उत्कृष्ट कविता कृति: नयाँ मुलुकको नाद

- डा. खगेन्द्रप्रसाद लुइटेल

मोहन सिटौला (२०००, तेरथुम आठराई ) अङ्ग्रेजी साहित्यका विद्वान् भएर पनि नेपाली साहित्यमा २०२० को दशकदेखि निरन्तर रूपमा कलम चलाइरहेका सुपरिचित स्रष्टा हुन् । विशेषतः समालोचना, निबन्ध र कविता विधामा सक्रिय रहेका सिटौलाको सम्बद्ध विधाका थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन् । अर्काे प्रहर (२०४४) शीर्षक कविता सङ्ग्रह छापिएको लगभग दुई दशक लामो अन्तरालपछि यिनको अर्काे कविता सङ्ग्रह नयाँ मुलुकको नाद (२०६३) हालसालै प्रकाशित भएको छ । नया“ मुलुक: नया“ यात्रा, कवितागोष्ठी, केही पद्य प्रीतहरू र केही गीतहरू गरी चार भागमा विभाजित प्रस्तुत कविता सङ्ग्रहमा बीसवटा कविता र सातवटा गीतहरू सङ्कलित छन् । कतिपय रचनाको अन्त्यमा रचनाकाल र रचनास्थानसमेत दिइएको हु“दा यी सबैजसो रचनाहरू सन् २००३ देखि २००६ को बीचमा अमेरिकामै लेखिएका हुन् भन्ने बुझिन्छ । यसमा सङ्कलित सबै रचनाहरू प्रगीतात्मक संरचनामा आबद्ध छन् ।

यसमा सङ्कलित पहिलो रचना नया“ मुलुक: नया यात्रा छत्तीस पृष्ठमा विस्तारित लामो आयामको कविता हो । स्पष्टतः चिहृनाङ्कित रूपले पच्चीस भागमा विभाजित यो रचना छन्दात्मक, मुक्तछन्दात्मक र शुद्ध गद्यात्मक (एउटा) ढा“चामा संरचित छ । गणेशको नाम लि“दै नेपाली भाषामा छन्द र गद्यमा लेख्ने लेखनप्रक्रिया उल्लेख गरी कथ्यलाई अगि बढाइएको यो रचना मूलतः अमेरिकाका विभिन्न प्रान्तको भौगोलिक, प्राकृतिक र सांस्कृतिक सौन्दर्य वर्णनमा केन्द्रित छ । अमेरिकालाई नारी सौन्दर्यस“ग तुलना गरी प्रकृतिको मानवीकरणसमेत गरिएको यस कृतिमा नवीनता र प्रयोगशीलताका अभिलक्षणहरूसमेत देख्न पाइन्छ । यसमा खानपान, रहनसहन, यात्रावर्णन, प्रकृतिचित्रण, नारी रूपसौन्दर्य, श्रद्धा, अनुत्तरित जिज्ञासाहरू, पूर्व र पश्चिमका प्रसिद्ध पौराणिक एवं अपौराणिक व्यक्तिनाम, समानता, स्वतन्त्रतालगायत विविध नेपाली सन्दर्भ र प्रसङ्गलाई समेत कवितात्मक बान्कीमा उनिएको छ । प्रत्येक टुक्रालाई स्वतन्त्र कविताका रूपमा पनि लिन सकिने र तिनलाई जोड्दा एउटै आख्यानमुक्त लामो कविताको बान्कीसमेत निर्माण हुनसक्ने स्थिति रहेको यो रचना आयामका दृष्टिले लामो भए पनि शास्त्रीय परिपाटीबद्ध खण्डकाव्य वा आख्यानात्मक रचना नभएर आख्यानमुक्त ढङ्गमा विभिन्न टुक्राहरू जोडिएको प्रगीतात्मक संरचना हो ।

कवितागोष्ठी खण्डमा समाविष्ट विभिन्न शीर्षकका आठवटा कविताहरू विविध विषयमा आबद्ध छन् । यसमा यताका र उताका अनेक ग्रामीण–सहरिया सन्दर्भहरू जोडेर वर्तमान युगीन यथार्थका विविध पाटाहरूमाथि प्रकाश पारिएको छ । प्रतीक्षा, विछोड, मिलन, विदेशको विवशता आदि अनेक सन्दर्भलाई चिहृनाङ्कित रूपले बार भागमा विभाजित विनिर्माणका टुक्राहरूमा प्रस्तुत गरिएको छ । गुम्दो र गिर्दाे मानवीय अस्मिता एवं आत्मपहिचानको खोजी गर्दै ह्रासोन्मुख मानवताको चित्रण गरी दानवी हत्या नभएर मानवी सिर्जनाको मार्मिक नमुना म को हु“ ? कविता बन्न पुगेको छ । कविले इराकमा मारिएका बार नेपाली र नेपालमै मारिएका हजारौं नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्र, जात र धर्मका भ्रमहरूले मानवता पराई बनेको र निर्धाे सत्य डाको छोडेर रोएको मर्मस्पर्शी चित्रण तिनीहरू शीर्षक कवितामा गरेका छन् । यस्तैगरी यिनका कवितामा विविध सन्दर्भबाट वर्तमान युगीन भयावह, दर्दनाक, विसङ्गत र अस्तव्यस्त परिस्थितिको चित्रण पनि गरिएको छ । अतीत र वर्तमानको तुलना, अनिश्चित भविष्य, मृत्यु आदिको अभिव्यञ्जना गरिएका यिनका रचनामा मृत्युसम्बन्धी भिन्न र नवीन दृष्टिकोण अगि सारिएको छ । आपसी मेलमिलाप, सद्भाव, अन्तर्राष्ट्रियता, हराएका मानवताको खोजी, अमेरिकामा बसोबास गर्ने नेपालीहरूको अवस्था र स्थिति वर्णनसमेत यिनका कवितामा पाइन्छ ।

केही पद्य प्रीतहरू शीर्षकअन्तर्गत विभिन्न शीर्षकका एघारवटा कविताहरू सङ्कलित छन् । कविले अमेरिकाका भर्जिनिया, वासिङ्टनलगायत विभिन्न ठाउ“हरूको वर्णन गर्दै नेपालको स्मरण गरेका छन् । यसमा अमेरिकी प्रकृतिका साथै त्यहा“को दैनिक–रात्रिक गतिविधिको सुन्दर चित्रण पाइन्छ । संवादात्मक ढा“चामा आशा, निराशा, समानता र स्वतन्त्रताको पक्षधरता चित्रित सुन्दर नमुना त्रासदी दूर फाली कविता हो । यिनका कवितामा नेपालको सम्झना गर्दै तमाम देशवासी एकजुट भएर स्वतन्त्रता, शान्ति र समृद्धि फुलाउने अपेक्षा गरिएको छ । सृष्टिको सत्य: एकमुठी खरानी शीर्षक कविता दार्शनिक पाराले मृत्युको अवश्यम्भावितामाथि प्रकाश पारिएको सुन्दर रचना हो । यिनका कवितामा अग्रज नेपाली साहित्यकारहरूका योगदानको चर्चा तथा भाषाप्रेम र राष्ट्रप्रेमको भावना पनि मुखरित भएको छ । कविले नया“ वर्षका सन्दर्भमा भाषा, साहित्य, सभ्यता र संस्कारको जगेर्ना तथा अविरल गतिका साथ जागरणको सन्देश पनि प्रवाहित गरेका छन् ।

केही गीतहरू शीर्षकमा विभिन्न शीर्षकका सातवटा गीतहरू समाविष्ट छन् । यी गीतहरू विशेषतः मानवीय प्रेमप्रणयमूलकतामा केन्द्रित छन् । मायाप्रेममा त्याग र राग हुनाका साथै ज्ञानी–अज्ञानी सबका लागि प्रेम सत्य हुन्छ भन्ने भावना यिनका गीतमा मुखरित भएको छ । अमेरिकालाई विश्वदीपका रूपमा प्रस्तुत गर्दै त्यहा“ संसारकै संस्कृति बास बसेको र सबतिरका मान्छे बसोबास गर्ने गरेको प्रसङ्ग वर्णन अमेरिकाको गीतमा गरिएको छ । यसमा सङ्कलित गीतहरू गेयात्मक र सङ्गीतात्मक गुणले ओतप्रोत छन् ।

वर्तमान युगीन विविध पक्ष्ँका वैश्विक यथार्थको प्रकटीकरण मुख्य उद्देश्य रहेको यस कृतिका कविताहरूमा प्रथम र तृतीय दुवै पुरुषात्मक दृष्टिबिन्दुको प्रयोग पाइन्छ । मूलतः अमेरिकी परिवेश चित्रित यस कृतिलाई अन्तर्जातीयता र अन्तरसांस्कृतिकताको मिलनबिन्दुका रूपमा लिन सकिन्छ । व्यक्ति, ठाउ“, समाज, राष्ट्र, अन्तर्राष्ट्र आदि सन्दर्भको स्वाभाविक वर्णन गरिएको यस कृतिलाई कवितात्मक यात्रावर्णन मान्न सकिन्छ । जीवन, मृत्यु, मिलन, विछोड, मानवीय संवेदना, सांसारिक मानवीय प्रेम, वेदना, पीडा, छटपटीका साथै अतीत, वर्तमान र भविष्यका अनन्त गा“ठाहरू प्रस्तुत गरिएको यस सङ्ग्रहका रचनाहरू मानव मनमस्तिष्कलाई झकझक्याउने र झनझनाउने खालका छन् । प्रजातान्त्रिक मूल्य, मान्यता, समानता, स्वतन्त्रता, न्याय, मुक्तिको चाहनाका साथै शृङ्गारिकताको शिष्ट र शालीन प्रस्तुति, आदर्श र सच्चा प्रेमको महिमागान, सत्चरित्रता, मानवता र विकासको पक्षधरता, निराशाभन्दा बढी आशाका स्वर मुखरित यस कृतिमा चिन्तनशीलता र वैचारिकताको घनत्व पाइन्छ ।

प्रस्तुत कविता सङ्ग्रहमा पद्य र गद्य दुवै ढा“चाका सुन्दर बान्कीहरू सङ्कलित छन् । पद्य ढा“चाका कविताहरूमा तत्समबहुल भाषिक प्रयोग, समध्वन्यात्मक शब्दविन्यासको आधिक्य तथा वर्ण, शब्द र वाक्यस्तरीय समानान्तरताको सुन्दर आयोजन पाइन्छ । यस्तो प्रयोग कृत्रिम र अस्वाभाविक रूपमा नभई सहज र स्वाभाविक ढङ्गमा गरिनु कविको खास पहिचान र विशेषता हो । गद्यकवितामा तत्सम शब्दको न्यूनता र पूर्वेली भाषिकाका झर्रा शब्दहरूको सार्थक प्रयोग पाइन्छ । ठाउ“ठाउ“ कोशीय विचलनसमेत पाइने यस कविता सङ्ग्रहमा अन्य विभिन्न खाले विचलनको आयोजन पनि सहज र स्वाभाविक ढङ्गमा गरिएको छ । भाषिक प्रयोगको नौलो बान्की पाइने यस कविता सङ्ग्रहमा तत्सम, झर्रा र स्थानिकका साथै ठाउ“ठाउ“ अङ््ग्रेजी शब्दको प्रयोग पाइए पनि त्यो सहज र स्वाभाविक छ । स्वच्छन्दतावादी चेतना, लालित्यपूर्ण र परिष्कृत भाषाशैलीय विन्यास, पौराणिक र वर्तमान बिम्बविधान, समानान्तरता, अन्त्यानुप्रासको स्वाभाविक आयोजन गरिएको यस सङ्ग्रहका पद्य र गद्य दुवै ढा“चाका कविताहरू लयात्मक गुणयुक्त छन् ।
नेपालीमा अनेक विदेशी सन्दर्भहरू गा“सेर थुप्रै साहित्यिक सिर्जनाहरू गरिएका छन् । प्रस्तुत कृति पनि यस्तै खालको सिर्जना हो । अमेरिकाको भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि अनेक सन्दर्भका साथै विकासको समेत वर्णन गरिएको यस कृतिमा अमेरिका र त्यहा“ बस्ने नेपालीहरूको चित्र पनि प्रतिबिम्बित छ । यसमा अमेरिकाको अत्यधिक वर्णन हु“दाहु“दै पनि नेपाल, नेपाली भूगोल र नेपाली जातिको चित्रण विभिन्न सन्दर्भबाट गरी राष्ट्रवादी स्वरसमेत मुखरित छ । स्थानिक वर्णन पनि कोरा वर्णनमूलक नभएर विभिन्न परम्परित र नवीन बिम्ब प्रतीकका माध्यमबाट कवितात्मक बान्की प्रदान गरिएको यो एउटा सुन्दर र उत्कृष्ट कविता सङ्ग्रह हो । यस कृतिको आवरणसज्जा, छपाइ आदि सबै उच्च कोटिको छ । अमेरिकाका विभिन्न स्थान र सन्दर्भहरू थाहा नपाएका पाठकहरूका लागि यिनका कतिपय कविता दुर्बाेध देखिए पनि समग्रमा सबैजसो कविताहरू सरल, सहज र सुबोध नै छन् । सँहित्यकार होमनाथ सुवेदीको लामो भूमिकाले प्रस्तुत कृतिबारे थप जानकारी लिन मदत पु¥याउ“छ । अमेरिका बस्दाका अनुभवहरूलाई अनुभूतिमय तुल्याएर सुन्दर भाषिकविन्यासमा प्रस्तुत गरिएको यो कृति कवितात्मक आस्वादका साथ अमेरिकाबारे विभिन्न जानकारी लिन पठनीय र निकै उपयोगी छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 4 बैशाख, 2067

लेखकका अन्य रचनाहरु