यन्त्रवत् १

- कृष्ण बजगाईं

आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो। भीडका मानिसहरु बडो आश्चर्य मान्दै त्यहाँ देखिएको दृष्यको मजा थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो । बेलाबेलामा अनौठो आवाज निकालेर मानिसहरुलाई बोलाउँथ्यो । भीडका मानिसहरु त्यसलाई विज्ञानको उच्चतम आविष्कार ठानी आश्चर्यचकित भएर हेरिरहेका थिए ।

भीडका सबै मानिसहरु त्यस यन्त्रमानवलाई नजिकैबाट नियालिरहेका थिए । कोही त्योसँग बडो आरामले हात मिलाइरहेका थिए । कोही अचम्म मानेर सुमसुम्याईरहेका थिए । कोही सँगैबसी फोटो खिचाइरहेका थिए । भीडका केही वृद्ध-वृद्धा भगवानको आधुनिक अवतार ठानी त्यस यन्त्रमानवको चरण स्पर्श गरिरहेका थिए ।

मानिसहरुको भीड निक्कै बढिसकेको थियो । एक्कासी यन्त्रमानवले मानव आवाज निकाल्यो । “खानका लागि दुई-चार रुपैयाँ पाउँ हजुर” भन्दै यन्त्रमानवले भीडमा हात पसार्‍यो । भीडका मानिसहरु अचम्मित भए ।

"कसरी यन्त्रमानव मान्छे झैं बोल्न सक्छ - यन्त्रमानवलाई पैसाको के काम "। भीडका मानिसहरु प्रश्न-प्रतिश्न गर्न थाले । यन्त्रमानवले मीठो आवाजमा भन्यो -“यस आधुनिक जमानाको यो आधुनिक शहरमा मैले भिख माग्ने तरिका मात्र परिवर्तन गरेको हुँ । वास्तवमा म हजुरहरुजस्तै मान्छे हुँ ।” उसको यस्तो कुरा सुनेपछि भीडका मानिसहरु यन्त्रवत् भए ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 चैत्र, 2066

लेखकका अन्य रचनाहरु