मम: पुराण

- डा. सुमन राज ताम्राकार

मान वा नमान म तिम्रो जजमान भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग (भकभकाएर बोल्ने हो भने आपूmलाई राजा ठान्ने), टपटेन मम: (आपूmले आपूmलाई टपटेन ठान्ने), सगरमाथा मम: (आपूmलाई सगरमाथा ठान्ने) आदि इत्यादि ।

त्यसैले ममः मलाई पनि मन पर्छ । ऊ बेलाँ एकथरी उपल्लो जातका मानिसहरु खूब धर्मकर्म गर्थे, नियम – परिधिभित्र बस्थे । अत: राँगाको मासु, लसुन, जाँड रक्सी के –के जाति हो चल्दैनथ्यो रे । आजकल त कुरै नगरौं तिनीहरुलाई नै बढी चाहिएको छ । बाबु– बाजेको पालादेखिको ऋण तिरेभैंm भकुरेको भकु¥यै छन् , नत्र बियर, रक्सी, मासु यति विघ्न महँगो किन हुन्थ्यो र ? नेवार जातिको खाना बढी भेराइटीका हुन्छन् क्या ? व्यापारको मामिलामा उनीहरु अलि सिपालु छन् । त्यसो त मम: लाई खोल नहालीकनै बनाएको भए पनि हुन्थ्यो तर तिनै तथाकथित उपल्लो जातिलाई पनि आफ्नो व्यापार भित्र तान्नको लागि यसरी पीठा भित्र पोको पार्नु प¥या हो भन्ने कुरा मम: विषयमा शोधकार्य गर्ने सिलसिलामा पत्ता लगाएको हुँ । क्याप्सुल भित्र के औषधि थाहा नभए जस्तै तिनीहरुलाई पनि सजिलो, कसैले खाइरहेको देख्यो भने भित्र के छ, के छ के थाहा भनेर पन्छिन पाइयो, आपूmले पीठोको डल्लो भनेर खाएको भन्दियो, क्या सजिलो !

अस्ति बिहानै देखि भोको थिएँ, कताबाट दिमागमा मम: खाने इच्छा जाग्यो । सिधै हान्निएँ मम: रेष्टुराँ भित्र । मम: पाक्ने क्रममा रहेछ, पसल भरि ग्राहकहरु टन्न थिए । यसो नजर डुलाएँ त्यहाँ त उ बेलाका बडामहाराधिराजले वर्गीकरण गरे अनुरुप चार जात छत्तीस वर्णकै जमघट रहेछ – कुल्ली देखि फुलीवालासम्म, डाक्टर देखि कण्डक्टर सम्म । मलाई त हाजिर पो लिन मन लाग्यो । सबै जना थुक घुटुघुटु निली मम: पाकिरहेको भाँडोमा आँखा लगाउँदै थिए । यत्तिकैमा पसलेले भाँडोको बिर्को उघा¥यो, सबैले लामो सास ताने । पसलेलाई लाग्यो मम: अलि पाकेको छैन, अनि बिर्को बन्द ग¥यो । सबैले खुइयय ऽऽ सुस्केरा काढे । पुन: सबैले थुक निल्न थाले । कति न सित्तैंमा खान पाइने जस्तो गरी सबै मुखामुख गर्न थाले । सब चूप थिए, वातावरण स्टोभको ध्वनिले संगितमय थियो । एकछिन पछि पसलेले फेरि बिर्को निकाल्यो । अब भने मम: पाक्यो र बाँड्न थाल्यो । दुई, तीन जना कामदारले यन्त्रवत् रुपमा मम: पालैसित बाँड्दै ल्याए । सबैको क्रियाकलाप कस्तो थियो भने गौंथलीले आफ्ना बचेरालाई चारो हाल्न लागेका बेला बचेराहरुले मुख बाए जस्तै सबैले हात अगाडि ल्याउँथे । म खुब चाख मानेर सब क्रियाकलाप हेरिरहेको थिएँ । आफ्नो पालो आउने बेलामा मम ः नै सकियो । खाइस् ठूलो भाग !

भोको पेट, नन्स्टप ¥यालको बहावको कारण आप्mनो रिस साहूजी माथि पोखें । साहूजीले निकै अनुनय–विनय गरेकाले मात्र नत्र .... । अर्को बानमा फस्ट सर्भ गर्ने शर्तमा मैले धैर्य गरें र चारैतिर नजर डुलाएँ । सब ठाडो घाँटी लगाएर मम: खाँदै थिए । आपूm भनें .... । कोही अझ मलाई नै सुनाउने जस्तो गरी झोल थप्न भनिरहेका थिए । आपूmलाई त कस्तो पीडा भयो भने यति सास्ती त तराई देखि ट्रकमा खाँदी ल्याएको राँगालाई पनि भएको थिएन होला । विस्तारै विस्तारै खाइसकेका बाहिरिदैं थिए, अरु थपिंदै थिए ।
यस्तैमा, अर्को बान पाक्यो र शुरुमा तै मलाई नै दियो, मैले एक प्लेट मम: एकै सासमा सिध्याएँ । मैले अधिराज्यभर जहाँको पनि मम: खाएको छु – कोथे, फ्राई, टिब्बेटियन, मटन, भेज आदि, इत्यादि । अत: मम: बारे अलि बढी नै थाहा छ । त्यसैले त शोधकार्य पनि यसैमा गर्न लागेको । त्यसो त नेपालमा आपूmले थाहा नपाएको विषयमा पनि जान्ने भएर प्रमुख अतिथि बन्न जाने परम्परा नभएको होइन । यही मम: सम्बन्धि विशेषज्ञताले गर्दा आजको मम: अलि गन्ध आए जस्तो लाग्यो । मम: खाइसकेपछि पैसा तिरीवरि बाहिर निस्किएँ ।

पसलबाट बाहिर मात्र के निस्किएको थिएँ, मैले झल्याँस्स सम्भेंm । थुक्क, आज त एकादशी पो हो । त्यसैले त बिहानै देखि भोको पेट रहेछ । व्रत लिएको त भुसुक्कै बिर्सेछु । पेट पनि असार–साउनमा बादल गर्जे जस्तो गर्जिन थाल्यो । नगर्जिनु पनि कसरी, आजै काटेको राँगाको मासु नै होइन होला त्यो । वाक्वाकी आई उल्टी होला होला जस्तो भयो ।

भोलीपल्ट त बाफ रे बाफ ट्वाइलेटको प्यान नै फुट्ला जस्तो गरी भटटट .... गर्दै राँगो नै कराएको जस्तो गरि पातलो पखाला चल्यो । पैसा तिरेर खानु पनि छ, सास्ती पनि पाउनु छ । जतिसुकै सास्ती पाए पनि के गर्ने ? आइमाईले बच्चा पाएजस्तै । तिनीहरुले प्रसुतिगृहमा रोईधोई, आत्था–उत्थु शिशु जन्माएका बेलामा अब देखि मरे पनि अर्को बच्चा पाउँदिन भनेर खाएको कसम पूरा गरेको भए नेपालमा ‘खसी पार्ने’ अभियान चलाउनु नै पर्थेन नि । यस्तै छ मेरो त्यो सास्ती पनि । एक – दुई दिनपछि अस्तिको सास्ती बिर्सिहाल्छु, फेरि खाऊँ खाऊँ लागिहाल्छ, कति न अमृतकै डल्लो जस्तो । नहोस् पनि कसरी, काठमाडौंमा पाइलैपिच्छे मम: पसल छ । एउटालाई दुत्कारेर गयो, अर्को टुप्लुकिहाल्छ । ईतिश्री

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 11 माघ, 2066

लेखकका अन्य रचनाहरु