चरित्र

- होमशंकर बास्तोला

प्रजातन्त्रको माग गर्दै बस्तीबस्तीमा जनताद्वारा नारा घन्किरहेको थियो । स्वतन्त्रता भनेपछि कन्सिरी तात्ने रामप्रसादको दिमाग भने प्रतिगमन प्रवृत्तिले जरा गाडेको थियो । जनता स्वतन्त्रताको माग गर्दै सडकमा नारावाजी गरिरहेका थिए । उसको घर मूलसडकछेउमै रहेको र ऊ नारावाजी गरिरहेको जुलुसतिर फर्केर मनमनमा सोच्दै थियो- 'मान्छे कति मर्ूख ! सामान्य जनता तातो घाममा सडक तताउँछन् तर सत्ता पलटपछि सत्ताको ऐस आराम गर्ने भनेका नेताहरू न हुन् । जनताले के पाउँछन् र - पुलिसले पनि कुट्ने र दमन गर्ने उनीहरूलाई नै त हो नि । नेतालाई त कहाँ छुन्छ र -' 'रामप्रसाद दाइ, लाखौं जनता उत्रंदा पनि तपाईं भने कतै देखिनु भएन नि - कतै तपाईं पनि निरङ्कुशतावादीको र्समर्थक त हुनुभएन -'- सडकतिर हेरिरहेका रामप्रसादलाई छिमेकीले प्रश्न गर्‍यो । 'भाइ, तपाईंहरू कति मर्ूख हुनुभएको ! सडकमा उत्रँदा नै आकाश खसाल्छु भन्ने सोच्नुभएको छ कि के हो - भो भो मर्ूख भएर नसोच्नोस् । फलामलाई आगोले त हतपत गलाउन सक्दैन, नाथे ब्यानर बोकेर सडकमा उत्रँदा कोही डराउँछ -'- रामप्रसादले विरोध जनायो । भोलिपल्ट एकाएक निरङ्कुशतावादीले घुँडा टेकेर जनताको माग पूरा भयो । राति नै लाखौं जनता खुसियालीमा सडकमा उत्रिए । उक्त जुलुसको अग्रभागमा ऊ नै रामप्रसाद पार्टर्ीीे झण्डा बोकेर स्वतन्त्रताको वकालत गरिरहेको थियो ।
-दुवेकोल-७, खोटाङ


प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु