सौन्दर्य र समानता

- कपिल लामिछाने

मुलुकमा समानताका कुरा खुबै चल्न थालेका थिए । त्यसमा लैङ्गिक समानता पनि एक थियो । हरेक कुरामा समानताको प्रश्न उठ्थ्यो । यस्ता प्रश्न उठ्नु समाज–विकासका दृष्टिले स्वागतयोग्य कुरा हो ।
चिकित्सकहरूले यसको परीक्षण गर्ने निधो गरे ।

उनीहरूले साना बालबालिकालाई एक्लै स्वतन्त्र रूपमा खेल्न छाडिदिए ।
केटी दुलही बनी, केटो दुलाहा बन्यो । केटाले सामान जुटायो, केटीले खाना पकाई । केटाले पहिले खायो अनि केटीले खाई र जुठोभाँडो गरी । खेल चल्दै रह्यो ।
त्यसपछि उनीहरूले समान उमेर र तौलका युवा–युवतीलाई छाने । तिनलाई समान तौलको भारी बोकेर निश्चित ठाउँमा पु¥याउन भने । दुवै एउटै समयमा भारी बोकेरै पुगे ।
– गुड † चिकित्सकहरू खुसी भए ।
अनि उनीहरूले समान उमेर र तौलका युवा र युवतीलाई समान दुरीसम्म रित्तै दगुर्न भने । दुबै दगुर्न थाले । युवतीलाई हिल चप्पलले अल्झायो । उसले जुत्ता लगाई । फेरि दगुर्न थाले । सारीले अल्झायो । उसले कुर्ता–सुरुवाल लगाई । अनि फेरि दगुर्न थाले । चुन्नीले अल्झायो । उसले युवकले जस्तै पैन्ट र टिसर्ट लगाई । अब त अल्झाउने केही छैन नि ?– युवकले सोध्यो ।
अब त छैन ।– युवतीले भनी ।
– त्यसो भए अब दगुरे हुन्छ ?
– हुन्छ ।
उनीहरू दुवै सिठ्ठीको सङ्केतका साथ पुनः एकसाथ दगुर्न थाले ।
एकैछिन पछि युवती लत्रिन थाली । पछि पर्न थाली ।
युवक रोकियो ।
उसले भन्यो– अब केले अल्झायो ?
युवतीले भनी– हिल चप्पलले अल्झायो, त्यो फालें । गुन्युचोलाले अल्झायो, त्यो पनि फालें । कुर्ता–सुरुवालले अल्झायो । त्यसलाई पनि हटाएँ, तर ...
के तर ? – युवकले बीचैमा सोध्यो ।
युवतीले अलिक लजाउँदै भनी– छातीमा जो एक जोर सौन्दर्य छ त्यसलाई त पन्छाउन मिल्दैन नि । ....
चिकित्सकहरू खुला कारमा बसेर फलो गर्दै थिए ।
उनीहरूले भने– त्यसो भए निष्कर्ष यही निक्ल्यो कि हरेक कुरामा समानता खोज्नु प्रकृतिसम्मत छैन । त्यसको एउटा सीमा हुन्छ । अरूले स्वीकृतिको टाउको हल्लाए ।


प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 फागुन, 2066

लेखकका अन्य रचनाहरु