हरिसिंह थापाका तीन कृतिमा एक नजर

- केदार संकेत

पूर्वीय तथा पाश्चात्य साहित्य सिद्धान्तविदहरुको दर्शनमा घोत्लिदा तथा नेपाली समालोचनाको सिद्धान्तलाई वशीभूत गर्दा यो विषयलाई हल्का रुपले तौलिएर हेर्न नमिल्ने देखिन्छ । त्यसैले समालोचनाकारहरुले प्रायः आजभोलि समीक्षा भन्दा पनि टिप्पणी गर्न रुचाउछन्, गर्छन् । टिप्पणीमा निर्धक्क संग छोटकरिमा कृर्ती बारे हल्का चर्चा गरे पुग्छ । तर समीक्षा गर्दा लेखकको हरेक पक्षलाई नियालेर हेर्नु पर्ने हुन्छ । जस्तैः विषय वस्तु, विचार, लगाव, चेतना र लेखकको वैचारिक कुराहरुलाई सूक्ष्म तरिकाले हेरिन्छ । विचार तथा भावना बिनाका साहित्य, बिम्व बिनाको कबिता जस्तै हुन आउँदछ ।

सुरुमानै मैले यसो भन्दा ठीक हुन आउछ होला, म समीक्षा गर्न लाएकको व्यक्ति भने होईन भनेर । तर केहि दशक देखिको मेरो साहित्यिक अध्ययन र समकालीन साथीहरुले मलाई विश्वाशका साथ दिनु भएको अनुपम माया र केहि लेख्नु पर्ने अभिभाराले भर्खर हात लम्काउन थाले यता तिर । सुरुमै प्राज्ञ डा. गोबिन्दराज भट्टराईको उत्तरआधुनिकको बिमर्शको समीक्षा गर्दा हातहरु निक्कै कामे । निक्कै दोहो¥याएर पढियो । र, छोटकरिमा केही लेखि पनि भ्याँए । पाठकहरुबाट नकारात्मक सकारात्मक दुबै पक्षहरुबाट बिधुतीय खबरहरु आए ।
समीक्षा गर्दा डा. नरेन्द«राज चापागाईको भनाई अनुसार मीमांस, समालोचना र पाठ्य सामाग्रिको बिषय बस्तुलाई गम्भिरता पूर्वक निक्र्योल गरेर बहस गर्नुलाई बुझाँउद छ । तर आज भोलि आएर के भैदियो भने नेपाली साहित्यीक आकाशमा राम्रा अथवा प्रशंसा मात्र लेख्ने, नराम्रा वा कमजोरी पक्षलाई भने आलोचना नगरिकन यथावतै राख्ने प्रविधिले यो बिषयमा हातहाल्न लेखकहरु विषम मान्छन् । तर आज भोलि आएर एउटा बाध्यता महशुस गरि रहेछु यतिखेर मैले । हाम्रा डायस्पोरका सहित्य श्रष्टाहरुको सृर्जनालाई यस्तै तरिकाले यथावतनै राख्दै जाने हो भने औचित्य विहिन होलाकी भन्ने डरले चस्स चस्स घोच्न थालेको छ मेरो मन । हुनत आम्रा बारेमा साहित्यका अग्रजहरुले समालोचना नगरेको भने होईनन् । सधै डायस्पोराका साहित्यीक सर्जकहरुलाई नजिक भन्दा नजिक बाट हेर्ने प्राज्ञ डा. गोबिन्दराज भट्टराई अगुवाईको पात्र हुनु हुन्छ । उहांले प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिदै आउनु भएको हांैसला, विचार र सहयोगको अथक भूमिकाले यो दशकका म जस्ता अल्छे, पिलन्धरे लेखकको पनि कलम चलाउन जागर लागेको छ, साहित्यलाई अरु बढि बुझ्ने उत्सुकता उम्रिएको छ मन्मा । त्यसै गरेर हाल बेलायत निवासी कवि तथा साहित्यकार दाइ टंक वनेम, रक्षा राई तथा दयाकृष्ण राईले आप्रवासी साहित्यकारहरुका कृर्तीहरुको साहित्य समीक्षा गरेर अविस्मरणीय गुण लगाएका छन् । आज मेरो हातमा समाजसेवी तथा साहित्यकार दाइ हरिसिंह थापाको तीन कृर्तिहरु गुराँस फुलेन, सुन्तली र मन उड्यो गीति एलबम एकै साथ मेरा हातमा थमिन पुग्दा केही नकोरीकन बस्न यो मन मान्दै मानेन ।

मार्च ७ तारिकका दिन अमेरीका बाट अनेसास का सस्थापक अध्यक्ष होमनाथ सुवेदीज्यूको छोटो बेलायत बसाईमा हामी, केही साहित्यकारहरुले मझ्यौंला खालको साहित्यीक अन्तरकि«या कार्यक्रमको आयोजना गरेका थियौं लण्डनमा । उत्त भेलाको अध्यक्षता उहांकै बाहुल्यतामा समापन भएको थियो । मेरो त्यो उहाँसंगको पहिलो औपचारिकता भेट थियो । हो त्यहीं बेला उहाँले संझना स्वरुप मेरो हातमा थमथमाउनु भयो उहांको तीनैवटा कृतिहरु । धन्यवाद दिदै एक झल्को हेरे सबैका आवरण तर गुराँस फुलेन काव्यको नामाकरणले त्यतिखेरै पग्लियो मेरो मन ।

१."गुराँस फुलेन" काव्य संग्रह
घरमा आईपुग्ने बित्तिकै झोला खोलेर आवरण हेरे । आवरणमा गुराँसको तीन पात मात्र देखे मैले । कलालाई मैले त्यती सारो नबुझँे पनि दाहिने हातको मुठ्ठीले गुराँस समातेर निचोरेको ठम्याए, अर्थात गुराँस फुल्नबाट वञ्चित पारिएका बुझेँ ।

पहिलो प्रश्न यो काव्यले यसोरी तेर्साई दिएको छ कि जो कसैलाई पनि किन फुलेन छ त गुराँस ? गुराँस त नेपालको राष्ट्रिय पूmल । चैत–बैंसाख मा ता हाम्रा गाउँ घरमा लटरम्मै फुल्छन् । तर यहाँ कवि हरिरिंह थापाको नजरमा

फुल्दै फुल्दैन गुराँस !
कवि थापाको शिर्ष कविताबाट यो भनाइलाई हेरौं ।
नुन, तेल, चिनी
ग्यास, मट्टितेल केहि त छैन बजारमा
ताल छोपेर भाउ गर्न जानेका
व्यापारीहरु छन्
अनि
गुराँस पनि
फुलोस कसोरी .....?

हो, साच्चै नफुल्दो रैछ गुराँस किनकी जव देशमा न्यूनतम आधारभूत आवश्यकताको परि पूर्ति गर्न सक्दैन राष्ट्रले । अनि फेरि साँच्चै नफुल्दो रै’छ गुराँस किनकी जव देशमा शान्ती र उन्नतीको बिकाश हुदैन, उत्खनन् हुदैन, के फुलोस गुराँस ! के फक्रोस गुराँस !

यो काव्यमा कविता, गजल र गीतहरु गरेर जम्मा ६७ वटा छन् । उहाँका कबितामा सरल शव्दका तिख्खर बिम्वहरु पाइन्छन्, देखिन्छन् ।
गुराँस फुलेनका अधिकांश कविताहरुमा कवि माया–प्रेम र राष्ट्र–प्रेमको भावनामा छचल्किएका पाईन्छन् त कतै देश बनाउन नारामा मात्र सिमित रहेर घँुस खाने नेताहरुलाई कविताकै फित्कौलीको माध्यमबाट शव्दका मटेङ्ग्रोले प्रहार गरेका छन्, सेता दाँतहरुमा । देशको दुःखाइलाई आफ्नो मुटु दुःखे सरिको अनुभव गर्ने कविको कवित्व २०६६ मा प्रकाशित ‘मधुरस’ कविता सङ्ग्रहले नै प्रस्ट्याइँ सकेको छ । भन्नुनै पर्दा यो शिर्ष कविताले नै अरु सबै कविताहरुको प्रतिनिधित्व गरेकाले अरु बाँकी कविता पढ्ने जिम्मा भने पाठकहरुलाईनै सुम्पिन्छु म ।

२. "सुन्तली" उपन्यास
एउटा ग्रामीण जीवनलाई खिपेर बुनिएको आख्यान ‘सुन्तली’ । गरीबी, शोषण, अन्याय, सामाजिक असमानता र निस्सारतालाई चिरेर एक पल्ट फेरि हाम्रो परम्परावादी समाजको सामु औंला ठडाएर उभिएको छ ‘सुन्तली’ ।
‘सुन्तली’ पहाडको काखमा हुर्केर आफ्नै विवशतामा छटपटाउदै बाँचेता पनि एउटा न्याँय दिएर बचाएका छन् लेखकले सुन्तलीलाई । यो उपन्यासमा नारी संबेदनालाई नजिक बाट हेरिएको छ भने बाध्यतावाट हुन सक्ने वास्तविक घटनाको परिणामलाई मेलो नबिराइकन वर्णन गरेका छन् यस उपन्यासमा उपन्यासकार हरिसिंह थापाले ।

संक्षपमा कथाको गोहो हेरौ- काडमाण्डौंका धनाढ्य र कथित कुलीन राणा परिवारमा भित्रको परिवेशमा मात्र बिवाह बन्धनमा बाँधिने चलन जस्तै पहाडका विकट गाँउमा पनि हुने खानेका खलकको परिवेश भित्र नाता कुटुम्बलाई मात्र समेट्ने प्रचलन अझैँ पनि बिध्यमानै छ हाम्रो मुलुकमा ।

जिम्मुवाल बूढाको छोरी सुन्तली जब हुर्किन्दै जान्छीन्, अनित जिम्मुवाल बूढाको मन पोल्न थाल्छ । फलश्वरुपः नजिकैको वीरमान ठकुरीका छोरा भोला ठकुरी संग विवाह बन्धनमा बाँधी दिन्छन् । जब यी दुईको विवाहको कुरा चल्छ सुन्तली र बिमलमा एउटा नजादिदो प्रकारले मायाका सङ्केतका अंकुरहरु देखा पर्न थाल्दछ । विवाह पश्चात बीरमान ठकुरीलाई छोराको विवाहमा चलाएको रिनले गजेट्न थाल्दछ । साहु धनमानका छोरा रघुवीरले तमसुकका कुरालाई लिएर रीन नतिरे सिल्खु खोलाको खेतमा उन्का हलगोरु नार्ने कुराले नाकका फोहरा फुल्याउछन् । यता ससुराले ज्वाँईलाई घरज्वाई राखेर नोकर बनाउने तर्खरमा तातिन्छन्, तर भोला पढे लेखेका भएकाले त्यो कुरा पाच्य हुदैन उन्लाई । उनी घरको रीन तिर्न आफ्नी गर्भेनी सुन्तलीलाई छोडेर मुग्लान पस्दछन् । भर्ती हुन्छन् तर सुन्तलीको मायालाई संझे्र पल्टनबाट भाग्छन् र लाहोर पुग्छन् । त्यो समयमा भारत स्वतन्त्र सङ्ग्रामको प्रभावले अस्तव्यस्त अवस्थामा थियो । बेलायन सरकारले १५ अगस्त १९४६ मा भारत स्वतन्त्र घोषण गर्नु भन्दा अगावै पाकिस्तान र भारत को सीमान कोरेर त्यहाँ भएको मुस्लिम र हिन्दुको मारकाटको श्रृखला हेरेर हाँस्दै थिए अंग्रेजहरु । त्यो समयमा लाहोर पाकिस्तानकै अधिनमा भएको कारणले गर्दा घरमा पत्र खसाल्न जाँदा पक्डाउ पर्छन् सात बर्ष सम्म । भारतको तर्फबाट सी.आई.डी गरेको अभियोगमा जेल पर्छन् भोला । यता गाउँमा भने भोला मरेको खबर पाएपछि सुन्तली, संगै हुर्कैको साथी बिमल थापा संग पूनर्मिलनमा बाधिन्छन् । जिम्मुवाल बूढालाई भने यो सह्य हुदैन, आफ्नै छोरी दुःखको भूमरीमा पर्दा पनि माइतमा आएर बस् भन्न सम्म सक्दैनन् उनी ।

एक दिन भोला गाँउमा अचानक आई पुग्छन् । गाँउलेहरु सबै छक्क पर्दछन् ।
सुन्तली र बिमलको संबन्ध सुनेर मुर्छा पर्छन् भोला तर आफ्नै गल्तिलाई सहर्स स्वीकार्छन् । मात्र एकचोटी सुन्तलीको मुख हेर्न चाहन्छन्, बस् त्यती भए उस्को इच्छा पुग्छ । सारांसमा भन्नु पर्दा उपन्यासको अन्य यसरी नै हुन्छ ।

यो उपन्यासमा श्रष्टा हरिसिंह थापाले परम्परावादी समाजलाई पूनः एकचोटी कठघरामा उभ्याई दिएका छन् । आजको लेखकका जमातले उत्तरआधुनिकको टुप्पोमा झुण्डिएर पश्चिमी शैलीको वातावरणलाई साहित्यमा उतारेर सर्व साधारण जनतालाई बुझ्न हम्मे­–हम्मे परेको बेला, सरल र खाँटी भाषाको समिश्रणमा ग्रामीण जीवनको चित्रणलाई प्रस्तुत गरिएको यो संग्रहले आख्यानमा बसाई र काब्यमा गौरीको संझना दिलाउनेछ पाठक बर्गहरुलाई । कथाका श्रृखलाहरुमा लेखकले उख्खान टुक्का तथा गीतहरुका बिम्बहरु छरेकाले उपन्यासमा नौलो पनको आभाष दिएका त छदै छन्, त्यसमा पनि त्रिकोणत्मक प्रेमको कारुणीक पक्षको प्रस्तुतीकरण र एकपछि अर्को घटनाक्रमको उत्सुकताले उपन्यास सकेको पत्तो हुदैन । मुख्यत, चार पात्रः सुन्तली, भोला, बिमल र झलक चन्द्र ठकुरी (जिम्मुवाल बूढा) ले जीवन्त तुलाएको यो सामाजिक उपन्यास हो ।

उपन्यासमा कतै कतै समयको काल खण्डलाई समेट्न नसक्नाले थोरै खल्लो लाख्न सक्छ पाठक वर्गहरुलाई । बिमल र सुन्तलीको प्रेम प्रसङ्गमा भोलासंगको बिवाहको कुरो चलेपछि मात्र एका एक दुई जनामा प्रेम संबेदनाका तड्पाईहरु देखापर्नु, बिदेश बाट एउटा पत्र सम्म घरमा पठाउन नसक्नाले केही हद सम्म खिन्नता बोध हुन सक्छ । यी भिंmना कुराहरुमा नघोत्लीकन फराकिलो रुपमा हेर्दा यो उपन्यासले प्रेमलाई म्ूर्त रुप दिएको छ भने उपन्यासकार स्वंयम समाजसेवी भएर डायस्पोराको भुगोलमा रहेतापनि गाँउघर र समाजको चित्रण गर्न सफल देखिन्छन् लेखक ।

आफ्नो गाँउ को माया गर्ने । देश र समाजले भोगेको सक्कली रुपलाई बिदेशमै रहेर पनि नजिक भन्दा नजिक बाट बौधिक ज्ञानको रस्वासादन गर्ने साहित्यिक अनुरागीहरुका लागी यो उपन्यासले अतुलनिए टेवा पुर्याएउने छ ।

३."मन उड्यो" गीति संग्रह
जम्मा बाह्रवटा गीतहरुको समावेश ‘मन उड्यो’ गीती संङ्ग्रह हरिसिंह थापाको गीति लेखनको क्षमतालाई हेरेर हरिसिंह कवि तथा उपन्यासकार मात्र हैनन् एक सफल गीतकार पनि हुन् भन्ने कुरा यो गीति संङ्ग्रहले छर्लङ्गाएको छ । नेपालका संगीतका बादशाह, बरिष्ट सँगीतकार सम्भुजित बास्कोटाको संगीतका धुनहरुमा तरङ्गीत छन् सबै गीतहरु । नेपालका ख्याती प्रप्त गायीका कुन्ती मुक्तान लगाएत राजुलामा, दिपककिसोर भट्टराई, रामकृष्ण ढकाल, कर्ण दास, माधवी, सुनिलराज, स्वरुपराज, रोसन गुरुङ र प्राश्नँ शाक्यहरुका स्वरहरुमा मधुर गीतहरु गुञ्जिएका छन् ।

यसरी एकैसाथ नेपाली साहित्य भण्डारमा स्रष्टा हरिसिंह थापाका अथक परिश्रम र लगनशीलताबाट तीन–तीन यी रहरलाग्दा ओजस्वि कृतीहरुलाई उहाँकै बौधिक मनको कुम्लोबाट फुस्काउन पाँउदा सबैले एकपटक मनन् गर्नु अति उत्तम ठान्दछु म ।

अन्तमा, गुराँस टिपेर सुन्तलीको चुल्ठोमा सिगार्न नसकेता पनि भोलाले, मन उड्यो एलबमका गीतहरुबाट भने बहकिएको मनलाई अवश्य पनि बहलाउलान् भन्नेमा हामीहरु बिश्वस्त बनौं ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 बैशाख, 2067

लेखकका अन्य रचनाहरु