कमरेडको स्वाद प्रकटीकरण

- नरनाथ लुइँटेल

स्वाद भनेको मूलतः जिब्रोले थाहा पाउने कुरा हो । जिब्रो धेरै वर्षसम्म एकदमै लाटो भएको रहेछ । लाटो जिब्रोले कुनै कुराको पनि स्वाद थाहा पाउ“दैन । स्वाद नै थाहा नपाई खाइहाल्ने कुरा पनि त भएन नि † पिरो, अमिलो, गुलियो, तीतो, टर्रो कस्तो स्वाद छ भन्ने थाहा पाउन जिब्रोमा पु¥याउनै पर्छ । जिब्रोमा पुगेपछि कुन परिकार कति मीठो हुन्छ, कुन परिकारकोे स्वाद के कस्तो रहेछ स्वतः प्रकट हुन्छ । यताका छ–आठ वर्षमा कमरेडको जिब्रोले आफ्नो लाटोपनबाट मुक्ति पाएको छ । हिजोको त्यही लाटो जिब्रो अब स्वादे जिब्रोमा परिवर्तन भएको छ । अब त नाकले सु“घ्न समेत नपाई जिब्रो रसाउन थालिहाल्छ । केही समय यता कमरेडको जिब्रो र जिब्रोको स्वादप्रेमका बारेमा धेरै चर्चा–परिचर्चा भइरहेका छन् । कोही भन्छन्– “कमरेडको जिब्रो एकदम लाटै छ, स्वादको बारेमा कुनै जानकारी नै छैन ।” कोही भन्छन्– “यो सब झुठ हो, कमरेडको जिब्रो बित्पात बाठो भइसकेको छ, जे भेटे पनि लपालप चाट्छ । हरेक वस्तुको स्वादका बारेमा पोख्त र पारङ्गत भएको छ ।” सा“च्चो कुरो के हो ? भ्रम हो कि वास्तविकता ? यो कुरो पत्ता लगाइछाड्ने जङ्ग चल्यो एउटा जुम्से पत्रकारलाई । कमरेडको विवादास्पद बन्दै गएको जिब्रोबारे, जिब्रोको स्वादानुभूतिबारे स्वयम् कमरेडस“गै किन कुराकानी नगरू“ ? कमरेडको जिब्रो मुखभित्र कसरी चल्मलाउ“छ, थुकको आहालमा के कसरी डुबेको छ, झुटमुट बोल्नुपर्दा कसरी लर्बराउ“छ र आत्मप्रशंसामा कसरी सल्बलाउ“छ, राम्रोस“ग जा“च–परख नै किन नगरू“ ? यस्तैयस्तै मनसाय र आशय बोकेर जुम्से पत्रकारले एक बिहान कमरेडको जिब्रोस“ग साक्षात्कार ग¥यो ।

बिहानै बिहानै आफ्नै इमान्दार कार्यकर्ता कम एउटा पत्रकारलाई आफ्नो साफ्सुथरा निवासमा पाएर कमरेडलाई कुनै आश्चर्य लागेन । एकाबिहानै पनि कमरेडको मुखबाट सुकुमेलको मीठो बास्ना ह्वारह्वारती खसिरहेको थियो । जुम्से पत्रकार एकपटक त्यो बास्नामा नराम्रोस“ग रङ्मङियो र छक्क प¥यो । अनि भनिहाल्यो– “कमरेडज्यू, एकाबिहानै जिब्रोमा यो सुकुमेल किन ? कमरेडको जिब्रोेले सुकुमेलका टुक्राटाक्री दाया“बाया“ गिजातिर पन्छायो । अनि कमरेड एकाएक गत्गताएर हा“स्नु भयो र खुलासा दि“दै भन्नुभयो– “तिमी जस्तो कार्यकर्ता कम पत्रकारलाई के ढा“ट्नु छ र † हिजो बेलुकी यही“ एउटा सानोतिनो “पाटी” थियो । खाने कम र पिउने बढी भएछ, त्यो एउटा लेबल छ नि, खा“दा खूब मीठो आउने तर दुई दिनसम्म मुखबाट बास्ना छुटिरहने † बिहान उठ्नेबित्तिकै पत्नी कमरेडले भनिहालिन्– “कमरेडहरू, साथीहरू र अरूअरू पनि भेटघाटमा आइरहन्छन्, उनीहरूलाई त्यही गनाउने मुखले भेट्ने ?” पत्नी कमरेडको सजगतालाई धन्येवात दिं“दै मैले यो सुकुमेल मुखमा हालिदिए“ । कसो ठीक भएन त ?” कमरेडको जिब्रो रक्सीको स्वादमा कसरी रम्न थालेको रहेछ भन्ने मेसो पाएर जुम्से पत्रकार गद्गद् भयो ।

“कमरेड, अब अर्को स्वादका बारेमा पनि केही जानकारी पाउ“ कि † हजुरको नामलाई कमिशनको दामस“ग जोडेर औधी बद्नाम गरिरहेका छन् नि †” जुम्से पत्रकार यसरी जम्जमायो । कमरेड लचकदार शोफामा थचक्क बस्नु भयो र जाप्निज हिटरको न्यानो राप आफूतिर फर्काउनु भयो । राजधानी बिहानको बाक्लो कुहिरोभित्र हराएको थियो र कमरेडलाई यस वर्षको पुस अरू वर्षको भन्दा अलि बढ्तै चिसो लागिरहेको थियो । हुन त जाडोे गर्मी बाह्रैमास अड्चालिस् रुपैया“को पायल चप्पलमा खुट्टा रगड्दै केही कार्यकर्ता जिल्लातिर उकाली–ओराली गरिरहेकै छन् । यता अस्तिको दिन मात्रै बयालिस् सयमा किनेको मेड इन ब्रिटेनवाला न्यानो जुत्ताले पनि कमरेडको खुट्टालाई न्यानो दिन सकिरहेको छैन । त्यो बेला यही राजधानीका गल्लीतिर यस्तै पुसको जाडो पनि पातलो पत्लुनको कपडाले टरेको थियो । उही कमरेडको कमिसनको स्वादबारे पत्रकारको प्रश्नको जवाफमा कमरेड अलिकति पनि लक्पकाउनु भएन । उहा“ले स्वाभाविक शैलीमा भन्नुभयो– “कमिशन लिनु वा दिनु कुनै गैरकानूनी कुरा होइन । यो त सत्ताको स्वादस“गै मिसिएर आउने मीठो–मीठो, गुलियो–गुलियो, एकदमै पर्फेक्ट स्वाद हो । अनि यो स्वाद न त पार्टीमा बा“ड्नु पर्छ, न त घा“टी मै अड्कन्छ ।” कमिसनको स्वादबारे कमरेडको यो स्पष्टोक्ति सुनेर जुम्से पत्रकार अर्को एक पटक दङ्ग प¥यो । उता कमिसनका कुरा उक्काइदि“दा कमरेडको मुखमा भने प्रशस्त पानी भरिएर आएछ ।

त्यसपछि कमरेड बहकि“दै बहकि“दै समीकरणको स्वादको चर्चातर्फ लाग्नु भयो । कमरेडकै पहलमा कहिले समीकरण बन्दछ त कहिले समीकरण भत्कन्छ । कमरेडकै पहलमा समीकरण जोडिन्छ पनि र फोडिन्छ पनि । सा“च्चै कमरेड जोड्न पनि खप्पिस हुनुहुन्छ र फोड्नमा पनि खूब सिपालु । कहिले समीकरण भत्कि“दा कमरेडको खल्ती भरिन्छ त कहिले समीकरण बन्दा कमरेडको खल्ती भरिन्छ । कमरेड यता फर्किए पनि भो, उता लर्किए पनि भो । यसैलाई पुष्टि गर्दै कमरेडको गम्भीर मुद्रामा मुखारविन्द भयो– “हेर पत्रकारजी, मलाई समीकरणको स्वाद विशेषज्ञ भने पनि हुन्छ । समीकरण बन्दा वा भत्कि“दा आफूलाई फाइदा वा नोक्सानी कति हुन्छ भन्ने कुराको ठीक–ठीक हिसाव म क्याल्कुलेटर बिनानै लगाउन सक्छु । खूबी भनेको यस्तो पो हुनुपर्छ । यही खूबीले म समीकरणको स्वाद खपाखप खाइरहेको छु, समीकरणकै गीत गाइरहेको छु ।”

“रातो पासपोर्टको स्वादको त चर्चै गर्नु भएन नि कमरेडज्यू !” जुम्से पत्रकारले यो सर्वाधिक नया“खाले स्वादका बारेमा कमरेडको ध्यानाकर्षण ग¥यो । कमरेडको ज्यानमा बेग्लै खालको फूर्ति आयो । अनुहारमा बेग्लै खालको रङ्ग र चमक देखियो । “कम लगानीमै धेरै आम्दानीको हकवाला बन्न को चाह“दैन ? रातो पासपोर्ट त यस्तै आम्दानीको हकवाला बन्ने उत्कृष्ट रहरको उत्तम ठहर हो । यसको त स्वाद पनि कम मनमोहक छ र ? त्यसै भएर त हामी आफू–आफूमै पनि भीषण कम्पिटिसन भाथ्यो । कम्पिटिसनमै ओर्लिएपछि कसैले जित्छ त कसैले हार्छ । यो त सोह्रैआना स्वाभाविक कुरा भइहाल्यो नि † कि कसो पत्रकारजी ?” जुम्से पत्रकारले पनि स्वीकारोक्तिमा टाउको हल्लाइ दियो । त्यसपछि पनि उसले कमरेडको पजेरोको स्वाद, महलको स्वाद, घर–घरेडीको स्वाद, कम्पनी–सम्पनीतिरको सेयरको स्वाद आदित्यादि स्वादका बारेमा चर्चा हु“दै थियो । एकाएक धोतीधारी मारवाडीहरूको एउटा ठूलै हूल कमरेडको निवासमा पदार्पण भयो । “अब भने म यहा“ अल्मलिई रहनुहुन्न, मेरो उपस्थितिले कमरेडको स्वादमा अवरोध आउन सक्छ” भन्ने सोचेर जुम्से पत्रकारले कमरेडलाई लालसलाम ठोक्यो र बाहिरियो ।

व्यस्त भीड छिचोल्दै सडकमा हि“डिरहेको बेला जुम्से पत्रकारको मनमा एउटा प्रश्न ठोकियो– “होइन, कमरेडको यो स्वादे जिब्रो यत्रो वर्षसम्म लाटो जस्तो देखिएर कसरी बस्न सकेको रहेछ ह“ ?”
कलङ्की, काठमाडा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 18 बैशाख, 2067

लेखकका अन्य रचनाहरु