समेत बेसहारा एक्लो बन्न पुगेको र सङ्कटापन्न अस्तित्वको खोजीमा लीन रहेको वस्तुतथ्यको चित्रण यिनका कथामा पाइन्छ । कथ्यलाई कल्पनामा रङ्गाएर पनि वास्तविक र यथार्थ झल्किने गरी कथात्मक स्वरूप प्रदान गर्न यिनी खप्पिस देखिन्छन् । यससम्बन्धी उदाहरणका रूपमा तलको अंशलाई लिन सकिन्छ:

स्वप्न रेकर्ड गर्ने मुभी क्यामरा आविष्कार गर्न सके कस्तो यथार्थ समाजको चित्र पाइन्थ्यो (प्रियंम्बदा, पृ.८८) ।

प्रेम, प्रेयसीको हत्या, आत्महत्या, व्रmोध, आवेग, आव्रmोश, लास कुर्ने– छोड्नेजस्ता अनेक सन्दर्भ र प्रस·लाई कथाकार सुवेदीले नजानि“दो पाराबाट कथात्मक स्वरूप प्रदान गरेका छन् । ठूलो पू“जीपतिदेखि हरिकङ्गालसम्म जोसुकैलाई परम्परागत जस्तासुकै मूल्यमान्यताको तगारो तेस्र्याए पनि, जति थिचे वा मिचे पनि जागृत यौनेच्छा कहिल्यै रोकिन्न भन्ने मनोवैज्ञानिक यथार्थलाई पनि यिनले आफ्ना कथामा सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । अवैध यौन सम्पर्कको समेत चित्रण पाइने यिनका रचनामा जताततै जोसुकै अस्वीकृत भइरहेको युगीन वस्तुस्थितिको वर्णन कलात्मक पाराले गरिएको छ । टुहुरीका माध्यमबाट यिनले वैभवशाली सम्पन्न देशका गल्लीमा सडेका दीनदुखीहरूको दुर्दशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । यससम्बन्धी उदाहरणका रूपमा टुहुरी शीर्षक कथालाई लिन सकिन्छ ।

विधवाप्रति सद्भाव राख्दै बोक्सीसम्बन्धी भ्रमको निवारण गर्ने प्रयत्न गरिएका सुवेदीका कथामा विधवाहरूका अपूर्ण इच्छाआकाङ्क्षा, विवशता, बाध्यता आदिको चित्रण पनि पाइन्छ । विधवा मात्र होइन कमजोर पतिका पत्नीहरूसमेत समाजमा बोक्सी कहलिनु पर्ने यथार्थको अभिव्यक्ति कथाकारले यसरी गरेका छन्:

विधवाहरू मात्र होइन, सधवालाई पनि पति अपाङ्ग छ वा कुनै पनि कारणले दुर्बल भए बोक्सीको संज्ञा भिराउन छोड्दैनन् । (विधवा, पृ.१९) ।

सुवेदीका कथामा बोक्सीको लाञ्छना लगाइएका अवला नारीहरूलाई खुला रूपमा निषेध वा विरोध गर्न र हतियार उठाउन प्रोत्साहित गर्ने खालका व्रmान्तिकारी अवधारणा अगि सारिएको छ । प्रबल कल्पनाशीलताका साथ सामाजिकता र मनोवैज्ञानिकतालाई समन्वित रूपमा प्रस्तुत गरिएका यिनका कथामा बोक्सी हुन्छन् भन्ने परम्परित प्रसङ्गलाई कोट्याएर त्यस्ता पम्परित विचारको तार्किक खण्डन गरी बोक्सी भन्ने कुरै हु“दैन भन्ने कुरा पुष्टि गर्ने प्रयत्न गरिएको छ । अर्थात् यिनका कथामा सामाजिक मानसिकतामा बोक्सी छ र छैनका बीचमा द्वन्द्व गराएर छैनको विजय गराई वस्तुगत दृष्टिकोण अगि सारिएको छ । समाजमा विधवालाई अनेक प्रताडना दिएर जिउ“दै मार्नुभन्दा बरु सतीप्रथा नै खारेज नगरेको भए हुन्थ्यो भन्ने व्यङ्ग्यात्मक अभिव्यक्तिका साथ यससम्बन्धी अन्धधारणामा आमूल परिवर्तनको आहृवान गरिएको छ । यसप्रकारको आहृवान पनि सहभागी–सहभागी बीचको वार्तालाप र व्रिmयाकलापका माध्यमबाट सहज, स्वाभाविक र विश्वसनीय ढङ्गमा गरिएको छ । यसको राम्रो उदाहरण विधवा शीर्षक कथा हो ।

सुवेदीका कथामा पौराणिक नामधारी पात्र शिव–पार्वतीका सन्दर्भबाट बढी घर्षण वा शोषण गर्ने शोषकहरूका अराजकताको वर्णन सेक्सस“ग तुलना गरी रमाइलो पाराले प्रस्तुत गरिएको छ । कल्पना र कतिपय ठाउ“मा स्वैरकल्पनाको समेत उपयोग गरी निरुद्देश्य घुमिरहेको अस्तित्वहीन मानवका माध्यमबाट प्रश्नैप्रश्नका चा· लगाइएका यिनका कथामा पश्चिमी मुलुकको विकसित अवस्थाको वर्णन गर्दै सानासाना मुलुकहरू एक भएर मिलेमा ठूला मुलुकलाई पनि सहजै ठेगान लाउन सकिने भावाभिव्यञ्जना प्रतीकात्मक÷ साङ्केतिक पाराले गरिएको छ । हाम्रो गरिबी, दुर्दशा, आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेसिनु पर्ने बाध्यता र विदेसि“दाका पीडाको अभिव्यक्ति पाइने यिनका कथामा पृथ्वीलाई मानिसले महत्वहीन तुल्याइरहेको यथार्थमूलक वर्णनसमेत पाइन्छ । यिनले आफ्ना कथामा सपनाका माध्यमबाट युगीन निःसहाय र विवशहरूको यथार्थ चित्रण पनि गरेका छन् । यिनका कथामा विवश मानसिकताको चित्रण यसरी गरिएको छ:

(१) आत्मनियन्त्रण गर्न नसक्नेलाई कति विसङ्गतिपूर्ण छ यो संसार ¤¤ (कान्छी, पृ.७) ।
(२) त्रासद स्थितिमा जिइरहनुभन्दा मुक्तिका लागि मर्नु धेरैधेरै उत्तम हो । (विधवा, पृ. २६) ।
(३) मूल्यहीन सपनाभित्रको सपनाबाट सपनासम्म मात्र ब्यु“झें म । (प्रियंबदा, पृ. ८५) ।

सुवेदीले विवशताको चित्रण मात्र नगरेर आफ्ना कतिपय कथामा दृढता र आशाको अभिव्यक्ति पनि गरेका छन्, जस्तै—

(१) म अवश्य त्रसित थिए“ तर त्रासलार्ई संवर्धन गर्न होइन, निर्मूल गर्न ... मरे पनि उदात्त जीवन सङ्घर्षको महायज्ञमा होमिएर मर्छु । हीन बनेर होइन । (कालीको भेल, पृ. ५६–५७) ।
(२) असफल भएर हार खाई लास बन्नु हु“दैन । जीवन सञ्चालन गर्ने अर्काे बाटोको खोजी गर्नुपर्छ । यस विश्वमा अनगिन्ती बाटा छन् । (दुर्घटना, पृ.१०७–१०८) ।

नारी स्वतन्त्रताका नाममा हुने गरेका नारीहरूका उच्छृङ्खल, उदण्ड, व्यभिचार आदिको चित्रण गर्दै नारीका यस्ता स्वच्छन्दवृत्तिले नारी जीवन नै निस्सार, बेकार, सकसपूर्ण, घिनलाग्दो र नारकीय हुने यथार्थवादी दृष्टिकोण कथाकार सुवेदीका कथामा वार्तालापीय ढङ्गबाट प्रस्तुत गरिएको छ । पति बा“ड्न नचाहने तथा आपूmलाई मानवीय अधिकार र स्वतन्त्रताको चेतना भएकी ठान्ने नारीबाट जथाभावी हुने गरेका अवैध यौनसम्बन्ध र पतिको आग्रहलाई समेत अस्वीकार गरी अनेकपटक अमानवीय ढङ्गले गर्ने गरेका गर्भपतनका माध्यमबाट नारीहरूका व्यभिचार र अमानवीय संवेदनहीनतालाई पनि यिनले आफ्ना कथाको विषयवस्तु बनाएका छन् । गर्भधारणमा अभिव्यक्त पुरुषका खुसीको बेवास्ता गर्दै पटकपटक गर्भपतन गर्ने कलुषित र व्यभिचारी नारीवृत्तिको चित्रण पनि यिनका कथामा पाइन्छ । व्यभिचारी नारीवृत्तिको चित्रण यसरी गरिएको छ ः

यौटा प्रियतम मेरो बेडमै छ, मेरो अर्काे प्रियतम उ, भर्खर तल गल्लीमा आइपुग्यो, तेस्रोले चाहि“ कति फोन बिजी राखेकी भनेर फोन गर्न नपाई कही“ तड्पिरहेको होला । (नारी स्वतन्त्रता, पृ. ५८) ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूका दुर्दशा, पीडा, अमानवीयता आदिलाई विपरीत भावबोधी ढङ्गले प्रस्तुत गर्दै विना पैसा केही नहुने र पैसाबाट मात्र पनि सबथोक नहुने यथार्थको प्रस्तुति होमनाथ सुवेदीका कथामा मार्मिक ढङ्गले अभिव्यक्त भएको पाइन्छ । यिनका कथामा आपसी मनमोटावले ग्रस्त विवश जिन्दगीको चित्रण पनि गरिएको छ । बाथरुममा नुहाउ“दै गरेका प्रस·बाट कल्पनामा लीन भएभैm“ गरी संस्मरणात्मक ढङ्गले आफन्तबाट हुने बेवास्ता, आव्रmोश, चरम विवशता, जीवनका उतारचढाव, दृढता आदिको कलात्मक वर्णन यिनका कथामा पाइन्छ । यिनका कतिपय रचनामा अतीतको सुखद स्मरण गरिएको छ भने कतिपयमा कल्पना, आवेग, आव्रmोश, जीवनका विवशता, पीडा, छटपटी आदिको कलात्मक प्रस्तुति पनि गरिएको छ ।
कथाकार सुवेदीले कमै कमाउने गुरुको महिमा र महत्तागान गर्दै आपूm विदेसिएर धेरै कमाउने भए पनि अस्तित्वविहीन हुनपुगेको प्रस·लाई आत्मकथात्मक ढा“चामा मार्मिक ढ·ले प्रस्तुत गरेका छन् । पैसा नकमाउने शिक्षकले प्राप्त गरेजस्तो लोकश्रद्धा, यश र आनन्द आपूmले पर्याप्त पैसा कमाएर पनि प्राप्त गर्न नसकेको स्थिति वर्णन पनि यिनका कथामा पाइन्छ । यसको राम्रो उदाहरणका रूपमा गुरुज्यू र म शीर्षक कथालाई लिन सकिन्छ ।
स्वदेश र जन्मभूमिको संस्मरण गर्दै आप्रवासका पीडा, अस्तव्यस्तता, अनेक भुमरीमा रुमलिएको जिन्दगी, आफ्नो घरमा आपैmं प्रवासी हुनुपर्ने स्थिति आदिको वर्णन गरिएका कथाकार सुवेदीका कथामा आत्मपहिचान गुम्न लागेकोमा चिन्ता व्यक्त गर्दै त्यसका लागि स्वदेश सम्झिएर भौंतारिएका मानिसका दुर्दशाको चित्रण मार्मिक ढ·मा गरिएको छ । चरम विसङ्गत परिस्थिति चित्रित यिनका कथामा प्रश्नैप्रश्नका माझबाट जीवनको परिभाषा खोज्ने प्रयत्नसमेत गरिएको पाइन्छ ।

पश्चिम नेपालका विभिन्न ठाउ“को संस्मरण, ग्रामीण प्रकृति चित्रण, व्यभिचार, नारीका विवशता र नारीप्रतिको सद्भाव, व्यभिचारी देवता र मानवभन्दा राक्षस नै उच्च रहेको भावाभिव्यक्ति, आफन्तविहीन निरर्थक जीवन, एकोहोरो सोचाइ र मानसिक द्वन्द्व, अस्तित्वहीन त्रस्त र अभिशप्त निर्वासित ‘म’का माध्यमबाट वर्तमान मानव जीवनका अनेक पाटाको चित्रण पौराणिक र वर्तमान सन्दर्भस“ग जोडेर एउटै कथामा गरिएको छ । प्रियंवदा यसै प्रकारको कथा हो । यिनका कथामा मानव पशुभन्दा पनि निकृष्ट भएको स्थितिवर्णन, मान्छेमा मानवता र मानवीय संवेदना समाप्त भएको अवस्था, सङ्कटग्रस्त मानवीय अस्मिता, आफन्तजनबाट हुने गरेका दुव्र्यवहार, प्रवासि“दाका पीडा आदिको भावाभिव्यक्ति पनि पाइन्छ ।

एउटै कुरालाई व्यक्ति र परिस्थितिअनुरूप अथ्र्याइने प्रचलन, सोचाइभन्दा ठीक विपरीत परिस्थिति, सम्पन्नताको वर्णन, स्वर्गप्रति व्यङ्ग्य, पतन, आफन्त नहु“दाका पीडा र आफन्त बनाउने चाहना, जीवनका सारै विसङ्गत अवस्था, सामाजिक विडम्बना आदिको चित्रण सुवेदीका कथामा पाइन्छ । यिनले सपना र कल्पनाका माध्यमबाट वीभत्स र आर्तनाद रूपमा सम्पन्नतामुखी वर्तमानवृत्ति र त्यसका दुष्परिणामको सुन्दर चित्रण पनि गरेका छन् । यिनका कथामा राक्षसभन्दा पनि मानव भयानक हुने गरेको वर्णनसमेत भेटिन्छ । ड्राइभरका माध्यमबाट विदेशमा नेपालीहरूले खेप्नु र भोग्नु परेका दयनीय अवस्था, दुर्दशा, विवशता, अर्काकै गल्तीबाट दुर्घटना भए पनि मालिकबाट हुनसक्ने निष्काशनसम्बन्धी आसन्न दुर्घटनाबाट त्रस्त मानसिकता, मान्छेमा भोक र भोगको अनिवार्यता आदिको चित्रण पनि यिनका कथामा पाइन्छ । जिन्दगीका विसङ्गति र अवसादहरू चित्रित यिनका कथामा सोचाइ र भोगाइका बीचको पृथक्ता पनि चित्रित छ । जीवनका विसङ्गत परिस्थितिको चित्रण यसरी गरिएको छ:

उसको नियुक्ति त भएको छ तर प्रमाण केही छैन । ऊ सबभन्दा ठूलो हो तर अधिकार छैन । अमेरिकामा छ तर नगर देखेको छैन । ऊ जङ्गलमा छैन तर उसको कर्मचारी सबै जङ्गली जनावर हुन् । ऊ स्वयं जङगलको राजा हो तर अधिकार छैन । (विशाल बजारको इन्चार्ज, पृ.११८) ।

कथाकार सुवेदीका कथामा डिभी परेर वा अन्य कुनै तरिकाबाट अमेरिका पुग्दाका असीम खुसी र पछि बस्दै जा“दाका अस्तित्वशून्य वा अस्तित्वहीन अवस्था, विवश र भयावह परिस्थितिको वर्णन पाइन्छ । त्यस ठाउ“मा व्याप्त अतिशय भिडमा पनि प्रत्येक व्यक्ति एक्लाएक्लै हुने परिस्थिति रहेको अवस्था वर्णन गर्दै मानवमा व्याप्त एकाङ्गी जीवनसम्बन्धी वस्तुतथ्यको चित्रण पनि यिनका कथामा गरिएको छ । तलको अंशलाई यससम्बन्धी उदाहरणका रूपमा लिन सकिन्छ ः

अमेरिकाजस्तो स्वतन्त्रताको मूर्तिको देशमा खुट्टा राख्न पाउनु पनि मोक्ष हो भन्छन् आजका मान्छेहरू । मान्छेले भगवान्को नाम होइन अमेरिकाको भजन गर्न थालेका छन् आजकल । यस्तो हाइहाइ अमेरिकाको बेलामा अमेरिकाको चिट्ठा पारी आएको ऊ जमिनमा खुट्टा छैन । घिरिम्लोजत्रो नाक, घरको छानामा भएको एन्टेनाजत्रो छाती बनाएर पाखुरा ठेल्दै ऊ काम खोज्न डिसीको गल्लीभित्र छिरेको भूत भइसक्यो । यसले वर्तमानको जीवन चेतना नै च्यातिसक्यो । ...यो विशाल बजारमा घाम लाग्छन् तर तातो हुन्न । मान्छेहरूको भिड छ तर प्रत्येक व्यक्ति एक्लाएक्लै छन् । (विशाल बजारको इन्चार्ज, पृ.११८–१२०) ।

सुवेदीले अर्काको चरित्रहत्याबाट गरिने नवनिर्माणप्रति आक्रोश व्यक्त गरेका छन् । यिनले आफ्ना कतिपय कथामा विभिन्न क्षेत्रमा व्याप्त युगीन विसङ्गति र विकृतिप्रति व्यङ्ग्य प्रहार गर्न पनि बा“की राखेका छैनन् । विभिन्न क्षेत्रमा देखापरेका विसङ्गति र विकृतिप्रति कथाकारले यसरी व्यङ्ग्य प्रहार गरेका छन् ः

(१) ए म त नरबाट वानर भए“ कि के हो ?... छामें मुटु थिएन त्यहा“ । थियो एउटा केवल कृत्रिम रासायनिक हृदय । (‘म’ को व्यथा, पृ. ३) ।
(२) यो वैभवशाली देशको गल्लीमा सडेको म... यो बाटो पूmल र तूलको हैन, पत्थर र का“डाहरूको हो, हि“ड्नलाई हैन लडाउनलाई बनाएको हो । (टुहुरी, पृ. १४) ।
(३) जिउ“दै मार्नुभन्दा सती जाने प्रथा नै खारेज नगरेको भए हुन्थ्यो नि ¤ यसको खारेजी अभिशाप नै सिद्ध भयो । ... विसङ्गतिको भुमरीमा परेर शवको जीवन जिउनुको कुनै प्रयोजन छैन । (विधवा, पृ. २८) ।
(४) जसस“ग सञ्चित सम्पत्ति छैन, उनलाई बाहिरै पनि जेलभन्दा कम यातना छैन ।... किन बारबार जेल आउनुहुन्छ ? उनले दीन स्वरमा व्यक्त गरे— बाहिर खानै पाइ“दैन त के गर्ने ? (अस्थिपञ्जर, पृ. ३६–३७) ।
(५) उनी त असहाय भएकी हु“दा विना चोरी नै चोरी मुद्दा लगाई कैदमा कोच्याइएकी हुन् ¤ (अस्थिपञ्जर, पृ. ३८) ।
(६) हाम्रो देशबाट गरिबी निर्मूल गर्नुपर्छ । एकएक गरी पक्रेर अचानामा चानाचाना पार । (ग्रेट सोसाइटीको महान् म, पृ. ४४–४५) ।
(७) जन्मभूमिको प्यासले विरक्त थिए“ । ... जहा“ मानवता पु“जीको छडीले नापिन्थ्यो ।... अनवरत धाराप्रवाह मूलको पानी पिउने मलाई बासी पानीले थर्काइरहन्छ । दियालोको प्रकाशमा प्रसन्न मलाई बिजुलीको चमकले मलिन बनाइरहन्छ । (ग्रेट सोसाइटीको महान् म, पृ. ४५–४६)
(८) बाहिर स्वस्थ छन्, भित्र यौटै रोगले सबै ग्रस्त छन् । (प्रियंवदा, पृ. ८४) ।
(९) तिम्री आमा सरस्वती उनकै बाबु ब्रहृमासित अवैध करणीमा बिटुलिएकी थिइन् । उनलाई देवीको सिंहासनबाट किन गलहत्याएर निकाल्दैनौ ? छोरीमाथि चढाइ गर्ने पितामह तिम्रा बाजे ब्रहृमालाई पूजा किन गर्छौ ? तागत छ उनको मूर्ति उठाएर मलखातामा फ्याँक्ने ? ठूलाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत ¤ (प्रियंवदा, पृ. ८६) ।
(१०) काठमाडौंमा गनीगनी अन्याय गर्ने न्यायालयभन्दा त वैयक्तिक इष्र्या र द्वेषको कमी भएका यी जङ्गली प्राकृतिक जाति नै बेस होलान् । (सपना, पृ. १००) ।

मान्छे पशुभन्दा पनि तल्लोस्तरमा पुगेको वर्णन पाइने होमनाथ सुवेदीका कथामा नेपालमा व्याप्त माओवादी द्वन्द्व, सरकार–माओवादी बीचको शान्ति सम्झौता, हतियार व्यवस्थापन, मन्त्रालय बा“डफा“ड, दा“त र नङ्ग्रा निकालिएका राजाको दयनीय स्थिति, आपसी अविश्वास आदि वर्तमान युगीन नेपाली राजनीतिक सन्दर्भको प्रतीकात्मक प्रस्तुति लोककथात्मक ढा“चा÷भाकामा सुन्दर ढ·ले गरिएको छ । यससम्बन्धी उदाहरणका रूपमा बाघको गुहार ¤ शीर्षक कथालाई लिन सकिन्छ ।

यसरी कथाकार होमनाथ सुवेदीले वर्तमान युगीन सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक, नैतिक आदि विविध सन्दर्भस“ग गा“सिएका अनेक विषयवस्तुलाई कतै सोझै, कतै सङ्केतात्मक रूपमा अनि कतै प्रतीकात्मक ढङ्गमा प्रस्तुत गरी कथात्मक बान्की प्रदान गरेका छन् । यिनका कथामा यस्ता विविध विषयवस्तुको प्रस्तुति पाइए पनि सबैजसो कथाको मूल अभिप्राय विदेसि“दाका पीडा, विदेशमा बसी जतिसुकै कमाए पनि आत्मपहिचान नरहने सन्दर्भ वर्णन वा आत्मपहिचानको सङ्कट र त्यसको खोजी रहेको देखिन्छ । कथ्यको पुनरावृत्ति नगर्नु सफल लेखकको परिचायक अभिलक्षण हो । सुवेदीका पनि अधिकांश कथामा कथ्यको पुनरावृत्ति पाइ“दैन । कथाको अन्तरकुन्तरबाट मूल कथ्य उस्तैउस्तै फेला पार्न सकिए पनि प्रत्येकको प्रस्तुति, सन्दर्भ र प्रसङ्ग पूरै फरक छ । यिनका कथाहरू पढुन्जेल आकर्षक र मनमोहक लाग्ने अनि पढिसकेपछि कथानक स्मरण गर्न खोज्दा फेद समाते टुप्पो फुत्किने र टुप्पो समाते फेद फुत्किने खालका छन् ।
· · ·
कथा विश्लेषणको महत्वपूर्ण आधार सहभागी पनि हो । कथामा सहभागीको प्रयोग अनिवार्य हुन्छ । सहभागीले कृतिमा प्रयुक्त व्यक्ति पात्र वा चरित्रलाई बुझाउ“छ । कथाको मूल कथ्य÷कथानकलाई अगि बढाउने काम सहभागीहरूकै माध्यमबाट हुन्छ । सङ्ख्यात्मक दृष्टिले कम वा बेसी जे भए पनि कथामा सहभागीको उपस्थिति हुनैपर्छ । यिनको उपस्थिति कतै दृश्य रूपमा हुन्छ भने कतै सूच्य रूपमा हुन्छ । सहभागीविना कथाको सिर्जना वा निर्माण सम्भव नहुने हु“दा कथामा सहभागीको सहभागिता वा उपस्थिति अनिवार्य रहन्छ ।
होमनाथ सुवेदीको प्रस्तुत कथा सङ्ग्रहका कथाहरूमा पनि विभिन्न सहभागीहरूले कथ्यलाई अगि बढाउने काम गरेका छन् । यिनका अधिकांश कथामा प्रथम पुरुषात्मक सहभागी ‘म’को आधिक्य रहेको छ भने तृतीय पुरुषात्मक सहभागीमा केही नामधारी सहभागी र ‘ऊ’को प्रयोग पाइन्छ । यिनले आफ्ना कथामा कान्छी, विधवा सरस्वती, शिव, पार्वती, सन्तनु, गङ्गा, गीता, सुनिता, गुरुजी, मेरी, कर्णबहादुुर, चन्द्रकला, सोनिया, प्रताप, भण्डारी, सपना, विजय, नारद, भरत, रामचन्द्र, सीता आदि नामधारी मानव सहभागीका साथै कुकुर, बिराला, बाघ आदि पशु सहभागीको पनि प्रयोग गरेका छन् । यी सीमित नामधारी तृतीय पुरुषात्मक सहभागीबाहेक यिनका कथामा अधिकांशतः प्रथम पुरुषात्मक सहभागी ‘म’को प्रयोग गरी कथ्यलाई अगि बढाइएको छ । यिनका कथामा ‘म’ पात्र पनि अधिकांशतः वर्गीय नभएर व्यक्ति सहभागीका रूपमा देखापर्छ र सपना, विपना आदि विभिन्न माध्यमबाट वर्णनात्मक–विवरणात्मक रूपमा आफ्ना दैनन्दिन जीवनका गथासाहरू प्रस्तुत गर्दछ । केही नामधारी सहभागीहरू पौराणिक नामस“ग मिल्ने भए पनि तिनका व्रिmयाकलापहरू भने पूरै अपौराणिक खालका छन् । प्रत्येक कथामा अत्यन्त कम सहभागीको प्रयोग गर्नु र तिनको चरित्रचित्रणभन्दा वर्णन–विवरण प्रस्तुत गरेर कथाको समापन गर्नु यिनका कथालेखनको निजी तरिका हो । यिनले कतैकतै सहभागीहरूका बाहृय पक्षको वर्णन निकै जा“गर चलाएर गरेका छन्, जस्तै—

(१) कालो वर्ण... सुगाको जस्तो नाक... दुई नाले बन्दुकको जस्तै उचाइ... बारुदको जस्तो अ“ध्यारो अनुहार लाएको... सिर झुकेको... पातलो छिन्न थालेको शरीर... बग्न थालेको आ“सुको भल... हरियो पाइन्ट... रातो कमिज... छेकिएको केश... अव्यवस्थित परिधान... विछिन्न मनस्थितिमा उनी थिइन् । (को अस्वीकृत, पृ. ९) ।
(२) पला“सका हुप्प फुलेका गाला... थ्याप्चे नाक... गहु“गोरो वर्ण... कालो पाइन्ट र धर्के कमिज... चढ्दो जवानी... मैले टाढैबाट चिनिसकें । (को अस्वीकृत, पृ. १०)

सहभागीका कोणबाट समग्रमा भन्नु पर्दा स्वल्प सहभागी र त्यसमा पनि ‘म’का माध्यमबाट कथासिर्जना गर्नु कथाकार सुवेदीको खास वैशिष्ट्य हो । यिनका ‘म’ पात्रहरू पनि सबल र सशक्त नभएर आर्थिक विपन्नताका कारण आजीविकाको खोजीमा विदेसिन बाध्य निरीह र पिलन्धरे खालका छन् । उच्चलाई नभएर निम्नलाई नायकत्व प्रदान गर्ने उत्तरआधुनिक लेखनको वैशिष्ट्य हो, तर यिनका कथामा प्रयुक्त निम्नहरू पनि जाज्वल्यमान नभएर मायालाग्दा÷टीठलाग्दा, विवश, लासतुल्य, अस्वीकृत, टुहुरा, विधवा, का“तर र निरीह खालका छन् । लि·गत आधारमा कुनैलाई विशेष महत्ता दिने अभिरुचि यिनमा पाइन्न । यिनका नारी सहभागीहरू कतिपय आधुनिक दृष्टिकोण राख्ने खालका छन् भने कतिपय आधुनिकताका नाममा पोइ फेरिरहने व्यभिचारिणीसमेत छन् । पुरुषहरू पनि परम्परित हैकमवादी नभएर आफ्नै पाराका निरीह खाले छन् । सहभागीको चरित्रचित्रण खासै नगरिएका यिनका कथाका सहभागीहरू कथ्यलाई अगि बढाउने साधनका रूपमा मात्र उपस्थित भएका छन् ।
· · ·
कथामा परिवेश चित्रणको पनि महत्वपूर्ण भूमिका रहन्छ । हरेक कथामा परिवेशको चित्रण कुनै न कुनै रूपमा भएकै हुन्छ । परिवेशले कृतिमा प्रयुक्त सहभागीहरूले कार्यव्यापार सम्पन्न गर्ने तथा घटनाहरू घटित हुने स्थान, समय र वातावरणलाई बुझाउ“छ । स्थानले कृतिमा घटना घटित हुने वा सहभागीहरूले कार्यव्यापार सम्पन्न गर्ने ठाउ“विशेषलाई र समयले कृतिमा घटना घटित भएको वा सहभागीहरूबाट कार्यव्यापार सम्पन्न भएको कालविशेषलाई जनाउ“छ भने वातावरणले कृतिमा वर्णित सुखद÷दुखद परिस्थिति वा कार्यव्यापारबाट उत्पन्न हुने पाठकीय प्रभावलाई जनाउ“छ ।
कथाकार होमनाथ सुवेदीका कथामा प्रयुक्त स्थान अधिकांशतः विदेशी भूमि र त्यो पनि अमेरिका रहेको छ भने केही कथामा नेपालको राजधानी काठमाडौंको रत्नपार्क, भृकुटीमण्डप आदि ठाउ“ र पश्चिम नेपालका विभिन्न ग्रामीण भेक, खोलानाला, वन, पाखापर्वत आदिको चित्रण गरिएको छ । यिनले सपना आदिका माध्यमबाट अमेरिकाका अनेक सन्दर्भहरूस“ग गा“सेर नेपालका विभिन्न स्थानको वर्णन गरेका छन् । अमेरिका हाल कथाकार सुवेदी बसिरहेको ठाउ“ भएकाले, पश्चिम नेपाल उनी जन्मिएको ठाउ“ भएकाले र नेपालको राजधानी काठमाडौं जागिरे जीवनका क्रममा निकै समय बसेको ठाउ“ भएकाले यिनका कथामा प्रायः कथाकारद्वारा ज्ञातव्य स्थानकै वर्णन गरिएको देखिन्छ । यिनले सूक्ष्म रूपमा गाउ“, सहर, खोलानाला, वनजङ्गल, श्मसान आदि स्थानको वर्णन गरेरै कथा नलेखे पनि केही कथामा चाहि“ स्थान वर्णन अलि बढी नै मात्रामा गरेको देखिन्छ । यिनका कथामा स्थान वर्णन पनि त्यसको वर्णन गर्ने नै उद्देश्यबाट भन्दा बढी प्रस·ानुसार आएकाले स्थान वर्णन गरिएका कथा पनि त्यसै ठाउ“का मात्र कथा, व्यथा नभएर सर्वत्र लागू हुनसक्ने सार्वभौम खालका छन् । यिनका कथामा समयको स्पष्ट अङ्कन, उल्लेख र वर्णन नपाइए पनि ठाउ“ठाउ“ समयको झझल्को भेटिन्छ र त्यसले अहिलेको समयलाई द्योतन गर्दछ । यति भएर पनि यसमा वर्णित समय कुनै विशिष्ट वा ऐतिहासिक नभएर सामान्य समयका रूपमा लिन सकिने स्थिति रहेकाले यिनका कथालाई समयका दृष्टिले सार्वकालिक कित्तामा दर्न सकिन्छ ।
वातावरणको सटीक चित्रण पनि सफल कथाकारको पहिचान हो । कथाकार सुवेदीका कथाको वातावरणको चित्रण पनि निजी पाराको छ । यिनका केही कथामा सुखद वा सकारात्मक वातावरणको चित्रण पाइए पनि अधिकांश कथामा निराशा, निरीहता, विवशता, बाध्यता, उकुसमुकुस, छटपटी आदि दुखद वा नकारात्मक पक्षको प्रबलता रहेको छ । जीविकोपार्जनका लागि पैसा अपरिहार्य हुने, त्यो कमाउन पनि सहज नहुने, विदेसिएर धेरै कमाए पनि त्यसबाट आत्मसन्तुष्टि नहुने, स्वदेशमा बस्दा गुजारा चलाउन गारो हुने, विदेसि“दा व्यक्तिको आत्मपहिचान नरहने, पैसाले मात्र पनि पहिचान बनाउन नसकिनेजस्ता विविध सन्दर्भयुक्त दुखद वातावरणको जीवन्त चित्रण यिनका कथामा पाइन्छ । विदेशमा बसेर पनि स्वदेश र जन्मभूमिको संस्मरणले आव्रmान्त मानसिकता पनि यिनका कथामा चित्रित छ ।

चलनचल्तीका दृष्टिले होमनाथ सुवेदीका कथामा सहरिया र ग्रामीण दुवै परिवेशको चित्रण भएको पाइए पनि सहरिया परिवेश वर्णनको आधिक्य रहेको छ । खासमा विदेशी, स्वदेशी (पश्चिम नेपाल र काठमाडौं) र विदेशी–स्वदेशी परिवेशको चित्रण पाइने यिनका कुनै कथा अमेरिकाकै वृत्तमा घुमेका, कुनै नेपाली वृत्तमा घुमेका, कुनै सपनाका माध्यमबाट नेपाल र अमेरिका दुवैतिर घुमेका अनि कुनै स्पष्ट स्थान र समयको बोध नहुने खालका छन् । ग्रामीण परिवेश चित्रणको एउटा नमुना यस्तो छ:

माघको महिना, हिमपातको दिन, बेलुकी ८ बजेको समय, हिमाली भेगको झुपडीभित्र पक्कै मलाई अ“गेनाको डिल छोड्ने मन थिएन । (विधवा, पृ. १५) ।

सहरिया परिवेशको कोलाहल र ग्रामीण परिवेशको शान्ति वर्णन पनि सुवेदीका कथामा स्वच्छन्द ढङ्गले गरिएको छ । विदेशी परिवेश चित्रित यिनका कथा विदेशी वा अमेरिकाली परिवेशबारे जानकारी नभएका पाठकहरूका लागि पनि ती परिवेशको जानकारी दिने दृष्टिबाट उपयोगी छन् ।
· · ·
कथा सिर्जनाको खास उद्देश्य हुन्छ । उद्देश्यले कृतिमा अभिव्यक्त गर्न खोजिएको प्रयोजनलाई जनाउ“छ । हरेक सिर्जना सोद्देश्यमूलक ढङ्गमा गरिने हु“दा ती निरुद्देश्य हु“दैनन् र तिनमा कुनै न कुनै प्रकारले उद्देश्य अन्तर्निहित रहेकै हुन्छ । विना उद्देश्य वा प्रयोजन कसैले केही रचना गर्छु भन्छ भने त्यो सोचाइ नै बेकार हुन्छ । कथा सिर्जनाको उद्देश्य मनोरञ्जन, शिक्षा, आनन्द, लोककल्याण, यथार्थको प्रकटीकरणमध्ये कुनै हुने गर्छ ।

कथाकार होमनाथ सुवेदीका कथा लेखनको मूल उद्देश्य युगीन यथार्थको प्रकटीकरण रहेको छ र आधुनिक कथालेखनको मूल उद्देश्य पनि यही हो । यिनले जीवनका विविध पक्षका यथार्थको उद्घाटन आफ्नै ढङ्गले गरेका छन् । सकारात्मकभन्दा नकारात्मक पक्षका प्रस्तुतिको प्रबलता पाइने यिनका कथामा जीवनका विवशता, बाध्यता, अवसाद, विस·ति, विकृति आदिका साथै वैयक्तिक वा निजी समस्या, गाउ“को अविकास र सहरको अतिशय विकासबाट उत्पन्न मानवीय सङ्कट, विदेसिनु पर्दाका पीडा, आत्मपहिचानको सङ्कट आदि अनेक पक्षको यथार्थमूलक चित्रण गरिएको छ । जीवनको उदात्तभन्दा बढी विषादयुक्त सन्दर्भस“ग सम्बद्ध यथार्थको प्रकटीकरण यिनका कथा सिर्जनाको खास वैशिष्ट्य हो । यिनका कथामा युगीन यथार्थको प्रकटीकरणसम्बन्धी केही नमुना यस्ता छन् :

(१) दान–दयाका दिन गए, दारुका दिन आए । (को अस्वीकृत ?, पृ. १२) ।
(२) यौनतिर्खा कुनै पनि प्राणीको अनिवार्य आवश्यकता हो ।... कुनै पु“जीपति होस्, कोही कङ्गाल, परम्परागत मूल्य र मान्यताले जतिसुकै थिचुन् तर रोकिन्न यौनेच्छा जब त्यो हुन्छ अपरिमित ¤ (को अस्वीकृत ?, पृ. १०) ।
(३) मानिसको जात कस्तो ¤ जति मर्माहत भए पनि जस्तोतस्तो खानाचाहि“ नखाई नहुने । एकैछिनमा मर्न परे पनि मायाचाहि“ नलाई नहुने ¤¤ (दुर्घटना, पृ. ११४) ।
(४) मातेका पञ्च लागे कसको के लाग्छ ¤ (विधवा, पृ. १८)
(५) शोषण र सेक्स जत्ति धेरै घर्षण ग¥यो उत्ति मजा आउ“छ । (शषस, पृ. ३०) ।
(६) शोषकलाई शोषित लोप भैदिनु पनि वैरागको विषय हुन्छ । (शषस, पृ. ३१) ।
(७) चोरीका सेक्सप्रतिको आसक्ति अति बलवान् हुन्छ । (अजात शत्रु, पृ. ३९) ।
(८) राजाको कान्छो छोरो कुनै शत्रुलाई पनि हुन नपरोस् । (अजात शत्रु, पृ. ४०) ।
(९) एक पतिलाई दुईवटीले बा“डेर बस्न सक्दिन आजकी नारी । (अजात शत्रु, पृ. ४०) ।
(१०) भोलि बिहान बा“सको घारामा चढ्दा के लैजान सक्छु र ? (आभास, पृ. ७३) ।
(११) मित्र खोज्न कत्रो मुस्किल ¤ हराउन त सोच्नै नपर्ने । (कर्णबहादुर, पृ.९२) ।

· · ·
कथा सिर्जना वा विश्लेषणमा दृष्टिबिन्दुको पनि महत्वपूर्ण भूमिका रहन्छ । दृष्टिबिन्दुले पाठकसमक्ष उपस्थितिको तरिका वा उपस्थापन पद्धतिलाई बुझाउ“छ । लेखकीय विचार वा हेराइको कोण वा रचनाकारको स्थितिलाई पनि जनाउने दृष्टिबिन्दुले कृतिका सहभागी, कार्यव्यापार, परिवेश, उद्देश्य आदिलाई पाठकसमक्ष पु¥याउने तरिकालाई समेत जनाउ“छ । दृष्टिबिन्दु कृतिको प्रस्तुतीकरणस“ग सम्बद्ध हुन्छ । अधिकांश रचनाहरू प्रथम वा तृतीय पुरुष दृष्टिबिन्दुमा रचिन्छन् ।

दृष्टिबिन्दुका कोणबाट हेर्दा कथाकार होमनाथ सुवेदीका शषस, अजातशत्रु, नारी स्वतन्त्रता, गम्की ¤, सपना, अनौठो राक्षस, दुर्घटना, अवसाद, विशालबजारको इन्चार्ज, सिर्जना, बाघको गुहार ¤ जस्ता कथाहरू तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित छन् भने शेष सबै कथा प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित छन् । तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएका कथामा पनि केही नामधारी र केही ‘ऊ’ पात्रको प्रयोग पाइन्छ भने प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएका कथा अधिकांशतः ‘म’ सहभागीकै परिवृत्तमा घुमेका छन् । तृतीय पुरुष दृष्टिबिन्दुमा नामधारी सहभागी वा ‘ऊ’का माध्यमबाट व्यक्ति जीवनका विविध सन्दर्भलाई सार्वभौम रूपमा चित्रण गर्नु तथा प्रथम पुरुष दृष्टिबिन्दुमा ‘म’ सहभागीका माध्यमबाट वैयक्तिक जीवनका अनेक उतारचढावहरूलाई सामाजिकीकरण गरी प्रस्तुत गर्नु यिनको कथाकौशल हो । यिनका राजनीतिक सन्दर्भ गा“सिएका कथा भने अत्यन्त साङ्केतिक र प्रतीकात्मक पाराका छन् ।

कथाकार सुवेदीका सबैजसो कथामा घुमाइफिराइ कुनै न कुनै प्रकारको विचार पनि अभिव्यक्त भएको पाइन्छ र त्यो विशेषतः आत्मपहिचान वा आत्मपरिचयको सङ्कटस“ग सम्बद्ध रहेको देखिन्छ । आजीविकाका लागि विदेसिन बाध्य हुनु पर्ने अनि विदेसिएर जतिसुकै पैसा आर्जन गरे पनि त्यहा“ उसको खासै अस्तित्व नरहने युगीन परिस्थितिको यथार्थमूलक चित्रण यिनका कथामा पाइन्छ । यस्तो विवशताजन्य परिस्थितिको चित्रण यथार्थमूलक हु“दाहु“दै पनि ठाउ“ठाउ“ कथाकार स्वदेशको सम्झना एवं गुम्दो–गिर्दोे आत्मपहिचानप्रति निकै भावुक र संवेदनशील भएर स्वच्छन्दतावादीसमेत बन्न पुगेका छन् । समग्रतः दृष्टिबिन्दुका कोणबाट यिनका कथाहरू बनावटी पाराका नभएर सहज र स्वाभाविक देखिन्छन् ।
· · ·
भाषाशैलीय विन्यास कृति विश्लेषणको अर्काे महत्वपूर्ण आधार हो । भाषाशैलीय विन्यासले संरचनाको निर्माण गर्ने साना घटकहरूको व्यवस्थापनलाई बुझाउ“छ । भाषाशैलीय विन्यासविना कुनै पनि कृतिको रचना सम्भव छैन । कृतिलाई पाठकसमक्ष प्रस्तुत गर्ने माध्यम र प्रस्तुतिको तरिका दुवैलाई जनाउने भाषाशैलीय विन्यास कथा संरचनाको एउटा महत्वपूर्ण घटक पनि हो । भाषाशैलीय विन्यासअन्तर्गत भाषा, शैली, बिम्ब, प्रतीक, अलङ्कार, विचलन, प्रयुक्ति विविधता आदि सबै भाषिक पक्षहरू पर्दछन् ।

भाषाशैलीय विन्यासका दृष्टिबाट हेर्दा होमनाथ सुवेदीका कथाहरू निजी पहिचान दिने खालका छन् । समग्र कथा पढिसक्दा यिनको भाषिक विन्यास छुट्टै रूपमा टव्रmक्कै छुट्टिन्छ । यिनको पाठकलाई कथातर्पm अभिमुखीकृत गर्ने कला विशिष्ट छ । प्रत्येकजसो कथाको सुरुआत तुकबन्दीयुक्त कवितात्मक ढपका अपूर्ण वाक्यमा गरिएको छ, यस्तो प्रयोग कतिपय कथाका बीचबीचमा पनि पाइन्छ । यसप्रकारका पङ्क्तिलाई विच्छेद गरिदिने हो भने त्यो कविताको ढा“चा बन्छ । उदाहरणका रूपमा तलका पङ्क्तिलाई लिन सकिन्छ ः

(१) म वल्लो नगरीमा थिए“, जान चाहन्थें पल्लोमा । पुलमा पसें, बलिया फलिया त थिए तर म खसें । (‘म’ को व्यथा, पृ. १) ।
(२) न मस“ग दृष्टि क्षमता थियो, न त्यहा“ द्रष्टव्य वस्तु नै । (‘म’ को व्यथा, पृ. २)
(३) म जन्में जङ्गलमा, छु म जङ्गलमै । फरक के भयो हुनु र नहुनु मङ्गलमै । (को अस्वीकृत ?, (को अस्वीकृत ?, पृ. ८) ।
(४) हिउ“दका दिनमा म थिए“ तोरिएको डोकाले । किन हात हालिस् भनी लात्तीले हाने चार जना केटा र केटीले । (गुरुज्यू र म, पृ. ६२) ।
(५) दुर्घटनाका जन्तीले खेदिएको ऊ । मायाका पङ्क्तिले छेकिएको ऊ । बेकारका कारले कोरिएको ऊ । (दुर्घटना, पृ. १०७) ।

सुवेदीका कथाको अर्को उल्लेख्य पक्ष तत्सम बहुल भाषिक विन्यास हो । यिनका सम्पूर्णजसो कथाहरूमा तत्सम शब्दको भरमार प्रयोग गरिएको छ, तर त्यो जटिल, क्लिष्ट र दुरुहचाहि“ छैन, चलनचल्तीकै तत्सम शब्दको बहुलता छ । यसप्रकारको प्रयोगले अधिकांशतः भाषिक मिठासता र स्वभाविकता प्रदान गरिएको पाइए पनि कतिपय ठाउ“मा कृत्रिमताको झझल्को पनि दिन्छ, जस्तै— ऊ उत्सुकतासाथ विशालकाय महलबाट बाहिर निक्लेर चतुर्दिक् नयन घुमाउ“छ । (सपना, पृ. १०१) । यसमा चतुर्दिक् नयन घुमाउ“छ भन्नुभन्दा “चारैतिर आ“खा घुमाउ“छ” भन्नु नै बढी स्वाभाविक हुन्छ । यस्तै आफ्नो मुख दर्पणमा हे¥यो । (दुर्घटना, पृ. ११२) भन्नुभन्दा नेपाली सन्दर्भमा “आफ्नो अनुहार ऐनामा हे¥यो” भन्नु बढी स्वाभाविक हुन्छ । यसप्रकारका प्रयोगहरू अन्यत्र पनि प्रशस्तै भेटिन्छन् । यति भएर पनि भाषामा खेल्न सक्ने खुबी कथाकारमा देखिन्छ ।

कथाकार सुवेदीका कथामा ठाउ“ठाउ“ संस्कृतका बहुप्रचलित, प्रसिद्ध सूक्तियुक्त सि·ा पङ्क्तिको समेत प्रयोग गरिएको छ, जस्तै—

(१) कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन (को अस्वीकृत ?, पृ. ११) ।
(२) कुपुत्रो जायत क्वचिदपि कुमाता न भवति । (विधवा, पृ. १५) ।
(३) परित्राणाय साधुनाम विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे ।। (कालीको भेल, पृ. ५४) ।

होमनाथ सुवेदीका विभिन्न कथामा केही मात्रामा अङ्ग्रेजी शब्दको पनि प्रयोग गरिएको छ । यसप्रकारको प्रयोग जटिल र क्लिष्ट नभएर सामान्यतः चलनचल्तीका साधारण शब्दको भएकाले त्यति अस्वाभाविक देखिन्न । यिनका कतिपय कथामा अङ्ग्रेजी र नेपाली दुवैको एकसाथ प्रयोग पनि पाइन्छ, जस्तै— रक्त विद्युतचिहृन ‘रेडलाइट’, बाया“ पथ ‘लेफ्ट लाइन’, बाया“ घुमाइ ‘लफ्ेट टर्न’ आदि । (दुर्घटना, पृ. ५८)

यी एकाध सन्दर्भहरूबाहेक समग्रमा सुवेदीका कथाको भाषिक विन्यास तत्सम बहुल रहेको छ । लामो समयदेखि अङ्ग्रेजी भाषी मुलुकमा बसेका व्यक्तिले अङ्ग्रेजीको न्यून प्रयोग र तत्सम बहुल भाषिक विन्यास गर्नु स्वयंमा महत्वपूर्ण पक्ष हो । यिनका कथामा चिटचिट, भतभत भतभत, छटपटछटपट, मुसुमुसु, च्वाट्ट, किक्लिककिक्लिक, ढुकढुकजस्ता अनुकरणात्मक शब्दहरूको पनि स्वाभाविक प्रयोग पाइन्छ । सुवेदीका कथामा छोटाछोटा विचलनयुक्त वाक्यका साथै कतिपय ठाउ“मा निकै लामालामा वाक्यको विन्यास पनि गरिएको देखिन्छ ।

होमनाथ सुवेदीका कथामा अत्यधिक मात्रामा एकोहोरो वा दोहोरो उद्धरण, एक वा दुई उद्गारजस्ता विभिन्न लेख्य चिहृनहरूको प्रयोग पाइए पनि त्यसले कथालाई अस्वाभाविक तुल्याएको छैन । आनुप्रासिक र विचलनयुक्त एवं समध्वन्यात्मक र तुकबन्दीयुक्त भाषिक विन्यास गरी भाषालाई लयात्मक तुल्याउनु यिनको निजी पहिचान हो । यसप्रकारको प्रयोग यिनका धेरजसो कथामा पाइन्छ । यिनले कतिपय कथामा विभिन्न बिम्ब, प्रतीक र अलङ्कारका साथै लोकोक्तिको समेत सार्थक प्रयोग गरेका छन् । विचलनयुक्त भाषिक विन्यास पर्याप्त पाइने यिनका कथामा ठाउ“ठाउ“ प्रयुक्ति विविधता पनि भेटिन्छ । समग्रमा यिनको भाषा आलङ्कारिक र तत्समनिष्ठ भए पनि त्यो क्लिष्ट र दुर्बोध्य नभएर प्रायः सबैका लागि सरल र सुबोध छ ।
सुवेदीका कतिपय कथाहरू लोककथात्मक भाका÷ढा“चामा प्रारम्भ गरिएका छन्, जस्तै—

उहिले उहिले एकादेशमा एउटा गाउ“ थियो । त्यहा“ मान्छे, कुकुर र बिराला बस्थे । (बाघको गुहार, पृ. ११४) ।

कथाकार सुवेदीका कतिपय कथामा प्रकृतिको मानवीकरण पनि गरिएको पाइन्छ, जस्तै—

(१) ढोकाबाट भित्र पस्ने चिसो हावाले मसिनो स्वरमा कानेखुसी गर्दै भन्यो । ...(अस्थिपञ्जर, पृ. ३७) ।
(३) दुवैको अनुहार अ“गारभन्दा सेतो थिएन । ... सन्ध्याले पखेटा पैmलाएको थियो । (प्रियंवदा, पृ. ७९) ।
(२) एक हर मात्रै बोकेर काफलको बोट उभिएको थियो । उसले सायद कसैलाई केही आफ्ना गुनासा पोख्न चाहन्थ्यो होला तर फुर्सद कोस“ग थियो र ? (कर्णबहादुर, पृ. ९१) ।

कथाकार सुवेदीले वर्णनात्मक, विवरणात्मक, वार्तालापीय, एकालापीय र प्रश्नात्मक शैलीको प्रयोग गरी कथा सिर्जना गरेका छन् । वर्णन–विवरणको आधिक्यले गर्दा यिनका कतिपय कथाहरू रमाइला र आकर्षक बनेका छन् भने कतिपयचाहि“ निरस र झर्कोलाग्दा पनि बन्न पुगेका छन् । जे होस् यिनको वर्णनकलाचाहि“ उत्कृष्ट रहेको छ । वर्णनात्मक शैलीको प्रयोगसम्बन्धी उदाहरण यसप्रकार छ ः

यौटा सुकेको रूखमुनि पुरानो थोत्रो घर थियो । त्यस घरमुनि यौटा कोठा थियो । त्यो कोठाभित्र अ“ध्यारो थियो । अ“ध्यारोभित्र यौटा लास थियो । त्यो लासभित्र यौटा मान्छे थियो । त्यो मान्छेभित्र चौध वर्षसम्मको यौटा लास थियो । कोठा त उसको वैयक्तिक सम्पत्ति हो । तैपनि उसले चौध वर्षदेखि पालीराखेको लासभित्र पनि त समाज थियो ।... (कान्छी, पृ. ६) ।

कथाकार सुवेदीले आफ्ना कतिपय कथामा वार्तालापीय शैलीको प्रयोग गरी कथालाई नाटकीयसमेत तुल्याएका छन् । यससम्बन्धी उदाहरणका रूपमा शषस, अजातशत्रु, किन हराएको ? जस्ता कथालाई लिन सकिन्छ । प्रथम पुरुषात्मक दृष्टिबिन्दुको प्रयोग पाइने कतिपय कथामा एकालापीय शैलीको प्रयोग गरिएको छ । प्रश्नात्मक शैलीको बहुल प्रयोग यिनका अधिकांश कथामा पाइन्छ । अनेक ठाउ“मा प्रश्नैप्रश्नका थुप्रा छन् । तिनमा कतिपय अनुत्तरित रहेका छन् भने कतिपय संशयात्मक र व्यङ्ग्यात्मकसमेत छन् । यिनका कतिपय कथा प्रश्नोत्तरात्मक पाराका पनि छन् । कल्पनाशीलताको आधिक्य पाइने यिनका कथामा ठाउ“ठाउ“मा स्वैरकल्पना, किंवदन्ती र लोककथात्मक ढप÷ढा“चाको पनि स्वाभाविक प्रयोग भेटिन्छ ।
· · ·
शीर्षक पनि कथा सिर्जनाको एउटा महत्वपूर्ण पक्ष हो । कथ्य र शीर्षकका बीचमा सामञ्जस्यमूलक, सङ्केतात्मक, प्रतीकात्मकमध्ये कुनै न कुनै ढङ्गले तालमेल हुनुपर्छ । रचनाको शीर्षकीकरण सार्थक र औचित्यपूर्ण ढङ्गले गरिनु पर्छ । शीर्षकीकरणका दृष्टिबाट होमनाथ सुवेदीका कथालाई हेर्दा यिनका अधिकांश कथाको शीर्षकीकरण छोटोछरितो खालको छ । झट्ट हेर्दा शीर्षकबाट कथ्यबारे पूर्वानुमान गर्नसकिने स्थिति नरहे पनि कथा पढिसकेपछि त्यसको शीर्षक कुनै न कुनै ढङ्गले सार्थक र औचित्यपूर्ण देखापर्छ । यस कथा सङ्ग्रहको मूल शीर्षक चिरिएको मुटु सङ्ग्रहभित्र समेटिएको कथाविशेषबाट गरिएको नभई सबै कथाको मूल भावलाई समेट्ने ढङ्गबाट गरिएको छ । यो शीर्षक प्रतीकात्मक रहेको छ । विदेश र त्यसमा पनि अमेरिका प्रवासि“दाका पीडा र स्वदेशको सम्झनालाई यस शीर्षकले अथ्र्याएको छ । विदेशमा बस्दा स्वदेशको सम्झनाले मुटु चरक्क भएर चिरिएको अनुभूतिजन्य अदृश्य सत्यलाई बुझाउने यसको शीर्षक प्रतीकात्मक भएर पनि सार्थक र औचित्यपूर्ण छ ।

३. उपसंहार
लघुकथा र कथाको आयाममा विस्तारित होमनाथ सुवेदीको यस सङ्ग्रहका कतिपय रचनाहरू चिहृनाङ्कित रूपमा विभाजित भए पनि धेरैजसो अविभाजित रहेका छन् । लामाछोटा दुवै खाले कथाहरू समेटिएको यस सङ्ग्रहका कथाहरू परम्परित कथा ढा“चाभन्दा केही फरक छन् । विविध विषयवस्तुलाई कथात्मक स्वरूप प्रदान गरिएका यिनका सबैजसो रचनामा विदेशमा आत्मपहिचानको सङ्कट र जन्मभूमिप्रतिको धङ्धङीलाई कुनै न कुनै रूपले अभिव्यक्त गरिएको छ । यिनका कथामा विषयवस्तुगत विविधता पाइए पनि ती सबैको चुरोचाहि“ आजीविकाको लागि विदेसिनु पर्ने बाध्यता, त्यहा“ बस्दाका पीडा, स्वदेशको सम्झनाबाट उत्पन्न भावविहृवलता, विदेशमा बसेर जतिसुकै कमाए पनि आखिर त्यो आफ्नो नभई अर्काकै हुने परिस्थिति, हरेक व्यक्तिले आत्मपहिचानको खोजी गर्ने, तर पैसाबाट आत्मपहिचान खरिद गर्न नसकिने स्थिति र आत्मपहिचानको सङ्कट रहेको देखिन्छ । यसलाई कथाकारले कतै सोभैm र कतै साङ्केतिक÷प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् ।
यसमा सङ्कलित कथाहरूमध्ये केहीमा नामधारी सहभागी वा तृतीय पुरुषात्मक ‘ऊ’ सहभागीको प्रयोग पाइए पनि धेरैजसो कथामा ‘म’ पात्रको प्रयोग गरी कथ्यलाई अगि बढाइएको छ । प्रायः निरीह खालका स्वल्प र व्यक्ति सहभागीका माध्यमबाट गृहीत विषयवस्तुलाई वर्णन–विवरणका साथ समापन गर्ने प्रवृत्ति कथाकार सुवेदीको खास वैशिष्ट्य हो । खासगरी अमेरिका र नेपालका केही ठाउ“हरूको वर्णन पाइने यिनका अधिकांश कथाको वातावरण जीवनका विवशता र निराशाको चित्रणमै रुमलिएको छ । वर्तमान युगीन विविध यथार्थको प्रकटीकरण मूल उद्देश्य रहेको यिनका कथामा प्रथम तथा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग पाइन्छ र तिनमा आत्मपहिचानको सङ्कट रहेको यथार्थमूलक विचार प्रस्तुत गरिएको छ । तत्सम बहुल भाषिक विन्यास पाइए पनि यिनका कथा अधिकांशतः सरल, सहज र स्वाभाविक खालका छन् । काव्यात्मक भाषाको आभास पाइने यिनका कथामा विशेषतः वर्णनात्मक, विवरणात्मक शैलीकै आधिक्य रहेको पाइन्छ । समग्रमा मूल कथ्यलाई स्वल्प सहभागीका माध्यमबाट सहरिया र ग्रामीण दुवै परिवेशको वर्णन गर्दै प्रथम र तृतीय पुरुषात्मक दृष्टिबिन्दुमा सङ्कटापन्न आत्मपहिचानसम्बन्धी युगीन यथार्थको प्रकटीकरण गर्ने उद्देश्यबाट अभिप्रेरित भई प्रायः सुबोध भाषाशैलीय विन्यासमा आबद्ध गरी कथात्मक संरचना निर्माण गर्नु नै कथाकार सुवेदीका कथा सिर्जनधर्मिताको खास पहिचान हो । यी सबै दृष्टिबाट हेर्दा कथाकार सुवेदीको प्रस्तुत कथा सङ्ग्रहमा ठाउँठाउँ कतिपय कमीकमजोरी पाइए पनि यसलाई डायस्पोरिक नेपाली साहित्यको राम्रो बान्की मान्नसकिन्छ ।
· · ·
आफ्नो राष्ट्रलाई भुलेर विदेशी भूमिमा गर्ई त्यतैका रमझममा मस्त रहने कतिपय नेपाली मानसिकताबाट टाढा रही आफ्नो राष्ट्र र समाजप्रति पनि केही गरौं भन्ने भावनाका साथ साहित्य सिर्जना र त्यसको उन्नयनतर्पm अग्रसर भएका होमनाथ सुवेदीको सिर्जनधर्मितालाई महत्वपूर्ण सत्कार्य मान्नुपर्छ । सात समुद्रपारि विदेशी भूमिमा बसेर पनि विगत लामो समयदेखि नेपाली साहित्यको सेवामा सक्रियतापूर्वक क्रियाशील रही डायस्पोरिक नेपाली साहित्यको विकासमा उल्लेख्य योगदान पु¥याएका साहित्यकार सुवेदीका साहित्यिक योगदानको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 25 बैशाख, 2067

लेखकका अन्य रचनाहरु