कवि भेषराजको काव्यकृति ‘देश सधैँ रुने छैन’

- वासुदेव गुरागाईं

‘देश सधैँ रुने छैन ।’ कवि भेषराज रिजाल यसका स्रष्टा । मोफसलबाट २०५९ माघमा प्रकाशित काव्यकृति । २०६६ बडादशैँलगत्तै मेरो हातमा प¥यो । मङ्सिर मसान्तसम्म पढिसक्ने वचन दिएँ । कृतिको शीर्षक देख्नेबित्तिकै मलाई ढुक्क लाग्यो । पत्याएँ । ‘देश सधैँ रुने छैन ।’ मनमा लाग्यो,— हो त, देश सधैँ रुनु हुत्र । रुवाउनु पनि हुत्र । कति मार्मिक र मन छुने खालको छ,— काव्यकृतिको शीर्षक ।

पुसको तेस्रो साता बल्ल साइत जु¥यो । पुस्तकको पाना पल्टाएँ । सैँतीस थान कविता र गीत समेटिएका रहेछन् यसमा । पढ्दै गएँ । तौलँदै गएँ । दाँजेँ आपूmसँग पनि । कसैगरी भेषराजजीलाई उछित्र सकिन, आपैmँले मूल्याङ्कन गर्दा पनि । त्यसैले त उहाँलाई राजीखुशीले ‘क’ बनाएँ र आपूm ढुक्कसँग ‘ख’ मा गुँडुल्किएँ । देखेको पाइत्र, लेखेको पाइन्छ । विश्वास गरेँ ।

कवि भेषराज शहरको डाढ गर्दैनन् । आफ्नो पसिनामा विश्वास गर्छन् । झुपडीको गीत गाउँछन् । मन सन्तुष्ट छ । र त, गाउँघरका सजीव चित्र उतार्छन् आफ्ना कवितामा । यसो भन्दा बढाइचढाइ सम्झेर झ्वाट्ट नपत्याउनु होला । पत्यारका लागि कृतिभित्र समाविष्ट ‘म अलि हतारमा छु’ शीर्षक कविताको एउटा सानो अंश उद्धरण गर्छु । कवितामा कति छचल्एिको छ गाउँघरको परिवेश । कति सुन्दर र सरल प्रस्तुति छ यसमा । एकचोटि पढेरै हेरुन —

साइड दिनोस्
मलाई अलि हतार छ
तपाईंको मन्दिर त
सिमेन्ट र फलामको
करोडौँको होला
मेरो मन्दिर त
पातीको बार र खरको छानोको छ
हुरी लागेथ्यो बिहानै
भित्ताहरु भत्किए कि ? (पृष्ठ १)

कति मिठास छ कवितामा । कति सरल छ प्रस्तुति । जति सरल छन् भेषराजजी, त्यत्तिकै सरल छ कविता । यो उनको काव्यात्मक विशेषता हो, समग्र कृतिभरि । कृति पढिसकेपछि आपैmँले आपैmँलाई प्रश्न गरँे,— ‘किन चाँडै साइत जुरेनछ मलाई यो कृति पढ्न ?’

उनी कलमको शक्तिमा दह्रो विश्वास गर्छन् । हतियारप्रति उनलाई वितृष्णा छ । घृणा छ । हतियारसृजित शक्तिलाई उनी विवेकहीन मान्छन् । जोसँग हतियारको दम्भ छ ऊसँग विवेक हुत्र भत्रे कुरामा आमजनमानस जति ढुक्क छन्, त्यत्तिकै ढुक्क छन् उनी पनि । हतियारले न्याय दिन नसक्ने र त्यसमा विवेकहीनता हुने कुरालाई उनी दृढताकासाथ यसरी ओकल्छन् कृतिभित्र समाविष्ट ‘सार्वभौम स्वदेश र कुटो कोदालो’ शीर्षकको आफ्नो एउटा कवितामा —

तरबारप्रति झन् वितृष्णा छ
तरबारले खै कहिले ग¥यो न्याय ?
त्यसैले यो तरबार
जङ्गबहादुरकै म्यानमा थन्क्याइदेऊ
धूर्त स्यालबहादुरहरु
तरबार समाएर सिंहबहादुर देखिएलान्
विवेकहीन शक्तिलाई कहिल्यै नपुज । (पृष्ठ ३२)

कवि भेषराजलाई सबभन्दा पहिला त आफ्नै शान्त देश चाहिएको छ । अहिले भोगिरहेजस्तो अशान्त होइन । उनलाई धेरै चीज पनि चाहिएको छैन । हातमा कुटो कोदालो र हलो हँसिया थमाइदिए पर्याप्त हुन्छ, तर यसका लागि उनको एउटा पूर्वशर्त छ,— ‘सार्वभौमसत्ता सम्पत्र शान्त स्वदेश, जहाँ ढुक्कसँग आफ्ना पसिनाले उर्बर भूमि सिँच्न सकियोस् ।’ यो कुराको पुष्टि उनको उही ‘सार्वभौम स्वदेश र कुटो कोदालो’ शीर्षक कविताको एउटा सानो अंशले नै गर्छ —

एकदम ठीक भत्रुभो
मलाई कुटो कोदालो
र हलो हँसिया भए पुग्छ
यदि
सार्वभौम शान्त स्वदेश पनि दिनुहुन्छ भने
पसिना पोख्ने उर्वर भूमि पनि दिनुहुन्छ भने
(पृष्ठ ३३)

‘देश सधैँ रुने छैन ।’ कृतिभित्रको यो प्रतिनिधि कविता । शीर्षक कविता । देशको वर्तमान रुवाइप्रति कवि चिन्तित छन् । यति चिन्तित हुँदाहुँदै पनि यो रुवाइ कदापि दीर्घ नहुने कुरामा भने कवि विश्वस्त छन् र ढुक्कसँग भन्छन् ‘देश सधैँ रुने छैन’ । देशलाई अशान्त बनाउनेहरुले देशलाई परदेश बनाउन खोजेको आशङ्का छ कविमा । तर देशलाई परदेश बनाउन खोज्नेहरुको आकाङ्क्षा पूरा हुने छैन भत्रे उनको ठोकुवा छ । कवि भन्छन् —

मेरो आँगनको
सयपत्री र मखमलीको मुहारमा
यस पटक
देश फुल्न सकेन त के भो ?
देशलाई परदेश बनाउन खोज्नेहरुको
आकाङ्क्षा पनि त कहाँ फुल्न सक्ला र ?
भीरमा उम्रिएको गुराँसको जराले
गजबले समातेको छ देशलाई ।
(पृष्ठ ३७)

यसरी सर्वत्र उनी कवितामा देश बोल्छन् । देशको वर्तमान अवस्थाप्रति उनमा चिन्ता छ । ‘देश फुल्नु पर्छ, फल्नु पर्छ’ उनको आकाङ्क्षा छ । देशको गरिबी र दरिद्रता, साँध–सीमाना र राष्ट्रवाद, हातका ठेला र पसिना उनका कवितामा बारम्बार देखा परिरहने बिम्बहरु हुन् । उनका कविताको अध्ययनबाट के अनुभव गर्न सकिन्छ भने जुटेर गर्ने हो भने सबथोक हुन्छ यो मुलुकमा । देशलाई पढ्ने र बुझ्ने मान्छेको खाँचो छ यतिखेर यो देशलाई । हतियारको हानथाप र पूmटले कदापि देश उँभो लाग्दैन । यी कुरा उनका कवितामा अनुभूत हुने मर्म हुन् । ‘रोगग्रस्त समय’ शीर्षकमा कृतिभित्र समाविष्ट उनको कविताको एउटा सानो अंश एकपटक नियालिहेरुँ है त —

भुन्टे, परौठे र उसासेहरु
इमान्दारपूर्वक परिश्रम गर्दा पनि
यहाँ सधैँ अपमानित छन्
यो मानचित्र मेरो गाउँको हो
तपाईँको गाउँ पनि यस्तै होला
ठोकटारदेखि हानबेसीसम्म
कुटलेकदेखि मारशहरसम्म
जहाँतहीँ यस्तै होला
लाग्छ, यो सबै दोष
रोगग्रस्त समयको हो ।
(पृष्ठ ५२)

यत्रतत्र सर्वत्र ठोक्ने, हात्रे, कुट्ने र मार्नेसम्मको प्रतिस्पर्धामा रुमल्लिइरहेको वर्तमानको प्रतिनिधित्व हुने किसिमबाट उनी स्थानको नामकरण गर्न समेत चुकेका छैनन् । ठोकटार, हानबेसी, कुटलेक, मारशहर जस्ता कवितामा प्रयुक्त नामिक शब्दहरु यसका ज्वलन्त उदाहरण हुन् । कति सिर्जनशील छ कविको कलम । कति चोटिलो छ प्रस्तुति ।

कवि भेषराज सधैँ गुनगुनाइरहन्छन् । छट्पटाइरहन्छन् । देशले भोग्दै गरेको पीडा हुनसम्म भारी भएको छ उनलाई । त्यसैले जसलाई जतिखेर जहाँ भेटे पनि उनी यो भारी बिसाइहाल्छन् केही समयका लागि भए पनि । देशको पीडा । भाइभाइको पीडा । ब्वाँसाहरुको चर्तिकला । लुटपाट र भिडन्त । हो त, उनी मात्र कति बोकून् यो पीडादायी भारी ? त्यसैले त उनको यो भारी बिसाइ स्वाभाविक छ । अरु त अरु भए भए, बाह्रौँपटक सगरमाथा चढेर खुशीको उन्माद बोकेर ओर्लेका आप्पा (आप्पाको यो कीर्तिमान यतिखेर बीसको हाराहारीमा पुगिसकेको छ) सँग पनि ‘आप्पासँग’ शीर्षक कवितामा उनी उही पीडाको भारी बिसाउँछन् र हारगुहार गर्न पुग्छन् यसरी —

यहाँ त स्याल, गिद्ध र साँढेहरुकै
बिगबिगी छ आप्पा
तिमीले पनि चुलीबाटै देख्यौ होला
भाइ–भाइलाई लडाएर
आफ्ना–आफ्नालाई भिडाएर
ब्वाँसाहरुले
देशको हुर्मत लुटिरहेका छन् ।
(पृष्ठ ५५)

के यी कुरामा हामी असहमत हुन सक्छौँ ? कदापि सत्तैmनौँ । यो उनको बोली आम जनमनको ढुक्ढुकी हो । जनमानसको पीडादायी आर्तनाद हो । बोल्न सक्नेको समर्थन हो । आवाजविहीनहरुको प्रतिनिधि आवाज हो । त्यसैले उनका कवितामा समय बोलेको छ भन्दा दुइमत नहोला । बहुमतको भनाइ हो भन्दा अन्यथा नहोला । त्यसैले ठोकुवासँग भत्र सकिन्छ,— एउटा भेषराजको भनाइमा धेरै भेषराजको ताली पिटाइ छ ।

समय यति घिन्याइलो छ सम्झँदा पनि आङ जुरुङ्ग हुन्छ । मन भरङ्ग हुन्छ । एकाएक ठाडिन्छन् शरीरका रौँहरु । मुटुको ढुक्ढुकी बढ्छ । कति रौद्र छ समय र त्यसको क्रियाकलाप । हरिहीनहरुको हरिप चर्तिकला । बिनाअपराध अनेकन् आशङ्का र अनुमानहरुमा कतिको ज्यान गइरहेछ । कतिको कोख रित्तिइरहेछ, कत्तिको सिन्दुर पुछिइरहेछ । कहीँ आतङ्ककारीका नाममा कहीँ आतङ्क प्रतिरोधीका नाममा । कहीँ राष्ट्रघातीका नाममा कहीँ राष्ट्रवादीका नाममा । जति बयान ग¥यो त्यति आँसुलाई निम्ता । त्यो भन्दा बढी यस्ता लेखकीय भाषणले के नै प्राप्त गर्न सक्छ र ? तैपनि बोल्न छोड्नु हुत्र । एउटा स्वतन्त्र सर्जकका नाताले प्रजातन्त्रलाई बलियो बनाउन पनि देखेको कुरा बोल्नु पर्छ । लागेको कुरा भत्रु पर्छ । लेख्न कदापि छाड्नु हुत्र । जायज कुरा ओकल्नु पर्छ । सत्य सधैँका लागि सत्य हुन्छ । कदापि डराउनु हुत्र चाहिने कुरामा । त्यसैले त कवि ‘मेरो छोरो हराएको छ’ शीर्षक कवितामा यसरी ओकल्छन् समाजको तीतो दर्कनाक यथार्थता —

म अहिले पिँढीको डिलमा बसेको छु
खोल्दा नखोल्दै रेडियोले
उसैको नाम लियो
आतङ्ककारी मारिएको भन्दै
खपिनसक्नु भएर मैले
काखको रेडियो मिल्काइदिएँ
आँगनमा मिल्किएको रेडियो
मेरै छोरो जस्तो लाग्छ
उछिट्टिएका पार्टपूर्जाहरु
उसकै अङ्गप्रत्यङ्गभैmँ लाग्छन्
पिँढीको बलेनी रोएर
आँगनमा भेल बगेभैmँ लाग्छ
म कहाँ खोजूँ हजूर ???
मेरो छोरो हराएको छ ।
(पृष्ठ ६८)

हेर्नुस् त परिस्थिति कति दर्दनाक छ । कति कारुणिक छ । कति मार्मिक छ । हरिहीनहरुको आत्मा विजयको उन्मादले हाँसिरहेको होला । तर कोख रित्तिनेहरु जिन्दगीभर बिर्सने छैनन् यस्ता घटना । रोइरहनेछन् युगयुगसम्म । बिलौना गरिरहनेछन् चन्द्रसूर्य रहेसम्म । कुनै समय सायद देशले पनि खोज्नेछ उनीहरुलाई । तर उनीहरु कदापि फर्किने छैनन् फेरि पनि हतियारको निशाना हुन । फेरि पनि सत्ताको भ¥याङका लागि सबैले कुल्चिने खुड्किलो हुन ।

अहिले गाउँमा पानी बाराबार छ । आपूmआपूmमा काटमार छ । रमिते हुनुबाहेक एकले अर्कालाई सघाउँदैन । मलामी पाउनु त अझ कता हो कता ! गाउँ रित्तिएको छ । पौरख गर्न सक्ने पाखुरीहरु सस्तैमा विदेशीएका छन् । देशपारि गएर बिचल्ली भोगिरहेछन् । बिडम्बना । तपाईं त गाउँ जानु भएको छैन होला, त्यसैले यस्ता कुरा तपाईंलाई कथा जस्ता लाग्न सक्छन् । तर कवि गाउँ पसेका छन् । गाउँ भोगेका छन् । आफ्नै आँखाले गाउँ नियालेका छन् । अमिलो अनुभूति मनमा सँगालेका छन् । त्यसैले ‘यसपालि म घर जाँदा’ शीर्षक कवितामा उनी देखेको कुरा निर्धक्कसँग यसरी कोर्छन् —

वल्लाघरे दाइ शहर पसेछ
पल्लाघरे भाइ जङ्गल पसेछ
उपल्लाघरे र तल्लाघरेबीच
वैमनश्यता बढेछ
छेउघरे र माझघरेबीच
आगोपानी बाराबार !
गैह्राघरे र ठूलाघरेबीच
काटाकाट र मारामार छ !!
पँधेरापारि र बाटामुनिका मात्र हैन
माझगाउँ र डाँडागाउँ रमिते भएछन् !!!
यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।
(पृष्ठ ६३)

यी सबैको परिणति कवि राजनीतिमा उत्पत्र विकृतिलाई देख्छन् । राजनीतिका सञ्चालक र तिनको नेतृत्वकर्तालाई देख्छन् । जनताका प्रतिनिधि भएर शहर पसेकाहरुले गाउँ बिर्सँदाको परिणति देख्छन् उनी यो विकृतिलाई । त्यसैले कानुनको बर्खिलाप, ढाँट र बुझपचाइमा खप्पिस नेताजीहरुलाई मीठो व्यङ्ग्य भावमा फेरि गाउँ फर्केर नआउन विनम्रतापूर्वक अनुरोध गर्न पुग्छन् कवि । ‘नेताजी, गाउँ फर्केर नआऊ !’ शीर्षक कवितामा उनको यो अनुरोध अत्यन्त मार्मिक भावमा अभिव्यक्तिएको छ —

संसद्मा भाँडभैलो
मच्चाउँदा मच्चाउँदा
प्रजातन्त्रको मगन्ते देउसी
भट्ट्याउँदा भट्ट्याउँदा
प्रजातन्त्र अर्कैको पोल्टामा फालिदिएर
कुन मुख लिएर आउँछौ ?
ऐन कानुन त ढाँटिएला
जनता सधैँ ढाँटिदैनन्
कृपया नेताजी
फेरि गाउँ फर्केर नआउनू !
(पृष्ठ ७१)

वर्तमान बिथोलिएको छ । रङ्गमञ्च रुमल्लिएको छ । एकता खल्बलिएको छ । भेषराजजीकै शब्द सापटी लिएर भत्रे हो भने समय रोगग्रस्त छ । राजनीतिको रनक हो वा ओरालीको छनक ? समय घिन्याइलो छ । तिघ्रा लागेकाहरुलाई तङ्ग्रिने कुरा गर्नै हुत्र जङ चल्न थाल्छ । नामर्दहरु रुन्छन् । र त, विनम्रतापूर्वक अनुरोध गर्छन्,— ‘कृपया देशलाई खाल्डोन्मुख नगरिदेऊ ।’ यसै धरातलीय यथार्थतालाई मनन गरेर कृतिभित्रका यिनै सान्दर्भिक पङ्क्तिहरुलाई यहाँ उद्धरण गरिएको छ । छोटो चर्चा गरिएको छ । यीभन्दा मीठामीठा कविता र गीतहरु पनि कृतिभित्र प्रशस्त समेटिएका छन् । कविका व्यक्तिगत भावलहरीका झलक दिने रचनाहरुले पनि कहीँ कतै स्थान पाएका छन् कृतिभित्र । उनका कविताले एउटै मात्र फेरो समातेको छैन, बरु चौतर्फी सेरोफेरो समेटेको छ भत्र सकिन्छ । प्रस्तुत कृतिको अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लेखन प्रक्रियालाई निरन्तरता दिने हो भने कविको भविष्य उज्ज्वल देखिन्छ यस फाँटमा । चिल्लो पातको गहकिलो टलक छ कवि भेषराजमा ।

कविको अध्ययनको विषय गैरनेपाली भए पनि भाषिक बढारकुँढारमा उनी पोख्त देखिन्छन् । औँलो ठड्याउनु पर्ने गरी उनी कतै चुकेका छैनन् । अक्षरको राखनधरन, शब्दचयन र अन्य भाषिक शुद्धता केलाउने दिशामा निकै सचेत छन् कवि । यसरी हेर्दा समय बोलेको एउटा खँदिलो कृति सावित हुन्छ कवि भेषराज रिजालको काव्यकृति,— ‘देश सधैँ रुने छैन’ । कवि निकै परिपक्व देखिन्छन् यस कृतिमा । त्यसैले उनलाई एउटा कुरो अवश्य नै भत्रु पर्छ,— ‘कविजी, साहित्यिक अग्रगमनका लागि तपाईंलाई मुरीमुरी शुभकामना ।’ अस्तु ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 फागुन, 2066

लेखकका अन्य रचनाहरु