गजल

- लक्ष्मण गाम्नागे

बूढा नेता बितिगए हामी जुठो बारौं साथी
बहाना भो आउँदो जेठलाई मंसिरमा सारौं साथी ।

बाँचुन्जेली मूर्दावाद र मर भनी सरापे नि
मरेपछि जिन्दावाद भन्दै अमर पारौं साथी ।

गोठाला ती गएपछि गोरुहरू डुक्रिंदैछन्
कुन गोरुको जुरो अग्लो जुवा बाँधी नारौँ साथी ।

जत्ति स¥यो उत्ति राम्रो सम्विधान लेख्ने कुरा
सिन्को एउटै नसारे नि तलवभत्ता दारौं साथी ।

छप्पन्न दिन अझै बाँकी सिङगासिङ्गै लडेका छन्
त्यतिन्जेली भैंसी पुज्दै लिखा जुम्रा मारौँ साथी ।

बहर छैन गोरु मात्रै गाम्नागेको अगजलमा
यसैलाई गजल मानी आजलाई टारौं साथी ।।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 चैत्र, 2066

लेखकका अन्य रचनाहरु