सम्मान–अभिनन्दन संस्कृति राष्ट्रिय अभियान

- डा. खगेन्द्रप्रसाद लुइटेल

हामीकहाँ थरीथरीका हावा चल्न खास मौसम चाहिँदैन । बेमौसमी करतुतभन्दा बेजोडले चल्ने बेमौसमी हावाको महिमै अलग छ । उहिलेदेखि नै एक न एक प्रकारको बेमौसमी हावा चलाउन हामी विश्वमै नामी जाति नेपाली एकीकरणदेखि नै अनेक पर्व, काण्ड–उपकाण्डरूपी संस्कृति रच्दै–रचाउँदै अगि बढेका हामीले पजेरो संस्कृति, सांसद खरिदबिक्री संस्कृति, रातो पासपोर्ट बिक्री संस्कृति आदि अनेकौँ बेमौसमी हावा कति बेहो¥यौँ कति ? यस्ता कतिपय हावा बन्दको त कुरैै छोडौं मन्द हुनेसमेत छाँट देखिँदैन । एकपछि अर्को झन् नौलोनौलो बान्कीमा देखापर्दाे छ, पैmलिँदो छ । वर्तमानमा चल्ने बेमौसमी हावामध्ये सम्मान–अभिनन्दन र हावादारी भाषण संस्कृतिको हावा सुनामीभन्दा पनि बेजोड छ । यसले सामान्य हावाको स्तर पार गरी हुरीबतास र आँधीबेरीकै रूप लिइसकेको छ र केके बिघ्न गरेर मत्थर हुने हो टुङ्गो छैन । वर्तमानमा प्रचलित अनेक सम्मान–अभिनन्दनका गाथा जोड्दा उन्नाईसौं पुराण बन्ने हो कि भनी लख काट्नु पर्ने स्थिति उत्पन्न भएको छ । सुरुसुरुमा यसको हावा केही मन्द र शुद्ध रूपले चलुन्जेल त खास फरक थिएन, तर अहिलेको वायुवेगी वहावले समग्र राष्ट्रलाई नै प्रदूषित तुल्याउने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।

आफ्नै माला, आफ्नै दोसल्ला र आफ्नै खर्चमा आफ्नै सम्मान–अभिनन्दन गराउने परिपाटी वर्तमान प्रदूषणको चरम रूप हो । उहिले सामाजिक–सांस्कृतिक महत्व राख्ने दोसल्लाको अहिले अर्थ र क्षेत्र मात्र होइन व्यापार पनि विस्तार भएको छ । एक थान माला, एक थान प्रशस्तिपत्र र एक थान दोसल्ला झोलामा हालेर हिँड्यो, दुईचार धतुरे भेला गरायो, कसैलाई प्रमुख अतिथि बनायो, माला लगाउन लगायो, आपैmं थपडी बजायो बस भइहाल्यो सम्मान–अभिनन्दन । कतै दुईचार मनुवा जम्मा भएका ठाउँमा सँच्गै लगेका भाडाको धुपौरेलाई उद्घोषण गरायो । अर्काे भरौटेलाई भाडाको थोत्रै भए पनि क्यामरा तेस्र्याएर दुईचार कुरा सोध्न लगायो, मौका परे टिभीसिभीमा पनि देखाउन लगायो, मख्ख प¥यो, जाँड खायो— तरुनी जिस्क्यायो सुत्यो बस । त्यति पनि भएन भने कतै बसबाट खुत्रुक्क ओर्लियो, यताउति पल्याकपुलुक हे¥यो, झोलाबाट माला झिक्यो, आफ्नो माला आफ्नै गलामा भि¥यो । सम्मानपत्रको फ्रेम हातमा बोक्यो, अनि यताउता हेर्दै दारा ङिच्याउँदै मख्ख पर्दै हिंड्यो । कुनै कोरलीको नजर आपूmतिर परे जुनी नै सफल भएको ठान्यो । अहिले एकथरीको दिनचर्या र पेसा नै यस्तै छ ।

अहिले भाडाको हलमा भाडाको प्रमुख अतिथि, भाडाकै माला, भाडाकै दोसल्ला, भाडाकै सम्मानपत्र, भाडाकै वक्ता र भाडाकै श्रोताबाट पनि काम चलाउन थालिसकिएको छ । प्रायोजित रूपमा दुईचार जना मिलेर पालैपालो आदानप्रदान गर्ने सम्मान–अभिनन्दनको चर्तिकला झनै अर्कै हुन्छ । यसखाले सम्मानमा त एउटै दोसल्ला र फ्रेमले सबैको पालो पु¥याइन्छ । यस्ता कतिपय त तपाईंले पनि देखेर, सुनेर वा भोगेरै अनुभव गरेकै हुनुपर्छ, सबै भनेर साध्य पनि छैन । केहीचाहिँ नभनी नहुने खालका भएकाले भन्नु जरुरी छ ।

जेजसो भए पनि सम्मान भन्नेबित्तिकै जसलाई पनि लोभ लागिहाल्दो रहेछ । लम्बु रविदेखि पुड्का कविसम्म सब सम्मान ग्रहण गर्न र गराउन लम्पट देखिन्छन् । वास्तवमा सम्मान, अभिनन्दन, प्रशंसा मन पराउनु मानवीय स्वभाव नै हो, आवश्यकता र योगदानअनुसार नगरिनहुने ठाउँमा गर्नु पनि पर्छ, वास्तविक योगदानका आधारमा गरिने सम्मान राम्रो पनि हो, तर सम्पूर्ण आफ्नै खर्चमा गराइने प्रायोजित सम्मान–अभिनन्दनचाहिँ आत्मरतिमा रमाउने हरिलठ्ठकहरूका लागि मात्र उपयुक्त होला, आम रूपमा त्यसको कुनै अर्थ छैन । कसैको बिहे हुँदा पनि सम्मान, सन्तान जन्मिँदा पनि सम्मान, सानोतिनो केही भए पनि सम्मान, केही गराउनु परे पनि सम्मान, सिङ उम्रिादा पनि सम्मान, झर्दा पनि सम्मान ... । अब यसको प्रचलित परिभाषा नै फेर्नुपर्ने आवश्यकता भइसकेको छ । सम्मान–अभिनन्दन समारोहमा यसो मौका प¥यो कि केही न केही विमोचन पनि गरिहालिन्छ । अहिले सम्मान–अभिनन्दन बदमासी लुकाउने लाइसेन्स बनेको छ । यसरी जताततै गरिने सम्मानबाट यस देशमा उत्तम मान्छेको सङ्ख्या अधिक छ भन्ने निष्कर्ष आउाछ, तर त्यसो भएको भए यस्तो खत्तम स्थिति नआउनु पर्ने हो । अब कुरो मेरो बुझाइको पहुाचबाट बाहिर गइसकेको छ ।
मैले दुई बिसक सेवा गरेर यस राष्ट्रलाई यति दिएा उति दिएँ, अमेरिकाको चिठ्ठा पर्दा पनि पूरै बसिनँ, जाादै–आउादै गरें, तर यस राष्ट्रले मलाई एक थुँगा पूmल पनि दिएन, खै यहाँ मेरो सम्मान आदि भनी घुक्र्याएर आफ्नै खर्चमा खास्टो ओढ्नेहरू र निमित्त प्रमुख अतिथि भएर राग अलाप्नेहरू पनि यहीँ छन्, मेरै आँखाका अगाडि । के गर्नु यस्तालाई भदौरे घाममा वीरगन्ज लगेर राडी ओढाउनु पर्ने हो । यो कामचाहिँ अरू कसैले गरेनन् भने म आपैंm गरिदिने विचारमा छु ।

यहाँ राष्ट्र जोडिएकाहरू सबभन्दा बढी सम्मानका लागि लालायित देखिन्छन् । त्यसमा पनि राष्ट्रभक्तभन्दा राष्ट्रभ्रष्टहरू नै अग्र पङ्क्तिमा । वार्षिक, पञ्चवार्षिक वा दशकमा सबभन्दा बढी भ्रष्टाचार गर्नेहरूसमेत आÇनै खर्चमा पा“च तारे होटलमा सम्मान–अभिनन्दन गराउने मुलुकमा अरूको त के कुरा गर्नु । यहा“ प्रायोजित रूपमा सम्मान गराउने मात्र होइन गर्ने भाटहरू पनि कम छैनन् । अहिले यो एकथरीको आजीविकाको भा“डो नै भएको छ । यस्तो कार्यक्रम तपाईंलाई पनि गर्नुपर्ने भए मैलै त्यस्तालाई चिनेको छु सुटुक्क मस“ग सम्पर्क गर्नुहोस्, चिनाइदिन्छु । पछिल्ला दिनहरूमा सम्मान–अभिनन्दनको शैलीमा संशोधन–परिमार्जन भएको छ— सम्मान गरिने लिस्ट तयार गरी निजबाट सहयोगस्वरूप यथोचित रकम असुल्ने र सहयोग गरेबापत सम्मान गर्ने, सहयोग नगर्नेलाई नगर्ने परिपाटी थालिएको छ । हत्तेरिका मेरो बीचबीचमा बरालिने बानीले पनि कहिलेकाहीं गा“ठी कुरै खुस्किन्छ । यसर्थ अब खास कुरातिरै लागौं ।

हालसालकै कुरा हो, एकजना मित्रले तपाईं कविताको विशेष मान्छे आदिइत्यादि भन्दै धेरै अनुनयविनय गरी एउटा कवि सम्मेलनमा आमन्त्रण गरे । त्यहा“ सम्मान कार्यक्रम भएको पनि अवगत गराए । आÇनो बायोडाटामा एउटा सम्मान थपिने लोभले म त्यस कार्यक्रममा गए“ । त्यो कार्यक्रम सा“च्चीकै बयान गर्न लायक थियो । तिथि निधो गरेका, तर थिति निधो नगरेका प्रमुख अतिथि समयमा नआइपुग्दा कार्यक्रम ढिलियो । उनी नआएपछि मैलाई निमित्त प्रमुख अतिथि बनाएर कार्यक्रम थालियो । त्यस कार्यक्रमको पूरै प्रायोजन एक धनाढ्यले गरिदिएको रहेछ, सर्वप्रथम उसैले किनेको माला र च“दुवा उसैका गलामा भिराएर मैले उसको सम्मान गरें । त्यसपछि ऊबाट म निमित्त प्रमुख अतिथि पनि सम्मानित भए“ । पालैपालो सम्मान ग्रहण हु“दै गयो । मायाको चिनु भन्दै एउटा ठेउको पनि बा“डियो । त्यसपछि क्रमशः आयोजक समितिका पदाधिकारीहरू सम्मानित भए । उद्घोषक स्वयंले पनि अनेक विशेषणका साथ आÇनै नाम उद्घोषण गरी मबाटै सम्मान ग्रहण गरिन् । उनीस“ग गला मिलाउ“दा कति मज्जा आयो त्यसको बयान गर्नै गारो छ । त्यस कार्यक्रममा एउटा मायाको चिनु तीन–चारजनालाई समेत पु¥याइयो । यो सम्मान कि अपमान हो ठम्याउन नसकी यसको पुरानो परिभाषा नै फेर्नुपर्ने आवश्यकताबोध गर्दै म घर फर्किए“ ।

टाढैबाट मेरा घरका आ“गनमा निकै भिडभाड देखियो । हस्याङ्फस्याङ गर्दै आइपुगेको त त्यहा“ पनि बालअभिनन्दन कार्यक्रमको आयोजना गरिएको पो रहेछ । टोलछिमेकका केटाकेटी जम्मा गरेर कार्यक्रम सुरु गर्न लागिएको रहेछ । प्रमुख अतिथि कसलाई बनाउने भन्ने कुरामा विवाद चल्दै रहेछ । मलाई देख्नेबित्तिकै उनीहरूले मलाई नै प्रमुख अतिथि बनाएर सर्वप्रथम सम्मान गरे अनि सम्मान गरिने बालकको नाम घोषणा गर्न थाले । म पनि तिनीहरूलाई सम्मान–अभिनन्दन गर्दै गए“ । उनीहरूले जोहो गरेको माला एकजना छिमेकीको सानो तीन वर्षे बच्चालाई पुगेन, रोएर जात्रा । मैले आÇनै माला लगाइदिएर बल्लतल्ल फकाए“ । मलाई लाग्यो— केटाकेटीलाई त सम्मान–अभिनन्दनको यत्रो मोह हुन्छ भने ठूलाको के कुरा ?

त्यसै दिन उता छिमेकमा पनि नारी सम्मान कार्यक्रम रहेछ । त्यसका प्रमुख अतिथिचाहि“ राष्ट्रमै नामी नारीवादी स्वास्नी कुटुवा मनुवा पो रहेछन् । त्यस कार्यक्रमबाट फर्किएकी मेरी स्वास्नीको रडाको सुरु भइहाल्यो । पहिले त कुरा बुझिन“, तर कुराको जडचाहि“ छिमेकका श्रीमतीहरू अभिनन्दित भएका ठाउ“मा आÇनो भएन भन्ने रहेछ । निकैबेर सम्झाइबुझाइ गर्दा पनि उसको गनगन रोकिएन । उसले उग्रचण्डी हु“दै पेस गरेका सम्मान सामग्रीको माग फारम आÇनो आयस्रोतभित्र नपर्ने हु“दाहु“दै पनि स्वीकृत गर्न म बाध्य भए“ । जसैतसै सामग्री जोहो गरी एकदिन दिउ“सै फुर्सद निकालेर आपैmं प्रमुख अतिथि भई घरमै उसलाई अभिनन्दन गरिदिए“ । त्यसपछि हाम्रो ठाकठुक अलि कम भएको छ । तपाईंहरूका बीच पनि ठाकठुक परेको छ भने कारण पक्कै यही हुनसक्छ है, विचार गर्नुहोस्, नत्र पछि पछुताउनु पर्ला ¤
अहिले सम्मान पनि अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय, अञ्चलीय, जिल्लीय, टोलीय, घरीय, आवासीय, गैरआवासीय आदि अनेक ढप र ढा“चाका अनि सम्मानका प्रकार पनि अनेक हुन थालेका छन् । खास्टो सम्मान, मायाको चिनु सम्मान, च“दुवा सम्मान, खादा सम्मान, टोपी सम्मान, कट्टु सम्मान, लगौंटी सम्मान, दुधौरे सम्मान, सिक्री सम्मान, औंठी सम्मान आदि केके हो केके ? नमरी बा“चे कालले सा“चे सम्मानका अरू कति भेराइटी देखिने हो यसै जुनीमा कुनै टुङ्गो छैन । यहा“ सम्मान गर्नेले गरिनेलाई र गरिनेले गर्नेलाई समेत चिन्ने अवस्था छैन । प्रायोजित कार्यक्रम चिनेर साध्यै छैन । एउटाका नामको सम्मान अर्कैले लिए पनि कसैलाई पत्तो हु“दैन । एउटै भाखाको सम्मानपत्रमा सयौं–हजारौंको नाम भरी सम्मान–अभिनन्दन गर्ने परिपाटी पनि फस्टाउ“दो छ ।

यो जतिखेर पनि सम्मान–अभिनन्दनकै कुरा गर्छ, आपूmले नपाएर अरूको रिस गरेको भन्ठान्नु होला, त्यो सोर मात्र होइन पच्चीसै आना गलत हो, नत्र तपाईंकै मासु खाने । मैले जति सम्मान–अभिनन्दन तपाईंले यस जुनीमा त के अर्काे जुनीमा समेत लिन गारै छ । सुन्नुहुन्छ, मैले पाएका सम्मान–अभिनन्दन विवरण, ल सुन्नुहोस् छोटकरीमा ।

देशको कुनाकाप्चामा छरिएर रहेका नवप्रतिभाहरूलाई दिने अभिप्रायबाट विकेन्द्रित ढङ्गले स्थापित पुरस्कार र सम्मानसमेत केन्द्र्रीकृत गराएर एकमुष्ट पारी वयोवृद्ध राष्ट्र गाइनेलाई दिएर सम्मान गरेको कुरा त थाहा होला नि होइन ? नवप्रतिभालाई गरिने सम्मानसमेत आपैmं लिने नकच्चराको औषधी के नै पो हुन्छ र ? अनेकतिरको दोहोरो–तेहरो भत्ता, वृद्ध भत्ता, लत्ता, सत्ता, सम्मान–अभिनन्दन, पुरस्कार आदिका ग्रह–विग्रह सब असुल गरिसकेपछि एउटा गाइने अहिले सरकारी स्रोतमा निजी गा“डी सम्मान लागि मन्त्रालय धाउन थालेको छ रे र मौका परे हेलिकोप्टर सम्मान नै हत्याउन दाउमा छ रे भन्ने सुन्नु भएको छ, त्यो व्यक्ति को हो थाहा छ ? छैन भने सुन्नुहोस्— त्यो व्यक्ति मै हु“ । यस्ता नकच्चरावृत्ति त मस“ग कति छन् कति ? भनेर साध्यै छैन । अहिले म पृथ्वी नै उल्टाउने दाउमा छु र त्यसका लागि पृष्ठभूमि पनि तयार पारिसकेको छु ।

अहिले प्रमुख अतिथिको प्रमुख ठेकेदार म नै भएको छु । मैले नभ्याएका वा खटाएका ठाउ“मा मात्र अरूले अवसर पाउ“छन् । प्रत्येक दिन माला र गाला त कति जोडिन्छन् कति ? म प्रमुख अतिथि हुन भनेपछि हुरुक्कै हुन्छु, त्यसको एउटा कारण पहिले आपैंm सम्मान पाइनु भए पनि खास रहस्यचाहि“ अर्कै छ । भन्न त नहुनेथ्यो, तैपनि भैगो सुटुक्क भनिदिन्छु, जेसुकै होस्— त्यो रहस्य हो कोरलीलाई माला लगाइदिने, हात मिलाउने, धाप मार्ने, काखमा राखेर कानेखुसी गर्ने निहु“ले मुख र गाला जुधाउने आदि । त्यस्ता कोरली प्रायः कार्यक्रममा हुन्छन्, नभएका ठाउ“मा म धेरैबेर बस्दिन“, अर्का ठाउ“तिर हु“इकिइहाल्छु । तिथि भएको तर थिति नभएकोमध्ये पनि प्रमुख र उमेरले पनि वृद्ध भएपछि जे गरे पनि मलाई कतैबाट छोइछिटो लाग्ने कुरै भएन ।

मैले राष्ट्रिय मात्र होइन क्षेत्रीय सम्मान पनि कम लिएको छु र ? पूर्व, पश्चिम, मध्य, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, ईशान जताकाले सम्मान गरे पनि म नपर्ने कुरै छैन । एउटै मान्छे कहीं यस्तो हुन्छ, अब कुरा ढा“ट्न थाल्यो भन्नु होला, सतोसत् तपाईंको मासु खाने ढा“टेको होइन । खाटी कुरा के भने मेरो पैत्रिक घर पूर्व, ससुराली पश्चिम, बसोबास मध्य, उत्तरमा मेरो मितको घर— मितिनी आÇनै, घर पनि आÇनै— दक्षिणमा मेरो दोस्रो ससुराली र कर्मक्षेत्र । यी सबैतिर सम्मान कार्यक्रम गराउन–गर्न र प्रमुख अतिथि हुन मलाई सारै सहज छ । यसका लागि सबैतिर दुईचार धुपौरे छोडेकै छु, कुरो मिलाइहाल्छन् । मैले यी सब ठाउ“मा प्रमुख अतिथि भएर कम्ती सम्मान ग्रहण गरेको छु र ¤ आपूmले मात्र होइन मेची, गण्डकी, बाग्मती, सेती, महाकालीहरूलाई समेत सम्मानबाट रिझाएको छु । कुरो पत्याइनसक्नु छ, तर सत्य भएकाले नपत्याइ धरै छैन ।

यस्तैगरी पूर्वेली वा पश्चिमेली वृद्धहरूको सम्मान भनिएका बेलामा मैले धतुरे पूmलकोे माला र चौंठे खादा थुप्रै पटक ओडेको–ओडाएको छु । त्यसको लगत्तैपछि पूर्वेली वा पश्चिमेली युवाहरूको सम्मान हु“दा पनि केस कल्याएर मेरो गौरवमय उपस्थिति भएकै छ र बुलेत्राका टाटाको माला र खास्टो ओढेकै छु । मध्यक्षेत्रमा खर्पने सम्मान पनि छोडेको छैन । ग्रह–विग्रह जेजे भनेर दिएको भए पनि सिसाको फ्रेम हालेका कागज असुल्न म कहिल्यै पछि परेको छैन । जताबाट जसरी जुन क्राइटेरिया राखेर सम्मान कार्यक्रम गरे पनि म छुट्ने कुरै छैन । आपूm मात्र हो र यी सबैजसो कार्यक्रममा मेरी प्राणप्यारी कालीमैया“लाई पनि सम्मान गराउन पछि परेको छुइन“ । कालीमैया“लाई काखमा राखेर जहाजमा उडेको छु, मोटरमा गुडेको छु, टा“गामा तानिएको छु, रिक्सामा हानिएको छु ... ।

न्याउन्याउ गर्दागर्दै मैले सबै स्तरका सम्मान लिइसकेको छु । अब त घरमा आ“ट्ने स्थिति पनि छैन । अलि ठूलो घर बनाइदिन पनि न्याउन्याउ गरेको छु । हेरौं कहिले बनाइदिन्छ ? यस्ता सम्मान–अभिनन्दन गराउ“दागराउ“दै र ताली बजाउ“दाबजाउ“दै अपुतालीकै रूपमा भए पनि राष्ट्र जोडिमाग्ने मेरो भित्री मनसाय पूरा भई थप भत्ता कुम्ल्याउन पाएकोमा हर्षले गद्गद छु । अब त जतिसुकै राष्ट्रघात गरे पनि राष्ट्रवादीमा दरिइहालिन्छ बस । अब त गलामा पृथ्वी झुण्ड्याउने तीव्र इच्छा छ, त्यो कहिले हुन्छ, थिति मिलाइसकेको छु, तिथि टुङ्गो लाग्न बा“की छ, टुङ्गो लाग्नेबित्तिकै तपाईंले थाहा पाइहाल्नु हुनेछ ।

अहिले त चाडबाडमा ससुरालीबाट निम्ता आउ“दा पनि घुमाइफिराइ सम्मान–अभिनन्दनकै प्रस्ताव पारित गराउ“छु । अब त त्यहा“ पनि बुझिसके सम्मान–अभिनन्दन कार्यक्रम नभए मेरो उपस्थिति ह“ुदैन भन्ने । म गएपछि सालीबाट मायाको चिनु सुटुक्क लिन पनि भुलेको छैन, अलि लाज मान्दै भए पनि मायाको चिनु दिन्छे मोरी ।

कहिले ड्राइभर सम्मान, कहिले खलासी सम्मान, कहिले आवासीय सम्मान, कहिले गैरआवासीय सम्मान, कहिले पूर्वेली सम्मान, कहिले पश्चिमेली सम्मान बाफ रे बाफ केके सम्मान, केके सम्मान ¤ यी सबमा मेरो भने प्रत्यक्ष संलग्नता रहेकै छ । मलाई जसले जे नामबाट जसरी सम्मान गरे पनि, सम्मानपत्रमा विग्रह नै लेखे पनि, पे्रmममा हालेर वा नहालेरै दिए पनि दान सम्झी हात थाप्न म कहिल्यै चुकेको छैन र चुक्ने कुरा पनि भएन । यस्तैयस्तैमा म ठाउ“ठाउ“ जोकर पनि बनाइएको छु, तर त्यसप्रति पनि छैन मलाई कुनै गुनासो ।

अहिले सम्मान–अभिनन्दनमा पनि तीव्र प्रतिस्पर्धा चल्न थालेको छ । पूर्वेलीहरूले गाला जोडेर टोपी र धुसुरेको मालाबाट सम्मान गरेको अवस्थामा पश्चिमेलीहरू अर्कै नया“ तरिकाको खोजी गरी छाला काढ्ने सुरमा छन् भन्ने सुन्छु, त्यसमा चाहि“ उपस्थित हुने नहुनेबारे सोच्दैछु ।

पश्चिमेलीहरूले राडी ओढाएर सम्मान गरे पनि हुन्छ । राडीको व्यापार पनि बढ्ने, नौलो प्रयोग पनि हुने, तर राडी सम्मान प्रचलनको सुरुआत गर्ने रहरचाहि“ मलाई छ र शीघ्र यसको थालनी गर्ने विचार गर्दैछु, इच्छुक महानुभावले पा“च हजार सहयोग राशिसहित सम्पर्क गर्नु होला भन्ने नोटिस जारी गर्ने सोच्दै थिए“ । यत्तिकैमा—‘सामूहिक अभिनन्दनका लागि पश्चिमेली खलासीहरूले तुरुन्त निवेदन दिनुहोला । प्रथम दसलाई मान्द्रे राडी ओढाएर सम्मान गरिनेछ’ भन्ने जरुरी सूचना पश्चिमेलीहरूका नामबाट प्रसारित भयो । यो सुनेपछि सम्मान प्रायोजन गरेर रेकर्ड बनाउने मेरो इच्छा सम्मान गरिएर भए पनि पूरा गर्ने ठानी दसजनाभित्रै नाम लेखाउन लागें र अन्त्यमा राडी ओढेरै छाडें ।

देख्नुभो मेरो सम्मानको लहरो कताकता पैmलिएको र’छ । यस्ता चुकुल खुस्काउन र जोड्न मलाई जित्ने मान्छे यस धर्तीमा अहिलेसम्म जन्मिएको छैन । कोही छ ? मैले त वरत्रका लागि मात्र
होइन परत्रका लागि पनि पूरै बन्दोबस्त मिलाइसकेको छु । मैले प्रमुख अतिथि भएर आपूm कति सम्मानित भए“ र कति षोडषीलाई माला र खास्टो ओढाएर आलिङ्गन गरें त्यसको लेखाजोखै छैन । अब त आपूm सम्मानित ह“ुदाभन्दा पनि नारीहरूलाई सम्मान गर्दा बढी सन्तुष्टिको अनभूति गर्न थालेको छु । अस्ति भरखरै बुढानीलकण्ठको जङ्गलमा प्रमुख अतिथि भएर पिकनिक गएको र चुस्की तान्दै कोरलीस“ग सा“प्रो जोडेको क्षण मेरा मनमस्तिष्कमा ताजै छ, बासी हुन पाएकै छैन, होस् पनि कसरी ?

कति राष्ट्रघातीलाई सम्मान गरेर राष्ट्रवादी बनाइयो, कतिलाई सम्मान गर्ने सर्तमा पदासीन गराइयो, कतिलाई दोसल्ला ओढाएका भरमा पदोन्नति गरियो यसको लेखाजोखा नै छैन । यो त छोटो विवरण मात्र हो, प्रायोजित रूपमा मिलाएका सम्मान–अभिनन्दनको त हिसाब गरेर साध्यै छैन । एक दिन टिभी क्यामेरा लिएर आउनुहोस् त मेरा सम्मानपत्र गन्न तपाईंलाई कति समय लाग्दो रहेछ, तर अन्तर्वार्ताका लागिचाहि“ कोरली पठाउनु होला है, म त नारीवादी मान्छे, पुरुषको स्वर पटक्कै मन पर्दैन ।

लौ अब भन्नुहोस् त मैले सम्मान–अभिनन्दन नपाएर यसो भनेको हो र’छ त, कहा“ हुनु नि ¤ मैले सम्मान नपाएर होइन, पाउ“दापाउ“दा वाक्कदिक्क भएर यी सब कुरा भनेको हो । श्री पशुपतिनाथ अपमानित हुन थालेका मुलुकमा हामी मनुवा कति दिन सम्मान र अभिनन्दन ग्रहण गर्ने ? यसर्थ हे पशुपति, गुहृयेश्वरी, दक्षिणकाली, उत्तरकाली, मध्यकाली यस देशलाई सम्मानरूपी अजीर्ण रोगबाट मुक्ति देऊ, सम्मानलाई वास्तविक ट्य्राकमा ल्याइदेऊ, अब मेरा जति सम्मान कसैलाई नदिलाऊ । प्रमुख अतिथि भएको र सम्मान पाएको मेरो राष्ट्रिय रेकर्ड अरू कसैले तोड्न नसक्ने बनाइदेऊ । कतै कसैबाट मेरो राष्ट्रिय रेकर्ड तोड्न–तोडाउने काम भएमा म त मरिहाल्छु नि ¤ अब एउटा मात्र भए पनि अन्तर्राष्ट्रिय जोडिएको सम्मान दिलाइदेऊ, त्यो ग्रहण गर्न म नर्कलोक जान परे पनि तयार छु

अ“, मलाई छिटै वृद्ध भएकोमा एक मनमा चिन्ता छ भने अर्को मनमा यति धेरै जीवित भएकोमा खुसी पनि छ । चार कोरी पार गर्दा पनि सोर वर्षे जवानीजस्तो यति विघ्न चर्तिकला देखाउन, प्रमुख अतिथि हुन र भएनभएका सम्मान गर्न–गराउन पाइया छ, राष्ट्रिय रेकर्ड बनाइयाछ । यो कम्ती खुसीको कुरा हो र ¤ जो कोहीको यस्तो भाग्य कहा“ हुन्छ ? यमराजले निम्तो गर्दा पनि पृथ्वी झुण्डाएर मात्र आउ“छु भनी बिन्ती बिसाएको छु । त्यो पाएपछि अर्कै कुनै जुक्ति गर्नुपर्ला ¤ निकै बा“चेर थप चर्तिकला गर्ने मनसुवा अभैm बा“की नै छ ।

मनुवाको मात्र के कुरा पशुपंक्षीमा समेत सम्मान–अभिनन्दन प्रकरण तीव्र रूपमा विकसित भएको घटना मेरै आ“खाले देखेको छु । एकदुईवटा सुन्नुहुन्छ ? एकदिन पशुपति पुगेको मात्र के थिए“, त्यहा“ अरू दिनभन्दा भिन्न ढङ्गले बा“दरको जमघट देखेर सुरुमा छक्क परें, तर म बानी परिसकेको मान्छे, कुरा बुझिहालें । त्यहा“ पनि सार्वजनिक सम्मान–अभिनन्दन कार्यक्रम रहेछ । चारपा“च माउ–बच्चा बा“दर–बादर्नी भेला भई यताउता हेर्दै प्रमुख अतिथिको प्रतीक्षा गरिरहेका थिए । प्रमुख अतिथि निर्धारित समयभन्दा ढिलो आउने प्रचलन पुख्र्यौली भएको कुरा त्यस बा“दर अभिनन्दनले पनि देखाउ“थ्यो । यत्तिकैमा गौशालातिरबाट एउटा वृद्ध बा“दर हस्याङ्फस्याङ् गर्दै त्यहा“ आइपुग्यो । उपस्थित सब बा“दरले कर्तल ध्वनिका साथ उसको स्वागत गरेपछि थाहा भयो प्रमुख अतिथि त्यही रहेछ । स्वयम्भूमा प्रमुख आतिथ्य ग्रहण गरी फर्कंदा ट्राफिक जामका कारण उसलाई त्यहा“ आइपुग्न ढिलो भएको भनिए पनि खास कारणचाहि“ कोरली बा“दर्नीस“गको मस्कामस्की रहेको कुरा मैले बुझिहालें । त्यही बेला एउटी महिला पूजा थाली लिएर मन्दिरतर्पm लम्कि“दै थिई, उद्घोषक बा“दर्नीले बुरुक्क उफ्रेर उसका थालीको माला र गलाको खास्टो तानेर ल्याई । महिला यताउति हेर्दै कराउन नभ्याउ“दै त्यो माला र खास्टो वृद्ध प्रमुख अतिथिको करकमलबाट कोरली बा“दर्नीका गलामा परिसकेको थियो । प्रमुख अतिथि वृद्ध बा“दर र सम्मानित कोरली बा“दर्नी मुखामुख गरेर दा“त ङिच्याउ“दै फुुत्त उफ्रेर रूखको हा“गामा बसी अङ्कमाल गर्दै थुतुनु र पुतुनु जुधाउने सुर कस्न थाले । त्यो महिला मूकदर्शक भई । सभा विसर्जन भयो । म पनि हि“डें ।

त्यस्तै अर्को दिन बेलुकातिरको कुरा हो, कागहरूको राष्ट्रिय सम्मेलन कीर्तिपुर गार्डेनमा रहेछ । कागहरूको व्यापक उपस्थिति र सुरक्षा प्रबन्धले त्यही कुरा जनाउ“थ्यो । त्यहा“ काले, झाले, माले, अरिंगाले, हल्ल“ुडे आदि सबै जातका कागहरू जम्मा भइसकेकाले त्यो सम्मेलन सर्वदलीय र सर्वपक्ष्ँीय भएको कुरा बुझ्न कठिन थिएन, तर त्यो स्थिति धेरैबेर रहेन । कागहरू पूर्वेली–पश्चिमेली, सत्तापक्ष–प्रतिपक्ष आदि अनेक भागमा विभाजित भई सम्मान गरिनेको सङ्ख्या बा“डफा“डमा झगडा गर्न थाले । सर्वपक्षीय सहमति मुताबिक बोलाइएका प्रमुख अतिथि मध्यक्षेत्रका गिद्धराजलाई उचित सुरक्षा प्रबन्धका कारण कार्यक्रम स्थल आइपुग्न सम्भव भएनछ र निमित्त बनाएर पठाइएको लाटोकोसेरो आइपुग्यो । ऊ आइपुग्नेबित्तिकै कार्यक्रम सुरु भयो । त्यस भेलाले राष्ट्रिय नेतृत्व चयन गर्ने र कागिनीले दक्षिण फर्किएर कराएवापत सम्मान गरिने कार्यक्रम रहेछ । एउटा के हो विमोचन गरेपछि सम्मान कार्यक्रम थालियो । सिकारु गाइनेलाई मञ्चमा उभिएर कागे स्वरमा एउटा गीत गाउनेबित्तिकै खास्टो ओढाएर सम्मान नगरे मुर्मुरिएर अर्को पटकदेखि कागेगीत गाउ“दिन भनी घुक्र्याउने युगमा पंक्षीमा त्यस्तो हुनु सामान्य ठानी म त्यहा“बाट हिंडे ।

यस्तै बज्रवाराही मन्दिरमा हालसालै सम्पन्न परेवाहरूको राष्ट्रिय सम्मेलन तथा सम्मान कार्यक्रम हु“दै गरेको पत्तो नपाएर मन्दिरको गेटमा फोटो खिच्दै गरेको हाम्रो टोलीलाई परेवाहरूले एकमुष्ट बिस्ट्याएर दुई टनजतिको बमवर्षा गरेको घटना मेरा मस्तिष्कमा अभैm ताजै छ । त्यो पनि तिनीहरूको नेतृत्व चयन र सम्मानमा गोलमाल भइरहेको वेला हाम्रो उपस्थितिले त्यस्तो भएको भन्ने कुरा बुझियो आजकाल कुनै जनावर वा मनुवाको जमात देख्ने बित्तिकै त्यहा“ सम्मान–अभिनन्दन कार्यक्रम रहेछ भन्ने लागी आ“खा त्यतैतिर सोझिहाल्छ । सम्मानसूचक मालाको स्तर पनि घटेर कागजी पूmलमा सीमित हुनपुगेको छ । कसैलाई चाहिए मकहा“ कागजी पूmल जत्ति छ, सम्पर्क गर्नु भएहुन्छ ।
आजको उत्तरआधुनिक जमानामा सुटुक्क पैसा लिएर एकल वा सार्वजनिक सम्मान–अभिनन्दन गर्नु–गराउनुभन्दा एउटा सम्मान–अभिनन्दन ब्युरो स्थापना गरी निर्धारित रकम लिएर त्यसै ब्युरोमार्पmत सम्मान गराई सम्मानलाई लिगलाइज गर्नु राम्रो हुन्छ । वास्तवमा यस्तो सम्मान ब्युरोमार्पmत पूर्वेली–पश्चिमेली, आवासीय–गैरआवासीय, अकुत धनराशि जोड्न सक्षम–अक्षम, जग्गावाल–मोही आदि जजसलाई जुन दिन मन लाग्यो त्यस दिन सम्मान गर्न सजिलो पनि हुन्छ । अहिलेका पेसेवर सम्मान–अभिनन्दन गर्ने–गराउनेहरूले इलिगल रूपमा नगरी लिगलाइज गर्नेतर्पm तु कदम चाल्नु वाञ्छनीय देखिन्छ ।

अब मान्छेका तहमा सार्वजनिक बाटोमा हि“डिरहेका व्यक्तिलाई समातेर चन्दा असुली माला लगाइदिएर तथा पशुका तहमा गु खाइदिएबापत सु“गुरलाई, भारी बोकिदिएबापत गधालाई, मुसा खाइदिएबापत बिरालालाई, मोमो दिएबापत रा“गारा“गीलाई मात्र सम्मान–अभिनन्दन गर्न बा“की छ । यो बा“की कार्य पनि धेरै दिन बा“की नराखी विश्वमै सम्मान–अभिनन्दन गरिने देशहरूका कोटिमा नेपाललाई अग्र पङ्क्तिमा पु¥याएर अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरी राष्ट्रिय गौरव बढाउन पनि ढिलाइ नगर्ने हो कि ?

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 18 चैत्र, 2066

लेखकका अन्य रचनाहरु