नेपाली साहित्याकाशका चम्किला तारा वासु शशी

- प्रद्युम्न जोशी

जीवन बुझ्न कविता बुझ्नर्ुपर्छ,
कविता नै जीवन बुझ्ने सुन्दरतम् साधना हो,
-बासु शशी

प्रसिद्ध कवि एवं नाटककार वासु शशीको जन्म वि.सं. १९९३ चैत १३ गते पशुपतिको जयवागेश्वरीमा भएको थियो । नेपाली भाषा साहित्यमा उनले निरन्तर दिएको योगदान सधैँ अविस्मरणीय रहेको छ । कवि शशी सधैँ हँसिलो, फर्ुर्तिलो, रातोपिरो अनुहार, साना केटाकेटीदेखि बूढाबूढी हरक्षेत्रका मानिससँग मिलनसारका व्यक्तित्वका धनी थिए । बहुमुखी प्रतिभाका धनी वासु शशी नेपाली साहित्याकाशका एक चम्किला तारा हुन् । शशीले साहित्यका हरेक विधामा कलम चलाएर साहित्यिक परिवेशलाई फराकिलो बनाउन उल्लेखनीय योगदान पुर्‍याएका छन् । नेपाली साहित्यमा उत्कृष्ट नाटक, कविता, गीत, उपन्यास, मुक्तक, नेवारी नाटक, अनुवाद एवं सम्पादनसहित दर्ुइ दर्जनभन्दा बढी विभिन्न साहित्यिक रचनाहरू दिएर नेपाली साहित्यिक गरिमालाई माथि पुर्‍याउन दिएको योगदानलाई हामी कहिल्यै बिर्सन सक्दैनाँै । उनी आज हाम्रो सामु छैनन् तर उनले छोडेर गएका अमूल्य साहित्यिक कृतिहरूले भने उनको उपस्थितिलाई सधैँ ताजा राखेको अनुभव हुन्छ । नेपाली साहित्यमा शशीको बेग्लै परिचय छ । उनले मानवीय संवेदनालाई नजिकबाट बुझेर कविताहरू लेखेका छन् । शशी मानिसका पक्षमा गहिरेर कविता लेख्ने कवि हुन् । सरल र सबैले बुझ्ने गरी कविता लेख्ने उनी स्वतन्त्रतालाई सधैँ सम्मान गर्थे । यही कारण २०४६ सालको जनआन्दोलनमा कवि शशीले आफूलाई पर्ूण्ारूपमा होमेका थिए । शशीको सक्रियताले नेपाली कविहरूको प्रतिनिधित्वमा बल पुगेको थियो । २०४६ सालको आन्दोलनमा यो एउटा उल्लेख्य पक्ष थियो । शशीले प्रजातन्त्र, स्वतन्त्रता र मानवीय खुल्लापनको पक्षमा आफ्ना कविताहरू, नाटकहरू, गीतहरू मार्फ सधैँ आहृवान गरिरहे । शशीलाई हार्दिक स्वभाव भएका कविको रूपमा सधैँ लिइन्छ । उनी आफ्ना नाटकहरूमा, कविताहरूमा र गीतहरूमा सधैँ मान्छेलाई आउने दुःख र समस्याका समाधान गर्नुपर्ने अवस्थालाई उतार्न नै लागिपरे । मान्छेलाई माया गर्नुपर्छ भन्ने भावनालाई उनको ध्यान केन्द्रित रहेको पाइन्छ । उनको चर्चित नाटक "बाँसुरीमा नअटाएका धुनहरू" उत्कृष्ट सामाजिक नाटक थियो । यस्तै "फूल ओइलाएपछि" भन्ने यौन मनोविज्ञानमा आधारित उपन्यासले नेपाली समाजको नहेरिएको पक्षलाई खोतल्ने प्रयास गर्‍यो । शशी राम्रा लेखक हुन् भन्ने राम्रो उदाहरण हो "पानी गल्दैन" भन्ने काव्य कृति । यस कृतिमार्फ उनले मातृवात्सल्यको चर्चा गरेका छन् । उनका फुटकर कविताहरू पनि निकै लोकप्रिय छन् । "बीसौं शताब्दीको गीत" 'बच्चा खाने देशको कविता' मानिसले मानिसलाई नबिगारे पनि हुन्थ्यो । "देश अर्थात् देश खोई", "तिमी महान् छौँ" र बालकजस्ता उनका विशिष्ट कवितामा उनको लेखनशैलीबारे जानकारी पाइन्छ । मानवीयतालाई सधैँ महव दिने शशीको स्वभाव पनि लगभग त्यस्तै थियो । प्रकृतिका उपलब्धि मान्छेको हितका लागि प्रयोग हुनर्ुपर्छ भन्ने धारणा उनमा रहेको हामी पाउँछौं । शशीको चिन्तन सधैँ प्रजातान्त्रिक, उदारता र खुलापनमा नै केन्द्रित रहृयो । थुप्रै नयाँपुस्ताका कविहरूलाई उनले सधैँ प्रेरणा दिने काम गरे । प्रायः शनिवारका दिनमा उनी आफ्ना घरमा नयाँपुस्ताका कवि/लेखकहरूलाई बोलाउँथे र कविता वाचन गर्न लगाई आफू सुन्थे । यसबाट थाहा हुन्छ उनको नयाँ सीप, शैली र पुस्ताप्रतिको सम्मान र आकर्षा । शशीको अनुवाद क्षेत्रमा पनि उल्लेखनीय योगदान रहेको छ । उनी प्रज्ञाप्रतिष्ठानमा आबद्ध रहँदा अनुवादको काममा पनि लागिपरेका थिए । यस्तै, नेवारी नाटक "ताचाँ प्वायँ" उनको उल्लेखनीय कृति मानिन्छ । शशीले रेडियो नाटक, टेलिफिल्म, चलचित्र कथा, पटकथा लेखनमा पनि छुट्टै इतिहास बनाएका छन् । ती सबै नाटकलाई सङ्गृहीत गरी प्रकाशन गर्नु हाम्रो दायित्व र जिम्मेवारी बनेको छ । बहुमुखी प्रतिभाका धनी कवि शशी बितेका आज १४ वर्षभइसक्यो । यी अमर साधकले देखाएको बाटो नेपाली साहित्यका लागि उल्लेखनीय छ । नयाँपुस्ताले उनको सोच र चिन्तनलाई ग्रहण गर्न सके नेपाली साहित्यले गुणात्मक गति प्राप्त गर्ने कुरामा विश्वास गर्न सकिन्छ ।

प्रचारभन्दा सिर्जनामा बढी विश्वास गर्ने शान्ति, सौहार्द र मानवीय शक्तिलाई सर्वोपरि ठान्ने, त्यो शक्तिको जगर्ेना गर्नुपर्छ र हौसला दिनर्ुपर्छ भन्ने सन्देश आफ्ना साहित्यिक अभिव्यक्ति एवं व्यवहारमा समेत सधैँ देखाइरहने मानवतावादी कवि शशीका भावनालाई निरन्तरता दिन उनको अवसानपश्चात् वि.सं. २०५० मा प्रसिद्ध कथाकार परशु प्रधानको अध्यक्षतमा "वासु शशी स्मृति परिषद्" को गठन गरिएको थियो । नेपाली साहित्यको विकास र सर्म्बर्द्धन गर्नुको साथै शशी र अन्य साहित्यकारका कृतिहरूलाई प्रकाशन गर्ने प्रमुख उद्देश्य लिएर स्थापित परिषद्ले युवापुस्तालाई प्रोत्साहन र परिचित गराउने कार्यमा अगाडि बढिरहेको छ । साथै नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनुहुने साहित्यकारहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरी साहित्यलेखनमा हौसला बढाउने कार्य परिषद्ले गर्दैआएको छ । यसैगरी "वासु शशी स्मृति ग्रन्थ" प्रकाशनसमेत हालसम्म २० वटा पुस्तक प्रकाशन, साहित्यिक स्रष्टाहरूलाई सम्मान र छ त्यस्तै कवि विनोद अश्रुमाली -२०५७), साहित्यकार मञ्जु काँचुली -२०५८), कवि एवं कथाकार बद्री पलिखे -२०५९), कवि एवं गीतकार गणेश रसिक -२०६०), कवि एवं गीतकार हेम हमाल -२०६१) र कवि विश्वमोहन श्रेष्ठ -२०६२) लाई "वासु शशी स्मृति पुरस्कार" बाट सम्मानित गरिसकेको छ । परिषद्को पहलमा कवि शशीको निवास जाने बाटोलाई काठमाडौँ महानगरपालिकाले "वासु शशी गल्ली" नामकरण गरिसकेको छ भने रवीन्द्र ज्यापूले तयार गरेको सालिक पशुपति क्षेत्रको उपयुक्त स्थानमा राख्नको लागि पहल भइरहेको छ । कवि शशीको साहित्यमा मात्रै होइन सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रमा पनि त्यत्तिकै सक्रियता थियो । एउटा सामान्य मान्छे मर्दा उसका छोराछोरी, घरपरिवार मात्र टुहुरा हुन्छन् तर समाजको एउटा सिर्जनशील र सम्मानित व्यक्तिको मृत्युले समाज नै टुहुरो हुन्छ । यो वास्तविकता कसैमाथि लागू हुन्छ भने वासु शशीमाथि लागू हुन्छ ।


प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु