'संम्झनाको आलिङ्गनमा बाँधिएर' मा दयाकृष्ण राई

- केदार संकेत

मुख्यत, साहित्य बिधामा जम्मा चार बिधालाई प्रमुख बिधा मानिन्छन् । त्यस्को पनि जेठो बाठोमा निबन्धनै पर्छ । अरु बिधाहरुमा क्रमसः कविता, नाटक र आख्यान पर्न आउदछन् । छोटो कोरिहाले यसैको बारेमा ।

निबन्ध बिधा औधि मन पराउने मान्छे म । पढ्ने नै क्रममा निक्कै पढियो । बेलायत तिर बरालिँदा देखि एक हातको ताली सम्म नै । र, ‘संझनाको अलिङ्नमा बाँधिएर’ एक महिना भो हातमा परेको । गुम्सिएर मन ढुसि परेको परेकै छ, पढ्ने साइत नजुरेर । मेरै गर्भमा तुहिन लागेको नियात्रा ‘एथेन्सको झरि’ को संकलनले गर्दा हो यो सब भएको, साइतको मुहुर्तलाई कुरेको । कस्तो दसा हंै, बेलायत वासीलाई न पढ्ने समय छ । न, कलम मसिमा चोपल्ने समय नै छ ! । तर पनि धन्य लेखेकै हुन् बा, प्रायः यी डायस्पोराका श्रष्टाहरुले आफ्नो समयलाई उघारेर । सुको बिना रोयल्टी हात पारेर । पटक्कै कञ्जुस्याई नगरी । यस्लाई खैः कस्ले पो बुझ्ने र ? तर फेस बुकमा छापेमा ‘लाईक’ मा टिक वटम थिच्ने को संङ्ख्या चैं निक्कै पाईन्छ हैं ।

निबन्ध जम्मा चार प्रकारका हुन्छन् । विवरात्मक, तार्किक, वर्णनात्मक र आख्यानात्मक । संस्मरण निबन्ध, वर्णनात्मक निबन्धको बिभेद भित्रको पनि उपभेद पर्ने बिधा हो । उपर्युक्त उपभेदहरुमा जीवनी, संस्मरण, नियात्रा, रेखाचित्र, आत्मकथा आदि निबन्धका प्रकारहरु बढी प्रचलितमा पर्दछन् । पाँच उपभेद मध्यको पनि दोश्रो श्रेणीमा संस्मरण पर्ने भएकोले निबन्धलाई नै बुझौं पहिला ।

निबन्धमा शैलीय विविधता र चित्रता हुने भएकाले निबन्ध शैलीको क्रिडाभूमि हो । फ्रान्सेसी लेखक मोन्तेन यस्का प्रवर्तक मानिन्छन् । उनले एसे भन्नाले आत्माभिव्यक्तिको प्रयासलाई जनाउछ भनेका छन् । अंग्रेजीमा पनि यस्लाई एसेनै भनिन्छ । नि=राम्ररी, बन्ध=बाँधिएको अर्थात राम्ररी बाँधिएको अभिवेत्ति भन्ने बुझिन्छ, बुझाउछ निबन्धलाई । त्यसैले यो आख्यान रहित हुन्छ । यसमा बढि लेखकको बैयक्तिक छाप अर्थात आत्माअनुभूतिको आधिक्य हुन्छ । यस्मा परानुभूतिलाई पनि स्वानुभूतिको रुपमा प्रस्तुत गरिन्छ । यो हरेक बिषयमा खुलेर लेख्न सकिनछ । निबन्ध लेख्न नमिल्ने कुनै बिषयनै हुदैन ।
तिनै दायराको भावभण्डारलाई समुचित ढङ्गले कबि, साहित्यकार तथा समाजसेवी दयाकृष्ण राईका ‘संझनाको आलिङ्गनमा बाँधिएर’ लेखिएका कुरालाई एकथोपो पनि नढाटिकन भन्नु पर्दा सात बर्षे जापानको आत्मास्मृतिलाई इमान्दारीताका साथ अनिरुद्ध बिम्बमा उतारेका छन् । उसोत उहाँले यो भन्दा अगाडि ‘लाहुरेको कथा र जापानको व्यथा’ २०६१ र ईश्वरको मलामी २०६३ सालमा पस्केर आफ्नो साहित्यिक पहिचान बनाइसकेका छन् ।
आप्mनो लेखकिए भुमिकामा चिराफारा बनाएर सजिलो पारिदिएका छन् यस भित्र समेटिएका वास्तविक भावनाका कथ्य टिपोटलेः बरिष्ठ साहित्यकार डा. लक्ष्णप्रसाद गौतम, नेपाल प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष कबि तथा कथाकार रक्ष राई तथा लेखक स्वंयमले नै । मैले उहाँहरुको भनाई र बुझाइलाई अवलम्वन गर्दै मेरा उद्भावलाई पनि एकाएक उघार्ने अनुमनि मागे पाठकहरु समक्ष यसरी ।

जम्मा उनन्चालीस वटा संस्मरणहरु समाबिष्ट छ यो कृति मा । नयाँ डायस्पोरिक बिचार बोकेर नेपाली साहित्यको वाङ्मयमानै पहिलो पल्ट प्रयोगात्मक शैलीमा जहडी उभिएको छ हाम्रो सामु यो कृति । लेखकले आज सम्म नेपाली साहित्यीक फाँटमा नलेखिएका कुराहरुलाई अटाएका छन्, समावेस गरेका छन् । प्रश्न उठ्न सक्छ, किन ? कसोरि ? के छ यस भित्र साहित्य तथा लेखकका गुणहरु यत्रो बिघ्न ? भन्ने जस्ता तर्क पूर्ण प्रश्नहरुले । म तिनै प्रश्नका शुचकहरुलाई पूर्णता दिन चाहन्छु यसरी; दयाकृष्ण राईको ‘संम्झनाको आलिङ्गनमा बाँधिएर’ का अनुभवहरुवाट ।

आफु जापान जानु पर्दाको पृष्टभूमि र जापान बसाईको जीबनका घटित घटनालाई क्रमिक रुपमा यात्रासंस्मरण स्वरुप निबन्ध विविध बिधाहरुमा बाधेर प्रस्तुत गरिएको छ ।
यसरी प्रस्तुत गरिएको यो सिङ्गो कृतिलाई मैले दुई अध्यायमा बिभाजन गरेर केही लेख्ने झिनो जमक्र्को गरे अर्थात पुवाद्र्ध र उत्तराद्र्धका काल खण्डलाई छुट्टाएर ।

पुर्वाद्र्ध: लेखकले जापान जानुको लागि गरेको प्रस्तुती करणबाटै यो थाहा हुन्छ की पाठक बर्गलाई नयाँ भुगोल नयाँ परिवेश भित्र भित्रिनु कत्तिको गाह्रो र जोखिम पूर्ण हुन्छ भन्ने कुरा । साँच्चैनै यो पूर्वार्ध काल खण्डमा लेखकले दिएको परिदृष्यलाई मनन् गर्दा आख्यान पढेको झैं भान हुन्छ । उपन्यासका पात्रहरु झैं सलबलिन थाल्छन् पाठकका आँखा वरिपरि । गोपाल राई, गौचन, बुद्धि, सिद्धि, होम, जित शेरचन, गणेश राई, धन गुरुङ र अवश्य पनि सुईरे बुढा र उन्कै छोरी मादोका लगायत अरु थुप्रै पात्रहरुका दृष्यहरु नाच्न थाल्छन् यस संस्मरण भित्र । तर बिस्तारै ती पात्रहरु भने समय सापेक्षित ढंङ्गमा तुइन्दै जान्छन् । आख्यान समाविस्ट रहेपनि यसको उदेश्य आख्यान जस्तै प्रस्तुत गनें भने होईन । हो यहि नै हो फरक आख्यान र निबन्ध बिधामा । यहाँ पनि लेखकले यस्तै मूर्त रुप दिएको देखिन्छ ।
लेखक पल्टनमा छँदा आफ्ना कमाण्डरलाई भेट्न जाँदा कंपनिको कारिन्दाले ‘अनुमती छैन’ भन्ने शब्द देखि लिएर नेपाल एर्पाेर्टमा ‘जनतालाई अनुशासन सिकाउनेहरुले नेपाली जनतालाईनै डस्न खोज्दाको हिनता बोध’ को कार्य देखेबाटै लेखकको कन्सेरी तातिन सुरु हुन्छ । त्यो तातेको कन्सेरी फलानो...ले चावुक नभेटेर, गोर्खालीले दोश्रो बिश्व युद्धमा बेलायती साम्रज्यवादीको विल्ला लगाएर युद्ध मोर्चा छेड्दा तातो गोली खानबाट बचेका बिचरा सुईरे बुढा, झन् एकदमै झर्राे गोर्खालीले छातीमा समातेर पाहा पछारिए जसरी पछारिनु जुरेको भने पक्कै रहेछ । ‘वास्तविक कुरालाई नकार्दा जो कसैलाई पनि यस्तो हुने’ कुरा लेखकले धितमर्ने पाराले उल्लेख गरेका छन् ।

त्यहाँ पुगेर उहाँलाई छपट्याई लाग्छ काम नपाउदा । त्यहाँका ट््याक्सि चालक साइकल पार्किङका पुलिस सँङ्ग कन्फ्यु्जन हुनु । काम पाए पनि साथीहरुको जस्तो आफ्नाहातहरु चाँडो नचलेकोमा केही हद्सम्म दुःखी बन्नु । काम गर्ने ठाँऊमा उचित मानविय सम्बोधन नपाउनु जस्ता कुराहरुलाई मार्मिक ढङ्गले कथात्मक पारामा उद्धृत गरिएको छ ।

संस्मरणमा लेखकले सत्य र इमान्दारीतालाई ढाक छोप गर्नु हुन्न भन्ने भनाइलाई यहाँ लेखक राईले छर्लङ्ग पारि दिएका छन् । विदेशमा गएर भाडैं माझेँ पनि हाकिम भा’को छु भन्नेहरुलाई ‘हो, गरेछस’ भनेर लोक्पा ख्वाएका छन् फेरी एक पल्ट । बाध्यताको सिकार बनेर खल्तिमा भियग्रा बोकेर वेश्यालय धाउनु, बङ्गुरको खोरमा काम गर्नु जस्ता लेखकका समाविष्ट ती अपेक्षणीय अनुभूतिहरुले ‘संम्झनाको आलिङ्गनमा बाँधिएर’ सङ्ग्रह सधै जीवित बनाई राख्ने छ ।

यो संस्मरणको डायस्पोरिक भूगोलको भोगाई भित्रको पीडालाई नढाँटीक यथार्थरुपमा उतार्नु नै संस्मरणकार दयाकृष्ण राईको ऊर्जस्वी विशेषता हो ।
जापानको लामा बसाईले निस्टोल्लिजाको रोगले ख्याँप्प पारि सकेको हुन्छ पत्तो नै नपाई लेखकलाई । साकुरा (पैयँु) को पूmल फुल्दा, पैयँुकै पूmलहरुमा जापानका लाखौं जापानीहरु रमाउदा अत्यन्तै एक्लो अनुभवको नमीठो अनुभूतिमा घरदेसको संझनामा बहकिन्छन् । जापानमा पाईने साम्मा माछा, सुसी र नाभे जस्तो खाद्य परिकार खाए पनि जव नात्तो (किनामा) को स्वाद पाउछन् अनित छेपीको हरियो पात संङ्ग किनामा झानेर सधै आफ्नो घर नेपलामा खा’को तिहुनको तिर्सना मेट्न पुग्छन् उनी । त्यसै गरेर बुद्धस्तूप र हिउँले ढाकेको जापानका पहाडहरुलाई देखेर नेपालको माछापुच्छ«े, धौलागिरि, निलगिरि संझेर चुर्लुम्म डुबेका देखिछन् राष्ट्र प्रेमको भावनामा साहित्यकार दयाकृष्ण राई ।

उत्तराद्र्धः जब तीन बर्ष बिताई सक्छन् त्यसपछि उनी सामाजिक कार्यतिर अग्रसर भएको देखिन्छ । जापानमा जब गाँस र बासको राम्रो जोहो गर्न भ्याउछन् । जापानी भाषा खररर बोल्ने हुन्छन् तव चुपलागेर बस्दैनन् । हुन पनि मानव जाति एक्लो परिवेसमा बाच्न नसक्ने भएको कारणले गर्दा जहाँ गए पनि आफ्नो समाज, धर्म, सस्कृति तर्पm दिलचस्पी बढ्दोरै’छ नै । जापान जस्तो मुलुकमा रोजी रोटीको खोजीमा गएपनि बिभिन्न साक्षात्मक साक्षात्कार भेट तथा भलाकुसारीले बौधिकता, आत्मबल र भावनात्मक सम्वन्धको सृर्जना गर्दछ । तसर्थ, यहाँ के देखिन आउछ भने, लेखकको अगुवाईमा जापानमा छरिएर बसेका तमाम नेपालीहरुको सात्क्षार भेटघाटले नेपालीहरुको एउटा पुल खडा गरिदिएको छ ।

बिदेसमा भएपनि नेपाली पत्र पत्रिका प्रकाशनमा लिएर खुकुरी बुलेटिनको सम्पादक गर्नु । राष्ट्रिय प्रतिभाहरुलाई सम्मानका साथ कदर गर्नु । जनजाति मंञ्च जापान तथा भूपू सैनिक सङ्घ जापानको स्थापना गरेको बृत्तान्त कुराहरु लेखकले यस संस्मरणमा समावेस गरेर नयाँ मोड र हौसला दिएका छन् र सजक तुल्लाएका छन् नयाँ पीडीका बबुरोहरुलाई ।

लैङ्गिक समानताको हकमा बर्तमान तक रहिरहेको सामाजिक कुरीति र विसँङ्गतीको अतियथार्थ चित्रणलाई तर्कपूर्णताका साथ सार्वभौमसत्ताका नायककरुलाई नाङ्गो झार बनाएर टकटकादिएका छन् यो संस्मरण भित्र ।
लेखकले पहिलो पल्ट बग्गी चढ्न पाउदा खुशी भएको अनुभव पढ्दा म पनि बेलायतको ब्ल्याक पुलमा सबै परिवार चढ्दा रमाएको क्षणको याद आयो । हुनपनि नेपालको बग्गीमा हिड्ने निवर्तमान राणा र राज परिवारका खलक तथा आज नेपालका सैनीकका हाकिमहरु बाहेक अरु नेपाली जनताले छुनसम्म पाईन्न । नेपालमा बग्गी गाडा ठुला बडाले मात्र चढ्न पाउछन् तर अर्काको देसमा सर्व–साधारण नागरिकले पनि उपभोग गर्न पाएका छन्, मुन्द«ो तिरेपछि । त्यसमा घाटा के छ त ? संस्था अथवा देशलाई नाफै त छ ।
हामीले यो किताबको जापानी संस्कार बाट सिक्नुपर्ने कुरा पनि म त्यत्तिकै देख्छु । उनीहरु हरेक पल्ट घरबाट बाहिर जाँदा, आउँदा अनुमति लिन्छन् । हामी अनि हाम्रा घरका परिवारहरु घरवाट प्रायः बाहिर निस्केको, पसेको अत्तो पत्तोनै हुदैन । जापानीहरु परेवाको मासु शान्तिको प्रतीक मानेर खाँदैनन् तर हामी परेवालाई सितन बनाउछौं । देउता थानमा लगेर भोग चडाउछौं अनि फेरि विश्व शान्ति दिवशहरुमा परेवा उडाउछौं । यस्ता हाम्रा समाजका काला पट्टि लगाएर यो उज्यालो विश्वमा अझैं हिड्नेहरुलाई कुच्चो लगाएर बढाडि दिएका छन् लेखकको कलमको फेरि एक पल्ट ।

सात–सात बर्षको अत्यासलाग्दो जापानको बसाई सकेर जब लेखक स्वदेश फर्किने तरखरमा लाग्छन् तव घुमफिरको क्रमलाई त्रिब्रता दिएको देखिन्छ । थुप्रै सहरहरु घुमेको कुरालाई नियात्रामा कथात्मक ढंङ्गले घुमफिरका कुराहरुलाई सटिक रुपमा बर्णन गरेका छन् । मेइजी मुरा, हिरोसिमा, लिटलवल्र्ड, क्यातो भ्रमण पढ्दा मैले आफै पनि जापानमा घुमेको अनुभव गरे ।

शारांसमा भन्नु पर्दा पढ्दा कतै हाई गर्न नपर्ने, उपन्यास पढेझैं लाग्ने तर संस्मरणमा रमिने । यस भित्रका थुप्रै झर्रा शब्दहरुलाई टर्रै भएपनि चाख्नै पर्ने । साहित्यकारहरुले आफ्नै मात्र बिलौना नभएर समाजलाई सधै नयाँ विम्ब, दर्शन र समाजकै वरिपरिका यथार्थ कुराहरु पस्किएको हु्न्छ, प्रष्टाईएको हुन्छ । त्यसैले यो संस्मरण भित्र साहित्यकार दयाकृष्ण राईले दिनुभएको सन्देश र संज्ञालाई पनि आत्मासाथ गरेर बुझ्नु पर्ने देखिन्छ । भाषिक कोणबाट चियाँउदा शब्दहरुमा केहि छुट फुट देखिएता पनि अर्काे दोश्रो संस्करणमा त्यो माझिएर आउने छ भन्नेमा म बिश्वस्त छु ।

पुच्छारमा, साहित्यिक यात्रामा यो कृतिलाई नपढेका श्रोताहरुले फुर्सद निकालेर एकचोची पढ्ैने पर्ने आग्रह गर्दै ‘रिसमा सुईरे बुढाको घाँटी निचोर्ने’ र ‘गाडी चलाउदा निदाउने मादोकाको तिघ्रामा चिमोट्ने,’ ‘दाइचाँङ्’ दाइलाई यो भाइच्याङ् ‘सङ्केत’को उत्तरोत्तरको कामनाका बिछ्याउदै आजलाई भने ‘सायोनारा’ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 30 चैत्र, 2066

लेखकका अन्य रचनाहरु