गजल

- तुलसी प्रवास

तिमीसँगै बिताएको रात याद आयो
खुस्स कानमा सुनाएको बात याद आयो ।

विरहमा भक्कानिँदा नरोऊ मेरो प्यारा भनी
परेलीका आँसु पुछ्ने हात याद आयो ।

एक्लै तर्न गाह्रो रैछ जिन्दगीका जंघारहरु
हात समाई तरेको त्यो साथ याद आयो ।

हराउँदै प्रवासका गजलका शेरभित्र
संगीत भर्ने चिलाउनेको पात याद आयो ।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 12 बैशाख, 2067

लेखकका अन्य रचनाहरु