क्यान्टोनमेन्ट

- हरिहर खनाल

१३ फेब्रुअरी २००८
“बिहानैदेखि दिन घुम्मिएको छ । आकाशमा बादलका मुस्लाहरू हावाको लहरमा तरङ्गिदै यताउता मडारिइरहेका छन् । पानी पर्लापर्लाजस्तो छ, तर यत्तिकै टर्ने हो कि जस्तो पनि छ । खै के भएको हो कुन्नि, पाँचसात वर्ष अघिसम्म त हिउँदको समयमा पनि लगातार तीनचार दिन पानी पथ्र्यो । पानी परेको एकदुई दिन जाडो निकै चम्कन्थ्यो, तर त्यसको लगत्तै आकाश पर्दा खुलेको रङ्गमञ्चसरि छ्याङ्ग खुल्थ्यो र बिस्तारै गर्मी सुरु हुन्थ्यो । यसपालि भने त्यसो भएन । पानी पर्ने आश गर्दागर्दै समय यत्तिकै घर्केर गयो र अब त फागुन पनि लागिसक्यो ।

आज फागुन एक गते । म सम्झन्छु, फागुन महिना लाग्नासाथ हामीहरू त्यसैत्यसै रमाएर खुसी हुन्थ्यौं । बिहान उठ्यो, गृहकार्यमा लाग्यो, नौ बज्न थाल्दानथाल्दै भात खाएर आपूmले बोक्नसमेत हम्मेहम्मे पर्ने पुस्तकको गरुङ्गो झोला भि¥यो अनि स्कुल गयो, सधैंको एकनासे कामले हाम्रो जीवन निकै निरसलाग्दो बनाएको थियो । मलाई असाध्यै दिक्क लागेर आउँथ्यो । मेरा सहपाठी साथीहरूको पनि त्यही किसिमको समस्या थियो । बेलामौकामा हुने सार्वजनिक छुट्टीका समयमा हामी त्यो निरस वातावरणबाट मुक्त हुन्थ्यौं, तर पनि हामीहरू हावामा कावा खाँदै उड्न भने सक्तैनथ्यौं । फागुनको पहिलो हप्तामा नै प्रजातन्त्रदिवसको छुट्टी हुँदा हामी सबै निकै खुसी हुन्थ्यौं । त्यस्तो समयमा झोला बोकेर स्कुल जान नपरे पनि सडकमा मार्च गर्दै जुलुसमा हिड्न भने हामीहरू अनिवार्य रूपमा जानुपथ्र्यो ।

म र भाइ सागर अरु साथीहरूसँगै ड्रेसमा ठाँटिएर सधैँ स्कुल गएको र प्रजातन्त्रदिवसका दिन मार्चपासमा ग¥यापग¥याप बुट बजार्दै हिँडेको देखेर हाम्रो गाउँका बिपन्न वर्गका केटाकेटीहरू हामीलाई एकटक लाएर हेर्थे र तिनीहरूका मलिन मुहारमा उज्यालो छर्ने प्रयत्न गर्थे । हामी विद्यार्थीहरू भने ड्रमको आवाजसँगै आप्mना हातखुट्टा तन्काउँदै उफ्रेर रङ्गीबिरङ्गगी रिबन हल्लाउँदै एउटा मनमोहक दृश्य आविस्कार गथ्र्यौं र त्यसैमा मख्ख पथ्र्यौं ।

स्मृतिको गर्तमा लुकेका ती दिनहरूको सम्झना मात्रै गर्दा पनि एक प्रकारको आनन्द लाग्छ मनमा । त्यतिबेलाको हाम्रो स्कुले जीवन निकै रमाइलो र रोमाञ्चकारी लाग्दथ्यो मलाई । समयको गतिसँगै हामीहरू बिस्तारै पढ्दै र बड्दै गयौं । भाइ मभन्दा दुईवर्षले कान्छो भए पनि हाम्रो पढाइ भने एकै थियो । हामी दुवै सहरको एउटा नामी र सम्पन्न बोर्डिङ स्कुलका छात्रछात्रा थियौं । निम्नमाध्यमिक तह पार गरेर माध्यमिक तहको पढाइ सुरु हुनै लागेको थियो र हामीहरू सबै आआप्mना कोर्षका पुस्तक हेर्नमा व्यस्त थियौं । एक साँझ भात खाइवरि टिभी हेर्न थालेको समयमा मैले मेरो मुटु नै थर्काउने किसिमको एउटा विभत्स दृष्य देखें टिभीको पर्दामा । केही मानिसहरू डाँडाको किनारमा शोकमग्न मुद्रामा तलतिर हेरिरहेका थिए । तल एउटा सानु मैदान भन्न सुहाउने चउर थियो र त्यो चउरभरि मानिसहरूका लास यत्रतत्र छरिएका थिए । मानिसहरू चुपचाप त्यो दृश्य हेरिरहेका थिए । मैले त्यो दृश्य धेरैबेरसम्म हेर्न सकिन । म तत्कालै त्यहाँबाट उठेर हिँडेँ र कोठामा पुग्नेवित्तिकै घुप्लुक्क सुतेँ । सुतेँं भन्नु मात्रै थियो त्यो । मनमा अनेक किसिमका तर्कनाहरू चलिरहे । दिमागमा नानाप्रकारका दृश्यहरू आएर नाच्न थाले । म धेरैबेरसम्म निदाउन सकिन । कतिबेला निदाइछु कुन्नि, थाहा पनि पाइन । भोलिपल्ट ब्युझँदा मेरा आँखा पाकेको गोलभेँडाजस्ता राता भएकोे महसुस गरेँ मैले ।

त्यस दिनदेखि मेरो ध्यान पढाइप्रति राम्ररी जानै सकेन । म स्कुल त जान्थेँ तर त्यो मलाई एक प्रकारको बोझ उठाउनु पर्ने काम गरिरहेजस्तो लाग्थ्यो । एक दिन स्कुलको पुस्तकालयमा एउटा दैनिक पत्रिका हेर्दै गर्दा मनै चिसो हुने किसिमको अर्को एउटा खबर पढ्न पुगेँ मैले । पश्चिम नेपालको कुनै एउटा गाउँको खबर थियो त्यो । दाउरा खोज्न जङ्गल पसेका दुई किशोरीहरूलाई बलात्कारपछि हत्या गरेर पुरिएको खबर थियो त्यो । त्यो समाचार पढ्दापढ्दै म स्तब्ध भएँ । मेरो शरीरका रौं ठाडा भए । मेरै उमेरका ती चेलीहरूको त्यो बिभत्स अन्त्यले मलाई एकदमै विचलित बनायो । मैले त्यो पत्रिका त्यहीँ छाडेर जुरुक्क उठेँ र कक्षाकोठातिर लागेँ । त्यहाँ पनि मलाई बस्न मन लागेन । मेरो मन असाध्यै अशान्त बनेको थियो । घरि भित्र र घरि बाहिर गर्दै मैले समय बिताएँ । साँझ घरमा पनि म निकै उदास देखिइछु क्यारे, आमाले मलाई बिसन्चो भएको छ कि भनेर सोध्नु भयो ।

एक दिन बुबा भर्खरैमात्र ब्यारेकबाट फर्कनुभएको थियो । जङ्गी पोशाकमा क्याप्टेनको बिल्ला लगाएर टकटक जुत्ता बजार्दै आँगनको छेउबाट घरको मूलढोकातिर बढिरहेको आफ्नै बाबुको सिङ्गो आकृति देखेर मलाई कताकाता भित्रभित्रै डर लागेर आयो ।

“छोरी प्रतिभा, मैले जे सुन्दैछु के त्यो साँचो हो ?” बाहिरबाट आउँदाआउँदै बरण्डाको छेउमा उभिएर बुबाले मसित सोध्नुभयो । मैले निशव्द बुबातिर हेरें, दाहिने हातमा पितलले टाउको मोडेको डेढफिटजति लामो कालो चिल्लो ब्याटन र देब्रे हातमा सानु डायरी, बुबाको अनुहार मलाई ताकिरहेको थियो र मैले देखें, त्यहाँ भित्रभित्रै आगो बलिरहेको थियो ।

“के कुरा बुबा ?” पढ्दापढ्दैको पुस्तकलाई बन्द गरेर मैले उहाँसित प्रतिप्रश्न गरें ।

“मलाई मेरो परिबारमा छलछाम गरेको मन पर्दैन भन्ने कुरा तिमीहरूलाई थाहा छैन ? गाउँभरि कत्रो हल्ला छ ! बहालवाला क्याप्टेनको छोराछोरी नै माओवादी भए भनेर ढोल पिटिएको छ ।” भर्भराउँदो भुँङ्ग्राको बीचबाट निस्केको आगाको फिलिङ्गोसरि बुबाको मुखबाट बोली निस्कियो । बुबा सेनामा क्याप्टेन भएको हुनाले हामी हाम्रो समाजको माथिल्लो श्रेणीका मानिसमा पर्दथ्यौं । मैले बुबाको अनुहारमा हेरिरहन सकिन र आफ्ना नजरलाई तल झारेर चुप लागें ।

“मलाई मेरो घरमा कलङ्क पसेको मन पर्दैन ।” यति भनेर बुबा क्रुद्ध नजर लगाउँदै भित्र पस्नुभयो । म भने धेरै बेरसम्म के गर्ने होला भन्ने दुबिधामा परेर त्यसै टोलाइरहें । बुबाको जङ्गी शासन फौजमा मात्र नभएर घरमा पनि कायम थियो । एक हिसाबले हेर्दा बुबा त्यसरी झोक्किनु स्वाभाविक पनि थियो । सेनाको अफिसरकी छोरी म बिद्रोहीहरूले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा हातमा रातो झण्डा हल्लाउँदै सार्वजनिक रूपमा मञ्चमा नाच्नु आफैमा कुनै मामुली कुरा थिएन । केही दिन पहिलेदेखि हाम्रो स्कुलमा सांस्कृतिक कार्यक्रम देखाउनका लागि रिहर्सल भैरहेको थियो । त्यो रिहर्सल कार्यक्रममा अघिपछिको जस्तो उत्ताउलो किसिमको नृत्य प्रस्तुत गरिएको थिएन । गीतको बोल होवोस् वा शव्दहरू, नाचगान होवोस् वा हाउभाउ सबै परंपरागत बासी कुराहरू भन्दा भिन्दै थिए । हाम्रो ठाउँका स्थानीय कलाकारहरूलाई तालिम दिन आएका कलाकारहरू हेर्दा नखाने चराजस्ता दुब्ला पातला र नपत्याउँदा किसिमका देखिए पनि तिनीहरूको बोलीब्यवहार र चालचलन निकै आकर्शक र शालिन थियो । स्थानीय कलाकारहरूको नाम सङ्कलन गर्ने क्रममा मसित सोधनी भएपछि मैले पनि स्वीकृतिसूचक टाउको हल्लाएँ । मैले तिनीहरूका गीतमा दबिएका हेपिएका नारीहरूको बिरह वेदना मुखरित भएको पाएँ । त्यहाँ एउटा भिन्नै प्रकारको उन्मुक्तिको भावना समेटिएको मैले देखें । त्यो कुराले मेरो मनलाई छोयो । मैले आपूmलाई कति प्रयत्न गर्दा पनि रोक्न सकिन । सहपाठी साथीहरूको कर गराइलाई पनि मैले टाल्न सकिन । आखिर म राम्रो नाच्न र अभिनय गर्न सक्छु भन्ने कुरा सबैलाई थाहा थियो । अनि मैले ढिपी गरेर पछि हट्न पनि सकिन । रिहर्सलकक्षमा जब बाजागाजाका सुरताल घन्किन्थे, म भित्रभित्रै त्यसै आल्हादित हुन्थें र त्यसै पनि छमछम नाचूूँजस्तो लाग्थ्यो । त्यस्तो अवस्थामा मैले आपूूmलाई रोक्न सक्ने स्थिति पनि रहेन र त्यसो गर्नु मैले आवश्यक पनि ठानिन । सामान्य बेशभुसामा सिंगारिएर स्टेजमा नाच्न थालेपछि मेरो शरीर निकै हल्का भएको महसुस हुन्थ्यो मलाई । मेरो नृत्य र कलाप्रदर्शन देखेर प्रफुल्ल भएका मानिसहरू दर्शकदीर्घाबाट घरिघरि ताली लगाउँथे, त्यसबाट म भित्रभित्रै झन् रमाउथें । त्यो दिनको मेरो कला प्रदर्शन म आपूmलाई पनि कम खुसी लाग्ने प्रकारको थिएन । त्यस अघिका नृत्यहरूमा म शव्द र त्यसले बोकेको अर्थको गहिराइमा त्यति ध्यान दिन्नथें, नाच्न पायो कि पुग्यो । तर त्यो दिनको भने कुरै अर्कै भयो । त्यो घटना मेरो जीवनमा एउटा आमुल परिवर्तन ल्याउने, भञ्ज्याङको मोड भएर आएको रहेछ भन्ने लागेको छ मलाई अहिले । जसले जे भने पनि त्यो दिन म निकै खुसी थिएँ । एक कान दुई कान हुँदै मैदान हुन पुगेको त्यो खबर समयका साँध सीमानाहरू भत्काउँदै बुबाका कानसम्म पनि ठोकिन पुगेछ । अनि बुबा त्यसरी झोक्किनु पनि कुनै अनौठो कुरा लागेन हामीलाई ।

त्यो घटनाको केही दिनसम्म बुबा मसित राम्ररी बोल्नुसम्म भएन । सँगै स्कुल जाने भाइलाई उसले भन्ने वित्तिकै हरेकपटक बुबा उसले मागेकै जति पैसा दिनु हुन्थ्यो तर मलाई भने कहिल्यै कुनै कामका लागि पैसा चाहिएको छ कि भनेरसम्म सोध्नु हुन्थेन । मेरा हरेक इच्छा र आवश्यकता पूरा गर्नका लागि मैले आमाकै सहारा लिनु पथ्र्यो । विस्तारै मलाई कस्तो आभास हुन थाल्यो भने भाइ र मलाई हेर्ने बुबाका अलगअलग आँखा छन् । त्यस्तो कुुाराले भित्रभित्रै मेरो मन निकै पिल्सिदै गयो । त्यसरी पिल्सिएको मनलाई बिसाउने एउटै ठाउँ मैले तिनै नौला मानिसहरूसितको सांस्कृतिक सहयात्रामा भेटेजस्तो लाग्यो मलाई । ती नौला मानिसहरूसितको मेरो हिमचिम विस्तारै बढ्दै गयो र मैले त्यै समयमा त्यहाँ आप्mनै उमेरका थुप्रै युवायुवतीहरू समर्पित भएर हिंडेको देखें ।

“जाउँ प्रतिभा, अब तिमी पनि हामीसितै हिँड ।” निकै पहिलेदेखि समर्पित भएर, लागेर हिँडेका पूर्णकालीन साथीहरूले भने, “जिते हाम्रालागि सिङ्गो संसार छ, हारे यिनै दुई हातका जन्जिर त हुन् ।” साथीहरूको घरिघरिको घच्घच्याईपछि मेरो मन पनि फेरियो र मैले आपूmलाई तिनीहरूकै लहरमा समर्पित गर्ने निधो गरें ।
मैले घर छाडेर हिँडेपछि घरमा निकै ठूलो खैलाबैला मच्चिएछ । घरमा मात्र नभएर टोल छिमेक, सहर बजार र जहींतहीं म चर्चाको शिखरमा पुगिछु । सरकारी फौजको क्याप्टेनकी छोरी भएको कारणले पनि मेरो विषयमा बढी कुराकानी भएको लाग्यो मलाई ।

देशमा एक प्रकारको द्वन्द्व र जटिलता थियो । यद्यपि सुरुसुरुमा हामीलाई युद्धमोर्चामा जानु पर्ने थिएन, तथापि कुन क्षण के हुने हो भत्रे कुराको कुनै ठेगान थिएन । हामी कलाकारहरूको कामको प्रकृति फौजी भन्दा अलि भिन्नै किसिमको थियो । कहिलेकाहीँ सहरतिर स्कुल कलेजमा कार्यक्रम गर्नु र गाउँमा जागरण गीत गाउँदै र अपेरा नृत्य प्रस्तुत गर्दै गाउँलेहरूलाई जनयुद्धका पक्षमा आकर्षित गर्नु हाम्रो काम हुन्थ्यो । हामीहरू आपैm गीत लेख्थ्यौं र त्यसमा सङ्गीत भथ्र्याैं । एक प्रकारले भन्दा हाम्रो जीवन रोमाञ्चकारी थियो ।

भूमिगत भएको झण्डै एक वर्षपछि म सहित हाम्रो टोलीका सबै जनकलाकारलाई शैनिक तालिम दिने कार्यक्रम बन्यो । हामीहरू सबै निश्चित समयमा उठ्थ्यौं, निश्चित समयमा शारीरिक व्यायाम र शैनिक अभ्यास गथ्र्यौं र त्यो कामबाट निर्लिप्त भएपछि फेरि सांस्कृतिक कार्यक्रममा लाग्थ्यौं । शैनिक अभ्यासका क्रममा मैले पहिलो पटक बन्दुक छुन पाएँ । हुनत हाम्रो घरमा पनि बन्दुक नभएका होइनन्, तर ती हाम्रो पहुँच बाहिरका बस्तु थिए । फेरि नारीजाति भएको हुनाले ती सबै कुराहरू हाम्रालागि होइनन् भन्ने कुरा हाम्रो दिमागमा बज्रलेप भएर टाँसिएको थियो ।
शैनिक अभ्यासमा लागेपछि एक प्रकारले मन रोमाञ्चित भयो । मैले त्यतातिर विषेश चाख देखाएपछि मेरो जिम्मेवारी दुई चिरामा बाँडियो । मेरो मुख्य काम सांस्कृतिक विभागतिर भए पनि शैनिक कृयाकलापतिर पनि म सरिक हुँदै गएँ र त्यसबाट मलाई खुसी पनि लाग्यो ।”

२० फेब्रुअरी २००८
“देश आन्तरिक द्वन्द्वमा नराम्ररी फसेको थियो । हामीहरू सबै युद्धमा संलग्न थियौं, तर त्यो युद्धबाट, सधैंको त्यो डर त्रास र अव्यवस्थाबाट हामी यति धेरै दिक्क थियौं कि त्यसको बयान गरिसाध्ये छैन । काममा भएका बेलामा मन त्यतैतिर दत्तचित्त भएर लाग्थ्यो र हामीहरू अरु किसिमका सबै कुरा बिर्सन्थ्यौं । पूmर्सतको समयमा भने हाम्रो मनमा सधैं कहिले शान्तिसंझौता होला र युद्ध समाप्त होला भन्ने कुराले घर गरिरहेको हुन्थ्यो ।

माघ महिनाको दोस्रो हप्ताको अन्तिम दिन, जाडोले कठ्याङ्ग्रिइरहेको समयमा हाम्रो शरीरमा घाम लागिरहेकोजस्तो अनुभव भयो हामीलाई । मलाई अझै पनि संझना छ, माघ १५ गतेको दिन थियो त्यो । विगत केही दिनसम्म आन्तरिक रूपमा केही हल्ला चले पनि त्यसको एकिन भने भैसकेको थिएन, तर त्यही दिन बिहान एकाएक हामीले हाम्रो पार्टी र सरकारबीच युद्धबिराम भएको खबर सुन्यांै । त्यो सुनेर मलाई त यति धेरै खुसी लाग्यो कि त्यो भाव शव्दमा बयान गर्न पनि मुस्किल छ । मलाई त त्यसैत्यसै छमछम गर्दै नाचूँजस्तो लागेर आयो । त्यसरी खुसी हुनेमा म मात्रै थिइन । हाम्रो पूरै दस्ताको मनोभाव त्यस्तै थियो । आखिर हामी युद्धकै लागि युद्ध गरिराखेका पनि त थिएनौं । हामी त हाम्रो आफ्नै मुक्तिका लागि लडिरहेका थियौं । सदियौंदेखिको सामन्ति राज्यसत्ताको क्रुर जाँतोमुनि पिसिएका नेपाली दाजुभाइ, दिदीबहिनीहरू र समग्रमा भन्दा पूरै देशलाई मुक्त गराउनु र बहुसंख्यक श्रमजीवी मानिसहरूको पक्षमा काम गर्नु हाम्रो लक्ष थियो । पुरानु सामन्ति राज्यब्यवस्थालाई भत्काएर नयाँ नेपालको निर्माण गर्ने क्रममा हामीले हाम्रो देशका केही भौतिक संरचना पनि भत्काउनु प¥यो, तर त्यसो गर्नुको हाम्रो उद्धेश्य सबै कुरा तहसनहस गर्नु भने पटक्कै थिएन । त्यसको अर्थ त हामीमाथि शासन चलाइरहेको राज्यसत्तालाई कमजोर पारेर हाम्रो आवाज सुन्ने ठाउँसम्म ल्याउनु मात्र थियो । वास्तबमा भन्ने हो भने युद्धका समयमा हामीहरूबाट जेजति धनजनको क्षति भयो त्यसप्रति हामीहरू त्यति बेलानै अत्यन्तै दुःखित थियौं । मानिसहरू ठान्लान्, हामीले यसो भनिरहँदा गोहीका आँसु बगे । हामीहरू त्यसो भन्ने मानिसहरूका मुख थुन्न जान त सक्तनौं, तर खासा कुरा के हो भने हाम्रो आन्तरिक चाहना युद्ध नै चाहिं पटक्कै होइन । हामी त दिगो शान्ति खोज्ने क्रममा युद्धमा होमिएका थियौं ।

एकाएक युद्धबिरामको खबरले मेरो मन असाध्यै हर्सित भयो । त्यो दोस्रो युद्धबिराम थियो । मैले सुनेकी थिएँ, कविता हृदयको आवाज हो । कहिलेकाहिँ अनुकुल मिलेको समयमा र राम्रा कविताहरू भेटेका बेलामा म खुबै रस लिएर ती कविताहरू पढ्थें । कविताको एउटा सामान्य पाठक भए पनि म आपैmले भने कहिल्यै कविता लेखेकी थिइन । तर त्यो दिन अनौठो भयो । युद्धबिरामसंबन्धी खबर सुनेपछि मभित्रको सिर्जनाको मुहान फुटेर आयो । मैले तत्कालै कागज कलम लिएर लेख्न बसें । त्यतिबेला मैले ‘युद्धबिराम’ शीर्षकमा एउटा लामो कविता लेखें । त्यो कवितामा मैले अबदेखि युद्ध बन्द हुनुपर्छ, हामी भाइभाइ लड्नु हुन्न, बरु देश विकाशका लागि सबै एक ठाउँमा जुटेर अघि बढ्नु पर्छ भन्ने भावना अभिव्यक्त गरेकी थिएँ ।

युद्धबिराम केही महिनासम्म कायम रह्यो । त्यो अवधीमा बम, बन्दुक र बारुदका कुराहरू कम सुनिए । मर्ने र मार्ने कुराहरू पनि बन्द भए । एक समय यस्तो पनि थियो, राज्यद्वारा नियन्त्रित संचार माध्यमहरू हर्षबढाइको मुखमुद्रामा युद्ध र मृत्युका सदृस्य खबरहरू सुनाउँथे । हामीहरू सबै ती कुराहरू अनिच्छापूर्वक पनि सुन्न र हेर्न विवस थियौं । तर अब भने त्यो क्रम रोकिएको थियो र सरकारी प्रतिनिधिहरू र हाम्रो पार्टीका वार्ताटोली सदस्यहरू देशका विभिन्न ठाउँमा पुगेर वार्ता गरिरहेको खबर हामी सुन्थ्यौं ।

शान्तिको दीयो बल्छ कि भन्ने झिनो आशा पलाइरहेको समयमा एकाएक हाम्रो इच्छा र आकाङ्क्षामा तुसारापात भयो । पछिल्लो पटकको वार्ता दाङ जिल्लाको एउटा सानु गाउँ हापुरेमा चलिरहेको थियो, त्यै समयमा दोरम्बा घटना घट्यो । हाम्रो पार्टीका अठ्ठारजना निहत्था मानिसहरूलाई सेनाले समातेर मारेपछि चलिरहेको वार्ता एकाएक भङ्ग भयो र हाम्रो पार्टी फेरि युद्धमा धकेलियो ।

म साथीहरूसित युद्धमोर्चामा भए पनि मलाई कहिलेकाहीं गाउँघर, साथीभाइ, आमाबुबा र भाइ बहिनीको यादले खुबै सताउँथ्यो । युद्धबिराम भङ्ग भएकोमा हामीहरू असाध्यै दुःखित थियौं । युद्धबिराम भङ्ग भएको केही समयपछिसम्म हामीहरू आक्रमण वा प्रत्याक्रमणको अवस्थामा थिएनौं । हामी केवल प्रतिरक्षाको स्थितिमा थियौं । त्यस्तै समयमा म हाम्रो सङ्गठनको अनुमति लिएर एक पटक हाम्रो घर पुगें । यतिका दिनपछि मलाई एक्कासी देख्ता आमा एकछिन त स्तव्ध नै हुनुभयो । भाइ बहिनीहरू पनि मेरो बहिर्गमनप्रति उदासिन हुँदै निन्याउरो मुख लगाएर मसित धेरै गुनासो गरे । आमाले मलाई सम्झाउने क्रममा धेरै आँसु बगाउनु भयो । मैले पनि आमा, भाइ, बहिनी सबैलाई आप्mनो हिसाबले संझाउने कोशिस गरें ।

म घरभित्रै थिएँ, बुबा एक्कासी आइपुग्नु भयो । उहाँ जङ्गी पोशाकमा नै हुनुहुन्थ्यो । त्यो देखेर मेरो मन एक पटक झसङ्ग भएजस्तो लाग्यो मलाई । यतिका वर्षपछि एक्कसी मलाई घरमा देख्ता बुबा पनि एकछिनसम्म त हेरेको हे¥यै हुनुभयो । हामीहरू सबै शव्दहीन थियौं । बुबा त्यतिबेला असाध्यै ठूलो मानसिक तनावमा पर्नुभएकोजस्तो महसुुस गरें मैले । केही बेरसम्म मेरो अनुहारमा आँखा गाडेर उभिएपछि बुबा निःशव्द त्यहाँबाट जानुभयो र आप्mनो कोठामा पस्नुभयो । त्यो देखेर हामीहरू सबै निकै डराएका थियौं, तथापि आमाले स्थितिलाई सामान्य बनाउने प्रयत्न गर्नुभयो । आमा र म सँगै भित्र पस्यौं । हामी भित्र पस्ता बुबा फौजी पोशाकमा नै लम्पसार परेर सुतिरहनु भएको थियो ।

“छोरी हजूरसित एकछिन भेट्न चाहन्छे ।” सुस्त स्वरमा आमाले भन्नुभयो ।

“युद्धमैदानमा भेटौंला ।” आमाको कुरा भुईंमा खस्न नपाउँदै बुबाको मुखबाट आवाज आयो । हामीले देख्यौं, बुबा सिलिङ्तिर हेरिरहनु भएको थियो र असाध्यै तनावमा हुनुहुन्थ्यो । त्यसपछि हामीले अरु कुरा गर्न उचित ठानेनौं र त्यहाँबाट बाहिरियौं ।”

२४ फेब्रुअरी २००८
“युद्धमोर्चामा लडिरहँदा पनि मलाई लाग्थ्यो, यो युद्ध चाँडैनै सकिने छ र हामीहरू फेरि सामान्य जीवनमा फर्किने छौं । हरेक चिजको एक दिन अन्त्य हुन्छ भन्ने कुरामा म पूर्ण विस्वस्त थिएँ । नभन्दै त्यो भएरै छाड्यो । अहिले यतिबेला त हामी क्यान्टोनमेन्टमा बस्न थालेको पनि वर्ष दिन नाघेर यति समय आइसकेको छ र बुबासितको मेरो बैरभाव पनि समाप्त भैसकेको छ । यतिबेला त बुबासमेत मैले भनेका कतिपय कुराहरू ठीकै रहेछन् भन्ने कुरामा सहमत हुन थाल्नुभएको छ । हामी क्यान्टोनमेन्टमा छौं र यसरी यै अवस्थामा सधैं बसिरहनु पर्ने छैन भन्ने कुरामा पनि म पूर्ण विस्वस्त छु । संबिधानसभाको निर्वाचनपछि देशले एउटा गन्तव्य पहिल्याउने छ र यतिबेला देखिएको अव्यबस्थाको पनि अन्त्य हुनेछ भन्ने कुरामा म आशावादी छु । त्यतिबेलासम्म, मैले झलक्क हेर्दा त्यही यान्त्रिक जीवन, बिहानै उठेर आफ्नो दैनिक कामबाट निर्लिप्त भएपछि दिनदिनैको परेट, व्यायाम र शैनिक अभ्यास, अध्ययन र मनोरञ्जन, त्यही दोहोरिएका कृयाकलापमा आपूmलाई समर्पित गरिरहेको देखिएला । तर मलाई कस्तो लाग्छ भने, एउटा चनाको गेडाबाट आँकुरा आउन पनि अनुकुल वातावरण र परिस्थितिपछि निश्चित समयको आवश्यकता पर्छ । हामी पनि एउटा लामो समयसम्म हामीले नचाहेको एउटा अनइच्छित युद्धको भुमरीमा प¥यौं । युद्ध हाम्रो रहर थिएन । त्यो त समयले सिर्जना गरेको एक प्रकारको वाद्यता थियो हाम्रो । हामीले उठाएका सवालहरूमाथि त्यतिबेलानै राज्यले सामान्य रूपमानै भए पनि संबोधन गरेको भए सायद हामीले त्यो कठिन बाटो समात्ने थिएनौं कि ? युगौंदेखिको गलत संस्कारमा हुर्किएको सत्ता जहिले पनि विवेकहीन र दमनकारी हुँदोरहेछ भन्ने कुरा मलाई यतिबेला अनुभूति भैरहेको छ । अहिले यतिबेला मधेश आन्दोलनमा होमिएको छ र त्यसको अन्त्य कसरी होला भन्ने कुराको अन्दाज लगाउन हामी सबैका लागि निकै मुस्किल परिरहेको छ । यद्यपि त्यसको नेतृत्व तराइका श्रमजीवी जनताका प्रतिनिधिहरूमा नभै जमिनदारहरूको बाहुल्यता भएको एउटा अभिजात वर्गका मानिसहरूको हातमा छ र तिनीहरूले उठाएका ‘एक मधेश एक प्रदेश’जस्ता देशको सार्वभौमिकतामानै आँच पु¥याउने, झलक्क हेर्दा हामीलाई बिखण्डनको खाडलतिर पो धकेल्ने हुन् कि जस्तो लाग्ने सवालको पक्षमा म छैन, तथापि त्यसले राज्यपक्षबाट युगौंदेखि हेपिएर बस्नु परेको आम तराईको मानसिकतालाई भने कुनै न कुनै रूपमा प्रतिबिम्बित गरेको छ भन्ने कुरा कसैले पनि नकार्न मिल्दैन ।

युद्धमा फँसिसकेपछि त्यसबाट उम्कन पनि निश्चित समय लाग्दोरहेछ । त्यो कुरा समयले यतिबेला हामी सबैलाई राम्ररी बुझाइसकेको छ । हामीले जुन युद्ध लड्यौं, त्यसका लागि पश्चाताप गर्नुपर्ने म ठान्दिन । हाम्रो त्यो लडाईं एउटा असल नियतका लागि थियो र हामीले हाम्रो त्यो आकांक्षा अहिले यहाँसम्म आइपुग्दा केही मात्रामा पूरा पनि गरिसकेका छौं भन्ने मलाई लागेको छ ।”

यति भनेर डायरी लेख्नमा तल्लिन प्रतिभाले हातको कलम र कापी बन्द गरेर अगाडिको टेबुलमा राखी र बाहिरतिर यसरी हेरी, मानौ सुदुर पूर्वको क्षितिजरेखाबाट भर्खरै बाहिर निस्कन लागेको लालिमायुक्त सूर्यको पहिलो किरणसँगै उसको कल्पनाको सुन्दर नेपालको सुनौलो भविश्य पनि उसको स्पर्स गर्नका लागि बिस्तारै उतिर कदम बढाइरहेको छ र ऊ त्यसको स्वागतनिम्ति धैर्यतापूर्वक हातमा माला र दिलमा स्नेह लिएर आपूmलाई त्यत्यैतिर समर्पित गर्ने काममा दत्तचित्त पार्ने प्रयत्नमा लागिरहेकी छ ।

भरतपुर क–१२/१५, चितवन

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 फागुन, 2066

लेखकका अन्य रचनाहरु