झाँगो

- मदन र्राई

सग्लोमा सबै खुसी हुन्छ मनहरू
धमिलोमा सबै दुःखी हुन्छन्
सङ्लो पानीको आवाज
सङ्गीतमय हुन्छ झाँगो,
तर,
धमिलो पानीको झाँगो
त्रासमय हुन्छ
डरलाग्दो हुन्छ ।
उसको आवाजहरूमा
रहर होइन
आक्रोसहरू बग्दछ
घामछायाँमा
सप्तरङ्गी इन्द्रेणी होइन
कालकुटका विषहरू
वान्ताहरू उर्लिन्छन् ।

त्यसकारण
मलाई
सङ्लो पानीमा
नानीहरू
रमाइरहेको हर्ेन मन लाग्छ ।

सुख्खा बन्जर भूमि
सिँचाइ गर्न
बनाइएको -फर्काइएको)
सुलुलु... सुलुलु......
शान्त मलिन चालमा बग्ने
कान्ला लामुनिको कुलोको आवाज
मलाई मनपर्छ ।

आफ्नै वेगमा
आफ्नै गन्तव्यतर्फअविरल बग्ने
खोलाहरूमा
धान फल्ने खेतका
निर्दोष चपरीहरू ल्याएर
भङ्गालाहरू छेक्ने र
पानी धमिल्याउने
निकृष्ट हातहरू
ती स्वार्थी औंलाहरू,
कतै खोलाका सिरमा
चोटग्रस्त
पैरो गयो भने
खोलामा बाढी आयो भने
निरीह असला माछाहरूको
कुरहरू बिगारिदिन्छन् र,
आफू भागेर
अर्को गाउँको
सहारामा पुगेका हुन्छन्

उनीहरू -स्वार्थी) को
कुनै ठाउँ हुँदैन
ठेगाना हुँदैन
केवल स्वार्थ मात्र हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु