ग्राङ, चाङ र हिउँदे आशा

- पुण्यप्रसाद भट्टर्राई

एकाबिहानै लाङटाङ नटल्कदै,
हाकुमा डोल्माहरूले दुधेरो नपखाल्दै
हिजोको गृहकार्य बिर्सर्ेेचाङले क्षितिजतिर नियाल्यो
आज बादल छैन, पहिरो झरेन
पोहोरझैँ यसवर्षअसार लागेन

धुन्चे त्यसरी कहिल्यै तातेन
ऊ कहिल्यै त्यसरी गुटुमुटु भएन
जब ग्राङको पहिरो र्झछ
तब एउटा 'कुइरे' बाट पचास रुपियाँ र्झछ
यात्रीको तातो भारी, कहाँ लाङटाङको चिसो -
भरखर दूध छाडेका चाङ र डोल्माहरू
त्यहाँ कसरी विद्यालय जाऊन् त
सिंहदरबारको टावरले त्यहाँ रेडियो त बज्दैन
नाकबाट लामा लामा सिंगानका लप्काहरूले
यात्रीका क्यामेराभरि जीवन साटेका छन्
चाङहरू ग्राङको भीरमा 'कुइरे' भरि
पचासका नोटहरू देख्छन्
मानौ डँडाल्नोभरि भार र खोकन
पूरै जिन्दगी हो, मृत्यर्ुपर्यन्तको उपज हो
आफ्नै नाम बिर्सर्ेेबाटोभरि बोलाउन यात्रीले दिएको नाममा ऊ गजक्क छ
नाम किन चाहियो, इतिहास किन चाहियो -
नागरिकता र जिन्दगी नै किन चाहियो -
शरणार्थी जीवनमै पनि दरिलो गाँस महवपर्ूण्ा छ
आफ्नै भाषा किन चाहियो, 'हेल्लो' भरि जीवन रत्तिएको छ

सडकको इतिहास यात्रामा
ऊ कहाँ सामेल थियो र -
सडक उस्तै थियो, सङ्र्घष्ा उस्तै थियो
उज्यालोमा त उसले आमाको लाम्टा पनि चुस्न पाएन
उसको उज्यालो त तारैतार ओरालो बगिसकेको छ
उसलाई यति थाहा छ, यो यस्तै हो, स्वाभाविक छ
भोग्नु उसको नियति नै हो
सिंहदरबारमा बर्सर्ेे खनेको सडकले
राम्चे, हाकु र थुमनहरूको भोकमरी मेटेन
बिचरा चाङलाई के थाहा -
विद्यालय नगई-नगई
ऊ एक हिउँद कुरेर बसेको छ
अर्को वषर्ात् भेट्न र
खोकन, काँधभरि भिरेर
निरन्तर-निरन्तर यात्रा भर्न ।

-इलाम, हालः धुन्चे, रसुवा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 4 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु