विकासको स्वाद

- किशोर पहाडी

मेरो घरअगाडि प ..र विशाल घर बन्न थाल्यो ।

मैले देखेँ — विशा...ल घर ।

— बालुवा

— इँटा

— सिमेन्ट

— ढुङ्गा

— घर ठडिँदै गयो ।

— पहिलो तला

— दोश्रो तला

— तेश्रो तला

प्लास्टर र रङ पोतेपछि त्यो घरले मेरो टोलको सुन्दरता बढायो ।

तर ... ... ... ...

छ्याङछ््याङ्ती परको बागमतीको पुल र त्यसमाथि दगुर्ने बाहनहरु देख्थेँ म—

लौ, तीनतले घरले त्यो सुन्दर पुल त छेकिएछ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 15 फागुन, 2066

लेखकका अन्य रचनाहरु